एजेन्सी । कन्टेनरको रासायनिक ग्यास चुहिँदा भारतको एउटा विद्यालयका झन्डै दुई सय विद्यार्थी बिरामी परेका छन् ।
विद्यालयमा पढाइ भइरहेका वेला शनिबार रासायनिक ग्यास फैलिएपछि विद्यार्थी बिरामी परेका हुन्
विषाक्त ग्यासका कारण विद्यार्थीमा आँखा दुख्ने, रिंगटा लाग्ने र घाँटी खसखसाउनेलगायतका समस्या देखिएको थियो । नयाँ दिल्लीस्थित विद्यालयनजिकैको एउटा ग्यास कन्टेनरबाट ग्यास चुहिएको थियो ।
‘विषाक्त ग्यासका कारण बिरामी भएका दुई सयजना बालबालिकालाई स्थानीय चार अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको अवस्था सामान्य छ,’ दिल्लीका प्रहरी उपप्रमुख रोमिल बानियाँले...
काठमाडौं । अमेरिकी नेतृ न्यान्सी पेलोसीको नेतृत्वमा अमेरिकी सिनेटको एक टोली शनिबार नेपाल भ्रमणमा आएको छ। तीनदिने नेपाल बसाईका क्रममा अमेरिकी सांसदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख आनेसरी घर्ती र परराष्ट्रमन्त्री प्रकाश शरण महतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
अमेरिकी एयरफोर्सको विमानबाट अमेरिकी सांसद टोली शनिबार राति त्रिभुवन विमानस्थलमा आइपुगेको हो। नेतृ पेलोसी अमेरिकी संसद कांग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटिभमा माइनोरिटी लिडर हुन। टोलीमा भारतीय मुलकी...
अमेरिका, ४ मे । गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिकाको २०१७-२०१९ कार्यकालको लागि सम्पन्न हुन गैरहेको निर्वाचनको लागि सदस्यता छानविन सदस्यता समितिले आफ्नो प्रारम्भिक सुची सार्वजनिक गरेको छ ।
करिब सत्र हजारको आवेदनमा पहिलो चरणबाट १४ हजार छ सय एकाउन्न रहेको सुची सार्वजनिक भएको छ । सो सुचिमा करिब पैंतीस सय सदस्य सहित टेक्सस पहिलो, बत्तीस सय सदस्य सहित न्युयोर्क दोस्रो र अठार सय सद्स्य सहित क्यालिफोर्निया तेस्रो स्थानमा रहेका छन ।
प्रारम्भिक चरणबाट सबै भन्दा धेरै सदस्य घट्ने मा टेक्सस पहिलो र क्यालिफोर्निया दोश्रो मा रहेका छन ।
यदि कसैको नाम छुट...
अमेरिका, ३ मे / विश्व स्वतन्त्रता दिवसको अवसर पारेर अमेरिका र क्यानाडामा कार्यरत नेपाली मुलका पत्रकारहरुलाई यस वर्ष देखि प्रदान गर्न लागिएको नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव प्रकाश, दिनेश कार्की र मनोज अधिकारीलाई सम्युक्त रूपमा प्रदान गरिएको छ ।
नेजाका वर्तमान उपाध्यक्ष एवं नेजाको एघारौ वार्षिक साधारण सभा तयारी मूल समिति गुणराज लुइटेलद्धारा प्रकाशित प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ । पुरस्कार मनोनयनका लागी नेजाले एक महिना अघि लेख रचनाहरू आव्हान गरेको थियो । शिव प्रकाश सहित मनोज अधिकारी र दिनेश कार्कीद्वारा लिखित “अमेरिकामा नेपालीले...
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनसँग भेट्न चाहेको बताएका छन् ।
दुई मुलुकबीच वाकयुद्ध चर्किरहेका बेला अमेरिकी राष्ट्रपतिले यस्तो चाहना व्यक्त गरेका हुन् ।
ब्लूमबर्गमा दिएको एक अन्तर्वातामा ट्रम्पले उपयुक्त समयमा किम जोङ उनसँग भेट्दा आफू खु्शी हुने बताए ।
ह्वाइट हाउसका प्रवक्ताले भने वर्तमान परिस्थितिमा भेटवार्ता सम्भव नभएको भन्दै उत्तर कोरियाले भड्काउपूर्ण गतिविधिमाथि नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
यसअघि हिजो मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता उनलाई चलाख शासक भनी टिप्पणी...
अमेरिका, ३० अप्रिल / अमेरिकामा रहेका प्रजातान्त्रिक आस्था राख्ने बौद्धिक व्यक्तित्वहरुले प्रधानन्यायधिश शुशिला कार्की माथि लगाएको महाअभियोगको प्रस्तावको विरोध गर्दै सार्वजनिक बक्तव्य निकालेका छन् |
सार्वजनिक गरिएको वक्तव्यमा "मिति २०७४ साल वैशाख १७ मा नेपालको विधायका संसद्मा नेपाली काँग्रेस र एनेकपा माओवादीका २४९ जना सांसदहरुको हस्ताक्षरले सर्वोच्च अदालतका प्रधानन्यायधीस बिरुध्द दर्ता गरेको महाअभियोग प्रस्तावले हामी प्रजातान्त्रिक मूल्य मान्यता एवम् स्वतन्त्र न्यायपालिका र कानुनी राज्यको अवधारणामा विश्वास गर्नेहरु अत्यन्त स्तब्ध र मर्माहित...
उपेन्द्र सापकोटा, लास एन्जल्स
अमेरिका, २६ अप्रिल । साउदर्न क्यालिफोर्निया बासी नेपालीहरू द्वार्रा निर्माणाधीन श्रीपशुपतिनाथको मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नर्वाल्क सिटिमा चर्च किनेर सोलाइ मन्दिरमा परिणत गर्नको लागि मर्मत सम्भारको कार्यभईरहेको छ ।
मन्दिरको लागि भवन खरिद पश्चात् विभिन्न समस्याहरू एकपश्चात अर्को आउने गर्दा निर्माण कार्यमा ढिलाइ हुन गएको थियो ।
श्रीपशुपतिनाथ फाउनडेसनका अध्यक्ष भक्त थापा सबैको सहयोग र अथक प्रयास पश्चात् अबको एक महिनामा निर्माण कार्य पूर्णरुपमा सकिने र आधिकारिक रूपमा खुल्नको लागि दुई महिना सम्म लाग्ने...
एजेन्सी । अमेरिकाले दक्षिण कोरियामा पठाएको क्रुज मिसाइल पानी जहाजले रक्षा प्रणालीका लागि तैनाथी सुरु गरेको छ ।
यद्दपी दक्षिण कोरियाका स्थानीय जनताले भने अमेरिकी कदम प्रति चिन्ता ब्यक्त गर्दै मिसाइल पानी जहाज तैनाथीको बिरोध गरेको छ ।
बिरोधकै क्रममा स्थानीय बासिन्दा र प्रहरीबीच केही समय झडप समेत भएको छ । उत्तर कोरियाको परमाणु कार्यक्रमका बारेमा तनाव भइरहेकै बेला अमेरिकाले यो कदम चालेको हो ।
यता उत्तर कोरियाले भने अमेरिकाको यो कदमले आफनो देशलाई केही फरक नपर्ने प्रतिक्रिया दिएको छ ।
दक्षिण कोरिया र अमेरिकाले भने उत्तर कोरियाको परमाणु कार्यक्रमको बिरोध...
एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले वाल स्ट्रिट बैंकमा एउटा भाषण गर्न ४ लाख डलर शुल्क लिन सहमति जनाएकोमा व्यापक आलोचना भएको छ ।
अमेरिकाका ४४ औं राष्ट्रपति रहिसकेका ओबामाले आगामी सेप्टेम्बरमा हेल्थ केयर सम्मेलनमा सम्बोधन गर्ने प्रस्ताव स्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ओबामाले ह्वाइट हाउस छाडेको सय दिन भन्दा कम समयमा यो स–शुल्क सम्बोधनमा सहमति जनाएका थिए । ओबामाले सम्बोधन बापत लिन लागेको शुल्क सन् २०१५ मा हिलारी क्लिन्टनले तीन वटा भाषणका लागि लिएको शुल्क भन्दा दोब्बर सरह हो ।
वाल स्ट्रिटले सन् २००१ को सेप्टेम्बर ११ मा...
युनाइटेड नेपाली एसोसिएसनले मे २६-२८ मा सम्पन्न हुन लागेको दोश्रो सम्मेलनको प्रारम्भिक तालिका सार्बजनिक गरेको छ। कार्यक्रमहरु आउने क्रम जारी रहेकोले यो नै अन्तिम तालिका भने होइन।सम्मेलनको मुख्य जोड युवा मै रहने छ। खेलकुद र साना बालबालिकाहरुको लागि कार्यक्रम समाबिस्ट छन्। सम्मेलनको उद्घाटन कार्यक्रम को सम्पूर्ण जिम्मा नेवा युएसए का प्रमेस श्रेष्ठले लिनुभएको छ। उद्घाटनमा सांस्कृतिक झाँकीहरु, नेपाली भेषभुषा लगायत नेपाल चिनाउने आकर्षक प्रस्तुतिहरु रहनेछन।हरेक साँझ डिजे नाइट आयोजना गरिएको छ। डिजेलाइ भब्य बनाउन डिजे मास्टर पी र डिजे मोमो जिम्मा दिइएको...
तोया दाहाल,
एनआरएन अमेरिकाको सदस्यता वितरणको समयमा भएका केही अस्वाभाविक गतिविधिले यो संस्था गलत अभ्यासको चक्रब्यूहबाट तत्काल बाहिर निस्कन नसक्ने देखाएको छ । यति सम्म कि केही घन्टामै एउटै कम्प्युटरबाट ६ सयलाई सदस्यता बनाइएको प्रमाणसमेत फेला परेको छ । समाचार स्रोतका अनुसार प्रविधि र कार्डको दुरुपयोग व्यापक मात्रामा भएका छन् ।
सदस्यता छानबिन समिति गाम्भीरयता पूर्वक अगाडि बढेमा करिब ३२ सय ६८ जनाको सदस्यता शंकाको घेरामा पर्ने संभावना छ । प्रमाणित हुन नसक्ने अनुमान गरिएका सदस्यहरुको संख्या सबैभन्दा बढि टेक्सासमा रहेको छ । जहाँ २२ सय भन्दा बढि यस्ता...
April 18, 2017, सुजन पण्डित, ह्युस्टन, टेक्सस
नेपालीहरु आफ्ना प्रियजनलाई अफ्ठ्यारो पर्दा कति सहृदयी हुन्छन् र सकेको सहयोग गर्न तत्पर भैहाल्छन् भन्ने कुराको एउटा राम्रो उदाहरण Nepalese Association of Houston (NAH) ले हालै शुरु गरेको दुईवटा सहयोग संकलन अभियानबाट प्रमाणित भएकोछ। दुई मध्ये एक सहयोग अभियान ह्युस्टन मै जीवनको आधा समय बिताएका युवा संगीतकर्मी सुभान्जन द्वाको क्यान्सर उपचारको लागि हो भने अर्को नेपालबाट आँखाको क्यान्सर उपचारका लागि ल्याइएकी २८ महिने बालिका सुभारम्भी गौतमको आँखामा भएको क्यान्सर उपचारको लागि।
'सुभान्जन द्वा' आर्थिक सहयोग अभियान
नेपाली समाज...
एजेन्सी । विज्ञान–प्रविधिमा फिक्सनको विषयमा सीमित रहँदै आएको ‘उड्ने कार’ अन्ततः तयार भएको छ ।
सडकमा गुडाउन पनि मिल्ने र हावामा उडाउन पनि मिल्ने कार निर्माण भइसकेको छ । यो कार पोर्चुगलको एक कम्पनीले निर्माण गरेको हो ।
यो कार चाँडै बजारमा उपलब्ध हुने जनाइएको छ । हवाई र सडक यातायातका नियमलाई ध्यानमा राखेर यो कार निर्माण गरिएको बताइएको छ ।
निर्माण कम्पनीले यसको सफल परीक्षण भएको दाबी गरेको छ । कारमा विमानको जस्तै तीन चक्का छ । कारको माथिल्लो भागमा हेलिकोप्टरको झैं दुई ब्लेड भएको पंखा छ । सडकमा गुडाउँदा उक्त पंखा ‘फोल्ड’ गरेर राख्न मिल्छ ।
यो कारमा एक सय...
एजेन्सी । उत्तर कोरियाले अमेरिकाले उक्साइरहे आफूहरु पनि परमाणु आक्रमणमा उत्रने चेतावनी दिएको छ ।
उत्तर कोरियाका उपविदेश मन्त्री हाङ सोङ–रयोलले प्योङयाङले परमाणु तथा मिसाइल परीक्षणलाई पनि निरन्तरता दिने चेतावनी दिएका हुन् ।
उत्तर कोरियाको परमाणु तथा मिसाइल परीक्षणका कारण बाँकी विश्वको टाउको दुखाई बनिरहेका बेला फेरि यो चेतावनी आएको हो ।
संयुक्त राष्ट्रसंघले कुनै किसिमको परमाणु कार्यक्रम गर्न नपाउने गरी प्रतिबन्ध लगाएपनि उत्तर कोरियाले टेरेको छैन ।
उपविदेश मन्त्री हाङले आफ्नो देशले साप्ताहिक, मासिक र वार्षिक रुपमा मिसाइल परीक्षण गरिरहने प्रष्ट...
नातिबाबु भट्ट अप्रिल १७, २०१७, कोलोराडो, अमेरीका/ नयां बर्ष २०७४ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले “नेपाल डे परेड” आयोजना गरि एक आपसमा शुभकामना साटासाट गरेका छन् ।
रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल आयोजनामा तथा हेल्पिङ ह्याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा विशेष अतिथीको रुपमा महाबाडिज्यदुत तथा बरिष्ठ गायक प्रेमराजा महत र बोल्डर नगरका मेयर सुजेन जोन्सको उपस्थिती रहेको थियो । त्यस्तै कार्यक्रममा हेल्पीङ ह्याण्डका अध्यक्ष तथा नेपाल परेड डे परेडका संस्थापक नारायण श्रेष्ठ, गायक नरेन्द्र प्यासी, हास्य कलाकार...