कृषि

दसैँलाई काठमाडौंमा ६५ करोडका खसी–बोका

1473670064original1473559996khasiboka.jpg
काठमाडौं – व्यवसायीले दसैँका लागि करिब ६५ करोड मूल्यका खसी–बोका राजधानी ल्याउने तयारी थालेका छन् । त्यसमध्ये करिब ५० हजार खसी–बोका भारतबाट आयात र बिक्री हुने व्यवसायीको भनाइ छ ।  चौपाया खरिद–बिक्री सेवा संघका संरक्षक दीपक थापाले दसैँमा भारतीय खसी धेरै आयात हुने जानकारी दिए । उनले भने, ‘यसपटक तुलनात्मक रूपमा धेरै भारतीय खसी आयात हुनेछन् ।’ संघमा करिब तीन सय व्यवसायी आबद्ध छन् । ती व्यवसायीले भारतका विभिन्न बजारबाट खसी–बोका आयात गर्नेछन् । दसैँमा करिब १५ करोडका खसी–बोका मुलुकभित्रकै अन्य जिल्लाबाट राजधानीमा ल्याउने तयारी गरिएको छ । भारतबाट...

कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर बनेको नागी गाउँ

बेनी (म्याग्दी), २० भदौ । धौलागिरि अञ्चलमा नै सबैभन्दा पहिला इन्टरनेट पुगेको सामाजिक अभियन्ता महावीर पुनको गाउँ हरेक कुरामा आत्मनिर्भर बनेको छ ।  पच्चीस वर्षअगाडि अमेरिकाबाट उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएका पुनले गृहजिल्ला म्याग्दीको राम्चेस्थित नागीमा ताररहित इन्टरनेटसहित शिक्षा, स्वास्थ्य कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रमा काम गरेर गाउँलाई आवश्यक पर्ने आधारभूत सुविधा उपलब्ध गराई नागीलाई आत्मनिर्भर बनाउन सफल हुनुभएको हो ।  विश्वभर डिजिटल साक्षरता अभियन्ता भनेर चिनिने पुनले कृषि, पशुपालन, पर्यटनलाई समेत उत्तिकै महत्व दिनुभएको छ । नागी...

गाँजा खेती नष्ट अभियान

खोटाङ, ७ भदौ । प्रहरीले जिल्लाको पश्चिमी क्षेत्रका बासिन्दाले अवैध रुपमा गरेका गाँजा खेती नष्ट गर्ने अभियान सुरु गरेका छन् ।  स्थानीयवासीले गत वर्षमा जस्तै यस वर्ष पनि अवैध गाँजा खेती गरेको जानकारी आएपछि नष्ट गर्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो  । गाँजा खेती नष्ट गर्ने प्रहरीको विशेष अभियान पश्चिमी क्षेत्रमा पर्ने दुर्छिम, हलेसी, च्यास्मिटार, बाहुनीडाँडा, डिकुवा, धितुव र मङ्गलटारमा सञ्चालन गरिएको जनाइएको छ । हप्ता दिनदेखि सुरु गरिएको गाँजाखेती नष्ट गर्ने अभियान अन्तर्गत अहिलेसम्म ९६...
1453145911obamacare.gif

कृषि बालीमा समस्या आएपछि स्थानीयवासी आन्दोलनमा

नवलपरासी, ३२ साउन । इन्द्रा सुगर मिल्समा रहेको डिस्टिलरीबाट निस्केको रासायन (विषादी पानी) का कारण स्थानियवासीको कृर्षि बालीमा समस्या आएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।  डिस्टिलरीबाट निस्केको रासायनले धानबालीमा क्षति पु¥याएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । स्थानीय किसानले बालीनालीको क्षतिपूर्ति पाउनुपर्ने र उद्योगलाई बस्तीबाट टाढा राख्नुपर्ने माग गरेका छन् । सुगर मिल्समा रहेको डिस्टिलरीबाट विषादीसहित पानी निस्कने गर्दछ ।  उद्योगले सञ्चालन गर्दै आएको डिस्टिलरी बन्द गर्नुपर्ने, चिनी उद्योगको प्रदूषण न्यूनीकरण गर्नुपर्ने र...

पशुधन सुरक्षण बिमा

1471165702images.jpg
सोलुखुम्बु, ३० साउन । गत आवमा १२३ पशुको पशुधन सुरक्षण बिमा गरिएको छ ।  कृषि विकास बैंकद्वारा सञ्चालित पशुधन सुरक्षण बिमा कार्यक्रम जिल्लामा गत आवदेखि मात्रै सञ्चालनमा ल्याइएको हो । चार वटा समूह र तीन सहकारीमार्फत रु ५४ लाख ३७ हजारको बिमा गरिएको कृषि विकास बैंक सल्लेरीका प्रबन्धक कोमल सिटौलाले जानकारी दिनुभयो ।  कुल पशुधन मूल्यको पाँच प्रतिशत बिमा प्रिमियम हुने र सो प्रिमियमको २५ प्रतिशत मात्र कृषकका तर्फबाट बुझाउनुपर्ने हुन्छ । बाँकी प्रिमियमको ७५ प्रतिशत सरकारबाट प्राप्त रकम कृषि विकास बैंकले कृषकलाई उपलब्ध गराउने व्यवस्था छ ।  यस कार्यक्रममा...

धानको उत्पादन वृद्धि हुने

1470385492images-38.jpg
काठमाडौँ, २१ साउन । चालु आवमा धानको उत्पादन गत वर्षको तुलनामा करिब सात लाख ५० हजार मेट्रिक टनले वृद्धि हुने भएको छ ।  गत वर्ष २०७२-७३ मा ४२ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएकामा चालु आव २०७३-७४ मा ५० लाख मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयले अनुमान गरेको छ । अहिले देशभर करिब ५५ लाख मेट्रिक टन धानको माग रहेकाले अझै पाँच लाख मेट्रिक टन धान नपुग हुने देखिन्छ । चालु आवमा करिब रु १० अर्बको चामल आयात गर्ने प्रक्षेपण गरिएको छ ।  गत वर्ष रु २५ अर्बको चामल आयात गरिएकोमा चालु आवमा रु १५ अर्बको आयात प्रतिस्थापन हुने मन्त्रालयका प्रवक्ता डा योगेन्द्र कार्कीले जानकारी...
Advertisement

किसानलाई रु अन्ठाउन्न लाख अनुदान

1470126281meroKhabarSamachar.jpg
बाबियाचौर (म्याग्दी), १८ साउन । पशुपालक किसानलाई गत आवमा रु ५८ लाख तीन हजार अनुदान वितरण गरिएको छ ।  गत आवमा भेडाबाख्रा, गाईभैँसी, बङ्गुर र कुखुरापालक गरी ८९६ किसानलाई सो अनुदान रकम वितरण गरिएको कार्यालयका पशुसेवा प्राविधिक डिल्लीराम रेग्मीले जानकारी दिनुभयो । व्यावसायिक पशुपालन फार्ममा पूर्वाधार विस्तार, उपकरण खरिद, गोठसुधार, उन्नत जातका बोका, राँगो खरिद, औषधि उपचार कोष स्थापना, पशु आहरा व्यवस्थापन र पशुजन्य पदार्थको व्यवसाय सुधार गर्न किसानलाई अनुदान सहयोग गरिएको हो ।  बाख्रापालन कार्यक्रमअन्तर्गत पिप्ले, शिख र कुहुँका एकसय ५० किसानले बाख्रा खरिद र खोर...

पशु सङ्कलन केन्द्र निर्माण

1469965587Cow-form-600x250.jpg
दाङ, १६ साउन । हेकुली गाविस– ३ रावत गाउँमा पशु सङ्कलन केन्द्र निर्माण भएको छ ।  जिल्ला पशुसेवा कार्यालयको सिफारिसमा पशु निर्देशनालय सुर्खेतको रु १५ लाख तथा स्थानीयवासीको जनश्रमदान गरी कुल रु २१ लाख ४६ हजारको लागतमा पशु सङ्कलन केन्द्र निर्माण गरिएको हो । बीस वर्षका लागि साढे पाँचकठ्ठा जग्गा भाडामा लिएर सो सङ्कलन केन्द्र स्थापना गरेको हेकुली पशुसेवा केन्द्रका प्रमुख भरत देवकोटाले जानकारी दिनुभयो ।  सो सङ्कलन केन्द्रमा खसी, बोका, राँगा, भेडालगायतका चौपाया पाउने सकिने छ । केन्द्र निर्माण भएपछि किसानले बजारसम्म बेच्न ल्याउनुपर्ने झन्झटबाट मुक्ति पाएका...

टिमुरखेती विस्तार

1469781973download-38.jpg
बाबियाचौर ९म्याग्दी०, १४ साउन । आठवटा सामुदायिक वनको नौ हेक्टर क्षेत्रफलमा यस वर्ष टिमुरखेती विस्तार गरिएको छ ।  जडीबुटी र मसलाको रुपमा प्रयोग हुने टिमुर खेतीमार्फत उपभोक्ताको आयआर्जन वृद्धी गर्ने उद्देश्यले वनमा नौ हजार बिरुवा रोपिएको जिल्ला वन कार्यालयको सहायक वन अधिकृत युवराज पोख्रेलले जानकारी दिनुभयो ।  दानाको चित्रेनीपाखो, बेनपा– १० निलपहरा, बेग– २ लालीगुराँस, अर्मन– ८ र ९, पाखापानी– ठूटाबोट, दरवाङको दोवील्ना लमसुङ र दह सामुदायिक वन समूहका उपभोक्ताले सामूहिक टिमुरखेती गरेका छन् । वनले निःशुल्क बिरुवा उपलब्ध गराएपछि उपभोक्ताले श्रमदान गरेर...
Advertisement

कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान वृद्धि हुने

1469704890111422-paddy-land.jpg
काठमाडौँ, १३ साउन । आगामी वर्ष कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब ३४ प्रतिशत रहेको छ ।  “यस वर्ष समयमा वर्षात् भएकाले धानको उत्पादनमा वृद्धि हुने प्रारम्भिक अनुमान गरेका छौँ,” कृषि विकास मन्त्रालयका सहसचिव योगन्द्रकुमार कार्कीले भन्नुभयो । कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ ।  नेपालको प्रमुख खाद्यान्न बाली धान हो । गत वर्ष नेपालले लगभग रु २५ अर्बको चामल आयात गरेको थियो । तर यस वर्ष सो आयातमा कमी आउने दाबी कृषि विकास...

किसानलाई बाख्रा वितरण

1469692568clipimage002.jpg
भक्तपुर, १३ साउन । दलित र न्यून आय भएका किसानको आयस्तर वृद्धि गर्ने उद्देश्यले जिल्ला पशुसेवा कार्यालयले किसानलाई बङ्गुर र बाख्रा वितरण गरेको छ ।  बङ्गुर तथा बाख्रा साटासाट कार्यक्रमअन्तर्गत समूहमार्फत किसानलाई निःशुल्क वितरण गरिएको हो । बङ्गुर र बाख्रा ब्याएपछि किसानले एकएक वटा पाठी फर्काउनुपर्ने प्रावधान रहेको छ ।  कार्यालयले सूर्यविनायक नगरपालिकास्थित नंखेल सेवा केन्द्रमार्फत र मध्यपुर थिमि नगरपालिकाको बोडे सेवा केन्द्रमार्फत २०–२० वटा बङ्गुरको पाठी र एक–एक वटा उन्नत जातको भाले बङ्गुर वितरण गरिएको कार्यालयका पशु चिकित्सक एवम् सूूचना अधिकृत...

दैनिक २५० गाईवस्तुमा सङ्क्रमण

1469690629Cow-form-600x250.jpg
बनेपा, १३ साउन । काभ्रेपलाञ्चोकमा भूकम्पका कारण क्षतिग्रस्त भएका गोठको व्यवस्थापन हुन नसक्दा गाई तथा भैँसीमा सङ्क्रमण देखिन थालेको छ ।  भूकम्पबाट अति प्रभावित जिल्लाको १४ वटा गाविसमा अविरल वर्षासँगै हिलोको कारण थुनेलो रोगको समस्या र ‘इथिनेरल फिवर’ देखिन थालेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिनुभयो । ठूलो सङ्क्रमण नभएको र पशु बिरामी भएपनि निको हँुदै गएको उहाँको भनाइ छ ।  “पशु बिरामी भएपनि कृषकले ठूलो नोक्सनी व्यहोर्नु परेको छैन,” उहाँले भन्नुभयो– “दैनिक करिब २५० गाई तथा भँैसीमा सङ्क्रमण देखिन थालेको छ ।”...
Advertisement

सीमित स्रोतसाधनबीच उल्लेखनीय कृषि अनुसन्धान

काठमाडौँ, १२ साउन । नेपालमा खाद्यान्नको उत्पादनको क्षेत्रमा अनुसन्धान गर्दै आएको नेपाल कृषि अनुसन्धान परिषद्ले सीमित स्रोतसाधन तथा जनशक्तिका बीच पनि कृषि अनुसन्धान क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।  जनताले अपेक्षा गरे अनुसारको कृषि क्षेत्रमा परिवर्तन गर्न राज्यले यस परिषद्को विकास तथा विस्तारमा विशेष चासो दिनुपर्ने, आर्थिक अभाव रहेको तथा बदलिँदो परिवेशअनुसार ऐन तथा नियममा परिवर्तन गर्नुपर्नेमा परिषद्ले जोड दिएको छ ।  रासस प्रतिनिधिसँगको कुराकानीमा परिषद्का आर्थिक प्रशासन निर्देशक रामबहादुर केसीले परिषद्को भौतिक पूर्वाधार जीर्ण...

झरीबाट पचास हजार पशु प्रभावित

1469531863Cow-form-600x250.jpg
झरीले चरिचरण र पशु बाँध्ने गोठमा पानी जमेका कारण पशु प्रत्यक्ष रुपमा प्रभावित भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । झरीका कारण सदरमुकाम इनरुवासहित बक्लौरी, भरौल, वसन्तुर, देवागन्ज, कप्तान्गन्ज, रामनगभुटाहा, चिमडी, घुस्कीलगायतका गाविसका पशु प्रभावित भएको कार्यालयका कर्मचारी रामप्रसाद मेहताले जानकारी दिनुभयो ।  झरीका कारण पशुलाई बस्न, खुवाउन, घर बाहिर र भित्र लैजान समस्या भएको छ । “गाईवस्तु जोगाउन समस्या भएको छ,” कप्तान्गन्जका कृषक राजकुमार मेहताले भन्नुभयो । अधिकांश पशु बिरामी भएका छन् ।  त्यसैगरी छिटाहाका कृषक भुवनेश्वर यादवका अनुसार झरीले...

बाढीले नहर बगाउँदा खेत बाँझै

रामपुर (पाल्पा), १० साउन । अविरल वर्षाका कारण पहिरो आएपछि नहर पुरिँदा चापाकोटका किसानले धान रोप्न पाएका छैनन् ।  साउनको पहिलो साता बितिसक्दा पनि खेत बाँझै छ । धान रोप्न नपाउँदा यहाँका किसान चिन्तत छन् । “बिउ छिप्पिदै गएको छ, रोपाइँ गर्न पाइएन,” दामाचौरका कृषक पदम भट्टराईले भन्नुभयो ।  गएको असार पहिलो साता धुर्कोटवेसी सडक खण्डमा १२० मिटर तथा दामाचौर खण्डमा करिब १५० मिटर पहिरो गएको थियो । नहर मर्मत हुँदै गर्दा पुनः पहिरो जाँदा सोही स्थानमा ठूलो क्षति पुगेको छ । त्यहाँ रु आठ लाखको लागतमा मर्मत कार्य भइरहेको थियो ।  वर्षाले धुर्कोटवेसीमा पुनः १२० मिटर र...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement