कला

प्रेम गीतमा रमाउदै देबेन्द्र (भिडियो सहित )

1454224708image.jpg
आधा दर्जन नेपाली आधुनिक गीतहरुमा आवाज दिएका दंगाली गायक देवेन्द्र बस्नेत अहिलेको चर्चित नेपाली चलचित्र ‘प्रेमगीत’को शिर्ष गीत मार्फत पनि सार्वजनिक भएका छन् । यो चलचित्रले गरेको ‘कभरसंङ’ युट्युव प्रतिष्पर्धाका लागि बस्नेत प्रतिष्पर्धि बनेर सार्वजनिक भएका हुन् । सुगम पोख्रेल र अन्जु पन्तको आवाजमा रहेको यो गीतमा बस्नेतले मिठो लय दिएका छन् । स्टेज कार्यक्रममा दिएको प्रस्तुतीलाई युट्युव मार्फत सार्वजनिक गरेका बस्नेत सुगम संगितका सम्भावना बोकेका गायकका रुपमा जिल्लामा चिनिदै आएका छन् । उनले अहिले सम्म आधा दर्जन सुगम संगितमा आवाज भरिसकेका छन् । बस्नेत...

संघर्षशील युवा यामराज प्रत्रकारिता सँगै कलाकारितामा जम्दै

1453077119yamraj.jpg
मलेसिया, १७ जनवरी / दैलेख जिल्ला बिन्ध्याबासिनी गा.वि.स ६ मा एक साधारण परिवारमा जन्मिएका युवा यमराज पत्रकारितासंगै कलाकारितामा जम्दैछन । स्कुले जीवनदेखि सामाजिक, सांस्कृतिक लगायतका विभिन्न कार्यक्रममा भाग लिने युवक आफ्नो एस.एल.सी.को समाप्ति पश्चात् उच्च शिक्षा हासिल गर्ने कार्य सँगै दैलेखको रेडियो ध्रुबतारा एफ एम मार्फत क्यारियर सुरु गरेका थिए । स्कुलमा समेत गीत सङ्गीतका कार्यक्रममा भागलिएर आफ्नो प्रतिभा देखाई सकेका यी युवा एफ.एम मार्फत छोटो समयमा दर्शकको मन जित्न सफल भए । नेपालमा ग्रामीणक्षेत्रमा क्षेत्रमा पत्रकारिता गरेर आफ्नो जीविकोपार्जन गर्न निकै...

राशीले निर्धारण गर्छ तपाईंको गरिखाने बाटो

1453073143rashiphal.jpg
काठमाडौं । वर्तमान युग प्रतिस्स्पर्धाको युग हो। यस युगमा विद्यार्थी र अभिभावकका लागि के कस्तो विषयको ज्ञान प्राप्त गरेर सजिलै रोजगारी र व्यवसायको मार्गप्रशस्त हुन्छ भन्ने बारेमा दुबिधा उत्पन्न हुन्छ। हुन त यस विज्ञान र प्रविधिको आधुनिकतम युगमा मान्छे सूचनाप्रविधिको सहयोग लिएर वा रोजगार/शैक्षिक परामर्शदाता वा नातागोताका अनुभवी र विद्वद्जनहरूबाट सल्लाह र सुझाव लिएर आफ्नो ज्ञान र सीप बटुल्ने तथा पढ्ने बाटो तय गर्दछन्। अनि अध्ययन पुरा भएपछि वा अध्ययन अपुरो भैदिंदा पछुताउन र मनले इच्छाए झैं जागिर वा व्यवसाय नभेट्नाले गुनासो गर्ने गर्दछन्। उनीहरूलाई यो...
1453145911obamacare.gif

‘नेपालको जस्तो लोकसंस्कृति संसारमै छैन’ : प्रम ओली

1453054741oli.jpg
काठमाडौँ ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो देशको जस्तो लोकसंस्कृति संसारमै कमै मात्र देशमा रहेकाले यसलाई विश्वभर फैलाउनुपर्ने बताउनुभएको छ । नेपाल सांस्कृतिक संस्थानले आज यहाँ आयोजना गरेको ‘चौतारी साँझ–२०७२’ हेर्न पुग्नुभएका उहाँले बाँसुरी लगायतका लोक वाद्यवादनबाट निस्कने धुनमा पुर्खाका धेरै गाथा लुकेको बताउनुभयो । करिब ३५ सय वर्षअघिका कृष्णले बाँसुरीको धुन बजाएर धेरैलाई लठ्ठ पारेको दृष्टान्त दिँदै उहाँले भन्नुभयो, “पुर्खाबाट विरासतमा पाएको संस्कृति र वरदानमा पाएको प्रकृति दुबैमा हामी धनी छौँ ।” सांस्कृतिक कार्यक्रममा जापानमा...

बिराज भट्ट खेल्ने भए निर्माता भुवन भट्टको चलचित्रमा,निर्देशन मुकुन्द भट्टले गर्ने

1451370005biraj-bhatta-2.jpg
विमर्श न्यौपाने काठमान्डौ, १४ पुष / देश यतिबेला नाकाबन्दीको चपेटामा परिरहेको बेला गैर आवासीय नेपाली सङ्घ डेनमार्कका उपाध्यक्ष भुवन भट्ट भने नाकाबन्दीलाइ छिचोल्दै चलचित्र निर्माणमा लाग्नु भएको छ । १० वर्ष अघि देखी डेनमार्क बस्दै आउनु भएको भट्टले नेपाली युवाहरू वैदेशिक रोजगारको लागी  तेस्रो मुलुक जाने कथाबस्तुमा आधारित भएको चलचित्र निर्माण गर्न लाग्नु भएको हो। गोल्डेन हिल्स पिक्चरको ब्यानरमा निर्मित यस चलचित्रलाई सुदुरपश्चिमका युवा निर्देशक मुकुन्द भट्टले निर्देशन गर्न लाग्नुभएको छ । अहिलेको व्यस्त  द्वन्द्व निर्देशक चन्द्र पन्तले यस चलचित्रमा...

हिन्दी टेलिफिल्म छोडेर नेपाली फिल्ममा गोविन्द बास्तोला

1451140501bimarsha.jpg
विमर्श न्यौपाने / गण्डकी अञ्चल कास्की जिल्ला पोखरा ११ फुलबारी घर भै हाल कृस्टल क्लाउज इन्टेरटेन्मेन्ट कम्पनी सञ्चालन गरी छुट्टै पहिचान बनाउन सफल सञ्चालक तथा निर्देशक गोविन्द बास्तोला नेपालमा केही गर्छु भनी बलिवूड अन्तर्गतको हिन्दी सिरियलमा सहायक निर्देशनको काम छोडेर नेपाल आएका छन्। बास्तोला पोखरामा चलनचल्तीमा आएका व्यक्ति हुन जस्ले विभिन्न नाटक गर्ने गराउने मोडलिङ र्याम्प गराउने तथा विभिन्न सास्कृतिक कार्यक्रममा सहभागिता जनाइ कार्यक्रम सफल गर्न माहिर मानिन्छन । हिन्दी सिरियलको सहायक निर्देशनमा अनुभव बटुलेका बास्तोलाले बलिवूडपन टाइपको दृश्य...
Advertisement

बिशिको सांगीतिक यात्रा विदेश बाटै

1450654243qa.jpg
यामराज विष्ट, मलेसिया, २० डिसेम्बर / पछिल्लो समयमा नेपाली गीत सङ्गीतमा धेरैको रुचि चाहाना बढेको छ । सङ्गीत दुख:सुखको समिश्रण भन्ने गरिन्छ । यस्तै रोजगारीको सिलसिलामा कतार पुगेका बिशिको संगीतिक यात्रा पनि विदेशबाट सुरु भएको छ । म्याग्दी जिल्ला अर्मन गाविस टिकाबाङ वडा न-१ मा जन्मेर विदेशमा भए पनि  आफ्नो कला संस्कृति बचाई राख्न दिन रात लागि पर्नुभएका बिशि अहिले नेपाली गीत सङ्गीतका  सुख दुखका यथार्थ कहानी समेटिएका गीत बजारमा ल्याउनु भएको छ । विदेश बाटै   भएपनि  आफ्ना कला पहिचान बचाउनको लागि यतिबेला बिसि निकै व्यस्त हुनुहुन्छ । साङ्गीतिक क्षेत्रमा लागेको ...

दोहा कतार कलाकार समूहले गर्‍यो भूकम्प पीडितलाई राहत वितरण

1450494547q2.jpg
कतार, १८ डिसेम्बर / वैशाख १२ र त्यस पश्चात् गएको भूकम्पका पिडितहरुको लागि दोहा कतार कलाकार समूहले राहत वितरण गरेको छ । दोहा कतारमा रहेर नेपाली कला र संस्कृतिलाई माया गर्ने प्रवासी नेपाली कलाकार र गीत सङ्गीतमा सक्रिय गायक तथा सर्जक मधुसुदन डाङ्गीको संयोजकत्व तथा समर बोहराको व्यवस्थापनमा सिन्धुपाल्चोक जिल्ला मेलम्ची ६ स्थित दनुवार बस्तीका भुकम्पपिडितलाई राहत वितरण गरेको हो । भुकम्पपीडितलाई सहयोगको अभियान , नेपाली कला र संस्कृतिको पहिचान भन्ने मूल नाराको साथ सहयोग स्वरूप दर्जनभन्दा बढी कलाकारहरुद्वारा आयोजित विविध सास्कृतिक कार्यक्रम दोहा कतारमा आयोजना गरी...

एल्बम ' संजोग ' संगै रोहन

1450287422image.jpg
पोखरा,१ पुष । संगीतकार श्रीमान थुलुङ्गको आधुनिक गीति संग्रह संजोक सार्बजनिक भएको छ । आइतबार पोखरामा एक कार्यक्रमका बिच एल्बमको बिमोचन गरिएको हो ।    उच्च माध्यमिक विद्यालय संघ (हिसान) कास्कीका अध्यक्ष बाबुराम पन्तले एल्बमको बिमोचन गरेका हुन् ।     सुर्य खड्का ‘बिखर्ची’ , सरस्वती श्रेष्ठ ‘सरु,’ पूर्ण बहादुर श्रेष्ठ र कोबिदेशार्ण उपाध्यायको शब्दलाई श्रीमान थुलुङले संगित दिएका छन् भने रोहन जंग कार्की, उमेश राई संजु लिम्बु, पूर्ण बहादुर श्रेष्ठ र काजिमान राइले स्वर दिएका छन् ।    म पनि त् जादैछु, म घुम्दै जादा, कहिले आउ बोलका गितमा भने रोहन जंग...
Advertisement

निष्प्रभ सजीको उपन्यास ‘डार्विन हार्बर’ लोकार्पित

1448727789darbin-harbor.jpg
काठमाडौँ, १२ मङ्सिर । युवा उपन्यासकार निष्प्रभ सजीको पहिलो उपन्यास ‘डार्विन हार्बर’ को आज लोकार्पण गरियो । प्राज्ञ मुकुन्दशरण उपाध्याय, साहित्यकार नयनराज पाण्डे र उपन्यासकार बुद्धिसागर चपाईंलगायतले शिल्पी थिएटरमा आयोजित कार्यक्रममा सो उपन्यासको लोकार्पण गर्नुभयो । वास्तविक नाम माधवराज पौडेल भएका उपन्यासकार सजीले आफ्नो उपन्यासमा प्रेमलाई मुख्य विषय बनाउनुभएको छ । प्रवास (अस्ट्रेलिया)मा बसेर पनि साहित्य सिर्जना गर्न सफल सजीले आफ्नो जन्मस्थान कास्कीको हेम्जा, आफू पढेको स्थान नेपालगन्जदेखि लिएर कर्मस्थान अस्ट्रेलियाको सिड्नीसम्मको यात्रा वर्णन...

‘पाँचौँ अन्तर्राष्ट्रिय लोक फिल्म महोत्सव’ सम्पन्न

1448727738Logo-for-news.jpg
काठमाडौँ, १२ मङ्सिर । अमूल्य अमूर्त अनुसन्धान लोकगीत, लोक सङ्गीत, लोकबाजा लोकनाच, लोक संस्कृति, लोकपरम्परा र लोकजीवनका विविध पक्षको अध्ययन अनुसन्धान र प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको ‘पाँचौँ अन्तर्राष्ट्रिय लोक फिल्म महोत्सव’ आज सम्पन्न भएको छ । ‘जीवनका लागि सङ्गीत र बाँच्नका लागि सङ्गीत’ भन्ने मूल नारासहित सुरू भएको महोत्सव नेपाली लोकबाजा सङ्ग्रहालयको आयोजना तथा सांस्कृतिक संस्थानको सहआयोजनामा यही मङ्सिर १० गतेबाट सुरू भएको थियो । महोत्सवमा विश्वका विभिन्न राष्ट्रका मौलिक लोक संस्कृतिको अनुसन्धान र संरक्षणको लागि भइरहेको कार्यका...

‘क्यानभास’मा स्वाभिमान

1448548870canvas.jpg
काठमाडौँ, १० मङ्सिर । कठिन परिस्थतिमा पनि देशको स्वाभिमान उच्च रहेको देखाउन कलाकार ज्योतिप्रकाश विकले आज वसन्तपुर डबलीमा ‘क्यानभास’को माध्यम प्रयोग गर्नुभयो । ‘आर्ट फर ग्लोबल पिस’ नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा करिब डेढ घन्टा लगाएर उहाँले देशको नक्सा–चित्र कोर्नुभयो । विभिन्न रङले सजिएको चित्रमा हिमाल, पहाड, तराई तथा देशको जातीय सांस्कृतिक विविधता झल्किएको थियो । चित्रमा नाकाबन्दीको ताला लागेको देखाएको भए पनि चाबी पनिसँगै थियो । कलाकार विकले चित्रबारे भन्नुभयो, “छिमेकीले नाकाबन्दीको ताला लगाए पनि त्यसलाई खोल्ने चाबी हामीसँग छ, त्यो...
Advertisement

अमेरिकाको टेक्सास लगाएत विभिन्न शहरहरुमा छायांकन गरिएको हास्य टेली शृंखला "मेरी-बास्सै" (भिडियो सहित)

1447812919texas.jpg
भोकै प्यासै देख्छु सवै गाहे भयो वाच्न देशै रोएको वेलामा सक्दिन म हास्न ।। नेपालमा विनासकारी भूकम्प जादा चर्चित हास्य व्यङ्ग कलाकार सिताराम कट्टेल द्धारा अभिव्यक्तित भाव हुन यी । उत्त समयमा उनी लगाएत उनकी श्रीमति कुन्जना घिमिरे, चर्चित गायक प्रमोद खरेल, पशुपति शर्मा एवं संगिता थापामगर अमेरिकाका विभिन्न सहरहरुमा सांस्कृतिक कार्यक्रमहरुमा व्यस्त थिए । उनीहरु अमेरिकाका विभिन्न शहरहरुमा कार्यक्रममा व्यस्त रहदै नेपालमा विनासकारी भूकम्प गयो । यसविचमा जम्मा नौ वटा कार्यक्रमहरु भएका थिए । जव नेपालमा विनासकारी भूकम्प गयो उनीहरु अमेरिकाका विभिन्न शहरहरुको वाकि...

‘फिल्म साउथ एसिया–२०१५’

1447771707fsa.jpg
काठमाडौँ, १ मङ्सिर । दक्षिण एसियाका विभिन्न मुलुकले निर्माण गरेको ‘नन् फिक्सन’(वृत्तचित्र) फिल्म महोत्सव ‘फिल्म साउथ एसिया–२०१५’ यही मङ्सिर ३ गतेदेखि सुरु हुने भएको छ । साउथ एसिया ट्रस्टले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्म महोत्सवले नदेखिएका, नसुनिएका विभिन्न खालका घटनालाई महोत्सवमार्फत देखाउने जमर्को गरेको बताइएको छ । ट्रस्टका प्रमुख तथा नेपाली पत्रकार कनकमणि दीक्षितले नेपालमा विभिन्न मुलुकले आयोजना गर्ने अन्तर्राष्ट्रियस्तरका महोत्सव हुने गरेको बताउँदै नेपालले नै आयोजना गरेको निकै कम महोत्सवमध्ये यो एउटा महत्वपूर्ण महोत्सवको...

कला विश्लेषण - 'छम्म छम्म' उदियमान कलाकार कमला सापकोटा

1446176895kamala-sapkota.jpg
सुर्य प्रसाई , लस एन्जल्स कलाको कुनै भूगोल हुन्न । चाहे त्यो गीत संगीत होस् , चाहे त्यो नृत्य होस् वा साहित्यका अन्य विधा । कहिले काँही  नयाँ पुस्ताका शालीन  तथा बहु प्रतिभाशाली  पात्रहरुबाट आशा राख्न सकिने सम्भावनाहरू जीवित रहन्छन । त्यस्तै सम्भावना बोकेकी उदियमान एक पात्र  हुन्  कमला सापकोटा । ‘छम्म छम्म’ गीत र सोही गीतमा बेली  नृत्य र मोडेलिंग बाट एकाएक सफलताको शिखर चुम्दै गरेकी कमलाले सो गीतमा आफ्नै स्वर दिएकी छन् । मध्य पूर्वीय  सभ्यताबाट सामाजिक कला प्रस्तुतिका रूपमा  विकसित भएको बेली नृत्य  लाई नेपाली गीत संगीतमा नृत्यका रूपमा प्रस्तुत...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement