अमेरिका

गायक बसन्त सुनारको परिवारलाईआर्थिक सहयोग

14975034145.jpg
विमल ज्ञवाली, १४ जुन, ह्युस्टन। विगत चार वर्षदेखि अमेरिकाको टेक्सस स्थित ह्युस्टनमा बस्दै आएका गायक वसन्त सुनारको MD Anderson Cancer Center ह्युस्टनमा उपचारकै क्रममा गत  जुन ८, २०१७ बिहीबारका दिन मृत्यु भएको थियो । वसन्तको अन्तिम इच्छा अनुसार उनको पार्थिव शरीर नेपाल लैजान र नाबालक छोराछोरीहरुलाई आवश्यक सहयोग गर्नको लागि Houston मा  क्रियासिल नेपाली सस्थाबाट उठ्को  करिब $९०१८.२९ स्वर्गीय सुनवारको पिता भिम सुनवारलाई एक शोक कार्यक्रममा हस्तान्तरण सम्पन भयॊ । Nepalese Heritage Union (NHU) अध्यक्ष बिदुर धवादीले ३५५०.८६ को  चेक,Nepalese Association of Houston(NAH)  बाट सकंलीत $ ३५५०.८६ सचिब बिष्णु नेपालबाट, व्यतिगत...

गायक बसन्त सुनार रहेनन्, नेपाली समुदायद्वारा सहयोगको अपील

1497272651Houston-1.png
जुन ११, २०१७, ह्युस्टन, टेक्सस। नेपालमा बागलुंग गलकोट घर भई बिगत चार बर्षदेखि अमेरिकाको टेक्सस स्थित ह्युस्टनमा बस्दै आएका गायक बसन्त सुनारको MD Anderson Cancer Center ह्युस्टनमा उपचारकै क्रममा यही जुन ८, २०१७, बिहीवारका दिन मृत्यु भएकोछ। दर्जनौं सुमधुर गीतहरुलाई स्वर/संगीत दिएका गायक वसन्तका 'तिमीलाई भेट्न आउनेछु' 'घुम्टेमा हावा सरर , चाँदनी रात तिमीलाई नै 'लगाएतका गीतहरु कर्णप्रीयछन्। वसन्तको उपचारका बेलादेखि नै सहयोगको अपील गरिरहेको Nepalese Association of Houston (NAH) र अन्य समाजसेवीहरुले उनको मृत्युपछि पनि आवश्यक सहयोगको लागि अपील गरेकाछन्। यसैबीच नेपाली समाज ह्युस्टनका अध्यक्ष...

आपदकालिन कोषको लागि नेजाद्धारा डलासमा नेजा नाईट गर्दै

1496713857NEAJA-Night.jpg
अमेरिका, ५ जुन / आपद बिपदामा परेका पत्रकारहरुको सहयोगार्थ नेपाल अमेरिका पत्रकार संघ, नेजाले स्थापना गरेको आपातकालीन कोषको लागि जुन १७ तारिख शनिवार टेक्सासको डल्लासमा नेजा नाईटको आयोजना गर्न गईरहेकोछ  । बिपदामा पटक पटक सहयोग रकम उठाउदैं नेजाले आफ्नो आन्तरिक श्रोतबाट पाँच हजार डलर रकमबाट सुरु गरेको सो कोषमा दाताहरुले दिएको रकम अन्य कार्यमा खर्च नगरी आपदविपदको कार्यमा मात्र खर्च गर्ने योजना राखेको छ । नेजाका दक्षिण पूर्व क्षत्रिय संयोजक तथा कार्यक्रम संयोजक किशन रेग्मीले डलास स्थित इर्भिंगमा रहेको रोयल इभेन्ट सेन्टरमा हुने नेजा नाईट-३ मा गायकहरु दिपेशकिशोर...
1453145911obamacare.gif

लस एन्जल्समा बिभिन्न व्यक्तित्व सम्मानित

14962960033.jpg
उपेन्द्र सापकोटा, अमेरिका लस एन्जलस ३१ मे । साउदर्न क्यालिफोर्नियाको आर्टेसिया सहरमा आज एक समारोहका बिच महावाणिज्यदूतमा पदोन्नति भएका ऋषि ढकाललाई एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर लगायतका स्थानीय सङ्घ-संस्थाहरूले एक समारोहका बिच सम्मान गरेकाछन् । साउदर्न क्यालिफोर्नियामा रहेर पत्रकारिता गर्दै समुदायका सूचना र आवाज बाहिर पठाउन अहम भूमिका खेल्ने पत्रकार जगतलाई समेत सो समारोहमा सम्मान गरिएको थियो । एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डेको सभापतित्व तथा नेपाल अमेरिका एकता समाजका अध्यक्ष सूर्य प्रसाईंले सञ्चालन गरेको...

ब्लड डोनर्स अफ अमेरिकाको क्यालिफेर्निया च्याप्टर गठन

1496111762BDA--California.png
क्यालिफोर्निया, लस एञ्जलस, मे २८,२०१७ ।ब्लड डोनर्स अफ अमेरिका(BDA) ले हिजो आफ्नो अठ्ठाइसौ शाखा क्यालिफोर्निया राज्यमा गठन गरेको छ ।  यो संस्था एक  गैर नाफामूलक , गैर धर्मिक तथा गैर राजनीतिक  परोपकरी ५०१(क्)३ सामाजिक संस्था हो। (BDA is Non-profit, non-religious, and non-political 501(c)3 Charitable organization) बिशुध्द मानवसेवाको भावनाबाट प्रेरित भै रक्तदान र रक्तदान शिक्षाको माध्यमबाट समाजमा  योगदान पुर-याउने उद्धेश्यले  स्थापित  भएको हो । नव गठित सत्र सदस्यीय समितिमा एकदेव शर्मा - संयोजक तथा सदस्यहरूमा कृष्ण कोइराला, चिरन्जिबी गौतम, उत्तम जङ्ग थापा, उपेन्द्र न्यौपाने, लक्ष्मण अधिकारी, ज्ञानेन्द्र गुरुङ्ग,...

नासाको  अध्यक्षमा बिष्टको उम्मेदवारी घोषणा

1496111661shiva-bista.jpg
अमेरिकाको दक्षिण पुर्वि राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा)को आगामी २०१७ देखि २०१९ को लागि अध्यक्षमा हालका महासचिव शिव विष्टले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन । अध्यक्षका उम्मेदवार विष्टले संस्थामा आवद्ध विभिन्न व्यक्तित्व र पदाधिकारीहरुको परामर्शका आधारमा उम्मेदवारी घोषणा गरिएको बताएका छन । वर्तमान महासचिव विष्टले अध्यक्षको उम्मेवारी घोषणासंगै संस्थालाई हाँक्नका लागि विभिन्न कार्ययोजना सार्वजनिक गरेका हुन । विभिन्न कार्ययोजनाहरुमा विष्टले संस्थाको गरिमालाई अझ शसक्त बनाउन नासाको...
Advertisement

एएनएस को स्वर्ण जयन्ति समारोह अभूतपूर्व सफलताको साथ सम्पन्न ,पूर्व अध्यक्षहरु सम्मानित

1496068700ans-8.jpg
विजय थापा,वाशिंगटन डीसी उत्तर अमेरिका कै नेपाली समुदायको सवै भन्दा जेष्ठ सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी (समाज) ५० बर्ष पुगेको उपलक्ष्यमा गत मे २८ तारिख स्वर्ण जयन्ति अद्वितीय प्रस्तुति को साथ सम्पन्न गरेको छ l ५० बर्ष अगाडी १९६७ मा नेपालका लागी तत्कालिन अमेरिकन राजदुत मानार्थ सभापति एल्सवर्थ बंकरले नेपाल र अमेरिका बीच सम्बन्ध स्थापना गर्ने हेतुले स्थापना गरिएको एएनएस ले विविध कार्यक्रम पस्कदै पुन: समाजमा रक्तसंचार गराएको छ l मूल त अमेरिकामा जन्मेका दोश्रो पुस्तालाई  प्रमुख प्राथमिकता दिदै उनीहरु भित्र रहेका प्रतिभालाई प्रस्फुटन गर्ने सुवर्ण मौका...

शुभकामना अबैतनिक महाबाणिज्यदुतलाई

1496036221rishi-dhakal.jpg
प्रिय ॠषिजी नमस्कार सर्बप्रथम अबैतनिक बाणिज्य दुतबाट हालै अबैतनिक महा बाणिज्य दुतमा एकप्रकारले पदोन्नती अर्थात नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना !!! मैले माथि सम्बोधनमा तपाईंलाई प्रोटोकल अनुसारको पदबाट होइन एउटा आत्मिय मित्र ,असल ब्यक्ती र साबिकको पद भन्दा नजिकको ठानेर प्रिय शब्द प्रयोग गरेको छु। अहिले सामाजिक सन्जालमा तपाईंका धेरै हितैसीहरुले शुभकामना दिरहेका छन। तपाईंले पनि ति शुभकामनाहरु ग्रहण गरिरहेको अवस्थामा मैले शुभकामना मात्र होइन ,तपाइसँग तपाईंको बिषयमा मैले गन्थन मन्थन गरेको कुराहरु शेयर गरौ कि भनेर यो पत्र लेख्दै छु । करीब चार...

महाबाणिज्यदुतमा बढुवा भएका ऋषि ढकाललाई लस एन्जलसमा सम्मान गरिदै

1496035550rishi-dhakal.jpg
उपेन्द्र सापकोटा अमेरिका, २८ मे । नेपाल सरकारले भर्खरै महाबाणिज्यदुतमा बढुवा गरेका ऋषि ढकाललाई लस एन्जलसमा आगामी बुधबार ३१ मे, २०१७ मा एन आर एन अमेरिका क्यालिफोर्निया च्याप्टरको संयोजन तथा सबै स्थानीय संघ संस्थाहरुको सहभागितामा सम्मान कार्यक्रम हुने भएको छ । तारा हिमालयन कुजिन आर्टेसियामा साँझको ८ बजे हुन लागेको यस कार्यक्रममा स्थानीय समुदायलाई उपस्थितिको लागि एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डेले अनुरोध गरेका छन् । महाबाणिज्यदुतमा पदोन्नति भएका ढकाल यस अघि क्यालीफोर्निया राज्यको सान डिएगो शहरको लागि वाणिज्यदूतको...
Advertisement

लस एन्जलसमा नेपाली दूतावासबाट प्रदान गरिने सेवा, पैतिस जना सेवाबाट लाभान्वित

14960352534.jpg
उपेन्द्र सापकोटा अमेरिका, २८ मे / नेपाली दूतावास वासिङ्टन डिसी, अमेरिकाले क्यालिफोर्निया राज्यको लस एन्जलसमा आज दूतावासबाट प्रदान गरिने MRP पासपोर्ट, Travel Document (यात्रा अनुमतिपत्र) र अन्य परामर्श सेवाहरू स्थानीय रूपमा नै प्रदान गरेको छ । दूतावासका द्धितीय सचिव चक्र सुवेदीले प्रदान गरेको सो सेवा पैतिस जनाले लिएका थिए । दूतावासबाट प्रदान गरिने सेवामा अधिकृत वारेसनामाको सुविधा भने दूतावासबाट मात्र प्रदान गरिने सचिव सुवेदीले जानकारी दिनु भयो । श्री पशुपतिनाथ फाउण्डेशन यु एस ए को भवनमा एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरको संयोजन तथा च्याप्टरका उपाध्यक्ष राम...

नेपाली दूतावासको सेवा क्यालिफोर्नियामा, मे २८ लस एन्जलस र मे ३० सानफ्रान्सिस्कोमा

1495808496los-angeles.jpg
उपेन्द्र सापकोटा अमेरिका, २६ मे / नेपाली दूतावास वासिङ्टन डिसी, अमेरिकाले क्यालिफोर्निया राज्यको दुई ठुला सहरमा दूतावासबाट प्रदान गरिने MRP पासपोर्ट, Travel Document (यात्रा अनुमतिपत्र) र अन्य परामर्श सेवाहरू मे २८ लस एन्जलस र मे ३० सानफ्रान्सिस्कोमा प्रदान  गर्न लागेको छ । दूतावासले नेपालीहरूको बढी उपस्थिति भएका स्थानहरुमा गई सेवा प्रदान गर्ने योजना अनुसार दूतावासका द्धितीय सचिव चक्र सुवेदीको उपस्थितिमा सो सेवा प्रदान गर्न गइरहेको अवैतनिक महामाणिज्यदुत ऋषि ढकालले जानकारी प्रदान गर्नुभयो । अमेरिका स्थित नेपाली दूतावासको वेबपेज (http://www.nepalembassyusa.org/ )मा गई आफूले लिन चाहेको...

लस एन्जलसमा कन्सुलर कार्यालय राख्ने निर्णयका साथ कार्यालय खोल्ने चुनौती

1495772451Los-angeles.jpg
अग्नि चौलागाईं अमेरिका, लस एन्जलस २३ मे । नेपाल सरकारले क्यालिफोर्नियाको लसएन्जलसमा कन्सुलर कार्यालय राख्ने निर्णय गरेसंगै यसक्षेत्रमा बसोबास गर्ने नेपालीहरुमा खुसीयाली छाएको छ । दूतावासबाट लिने सुविधाहरू लिनको लागी पाँच घण्टा भन्दा बढीको हवाई यात्रा, हजार डलर भन्दा बढी खर्च गर्नुपर्ने र हप्ता दिन जसो समय खर्चिनु पर्ने अवस्थाबाट मुक्ति पाउन नेपाल सरकारले गरेको निर्णय सँगै यहा कार्यालय खुलेमा यसको सेरोफेरोमा बस्नेहरूले सुविधा पाउनेमा आशाबादी छन्। नेपाली जनसंम्पर्क समिति, अमेरिका-साउदर्न क्यालिफोर्निया च्याप्टर,लस एन्जलस,अमेरिकाका सभापति मदन पाठकले एक...
Advertisement

अमेरिकामा सफल युबा ब्यबासायी ॠषि ढकाल महाबाणिज्य दुतमा पदोन्नती

1495687939Rishi-Dhakal.jpg
सुदिप पन्त -अमेरिका ,लसएन्जलस मे २४/ क्यालिफोर्निया राज्यमा लामो समय देखी बसोबास गर्दै आएका तथा सानडियोगो क्षेत्रको लागि नेपाल सरकारले करीब चार बर्ष अघी बाणिज्य दुतमा नियुक्त गरेको सफल ब्यबसायी एब सामाजिक ब्यक्तित्व ॠषि ढकाललाई हालै बसेको मन्त्रीपरिषदको बैठकले पुन चार बर्षको लागि महाबाणिज्य दुतमा नियुक्त गरेको छ। ॠषि ढकालले बाणिज्य दुतको रुप पाएको जिम्मेवारीलाई कुशलता पूर्वक निर्बाह गर्दै  प्रबासी अमेरिकन नेपाली समाजलाई पुर्याएको योगदानको कदरस्वरुप उनलाई महाबाणिज्य दुतमा नियुक्त गरिएको श्रोतले बताएको छ। क्यालिफोर्नियाको लसएन्जलसमा परिवार सहित...

क्यालिफोर्नियाको लस एन्जलसमा कन्सुलेट जनरलको कार्यालय स्थापना हुने

1495638381Consulate-los-angeles.jpg
काठमाण्डौं, जेठ १० / नेपाल सरकारले क्यालिफोर्निया स्थित लस एन्जलसमा कन्सुलर कार्यालय खोल्ने मन्त्रिपरिषद्बाट निर्णय गरेको छ । यस निर्णयबाट अमेरिकाको पश्चिम भागमा बस्ने नेपालीहरूले पासपोर्ट नविकरण, अधिकृत वारेसनामा तयार जस्ता कागजातहरू बनाउन पूर्व सम्म धाउनुपर्ने समस्याबाट मुक्ति पाएका छन् । जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले आफ्नो फेसबुक पेजमा सो सम्बन्धी कुराको जानकारी दिँदै परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतको पहलमा क्यालिफोर्नियामा कन्सुलेट जनरलको कार्यालय स्थापनाको लागि मन्त्रीपरिषदवाट निर्णय गरेको बताएका छन् । सभापति विष्टले...

लस् एन्जलसमा युगकवि सिद्धिचरण श्रेष्टको १०५ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न

14955150051.jpg
मे २१, लस् एन्जलस । नेपालका प्रसिद्ध युगकवि सिद्धिचरण श्रेष्ठको १०५ औं जन्मा जयन्ती कार्यक्रम सम्पन्न भएको छ । अनेसास लस् एन्जलस च्याप्टरको मासिक नेपाली साहित्य तथा काव्यगोष्टी तेश्रो श्रिंखलाको कार्यक्रमको अबसर पारेर युगकविको जन्मजयन्ती मनाईएको थियो । संस्थाका प्रथम उपाध्यक्ष तिलक कार्कीले संचालन गरेको उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष डन कार्कीको रहेको थियो । संस्थाका सचिब राम लामा अविनाशीको स्वागत मन्ब्यबाट कार्यक्रम सुरुगरिएको थियो ।  रेडियो नेपाल तथा नेपाल टेलिभिजनका धार्मिक कार्यक्रमा पूर्व प्रस्तोता पुरुश्वत्तम सापकोटाज्युको...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement