अमेरिका

लस एन्जल्सबासि आफ्नो मन्दिरमा जमरा राखी नवदुर्गा पूजा गर्दै, विजयादशमीको दिन जमरा वितरण

15063679613.jpg
उपेन्द्र सापकोटा, अमेरिका, २५ सेप्टेम्बर / नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा नेपालीहरुद्वारा स्थापित श्रीपशुपतिनाथ फाउनडेशन यु.एस.ए.को भवनामा घटस्थापनाको दिन जमारा राखी हरेकदिन बिधिपुर्वक पुजाआजा गरिदै आइएको छ । लस एन्जल्सको सेरोफेरोमा बसोबास गर्ने भक्तजनहरु हरेक दिन उपस्थित भई नवदुर्गाको पुजाआजा तथा आराधाना गर्ने गरेका छन् । आफ्ना मान्यजनबाट दसैँमा टीका ग्रहण गर्दा निधारको टीका सँगै कानमा लगाइने धान, गहूँ, मकै र जौका लामा टुसा (जमरा) नेपाली संस्कृति र परम्परा हुन् । जमरा घटस्थापनाको दिन छर्ने र विजयादशमीको दिन टिकाको साथमा लगाउने प्रचलन छ ।...

नेवा: अर्गनाइजेशनद्वारा लसएन्जल्समा रक्तदान कार्यक्रम

1506295489noa-1.jpg
लस एन्जल्स, २४ सेप्टेम्बर / आज नेवा: अर्गनाइजेशन, साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा सनातन धर्म मन्दिर नर्वाल्कमा रक्तदान कार्यक्रमको आयोजना भएको छ । रक्तदान गर्न धेरै व्यक्ति उपस्थित भएकोमा २५ जनामात्र दान गर्न सफल भएका थिए । अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको संस्थाले पछिल्लो पटक २१ मे २०१७ मा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । “आफ्नो संस्कृति संरक्षणका साथमा विविध सामाजिक कार्यलाई निरन्तरता दिंदै आइरहेको संस्थाले आगामी दिनमा समेत सबैको सहयोग र सद्भावमा रक्तदान, म्हपूजा जस्ता कार्यक्रम...

नेवा: अर्गनाइजेशनले भोलि लस एन्जल्समा रक्तदान कार्यक्रम गर्दै

1506224413NOA.jpg
लस एन्जल्स, २३ सेप्टेम्बर । नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा २४ सेप्टेम्बर २०१७ आइतबार रक्तदान कार्यक्रम हुन् गईरहेकोछ । अर्गनाइजेशनले अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । बिहान नौ बजे देखि दिउसो ३.०० बजेसम्म सनातन धर्म मन्दिर नर्वाल्क ( 15311 Pioneer Blvd, Norwalk 90650 )मा हुने रक्तदानमा भाग लिनको लागि सम्पूर्ण साउदर्न क्यालिफोर्नियाबासीलाई संस्थाले अनुरोध गरेको छ । हरेक व्यक्तिले गरेको रक्तदानले तीन जनाको जीवन रक्षा हुने गर्दछ । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष...
1453145911obamacare.gif

एनआरएन आईसिसि सदस्य पदमा लस एन्जलसका बलराम थापा

1504404471balram-thapa.jpg
अमेरिका, २ अगस्ट / लस एन्जलसमा बिभिन्न सामाजिक सेवामा सक्रिय बलराम थापा २०१७-२०१९ कार्यकालको लागि एनआरएन अमेरिकाबाट आईसिसि सदस्य पदमा उम्मेदवारी दिएका छन् । थापाले यस भन्दा पहिला एनआरएन अमेरिकाको कार्यकारी सदस्यको रुपमा कार्य गरिसक्नु भएको छ । अमेरिकाका विभिन्न स्थानमा नेपाली साहित्यका पुस्तकालय स्थापना गर्न लागि परेका थापाले अमेरिकाका लस एन्जलस लगायत केही स्थानमा बौद्धिक संसार शैक्षिक प्रतिष्ठान मार्फत पुस्तकालय स्थापना गर्न सफल भएका छन् भने अन्य स्थानहरुमा समेत प्रयास गरिरहेका छन् । लस एन्जलसबाट लामो समय देखि समुदाय मासिक प्रकाशन गरिरहेका थापा...

सदा झैं यहाँहरूको सहयोग, सदभाव र प्रेरणा मेरा लागि पथ प्रदर्शक हुनेछन् :उमा कार्की थापा उपाध्यक्ष पदकी उम्मेद्वार

1504404305-.jpg
एनआरएन अमेरिकाको निर्वाचन को संघारमा उपाध्यक्ष पदकी उम्मेद्वार उमा कार्की थापा भन्छिन आफ्नो उम्मेदवारी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको हक र हितको निम्ति गरेको हु l उनि भन्छिन समाजसेवालाई दरिलो निरन्तरताका लागि गत बर्ष देखी ‘गणेश – तिर्था फाउन्डेशन’ मार्फत लाग्दै लस एन्जलसका स्थानिय नेपाल अमेरिका एकता समाजकी दुई कार्यकालकी अध्यक्ष, संस्थापक अध्यक्ष वेष्ट अमेरिका नेपलिज एसोसिएसन ,वाना ,नेपाली जनसंपर्क समिती, अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरकी सल्लाहकार लगायत बिभिन्न सामाजिक संघ-संस्थाहरुमा आबद्ध रहंदै एनआरएन मार्फत सामाजिक सेवा गर्ने...

आपत्कालिन कोषको लागि एक डलर एक ब्यक्ती नाराका साथ क्यलिफोर्निया च्याप्टर अध्यक्ष पदका उम्मेद्वार रामबाबु पाण्डे

1504398706rambabu-pandey.png
अमेरिका, २ अगस्ट । आगामी २०१७-२०१९ कार्यकालको लागि "एक डलर एक ब्यक्ती एक बर्श आफ्नै लागि" अभियान बाट आपत्कालिन कोष शुरु गर्ने अभियानका साथ क्यलिफोर्निया च्याप्टरको अध्यक्ष पदमा रामबाबु पाण्डे उठेका छन् । लस एन्जलस क्षेत्रमा सदैव सामाजिक कार्यहरुमा सरिक भैरहने सालिन स्वभावका एनआरएन अमेरिका क्यालीफोर्निया च्याप्टरका बर्तमान उपाध्यक्ष पाण्डेलाइ सबैको रोजाइका उम्मेदवारको रुपमा लिगीएको छ । हिजोका दिनमा नेपालीहरु थोरै संख्यामा थियौ, समस्या पनि थोरै थिए, आपदबिपदको समयमा एकाध पटक सहयोग गर्दा हुन्थ्यो । नेपालीको संख्या बढे संगै समस्या पनि बढेका छन, हरेक पटक...
Advertisement

एनआरएन अमेरिकालाई सबै नेपालीहरूको साझा संस्था बनाउछु -रामबाबु पाण्डे क्यालिफोर्निया च्याप्टरका अध्यक्षका उम्मेदवार

1504373838orivtx1498595256rambabu-pandey.png
सुदिप पन्त ,अमेरिका ,लसएन्जलस/  एनआरएन अमेरिकाको यही जुलाईको तेस्रो हप्ता तिर हुन लागेको निर्वाचनमा क्यालिफोर्नियाको लसएन्जलस निवासी रामबाबु पाण्डेले च्याप्टर अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे लगत्तै तिब्ररुपले प्रचार अभियानमा होमिएका छन्। लामो समय देखी लसएन्जलसलाई कर्म थलो बनाएर व्यवसाय गरिरहेका पाण्डे अत्यन्त सोझा ,इमान्दार र सहयोगी भावना भएका व्यक्तिको रूपमा चिरपरिचित छन्। क्यालिफोर्निया च्याप्टरको वर्तमान उपाध्यक्ष समेत रहेका पाण्डे लसएन्जलसमा रहेका प्राय सबै संघसस्थामा सकृयरुपले क्रियाशील रहदै आएका छन्। नेपाली समुदायमा हुने गरेका हरेक...

महापुराण बाट १५ लाख ५० हजार डलर उठे पछि न्युयोर्कबासिमा हर्षोउल्लास ,नेपाली साँस्कृतिक केन्द्र बन्ने सुनिस्चित

1504373667IMG7198.JPG
विजय थापा  अमेरिकाको नेपाली समुदायको मुनाफारहित सामाजिक संस्था रिजउड नेपाली समाजले श्रीमद भागवत महापुराणको आयोजना गरि गत अगस्त २९ तारिख अन्तिम दिन सम्म १५ लाख ५० हजार ४ सय ८२ डलर २१ सेन्ट उठाएको छ l  यस खुशीको खबरले न्युयोर्कबासि खुशी भएका छन् अब न्यु योर्कमा नेपाली साँस्कृतिक केन्द्र तथा दुर्गा मन्दिर बन्ने पक्का भएको छ l गत अगस्त २३ बुधबार देखि अगस्त २९ मंगलबार सम्म भएको उक्त महा पुराणमा हरेक साँझ ४ बजे देखि राती १० बजे सम्म चलेको थियो l  महा पुराणको अन्तिम दिन अगस्त २९ तारिख नेपाली जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले अन्य पदाधिकारीहरुको...

अमेरिकामा आपत्कालीन सहयोग व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

15043733402124661716211142879130013578947676891330002o.jpg
बाढी र डुवानले अहिले थुप्रै नेपालीहरू घरवार विहिन भएका छन् ।  विपतमा परेकाहरुलाई सहयोगका लागि विदेशमा बसेका नेपालीहरूले राहत संकलन गरिरहेका छन् ।  अमेरिकामा पनि सहयोग रकम उठाउन होडवाजि नै चलेको छ ।  पिडामा मलम लगाउन सहयोग संकल सह्रानिय काम हो । तर, पीडितको लागि भन्दा आफ्नो नामको लागि बढी महत्त्व दिँदै राहत संकलन गरेको देखिन्छ । एउटै प्रयोजनका लागि संकलन गरिने राहतको लागि दाताहरुले ५–७ जनालाई छुट्टा–छुट्टै चन्दा दिनै पर्ने बाध्यता छ । संस्थातग रूपमा भन्दा व्यक्तिगत रूपमा सहयोग संकलनकर्ताहरु सक्रिय भएपछि यो समस्याकै रूपमा देखिन लागेको हो ।&nb...
Advertisement

यसकारण एनआरएन अमेरिकामा मेरो उम्मेदवारी–अमृत (सुरेश)कट्टेल

1504373204101.jpg
‘तिमी एनआरएन अमेरिकाको नेतृत्वमा गएपछि के छ योजना ?’ विगत डेढ महिनादेखि मैले झेलिरहेको प्रश्न हो यो । एनआरएन अमेरिकाको नेतृत्वमा जानका लागि मलाई धेरै साथीहरुले प्रस्ताव गर्नुभयो । किन गर्नुभयो उहाँहरुले मलाई थाहा छैन । जहाँसम्म लाग्छ मैले अमेरिकाको एउटा कुनामा बसेर सामाजीक क्षेत्रमा गरेको सहयोग, बिभिन्न गतिविधिहरुमा देखाएको सकृयताले गर्दा मलाई निरन्तर घचघच्याउनुभयो ।  ‘तिमी जस्तै मान्छे चाहिन्छ एनआरएनको नेतृत्वमा,’ उहाँहरुको म प्रति ढाढस रह्यो । ओक्लाहोमा राज्यको एउटा कुनामा रहेर आफ्नो व्यबसाय र परिवारका लागि समय दिइरहेको । त्यसमा बाँकी रहेको...

एन आर एन अमेरिकाको चुनाव सेप्टेम्बर ५ र ६ मा

अमेरिका, ३० अगस्ट । टेनिसी अदालतमा मुद्दा परे पश्चात् रोकिएको एन आर एन अमेरिकाको चुनाव सेप्टेम्बर ५ र ६ मा हुने भएको छ । आज एक सुचना प्रकाशित गर्दै भोलि निर्वाचन आयोगले भोलि ३१ अगस्टमा उम्मेदवार हरुको अन्तिम नामावली प्रकाशन गर्ने र ४८ घण्टा को मौन अबधी लागू हुने समेत जनाएको छ ।...

एन आर एन अमेरिकाको मतदाता नामावलीमा नाम आफ्नो इमेल अर्कैको

अमेरिका, ५ अगस्ट / एन आर एन अमेरिकाको २०१७-२०१९ कार्यकालको लागि हुने चुनावमा प्रकाशित मतदाता नामावलीमा इमेल अरू नै राखिएको जानकारी नकुल श्रेष्ठले दिएका छन् । लस एञ्जलस निवासी श्रेष्ठ २०१३ देखि आजीवन सदस्य भई २०१४ र २०१५ मा भोट समेत हालेका थिए । आफूले सिम्प्ली भोटिङ्ग बाट मतदानको लागि आफ्नो वास्तविक इमेलमा आएको लिंक समेत उनले उपलब्ध गराएका छन् । २०१५ को चुनावमा समेत आफ्नो इमेलमा मतदान गर्ने लिंक नआए पश्चात् तत्कालीन अध्यक्षलाई फोन गरे पश्चात् भोलिपल्ट लिंक आइ भोट हालेको समेत उनले जानकारी दिए । एक व्यक्तिको नामावलीमा इमेल परिवर्तन गरिएको भन्ने हल्ला चलिरहेको...
Advertisement

जोशी टिमको अन्तरक्रिया कार्यक्रम लस एन्जलसमा सम्पन्न

उपेन्द्र सापकोटा, लक्ष्मण गौतम अमेरिका,५ अगस्ट /एनआरएन अमेरिकाको २०१७-२०१९ कार्यकालको चुनावको प्रचारप्रसारका लागि गौरी जोशी टिमले आज साउदर्न क्यालिफोर्नियाको आर्टेसिया सहरमा एक अन्तरक्रिया कार्यक्रम गरेका छन् । चुनाव आगामी अगस्ट ११ र १२ तारिखमा हुने कार्यतालिका रहेको छ । आफूले एनआरएनको कार्य गर्ने न्याकमा एककार्यकाल काम गरिसकेको र अमेरिकाको विधान अनुसार दुई वर्षदेखि सदस्य भएको व्यक्ति चुनाव लड्नको लागि योग्य भएको हुने हुँदा आफ्नो नाम किन अन्तिम उम्मेदवारहरुको सूचीमा परेन बुझ्न नसकेको बताए । संस्थालाई गतिशीलता प्रदान गर्न आउने जोकोहीलाई पनि चुनाव लड्न...

सबैले अपनत्व महसुस गर्न सक्ने संस्थाको रूपमा एनआरएन अमेरिकालाई स्थापित गर्नेछु - अध्यक्ष प्रत्यासी रबिना थापा

15016868531.jpg
उपेन्द्र सापकोटा, लक्ष्मण गौतम, लस एन्जलस अमेरिका, १ अगस्ट । सबैले आफ्नो पन महसुस गर्न सक्ने, विवाद रहित बनाउँदै आम नेपाली समुदायको हितमा काम गर्ने संस्थाको रूपमा विकास गर्न  आफ्नो उम्मेदवारी रहेको एनआरएन अमेरिकाको आगामी २०१७-२०१९ कार्यकालको लागि हुने चुनावको अध्यक्ष पदको प्रत्यासी रबिना थापाले आज लस एन्जल्समा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बताइन । विगतमा बानाको अध्यक्ष पदमा रही कार्य अनुभव भएको तथा वर्तमान उपाध्यक्ष थापाले आफू सदस्यता विवाद निरुपण गर्नको लागि पहिले देखियो जोडदार आवाज उठाउदै आएको र आफू निर्वाचित भएर आएपश्चात यसको ठोस समाधान दिने...

नासाको वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महासचिव शिव विष्ट उठ्दै

1501595237Shiva-bista.JPG
अमेरिका, १ अगस्ट / अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक सशक्त सङ्गठन नेप्लिज एशोसियसन इन साउथ इष्ट अमेरिका (नासा) को वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महासचिव शिव विष्टले उम्मेदवारी दिने भएका छन्  ।  आगामी सेप्टेम्बर ३ मा नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा माधव ढकाललाई अध्यक्ष पदमा समर्थन गर्दै आफू सो पदमा उठ्न लागेको बिस्टले जानकारी गराएका छन् । अध्यक्ष पदमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका संस्थाको गरिमालाई उच्च पार्दै सामाजिक क्रियाकलापमा हातेमालो र सबैको भावनालाई कदर गरी सबैलाई समेट्दै लैजानु पर्ने आवश्यकता महसुस...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement