अमेरिका

अमेरिकि अध्यागमनका  नयाँ निति बारेमा नेपाली समुदायमा छलफल

1492397991us-flag.jpg
अमेरिका अप्रिल १६ । युएस नेपाल पोलिसी रिसर्च सेन्टरले अमेरिकाको अध्यागमन नितिमा भएका पछिल्ला फेरबदल र यस्ले नेपाली समुदायमा पारेको प्रभाव्, असर एवं सम्भावना का विषयमा संबन्धित क्षेत्रका बिज्ञहरुको छलफल कार्यक्रमको आयोजना गर्‍यो । अमेरिकाको अध्यागमन कानूनका संबन्धमा वकिल द्वय खगेन्द्र जी सी र बिनोद रोकाले प्रकाश पार्नु भएको थियो भने बिभिन्न प्रश्नहरुको जवाफ दिनु भएको थियो । यसै गरी समाज शास्त्रका प्रोफेसर डा राजन पन्त ले राष्ट्रपती डोनाल्ड ट्रम्प आए पछी को र बिगत को अध्यागमन संबन्धी अमेरिकि प्रबृत्तिका सम्बन्धमा बोल्नु भएको थियो ।   कार्यक्रममा युएस...

ह्युस्टनबासीले नेपालीपनका साथ नयाँ वर्ष मनाए

14923152331.png
मेरोखबर प्रतिनिधी, ह्युस्टन, अप्रिल १४, २०१७ नेपाली समाज ह्युस्टनको आयोजनामा नेपाली नयाँबर्ष २०७४ एवं आठौं नेपाल दिवस बिविध मनोरन्जनात्मक कार्यक्रम सहित सम्पन्न भएकोछ। प्राय नेपालबाट आएका नाम चलेका कलाकारहरुको प्रस्तुती रहने नयाँ बर्ष उत्सवमा गत दशैंमा झैं यो पटक पनि स्थानीय कलाकारहरुको अगुवाईमा मनोरन्जन दिने भरपुर प्रयास गरिएको थियो। ह्युस्टन कै कलाकारहरु जनक थापा, साईलामा, सरिता आचार्य, सन्दीप मास्के लगाएतको गीत र अरु धेरै कलाकारहरुको प्रस्तुती रहेको उक्त कार्यक्रममा करीब २५० जति नेपाली तथा नेपाल भाषी समुदायका व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रम...

लवक नेपाली समाजमा नयॉ कार्यसमिति चयन, अध्यक्षमा गौतम

1492228621labak.jpg
लवक, टेक्सास राज्यको लवकमा रहेका नेपालीहरूको प्रतिनिधिमुलक संस्था लवक नेपाली समाजमा सुरेन्द्र गौतमको नेतृतमा नयॉ कार्यसमिति चयन भएको छ । समाजका अगुवा प्राध्यापक डाक्टर मेघनाथ पराजुली र शर्मिला पराजुलीको निवासमा भर्खरै सम्पन्न दोस्रो अधिवेशनले निवर्तमान उपाध्यक्ष समेत रहेका गौतमको नेतृत्वमा नयॉ कार्यसमिति चयन गरेको हो । प्रा डा पराजुलीको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट सर्वसम्मतरूपमा चयन भएको उक्त कार्यसमितिको अध्यक्ष पदमा गौतम सहित उपाध्यक्षमा रामभक्तव जोशी, सचिवमा शर्मिला पराजुली र कोषाध्यक्षमा विन्दया सुवेदी रहेका छन् । त्यसैगरि कार्यसमिति...
1453145911obamacare.gif

युएनएको दोश्रो सम्मेलनको फेसन शोमा सोनी राजभण्डारी र नग्मा श्रेष्ठ डालस आउने

1492040274UNA1.jpg
लेखनाथ गौतम, अप्रिल ११, डालस, टेक्सास। मे महिनाको अन्तिम साता अर्थात् मेमोरियल विकेन्ड (मे २६-२८) मा डालस मा हुन लागेको युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो साधारण सभामा प्रस्तुत हुने विभिन्न कार्यक्रमहरु मध्ये फेसन शो पनि एक महत्वपूर्ण कार्यक्रम हो। सोहि फेसन शो मा मिस नेपाल इन्टरनेसनल सोनी राजभण्डारी आफ्नो विद्वता, सुन्दरता र क्षमता प्रदर्शन गर्न र फेसन शोमा सहभागीहरुलाई हौसला प्रदान गर्न डालस आउने भएकी छिन। २०१४ मा मिस पोखरा नियुक्त भए पछि सोहि बर्ष मिस नेपालमा तेश्रो भएकी सोनी जापान सम्पन्न अन्तररास्ट्रिय सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी...

विख्यात आरोही आङरिता शेर्पाका नाममा पैसा नउठाउन अपिल

1492039730angrita1.jpg
  हिम चितुवाका नामले विख्यात आरोही आङरिता शेर्पा खराव स्वास्थ्यका कारण अहिले अस्पताल भर्ना भएका छन् । काठमांडौ वासवारी स्थित न्यूरो अस्पतालमा भर्ना भएका शेर्पा अहिले स्वास्थ्यकर्मी र आफन्तसँग छोटो कुराकानी गर्न सक्ने अवस्थामा फर्कनु भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् । उनको स्वास्थ्यमा के कस्तो समस्या आएको हो भन्ने विषयमा चिकित्सकहरुले कुनै जानकारी सार्वजनिक गरेका छैनन् ।  विना अक्सिजन १० पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका विश्व कृतिमानि आङरिता शेर्पाले नेपालका ८ हजार मिटर भन्दा अग्ला सवै हिमालको सफल अरोहण गरेका छन् ।  उनी...

लसएन्जल्सबासीलाई प्रमोद खरेलको निमन्त्रणा

1492039272pramod-kharel.jpg
नेपाल अमेरिका एकता समाजको आयोजनामा आज अप्रिल १२ तारिख बुधबारको दिन साँझ ८.०० बजेदेखी तारा हिमालयन कुजिन आर्टेशिया मा नयाँ बर्ष – २०७४ शुभकामना साँझ आधुनिक सुगम संगीतका चर्चित गायक प्रमोद खरेलको साथमा भव्यता तथा रमाईलो बाताबरणका साथ सम्पन्न हुन गईरहेको छ । हरेक बर्ष संस्थागत रुपमा नेपाली नयाँ बर्षलाई बिबिध कार्यक्रमको आयोजना गरि स्वागत गर्ने लसएन्जल्सका नेपालीहरुले यस बर्ष भने नेपालमा नै पुगेको आभाष हुने गरि नयाँ बर्ष मनाउन पाउने भएका छन् । यसै सन्दर्भमा लस एन्जलसका बिभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु एंव सम्पुर्ण सामुदायिक सदस्यहरुलाई...
Advertisement

‘हेन्डसम’ नभएको भन्दै श्रीमतीद्वारा श्रीमानको हत्या

14919860561491982162hatya.jpg
एजेन्सी । भारतको तामिलनाडुमा एक नवविवाहित महिलाले श्रीमानको हत्या गरेकी छिन् । इन्डियन एक्सप्रेसका अनुसार ‘हेन्डसम’ नभएको भन्दै उनले श्रीमानको हत्या गरेका हुन् । ती महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको एक साताअघि मात्रै विवाह भएको थियो । उनीहरूबीच सोमबार साँझ कुडालोरस्थित घरमा भएको थियो । झगडाका क्रममा श्रीमतीले ग्राइन्डरले टाउकोमा प्रहार गरेकी थिइन् । लगत्तै उनको मृत्यु भएको थियो । त्यसपछि श्रीमती चाहिँ बाहिर निस्किएर श्रीमानको हत्या भयो भन्दै रोइकराइ गरेकी थिइन् । प्रहरी अनुसन्धान पश्चात मंगलबार उनलाई नै हत्या अभियोगमा पक्राउ गरिएको हो...

यात्रुलाई घिसारेर विमानबाट निकालेको

14919817801491978843CEOFINAL.jpg
एजेन्सी । अमेरिकाको यूनाइटेट विमान कम्पनीका सीईओ अक्सर मनोजले आफ्ना कर्मचारीले यात्रुलाई घिसारेर विमानबाट बाहिर निकालेको घटनामा माफी मागेका छन् । उनले घटनालाई वास्तवमै भयानक भनेका छन् । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । यसले कम्पनीको शेयरमा गिरावट आएको छ । यसअघि यूनाईटेडका सीईओले कर्मचारीको बचाव गरेका थिए । शिकागोबाट लुइविले जान लागेको विमानको क्षमताभन्दा धेरै टिकट बुक भएको फ्लाइटबाट डाक्टर डेभिड दाओ नाम गरेका यात्रुलाई जबरजस्ती विमानबाट उतारिएको थियो । दाओलाई उनी बसिरहेको सीटबाट घिसारेर बाहिर लगिएको थियो । उनको अनुहारमा रगत समेत...

भारतीय जासुसलाई पाकिस्तानमा मृत्युदण्डको सजाय, भारत आक्रोशित

14919004041491875144suside.jpg
एजेन्सी । पाकिस्तानमा भारतका कथित जासुस कुलभूषण सुधीर जाधवलाई मृत्युदण्डको सजाय सुनाइएको छ। पाकिस्तानले उनी भारतीय गुप्तचर निकाय ‘रअ’ का एजेन्ट भएको दाबी गर्दै आएको छ। कुलभूषण जाधवलाई सन् २०१६ को ३ मार्चमा बलुचिस्तानमा गिरफ्तार गरिएको थियो। उनीमाथि पाकिस्तानको जासुसी गरेको आरोप छ। सो आरोपमा उनीमाथि पाकिस्तानमा सैनिक कानुनअनुसार सैनिक अदालतमा मुद्दा चलिरहेको थियो। यसमा कुलभूषणमाथिको आरोप सही साबित भएको भन्दै मृत्युदण्डको सजाय तोकिएको हो। पाकिस्तानका सैनिक प्रमुख कमर जाभेद बाजवाले कुलभूषणलाई मृत्युदण्डको सजाय भएको पुष्टि गरेका छन्। उनले...
Advertisement

हङकङमा विक्री भयो बिश्वकै महंगो हिरा

14913756831491358665hiraaa111.jpg
एजेन्सी । विश्वकै महंगो मानिने गुलाबी रंगको हीरा हङकङ्गमा ७ दशमलव १ करोड अमेरिकी डलरमा बिक्री भई विश्व रेकर्ड कायम गरेको छ । मानव इतिहासमै सबैभन्दा ठूलो मानिने अण्डाकारको यो हीरा ५६ दशमलव ६ कैरेटको छ । सन् २०१३ मा जेनेभामा गरिएको यस्तै लीलामीमा यस हीराका लागि एक ब्यापारीले ८ दशमलव ३ करोड अमेरिकी डलर तिर्ने बोलकबोल गरे पनि रकम चुक्ता गर्न सकेका थिएनन् । हीरा हङकङ्गस्थित चो ताइ फुक गहना पसलले किनेको हो ।     ...

पुटिनलाई “पूर्णसाथ” दिने ट्रम्पको प्रतिज्ञा

14913003361491293782trump.png
वासिङटन, २२ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिकाको तर्फबाट “पूर्णसाथ” दिने प्रतिज्ञा गर्नुभएको छ । रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलसेवामा एघार जनाको ज्यान जानेगरी सोमबार भएको विस्फोटनको घटनापछि उहाँले पूर्ण साथको प्रतिज्ञा गर्नुभएको हो । राष्ट्रपति ट्रम्पले घटनामा मृत्यु भएका सबैप्रति श्रद्धान्जलि व्यक्त गर्दै पीडित सबैप्रति सहानुभूति व्यक्त गर्नुभएको छ । घटनामा परी अन्य दर्जनाँै घाइते भएका छन् । रुसले सोमबारको आक्रमण नाटकिय आतङ्क भएको बताएको छ । सेन्ट पिटर्सवर्ग शहरमा तीन दिनको...

रुसी राष्ट्रपति पुटिनले सम्बोधन गरेको ठाउँमा विस्फोट : ११ जनाको मृत्यु

14912926391491268533rusia-blast-b.jpg
मस्को – रुसको सेन्ट पिटर्सबर्गस्थित मेट्रो स्टेशनमा सोमबार भएको विस्फोटमा ११ जनाको ज्यान गएको छ । दुइवटा मेट्रोस्टेसनबीचको टनेलमा दुई वटा विस्फोट भएका थिए ।   घटनामा ५० जना घाइते भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार सबेरै सेन्ट पिटर्सबर्गमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका थिए । पुटिनले विस्फोटको घटनाको छानबिन गरिने जनाएका छन् ।   विस्फोटपछि सबै मेट्रो स्टेसन बन्द गरिएका छन् । सेन्ट पिटर्सबर्ग मेट्रोका ५ लाइन र ६७ स्टेसन छन् । सन् १९५५ मा सुरु गरिएको सेन्ट पिटर्सबर्ग मेट्रोले दैनिक २३ लाख मानिस बोक्छ । आजको कान्तिपुरमा खबर...
Advertisement

प्रवासी नेपाली मंच अमेरिकाको अध्यक्षमा प्रभु थापा

1491194935ONF.jpg
अमेरिका, २ अप्रिल / प्रवासी नेपाली मंच अमेरिकाको सम्पन्न दोश्रो अधिवेशनबाट अध्यक्ष पदमा प्रभु थापा निर्वाचित भएकाछन । आज सम्पन्न भएको निर्वाचनमा थापाले आफ्ना प्रतिद्वन्दी जनक रानालाई २९ मत अन्तरमा पछि पार्दै निर्वाचित भएका हुन् । थापाले ८५ मत प्राप्त गरे भने रानाले ५६ मत प्राप्त गरेका थिए । यसै गरि वरिष्ठ उपाध्यक्षमा टेक गुरुङ ७७ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिद्वन्दी प्रीति सागर खत्रीले ६४ मत प्राप्त गर्न सफल भएका थिए । उपाध्यक्ष पदमा यमुना भट्टराई ६४ मत प्राप्त गर्दै विजयी भईन भने प्रदिद्वंदीहरु कमल ओझा ५६ र सुशील क्षेत्री १९ मत ल्याउन सफल भए ।...

यस्तो छ नेजस अमेरिकाको साधारण सभाको तयारी

1490934421NPRCC.jpg
भर्जिनिया,अमेरिका,मार्च ३० | आगामी अप्रिल२२ तारिख शनिवार यहाँ हुन लागेको नेपाली जनसम्पर्क समिति,अमेरिकाको पहिलो वार्षिक साधारण सभाको तयारी तीव्र पारिएको छ | साधारण सभालाई भव्यतापूर्वक सम्पन्न गर्न केन्द्रीय समितिका उप सभापति केशब बरालको संयोजकत्वमा एक मूल समिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ | यसैगरी साधारण सभास्थल भर्जिनियाका च्याप्टर सभापति रामशरण हुमागाईंको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति समेत गठन गरिएको छ | साधारण सभामा सहभागी हुनका लागि अहिले अमेरिकाका विभिन्न राज्य तथा शहरमा छरिएर रहेका समितिका सदस्यहरुले अहिले धमाधम होटल बुकिङ्ग...

हारेर पनि जीतको शान

1490934066Satish-chapagain.png
अमेरिकामा धेरै संघसंस्था छन् | तिनीहरुका निर्वाचन भईरहन्छन र हारजीत पनि भईरहन्छ | कतिको निर्वाचन भएको पनि थाहा हुदैन | कति संस्थाको नयाँ कार्य समितिको अध्यक्षको मात्र फोटो टाँसेर समाचार बाहिर आउछ | तर बानाको निर्वाचन सकिएपछि भने हारेका व्यक्ति सतिश चापागाईंको चर्चा एकाएक चुलिएको छ | सन्दर्भ बानाको निर्वाचनको हो | बाना अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको नेपालीहरुको एउटा सक्रिय सामाजिक संस्था हो | यही संस्थाको अध्यक्ष पदमा हरेका युवा सतिश चापागाईंको भने धेरै नै चर्चा बाहिर आएको छ | कारण पराजित हुनु लगत्तै चापागाईंले ब्यक्त गरेको विचार नै हो | चापागाईंले आफ्ना...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement