अमेरिका

एनआरएन अमेरिका क्यालीफोर्निया च्याप्टरको पद हस्तान्तरण कार्यक्रम

1515475917NRN-California.jpg
अमेरिका, ८ जनवरी / एनआरएन अमेरिका क्यालीफोर्निया च्याप्टरले २० जनवरीमा पद हस्तान्तरण कार्यक्रम गर्न लागेकोछ । नवनिर्वाचित कार्य समितिलाई पुरानो कार्यसमितिले हस्तान्तरण र निवर्तमान कार्यसमितिलाई बिदाई गर्न आयोजना गरिने कार्यक्रममा सबैलाई आमन्त्रण गरेको च्याप्टर अध्यक्ष रामबाबु पाण्डेले जानकारी दिए ।...

नेपाल अमेरिका एकता समाजको बार्षिक साधारण सभा सम्पन्न

1514432111Ekata-samaj-1.jpg
अमेरिका, लस एन्जलस २७ डिसेम्बर । क्यालिफोर्निया राज्यको दक्षिणी भागमा क्रियाशील नेपाल अमेरिका एकता समाजको हिजो आर्टेसीया सहरमा वार्षिक साधारणसभा तथा नयाँ कार्य समितिलाई पुरानो कार्यसमितिले पद हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्ष चन्द्र शिवाकोटी, प्रथम उपाध्यक्ष वासुदेव घिमिरे, उपाध्यक्ष नवीन पोख्रेल, सचिव कोषाध्यक्ष दिनेश साह, सदस्य सन्तोष पोख्रेल, डोल्मा लामा, सबल प्रसाईं, उत्तम थापा, योगेन्द्र बिमली, शम्सेर भण्डारी, तुलसा खरेल र सरिता शिवाकोटी पाठक छन् । महासचिव र सचिवमा कसैको उम्मेदवारी नपरेको कारणले दुवै...

लसएञ्जलसमा ब्रेन ट्युमर भएको नेपाली बचाउन पहल शुरु

1514217433SUBIN-ACHHAMI.jpg
सुदिप पन्त, अमेरिका ,लसएञ्जलस/ क्यलिफोर्निया राज्यको लसएञ्जलस शहरमा एक नेपालीलाई मृत्‍युबाट बचाउन आर्थिक सहयोगको लागी पहल गरिएको छ । नेपालमा भक्तपुर घर भएका लसएञ्जलसको नर्वाक सिटीमा बसोबास गर्दै आएका सुबिन अछामि ब्रेन ट्युमर लगायत अन्य रोगबाट ग्रसित भएर अस्पतालको बेडमा छटपटिएको बेला आर्थिक सहयोग जुटाएर मानबिय कर्तब्य मात्र होइन एउटा नेपालीलाई कठिन अवस्थामा उद्दार गर्नुपर्छ भन्ने भावनाले अभियान थालिएको एनआरएनएको अमेरिका क्षेत्रको लागि महिला सहसंयोजक संगीता लम्साल शिवाकोटीले जानकारी गराउनुभयो । श्रीमती सहित एक छोरा नेपालमा रहेका निज अछामि एक्लै...
1453145911obamacare.gif

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा चन्द्र शिवाकोटी र वरिष्ठ उपाध्यक्षमा वासुदेव घिमिरे

1513956687chandra.jpg
नेपाल अमेरिका एकता समाजको आगामी दुई वर्षको कार्यकालका लागि अध्यक्ष पदमा चन्द्र शिवाकोटी निर्विरोध निर्वाचित भएका छन् । समाज द्वारा गठित निर्वाचन समितिको आज साँझ बसेको बैठकले शिवाकोटी निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । लस एन्जलसलाई आधार मानेर सामाजिक कार्य गर्दै आईरहेको यस क्षेत्रको पुरानो सामाजिक संस्था नेपाल अमेरिका एकता समाजको डिसेम्बर २६ तारिखमा हुने साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचनका लागि अध्यक्ष पदमा चन्द्र शिवाकोटीको मात्र उम्मेद्ववारी परेको थियो । भद्र, शालिन र मिठास बोलीका धनी शिवाकोटीको बिरुद्धमा कसैको उम्मेद्वारी नदिदा...

लस एन्जलसमा नेपालीद्वारा निर्माणाधीन मन्दिरको कार्य सम्पन्न, मूर्तिमा चाडो जीवन प्रदान गर्दै संचालनमा ल्याउने तयारी

1513824651Pasupati.jpg
गोकुल ढकाल लस एन्जलस । बहुप्रतिक्षित लस एन्जलसको नेपाली मन्दिर तथा आफ्नै स्वामित्वको सामुदायिक भवन अन्तत: निर्माण कार्य सम्पन्न गरी संचालनमा आउने भएको छ । स्थानिय नर्वाक नगरले भवन संचालनका लागि इजाजत प्रदान गरेपछी पूर्णरुपमा निर्माण सम्पन्न भएको श्रीपशुपतिनाथ फाउन्डेशनको मन्दिर तथा सामुदायिक भवन संचालनमा आउने भएको हो । फाउन्डेशनका सचिव तथा पर्यटनदुत रामेश्वर भन्डारीले जारी गर्नुभएको बक्तब्यकानुसार ‘ अब धार्मिक कार्यक्रम, सामुदायिक कृयाकलाप र भगवान पशुपतिनाथ लगायत हिन्दू देवी-देवताका पूजा अर्चनाका र बुद्ध दर्शनका लागि अन्ततोगोत्वा लस एन्जलसका...

नेपाली भाषामा ड्राइभिङ परिक्षाको लागि क्यालिफोर्नियामा हस्ताक्षर अभियान सुरु

1513824201California-DMV-Copy.jpg
कृष्ण के सी/सान फ्रान्सिस्को स्टेट अफ क्यालिफोर्नियामा बस्ने नेपाली भाषीहरुले सबारी चालक परिचय पत्र (California Licenses-“DL”) को लागि दिने टेस्ट नेपाली भाषामा दिन पाउनको लागि अभियान सुरु गरिएको छ। लस एन्जल्स र सान फ्रान्सिस्को बे एरियामा घना रुपमा रहेका नेपाली भाषीहरुको अनुमानित संख्या १ लाख भन्दा धेरै मानिएको छ। भुट्निज नेपाली अमेरिकन, नेपाली र नेपाली मुलका नेपाली अमेरिकन तथा जो कोही पनि स्टेट अफ क्यालिफोर्नियामा बस्ने तर १८ वर्ष उमेर पुगेका व्यक्तिले यो अभियानमा हस्ताक्षर गरेर सहयोग गर्न सक्नुहुनेछ।  बिशेषगरी स्टेट अफ क्यालिफोर्निया मतदाता (राजिस्टर भोटर्स)...
Advertisement

एनआरएन अमेरिकाले सम्पुर्ण सदस्यहरुलाई परिचय पत्र वितरण गर्दै

1511374218Screenshot20171122-100906.jpg
गैर आवासीय नेपालीहरूको सङ्गठन एनआरएन अमेरिकाले आफ्ना सम्पूर्ण सदस्यहरूलाई परिचय पत्र उपलब्ध गराउनका लागी आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी वितरणको प्रक्रिया सुरु गरेको छ । एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले आज सम्पूर्ण रजिष्ट्रड सदस्यहरूलाई इमेल मार्फत गराएको जानकारी अनुसार अबको केही दिन भित्रमा परिचय पत्रका लागी आवश्यक फोटो अपलोड गर्नका साथै अन्य व्यक्तिगत जानकारी समेत अपडेट गर्न एक इमेल सदस्यहरूलाई प्राप्त हुनेछ । संस्थाको वेब पेजमा लग-इन गरी आफ्नो तस्बिर अपलोड गर्नका साथै अन्य जानकारी अपडेट गरेपश्चात परिचय पत्रका लागी प्रक्रिया अघि बढ्ने...

नेजा सदस्य उपेन्द्र सापकोटालाई पितृ शोक

151085688620171116100059.png
अमेरिका, १६ नोभेम्बर। नेपाल अमेरिका पत्रकार संघ, नेजाका सदस्य उपेन्द्र सापकोटाका पिता काभ्रेपलाञ्चोक जिल्ला बनेपा न. पा. निवासी कृष्ण प्रसाद सापकोटाको मिति १९९४ असोज १ गते जन्म भै उपचारको क्रममा हिजो मिति २०७४ कार्तिक ३० गते ८० वर्षको उमेरमा स्वर्गारोहण भएको छ । क्यान्सर रोगको उपचारको क्रममा कृष्ण प्रसाद सापकोटाको देहावसान भएको हो । ...

ह्युस्टनको नेपाली समुदायद्धारा साढे तीन करोड लागतमा आफ्नै मन्दिर तथा सामुदायीक केन्द्रको स्थापना

1510722883houston.jpg
ह्युस्टन/ अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टन क्षेत्रको नेपाली समुदायले आफ्नै मन्दिर सहितको एक सामुदायीक केन्द्रको स्थापना गरेको छ । सात समुन्द्रपारी भएपनि आफ्नो भाषा, धर्म र संस्कृति जोगाउने उद्धेश्यले ह्युस्टन नेपाली समाजको बिशेष नेतृत्वमा स्थापना गरिएको मन्दिर तथा सामुदायीक केन्द्र ६६ रोपनी जमिनका अवस्थित छ । एनआरएन अमेरिकाका समाचार संयोजक बाल जोशीले संचारकर्मीहरुलाई दिएको जानकारी अनुसार ह्युस्टन समुदायका ३ सय ८ परिवारबाट मन्दिर खरिदका लागी झण्डै साढे ३ करोड नेपाली रुपैंया बराबरको धनराशी चन्दा स्वरूप संकलन गरिएको थियो । मन्दिरको उद्घाटन...
Advertisement

सभापति आनन्द बिष्ट पार्टीको आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित

1510722383president-bist.jpg
अमेरिका । नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द विष्ट नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित केन्द्रीय सदस्य पदमा मनोनित हुनुभएको छ । पार्टी सभापति आदरणीय शेरबहादुर देउवाले सभापती विष्टलाई नेपाली कांग्रेस केन्द्रीय समितिमा (आमन्त्रित) सदस्यका रुपमा आजै मनोनयन गर्नु भएको हो । प्रवासी अमेरिकी भूमिमा बसेरै पनि विगत दुई दशकदेखि नेपालको लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा निरन्तर योगदान गर्नु भएका सभापती बिष्टलाई उहाँको योगदानको कदर गर्दै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय समितिमा...

नेवा: अर्गनाइजेशनद्वारा लस एन्जलसमा म्हः पूजा तथा नेपाल सम्बत भब्य रुपमा सम्पन्न

15087661071.jpg
उपेन्द्र सापकोटा, अमेरिका, २१ अक्टुबर । नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरले हिजो म्हः (आत्म) पूजाको आयोजना गरेको छ । म्हः पूजा अर्थात् स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठुलो पर्व हो । नेवारी भाषामा म्हःको अर्थ शरीर भएकोले म्हः पूजालाई शरीर पूजा पनि भनिन्छ । यस दिन परिवारको प्रत्येक सदस्यलाई घरमूलीले पूजा गर्ने चलन छ । संसारमा सबैभन्दा ठुलो आत्मा हो, आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ । प्रवासमा नेपाली कला संस्कृतको जगेर्ना गर्दै भावी...

लस एन्जल्सबासि आफ्नो मन्दिरमा जमरा राखी नवदुर्गा पूजा गर्दै, विजयादशमीको दिन जमरा वितरण

15063679613.jpg
उपेन्द्र सापकोटा, अमेरिका, २५ सेप्टेम्बर / नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा नेपालीहरुद्वारा स्थापित श्रीपशुपतिनाथ फाउनडेशन यु.एस.ए.को भवनामा घटस्थापनाको दिन जमारा राखी हरेकदिन बिधिपुर्वक पुजाआजा गरिदै आइएको छ । लस एन्जल्सको सेरोफेरोमा बसोबास गर्ने भक्तजनहरु हरेक दिन उपस्थित भई नवदुर्गाको पुजाआजा तथा आराधाना गर्ने गरेका छन् । आफ्ना मान्यजनबाट दसैँमा टीका ग्रहण गर्दा निधारको टीका सँगै कानमा लगाइने धान, गहूँ, मकै र जौका लामा टुसा (जमरा) नेपाली संस्कृति र परम्परा हुन् । जमरा घटस्थापनाको दिन छर्ने र विजयादशमीको दिन टिकाको साथमा लगाउने प्रचलन छ ।...
Advertisement

नेवा: अर्गनाइजेशनद्वारा लसएन्जल्समा रक्तदान कार्यक्रम

1506295489noa-1.jpg
लस एन्जल्स, २४ सेप्टेम्बर / आज नेवा: अर्गनाइजेशन, साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा सनातन धर्म मन्दिर नर्वाल्कमा रक्तदान कार्यक्रमको आयोजना भएको छ । रक्तदान गर्न धेरै व्यक्ति उपस्थित भएकोमा २५ जनामात्र दान गर्न सफल भएका थिए । अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको संस्थाले पछिल्लो पटक २१ मे २०१७ मा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । “आफ्नो संस्कृति संरक्षणका साथमा विविध सामाजिक कार्यलाई निरन्तरता दिंदै आइरहेको संस्थाले आगामी दिनमा समेत सबैको सहयोग र सद्भावमा रक्तदान, म्हपूजा जस्ता कार्यक्रम...

नेवा: अर्गनाइजेशनले भोलि लस एन्जल्समा रक्तदान कार्यक्रम गर्दै

1506224413NOA.jpg
लस एन्जल्स, २३ सेप्टेम्बर । नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा २४ सेप्टेम्बर २०१७ आइतबार रक्तदान कार्यक्रम हुन् गईरहेकोछ । अर्गनाइजेशनले अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । बिहान नौ बजे देखि दिउसो ३.०० बजेसम्म सनातन धर्म मन्दिर नर्वाल्क ( 15311 Pioneer Blvd, Norwalk 90650 )मा हुने रक्तदानमा भाग लिनको लागि सम्पूर्ण साउदर्न क्यालिफोर्नियाबासीलाई संस्थाले अनुरोध गरेको छ । हरेक व्यक्तिले गरेको रक्तदानले तीन जनाको जीवन रक्षा हुने गर्दछ । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष...

एनआरएन आईसिसि सदस्य पदमा लस एन्जलसका बलराम थापा

1504404471balram-thapa.jpg
अमेरिका, २ अगस्ट / लस एन्जलसमा बिभिन्न सामाजिक सेवामा सक्रिय बलराम थापा २०१७-२०१९ कार्यकालको लागि एनआरएन अमेरिकाबाट आईसिसि सदस्य पदमा उम्मेदवारी दिएका छन् । थापाले यस भन्दा पहिला एनआरएन अमेरिकाको कार्यकारी सदस्यको रुपमा कार्य गरिसक्नु भएको छ । अमेरिकाका विभिन्न स्थानमा नेपाली साहित्यका पुस्तकालय स्थापना गर्न लागि परेका थापाले अमेरिकाका लस एन्जलस लगायत केही स्थानमा बौद्धिक संसार शैक्षिक प्रतिष्ठान मार्फत पुस्तकालय स्थापना गर्न सफल भएका छन् भने अन्य स्थानहरुमा समेत प्रयास गरिरहेका छन् । लस एन्जलसबाट लामो समय देखि समुदाय मासिक प्रकाशन गरिरहेका थापा...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement