मे २१, लस् एन्जलस । नेपालका प्रसिद्ध युगकवि सिद्धिचरण श्रेष्ठको १०५ औं जन्मा जयन्ती कार्यक्रम सम्पन्न भएको छ । अनेसास लस् एन्जलस च्याप्टरको मासिक नेपाली साहित्य तथा काव्यगोष्टी तेश्रो श्रिंखलाको कार्यक्रमको अबसर पारेर युगकविको जन्मजयन्ती मनाईएको थियो ।
संस्थाका प्रथम उपाध्यक्ष तिलक कार्कीले संचालन गरेको उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष डन कार्कीको रहेको थियो । संस्थाका सचिब राम लामा अविनाशीको स्वागत मन्ब्यबाट कार्यक्रम सुरुगरिएको थियो । रेडियो नेपाल तथा नेपाल टेलिभिजनका धार्मिक कार्यक्रमा पूर्व प्रस्तोता पुरुश्वत्तम सापकोटाज्युको...
May 21, 2017
टेक्ससको ह्युस्टनमा बसोवास गर्ने नेपाली समुदायको बृहत्तर हितका लागि भन्दै ह्युस्टनमा 'Nepalese Heritage Union (NHU) नामको नयाँ संस्था अस्तिस्वमा आएकोछ। खासगरी युनिभर्सिटी अफ ह्युस्टनमा विद्यावारिधी अध्ययनरत विद्यार्थीहरु र स्थानीय केही युवाहरुको अगुवाईमा गठन भएको NHU को यही मे २०, २०१७का दिन चिम्नीरक ह्युस्टनमा सम्पन्न पहिलो भेला मार्फत बिदुर दवाडीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति समेत घोषणा गरिएको थियो। समितिमा तीन उपाध्यक्षहरु क्रमश: बाबुराम बस्याल, जनार्दन कँडेल र तुलसीराम अर्याल छन् भने डिसुज न्यौपानेले महासचिव जिम्मेवारी पाएकाछन्। नेपाली समुदायको...
लस एन्जल्स, २३ सेप्टेम्बर । नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा २४ सेप्टेम्बर २०१७ आइतबार रक्तदान कार्यक्रम हुन् गईरहेकोछ । अर्गनाइजेशनले अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । बिहान नौ बजे देखि दिउसो ३.०० बजेसम्म सनातन धर्म मन्दिर नर्वाल्क ( 15311 Pioneer Blvd, Norwalk 90650 )मा हुने रक्तदानमा भाग लिनको लागि सम्पूर्ण साउदर्न क्यालिफोर्नियाबासीलाई संस्थाले अनुरोध गरेको छ । हरेक व्यक्तिले गरेको रक्तदानले तीन जनाको जीवन रक्षा हुने गर्दछ । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष...
संवाददाता / लायन राजेन थापा आज विहान नेभाडा राज्यको रेनोमा संपन्न निर्वाचनवाट लायन्स क्लव डिस्ट्रिक्ट ४ सी ३ को गभर्नरमा निर्वाचित हुनु भएको छ । आवश्यक संख्या भन्दा धेरै मत प्राप्त गरि उहाँ लायान इअर २०१७–२०१८ को लागि डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित हुनु भएको हो । यसै वर्ष लायन्स क्लव स्थापनाको सयौ वर्ष पुराहुने भएकाले उहाँले सतवार्षिकी गभर्नरको सम्मान समेत प्राप्त गर्नु भयो । लायन्स क्लव डिस्ट्रिक्ट ४ सी ३ अन्तरगत अमेरिकामा सन्चालित ४३ वटा लायन्स क्लवलाई उहाँले नेतृत्व प्रदान गर्नुहुनेछ ।
थपा गभर्नरमा निर्वाचित भए लगतै अन्तराष्ट्रिय लायन्स क्लवका...
अमेरिका, २० मे / अमेरिकाको लास भेगास र हलिवुडमा छायाङ्कन गरिएको 'हाम्री दाइ कि साली हल्का हल्का काली' को भिडियो सार्वजनिक भएको छ । अमेरिकाका प्रसिद्ध पर्यटकीयस्थलमा छायाङ्कन गरिएको यस गीतको स्वर, शब्द सङ्गीत तथा निर्देशन श्याम भट्टराईको रहेको छ । गीतलाई युट्युबमा "Songs Nepal" मार्फत सार्वजनिक गरिएको छ
गीतको छायाकन क्यालिफोर्निया लसएन्जल्सवासी शङ्कर राज वाग्लेले गरेका हुन् । उनी नेपालमा हुँदा मेरी बास्सै लगायत टेलिभिजनका विभिन्न टेलि श्रृंखलाहरुमा लेखनका साथै कलाकारको रूपमा समेत भूमिका निर्वाहा गरेका छन् ।
गीतमा अनिष सापकोटा, मिस क्यालिफोर्निया नेपाल...
लस एन्जल्स, १९ मे । नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा २१ मे २०१७ आइतबार रक्तदान कार्यक्रम हुन् गईरहेकोछ । अर्गनाइजेशनले अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । बिहान नौ बजे देखि दिउसो ३.०० बजेसम्म श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिर नर्वाल्कमा हुने रक्तदानमा भाग लिनको लागि सम्पूर्ण साउदर्न क्यालिफोर्नियाबासीलाई संस्थाले अनुरोध गरेको छ । हरेक व्यक्तिले गरेको रक्तदानले तीन जनाको जीवन रक्षा हुने गर्दछ । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार...
महाशक्ति देश अमेरिका ज्ञान, विज्ञान र आधुनिकताको उच्चतम प्रयोग हुने भुमि हो । विश्वभरका मानिसहरुको सपनाको संसार हो । त्यसैले त प्रतिभाशालि युवा युवतिको विश्वभरवाट यहीँ ओइरोलाग्छ । करिव १८ देखि ३० वर्ष उमेर समुहका प्रतिभाशालि नेपाली युवा युवती पनि राम्रो शिक्षा र उज्जोल भविस्यका लागि यहाँ संघर्ष गरिरहेका छन् ।
आधिकारिक तथ्यांक नभएपनि करिव ५० हजार नेपाली युवा युवती अमेरिकाको विभिन्न सहरमा बस्तै आएको अनुमान छ । यी मध्ये कतिपयले अमेरिकाका विश्व विद्यालय र कर्म थलोमा आफ्नो विशिष्ठ पहिचान समेत बनाई सकेका छन् । यद्यपि उनिहरुको प्रतिभा प्रस्फुटन होस भन्नका...
अमेरिका, १७ मे / लस एन्जलस अमेरिकाबाट आगामी एनआरएन अमेरिकाको चुनावी प्रतिस्पर्धामा भाग लिन लाएका र समुदाय सदस्य बिच नेपाल अमेरिका एकता समाजको कार्यालयमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना भयो । विभिन्न सङ्घ-संस्थाका प्रतिनिधि र उम्मेदवारी घोषणा गर्ने बिच भएको छलफलमा उम्मेदवारी के-को लागि, साउदर्न क्यालिफोर्निया र अमेरिकामा रहेको नेपाली समुदायले के प्राप्त गर्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।
एनआरएन आइसीसी सदस्यको लागि बलराम थापा, एनआरएन अमेरिकाको लागि उम्मेदवारी घोषणा गर्नेहरु उपाध्यक्ष पदमा उमा कार्की थापा, सचिवमा टेक बहादुर लामा, महिला...
अमेरिका, १५ मे । नेपाल अमेरिका पत्रकार संघ, नेजाले टेक्ससको ड्यालसमा गर्न लागेको एनआरएन
अमेरिकाका उम्मेदवारका आकांक्षी बिच १४ मे २०१७ आइतबार गर्न लागेको बहस
कार्यक्रम पूर्व निर्धारित समयमा नै गर्न लागेको जानकारी गराएको छ ।
नेजाले टेक्ससको ड्यालसमा एक पटक उम्मेदवारका आकांक्षी बिच बहस चलाइ
सकेको र पूर्व निर्धारित समयमा चुनाव हुन नसकिरहेको बर्तमान अवस्थामा,
चुनाव किन हुन सकेको छैन, चाडो भन्दा चाडो चुनाव गर्न क-कसको के कस्ता
दायित्व रहन्छन् भनी जटिल पाटो खडा भएको हुँदा सार्वजनिक महत्व्को विषयमा
बहसको आयोजना गर्नु झनै सान्दर्भिक भएको हुँदा उम्मेदवारी दर्ता...
एजेन्सी । कुख्यात अपराधी बब्लु दुवेको गोली हानी हत्या गरिएको छ । विहारको बेतियास्थित अदालत पुगेका दुवेमाथि आपराधिक समूहले अन्धाधुन्द गोली हानी हत्या गरेको छ ।
विहार पूर्वी चम्पारण जिल्लाअन्तर्गत कल्याणपुर थानको सिसवा खरार निवासी बब्लु दुवेमाथि तीन दर्जन भन्दा बढी ब्यक्तिको हत्या गरेको आरोप रहेको छ ।
वीरगन्जका व्यापारी सुरज केडियाको अपहरण समेत बब्लुको नाम चर्चामा आएको थियो । पछिल्लो समय मोतीहारी जेलमा कैदी बन्दी रहेको बब्लु पहिलेपनि जेलबाट भागेको ।
तीन वर्ष अघि विहार राज्यस्थित जेल सुरक्षामा तैनाथ प्रहरी हवल्दारलाई मारेर भागेका थिए
विहार राज्य...
उपेन्द्र सापकोटा,
अमेरिका, लस एन्जेलस ११ मे / साउदर्न क्यालिफोर्नियामा नेपालीहरुद्वारा निर्मित श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा हिजो २५६१ औ बुद्ध जयन्ति मनाइयो । सो समारोहको श्रीपशुपतिनाथ फाउनडेशन तथा बुद्दिस्ट सोसाइटी अफ क्यालिफोर्नियाले आयोजना गरेका थिए ।
रेडियो नेपालमा लामो समय धार्मिक कार्यक्रम सञ्चालन गरेका पुरुषोत्तम सापकोटाले बुद्ध सम्बन्धी भजन गाएर सहभागीहरुलाई मन्त्रमुग्ध पारेका थिए भने सोही अवसरमा बुद्धका ज्ञानगुनका कुरा गर्दै प्रकाश समेत पारिएको थियो ।
श्रीपशुपतिनाथ फाउनडेशनका महासचिव तथा पर्यटन दुत रामेश्वर भण्डारीले सञ्चालन...
एजेन्सी । भारतको राजस्थानमा वैवाहिक समारोह भइरहेको हलको पर्खाल भत्किँदा २४ जनाको मृत्यु भएको छ ।
राजस्थानको भरतपुर जिल्लामा तीव्र गतिमा चलेको हुरीका कारण विवाह समारोह भइरहेको हलको पर्खाल भत्किँदा २४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
९० फिट लामो तथा १२ फिट अग्लो पर्खाल भत्किँदा ज्यान जानेमा सात महिला र चार बालबालिका छन् ।
घटनामा २८ जना घाइते भएका छन् । भरतपुरको सिवर रोडमा रहेको एक हलमा विवाह समारोह भइरहेका बेला तीव्र गतिमा हुरी चलेपछि त्यसबाट बच्न मानिसहरु पर्खालको आडमा आएका थिए । त्यही बेला पर्खाल भत्किएकाले धेरै क्षति भएको समाचार...
एजेन्सी । अमेरिका र उत्तर कोरियाबीचको तनावले विश्वलाई नै चिन्तित तुल्याएको छ । पछिल्लो समय दुबै मुलुक शक्ति प्रदर्शन र धम्कीको भाषामा जोड दिइरहेबाट विश्वमा तनाव बढ्दै गएको छ ।
यसैबीच अमेरिकी गुप्तचर अधिकारीहरुले उत्तर कोरियाद्वारा अन्तरिक्षबाटै अमेरिकामाथि हमला हुन सक्ने आशंका जनाएका छन् ।
उत्तर कोरियाको पूर्ण सामरिक शक्ति विश्वजगतमा प्रष्ट नभए पनि उसका केही गतिविधि र चुहावट भएका केही सूचनाको आधारमा अमेरिकी गुप्तचरले यस्तो आशंका व्यक्त गरेका हुन् ।
स्रोतका अनुसार उत्तर कोरियाले इलेक्ट्रोनिक पल्स हतियारलाई अमेरिकाविरुद्ध प्रयोग गर्ने सम्भावना...
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच ब्यूरो एफबीआइका निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेका छन् ।
कोमीलाई पूर्व विदेशमन्त्री एवं ट्रम्पकी राष्ट्रपतीय चुनावकी प्रतिस्पर्धी हिलारी क्लिन्टनको ईमेल छानबिनको मुद्दामा गल्ली गरेको भन्दै पदबाट बर्खास्त गरिएको हो ।
गत साता अमेरिकी कंग्रेस समक्ष कोमीले क्लिन्टन ईमेल प्रकरणबारे गलत सूचना दिएको खबर बाहिर आएको थियो ।
क्लिन्टनले आफ्नो हारमा कोमीलाई जिम्मेवार ठहर्याएकी थिइन् ।
एफबीआइले कोमीको नेतृत्वमा ट्रम्पको चुनावी अभियान र रुससँगको साँठगाँठबारे लागेका आरोपमाथि अनुसन्धान गरिरहेको...
एजेन्सी । युरोप समर्थक मध्यमार्गी नेता इम्यानुअल म्याक्रोन फ्रान्सको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
दोस्रो चरणको निर्वाचनमा उदारवादी नेता म्याक्रोनले दक्षिणपन्थी पार्टी फ्रन्ट नेसनलकी नेता म्यारिन ल पेनलाई भारी मतअन्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
म्याक्रोनले ६६ दशमलव शून्य ६ प्रतिशत मत ल्याए भने पेनले ३३ दशमलव ९४ प्रतिशत मत प्राप्त गरेका छन् । ३९ वर्षीय म्याक्रोनले यसअघि कुनै पनि निर्वाचित पद सम्हालेका छन् ।
फ्रान्समा सन् १९५८ मा आधुनिक प्रजातान्त्रिक व्यवस्था सुरु भएयता परम्परागत रुपमा रहँदै आएका दुई ठूला ...