काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता अमेरिकामा रहेका १ सय ११ जना नेपालीहरुबिरुद्ध देशनिकालाको प्रकृयाका लागि अध्यागमन अदालतमा मुद्दा दायर गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।
बराक ओबामाको कार्यकालका पछिल्ला ४ महिनामा जम्मा २१८ जना नेपालीहरुबिरुद्ध देशनिकालाको प्रकृयाका लागि अध्यागमन अदालतमा मुद्दा दायर गरिएको थियो ।
यसरी हेर्दा ट्रम्पको कार्यकालका दुई महिनामा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले देशनिकालाको प्रकृयाका लागि अध्यागमन अदालतमा मुद्दा दायर गरेका नेपालीहरुको...
भर्जिनिया,अमेरिका,मार्च २८ ।
आगामी अप्रिल २२ तारिख शनिवारका दिन यहाँ सम्पन्न हुन लागेको नेपाली जनसम्पर्क समिति,अमेरिकाको वार्षिक साधारण सभाको तयारी तीव्र रुपमा जारी रहेको छ । हाल आन्तरिक व्यवस्थापनका कार्यहरुलाई अघि बढाई रहेको साधारण सभा मूल व्यवस्थापन समितिका संयोजक एवं समितिका उप सभापति केशब बरालले जानकारी दिनु भएको छ । समितिका सभापति आनन्द विष्ट हाल नेपाल गएका कारण वरिष्ठ उप सभापति धनन्जय नरसिंह केसीले कार्यवाहक सभापतिको रुपमा जिम्मेवारी बहन गरिरहनु भएको छ ।
कार्यवाहक सभापति केसीका अनुसार,अहिले अमेरिकाभरका कांग्रेसजन आसन्न साधारण सभाका लागि...
एजेन्सी । जर्मनीको एक संग्रहालयबाट ४० लाख अमेरिकी डलर अर्थात् ४० करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने सुनको सिक्का चोरी भएको छ ।
जर्मनीको बर्लिनस्थित बोडा संग्रहालयबाट सिक्का चोरी भएको हो । क्यानडामा बनाइएको यो सिक्काको प्रत्यक्ष मूल्य नै १० लाख डलर अर्थात् १० करोड रुपैयाँभन्दा बढीको भएको बताइएको छ ।
एक सय किलो तौलको यो सिक्का २४ क्यारेटको शुद्ध सुनबाट बनेको बताइएको छ । सिक्काको मूल्य वास्तविक तौलभन्दा निकै बढी भएको मानिन्छ । संग्रहालयमा गरिएको सुरक्षालाई चुनौती दिँदै करिब आधा मिटर ब्यास भएको यो सिक्का कसरी चोरी भयो भन्ने खुलासा भएको छैन ।
कुनै एक जना मात्र...
एजेन्सी । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्यसहित ४० देशले विश्वव्यापीरुपमा आणविक हतियार प्रतिबन्ध गर्ने विषयमाथिको बहस बहिष्कार गरेका छन् ।
अमेरिका, बेलायत, फ्रान्सलगायत ४० देशले विश्वव्यापी रुपमा आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्ले बोलाएको बैठक बहिष्कार गरेका हुन् ।
तर, अरु १ सय २० भन्दा धेरै देश भने प्रस्तावको पक्षमा छन् । गत अक्टोबरमा राष्ट्रसंघको एक सम्मेलनमा परमाणु हतियारमा कानुनी रोक लगाउने सन्धिमा वार्ता गर्ने घोषणा गरिएको थियो ।
चीन, भारत र पाकिस्तानले समेत वार्ताको विपक्षमा मतदान...
एनआरएनको अनियन्त्रित पत्राचारले संस्थाको मर्यादा घटाउदै
अग्नि चौलागाईं
गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिति अमेरिका कहिलेबाट सुरु भएको भन्ने विवादको परिभाषा दिने क्रममा एनआरएनए का क्षेत्रीय संयोजक, संयोजक ले केही समय पहिले पत्राचार गरे लगतै केन्द्रबाट महासचिव बद्रि के.सी.ले संस्थाको आधिकारिताको बारेमा पत्राचार गरेकाछन । केन्द्रमा समेत विधानको व्याख्याको लागि एउटा समिति भएको अवस्थामा सो समितिको निर्णय बेगर महासचिवले पत्राचार गरेको भन्दै पुन: अध्यक्षबाट अर्को पत्राचार हुने सम्भावना रहेको छ ।
हरेक बिहान केन्द्रबाट अर्को कुन पत्र आउँछ भनी...
उपेन्द्र सापकोटा, लस एन्जलस
अमेरिका, २६ मार्च / गैर आवासीय संघ, राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न चुनाव विवादको कारणले समयमा नहुने सम्भावना बढेर गएको छ । मे २५ मा नयाँ कार्य समितिको नतिजा प्रकाशित गर्नु पर्ने अनुमान सहितको विधानमा उल्लेख भएको कार्यतालिका बमोजिम सबै कार्य पुरा गर्न सदस्यता बन्ने म्याद थप, भेरिफिकेशन समिति जस्ता विवादको कारणले चुनाव टर्ने सम्भावना बढी रहेको छ ।
विधान बमोजिम २०१७-२०१९ को अनुमानित कार्यतालिकामा सदस्यता बन्ने अन्तिम म्याद मार्च १५, सदस्यता भेरिफिकेशन मार्च ३१, सदस्यताको अन्तिम नामावली निर्वाचन समितिलाई दिने अप्रिल ५,...
उत्तर कोरिया - संयुक्त राष्ट्रसंघले जारी गरेको रिपोर्टमा सो जानकारी दिइएको हो । उत्तर कोरियाले क्षेप्यास्त्र आक्रमणको होड बढाइरहेकै बेला संयुक्त राष्ट्रसंघले प्योङयाङबारे नयाँ प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनअनुसार विश्व समुदायबाट एक्लिएको उत्तर कोरियाका ७० प्रतिशतभन्दा बढी नागरिक खाद्यान्न सहयोगमा निर्भर हुने गरेका छन् ।उनीहरुमध्ये धेरै मानिस आधारभुत स्वास्थ्य उपचार र सरसफाइबाट वञ्चित छन् ।
पाँच बर्षमुनिका बालबालिकाको मृत्युदरमा वृद्धि भएको छ । साढे दुई करोड जनसंख्या भएको देशमा एक करोड जनसंख्या कुपोषणको सिकार बनेका छन् ।
मानवीय संकट...
एजेन्सी । अफ्रिकी मुलुक कंगोमा विद्रोही समूहले ४० जना सुरक्षाकर्मीको शीर छेदन गरी हत्या गरेका छन् ।
कंगोको कसाईमा प्रहरीलाई धरापमा पारी शीर छेदन गरी हत्या गरिएको हो । प्रहरीको बन्दोबस्तीको सामान बोकेको गाडीलाई विद्रोही समूह कामविना नासापुले धरापमा पारेको हो ।
उक्त गाडीमा ४६ जना प्रहरी रहेकामा ६ जनालाई भने मुक्त गरेको कंगोका अधिकारीहरुले जनाएका छन् ।
गत अगष्टमा विद्रोही समूह कामबिना नासापुका नेता मारिएपछी आक्रोशित बनेको सो समूहले सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण जारी राखेका छन् ।
संयुक्त राष्ट्रसंघले जनाए अनुसार उनी मारिएपछी कंगोको कसाईमा मात्रै ४...
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलग्रहमा मानवबस्ती निर्माणका लागि अमेरिकी अन्तरिक्ष संस्था (नासा)लाई अहिलेसम्मकै धेरै रकम उपलब्ध गराएका छन् ।
ट्रम्पले अमेरिकिनहरुको सुखद् भविष्यका लागि दोस्रो ग्रहको खोजीअन्तर्गत् नासाका वैज्ञानिक, इन्जिनियर र खगोलविद्हरुलाई आफ्नो काममा सफलता मिलोस् भनेर २० बिलियन अमेरिकी डलर अर्थात् करिब २०० अर्ब नेपाली रुपैयाँ उपलब्ध गराउने सहमति गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले नासा ट्रान्जिसन अर्थोराइजेसन ऐनअन्तर्गत् सन् २०१८ सम्म उक्त रकम उपलब्ध गराउने ‘बिल’मा गत मंगलबार हस्ताक्षर गरेका हुन् । यो नासालाई...
काठमाडौं – लन्डनको वेस्टमिनिस्टरमा बुधबार भएको आतंककारी आक्रमणमा एक प्रहरी अधिकृतसहित चारजना मारिएका छन् ।
बेलायती संसदभवन नजिक अन्धाधुन्द कार हाँकेर गरिएको आक्रमणमा पैदल हिँडिरहेका कम्तीमा २९ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
घटनापछि बेलायतका नेपालीसमेत त्रसित छन् । ‘बेलायतमा पनि ढुक्कसँग बस्न सकिएन’ एक नेपालीले भने । यो खबर आजको कान्तिपुरमा छ ।
उक्त आक्रमणमा हालसम्म नेपाली परेको खबर नआएको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले बताए ।
...
अमेरिका, २३ मार्च / नेपाली जन सम्पर्क समिति अमेरिकाको अप्रिल २२ मा हुन् गइरहेको साधारणसभा सोही मितिमा नै हुने भएको छ ।
केही दिन पहिले नेपाली काँग्रेस केन्द्रीय कार्यालयले नेपालमा स्थानीय चुनाव हुन गईरहेकोले तत्काल स्थगन गर्न गरेको परिपत्रलाई सच्याउदै सोही मितिमा गर्नको लागि अर्को परिपत्र जारी गरेको छ ।
लामो तयारी पश्चात् हुन लागेको यस सभाको लागि विभिन्न च्याप्टरबाट आउनेहरुले टिकट समेत काटिसकेको अवस्थामा स्थगनको सूचना आउँदा मर्कामा परेका थिए ।
संस्थाको सभामा सबैलाई खुल्ला आमन्त्रण गरिएको छ, जसमा सबैले आफ्नो संस्थालाई सुध्रिढ बनाउनको लागि अमूल्य सुझाव...
अमेरिका, २३ मार्च / नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अमेरिकामा रहेका नेपाली मूलका पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गर्न लागेको एक हजार एक सय डलर राशिको ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’ को लागि आजबाट आवेदन आह्वान गरेको छ ।
आगामी मे ६ र ७ मा वासिङ्टन डिसीमा आयोजना हुने नेजाको ११ औँ साधारण सभामा उक्त पुरस्कार घोषणा गरिनेछ ।
नेजा कार्य समितिको निर्णयअनुसार पुरस्कारका लागि एक स्वतन्त्र छनौट समिति गठन गरिएको छ ।
पुरस्कार छनौट समितिले आवेदनका लागि निम्न शर्तहरु निर्धारण गरेको छ-
१) आवेदकले सन् २०१६ भित्रमा प्रकाशित वा प्रसारित आफ्ना तीन...
शिव बिष्ट, नर्थ क्यारोलिना , १९ मार्च / दक्षिण पुर्वि राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) र मध्य पश्चिम राज्यहरुमा बस्ने नेपालीको संस्था एसोसियसन अफ नेपलिज् ईन मिड वेष्ट अमेरिका (एन्मा)को १३ औ संयूक्त सम्मेलन सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सुन्दर शहर सार्लोटमा हुने भएको छ । सार्लोटस्थित नेपालीहरुको संस्था ग्रेटर सार्लौट नेपलिज एसोसियसनको आयोजनामा सम्पन्न हुने उक्त सम्मेलनमा स्थानीय तथा अमेरिकाको २० भन्दा बढी राज्यहरुबाट प्रतिनिधिहरु सहभागीता जनाउने गरी तयारी भैरहेको सम्मेलन आयोजक समितिका...
अग्नि चौलागाईं
कला क्षेत्रको स्वर्णिम सहरको रूपमा रहेको हलिवुड र विश्वको मनोरन्जनको राजधानीको उपनाम, रात्रि जीवन तथा विश्व जुवा घरको रूपमा परिचित लस भेगासको नाम विश्वका अधिकांश मानिसहरूले सुनेका छन् । धेरैले यसको भ्रमण गरेका छन् भने एक पटक घुम्ने वा पुग्ने चाहना सबैले राख्दछन ।
के छ त यी सहरहरूमा, जसले मानिसलाई लोभ्याउने गरेको छ, किन हामीले गर्न सकेनौ यस्तो बिकाश र के गर्दा हामि पनि फड्को मार्न सकौला त ?
पूर्वीभागमा सिनेमा बनाउन कठिन हुने अवस्थामा अमेरिकाको पश्चिम क्षेत्रमा सहज कानुनी आधार र बस्नको लागि राम्रों वातावरणको कारण सिनेमा उद्द्योगहरु द्रुतगतिमा...
न्यूयोर्क,अमेरिका, मार्च १४ | नेपाली जनसम्पर्क समिति,अमेरिकाको केन्द्रीय कानुन विभागले पूर्णता पाएको छ | समितिको विधान लगायत अन्य कानुनी विषयका बारे केन्द्रीत रही काम गर्न समितिले आफ्ना केन्द्रीय सदस्य पिताम्बर भुषाललाई प्रमूखको रुपमा जिम्मेवारी प्रदान गरेको थियो | सोही जिम्मेवारी अनुरुप आफुले विधान संशोधनलगायतका अन्य कामहरु अघि बढाउन विभागलाई पूर्णता दिएको भुषालले जानकारी दिनुभएको छ | भुषालले आज विभागलाई पूर्णता दिनु भएको हो |
सोही अनुसार,विभागमा शुभेन्द्र रानाभाट,गौतम दाहाल,विनोद भट्ट र देशराज संयोक सदस्य रहनु भएको छ | पाँच सदस्यीय विभागका सदस्यहरु मध्ये...