अर्थ

देशलाई आत्मनिर्भर बनाउन सकिन्छ : गभर्नर नेपाल

1471139792nrb1.png
पाल्पा, २९ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा खुलेका बैंकबाट पैसा परिचालन गरी नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ । नेपालमा परनिर्भरता रहकाले बंैकबाट कर्जाको सही परिचालन गरी उत्पादन बढाउनुपर्ने र परनिर्भरता हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । छोराछोरी पैसा कमाउन विदेश अब पठाउने होइन, स्वदेशमा नै केही गरी देशलाई आत्मनिर्भर बनाउने गरी युवा उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । आर्थिक अभावका कारण परनिर्भर भएकाले अब ग्रामीण क्षेत्रमा बैंक स्थापना भएकाले त्यसबाट भरिपूर्ण उपभोग गरी देशलाई आर्थिक समृद्धितर्फ अघि...

नेप्से परिसूचक ४० अङ्कले बढ्यो

1469444569IPO-Logo.jpg
काठमाडौँ, १० साउन । आइतबार सफ्टवेयरमा आएको समस्याका कारण कारोबार हुन नसकेको धितोपत्र बजार आज भने करिब ४० अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्चेन्जका अनुसार आज नेप्से परिसूचक ४० अङ्कले बढेर एक हजार ८४० विन्दुमा पुगेको छ । कुल १४७ कम्पनीकोे सेयर बजारमा आज रु दुई अर्ब २४ करोड दुई लाख नौ हजार ६२४ मूल्य बराबरको कारोबार भएको छ । कुल ४७ लाख ४० हजार ९७२ कित्ता सेयर कारोबार हुँदा जलविद्युत् समूहबाहेक अन्य समूहको भने सेयर कारोबार बढेको छ ।  तीन दिन लगातार बन्द भएर खुलेको सेयर बजारमा बैङ्किङ २.४८, होटल २.१२, विकास बैंक ४.६३, फाइनान्स २.४५, बीमा ०.९३, उत्पादन क्षेत्र ०.११ र...

रु पचपन्न करोडको खोटो निकासी

1469442126khoto.jpg
धनगढी, १० साउन । कैलालीबाट आर्थिक वर्ष २०७२÷७३ मा रु ५५ करोड १८ लाखको खोटो निर्यात भएको छ ।  भन्सार कार्यालयका अनुसार रु आठ करोड ९० लाख २४ हजारको रोजिन र सात लाख ३६ हजार १६० किलो तार्पिन तेल निकासी भएको छ । अघिल्लो आव २०७१÷७२ मा यस नाकाबाट रु ७२ करोड ४९ लाख २३ हजारको ५४ लाख छ हजार किलो खोटो, रु १२ करोड १५ लाख ७८ हजारको रोजिन तथा १० लाख ३३ हजार ७२० किलो तार्पिन तेल निकासी भएको भन्सार कार्यालयका अधिकृत राजेन्द्र थापाले जानकारी दिनुभयो ।  कैलालीबाट निकासी हुने प्रमुख वस्तुका रुपमा खोटो, रोजिन र तार्पिन तेल रहेको छ । उद्योगको उत्पादन घटेको, कतिपय उद्योग सञ्चालनमा...
1453145911obamacare.gif

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg
काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ ।  यसैगरी एक दिनको तलब बराबरको वार्षिक ग्रेडसमेत उपलब्ध गराउने भएको छ भने यसअघि दिइँदै आएको महँगी भत्ता कायमै गरिएको छ ।   अर्थमन्त्री विष्णु पौडेलले शनिबार व्यवस्थापिका संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७३/७४ को बजेट भाषणमा राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च राख्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन विद्यमान तलबमान वृद्धि गरिएको बताउनुभयो ।   तलब वृद्धिले मुद्रास्फिित बढेर महँगी बढ्ने र त्यसको मार सर्वसाधारणमा पर्ने भन्दै निजी...

जिरीको चिया विदेशी बजारमा

1461764923tea-leaf.jpg
भक्त केसी जिरी, १५ वैशाख । जिरी टी डेभलपमेन्ट कम्पनी जिरीले उत्पादन गरेको चिया अहिले विदेशी बजारमा निर्यात हुने गरेको छ । जिरीमा उत्पादन गरिएको चिया विदेशी बजारमा निर्यात हुँदा मासिक चार लाख ८० हजार बराबर रुपैयाँ विदेशी मुद्रा जिरी भित्रिने गरेको छ । दोलखाको पर्यटकीय नगरी जिरीमा २०५७ सालदेखि व्यावसायिक रुपमा सुरु गरेको चिया खेतीबाट आम्दानी दिन थालेको पाँच वर्षपछि अहिले वार्षिक रुपमा अन्तर्राष्ट्रिय बजारमा एक हजार २०० किलोग्राम चिया निर्यात हुँदा विदेशी मुद्रा जिरी भित्रने गरेको हो । जिरी टी डेभलपमेन्ट कम्पनीले उत्पादन गरेको चिया हाल अन्तर्राष्ट्रिय...

जलाशययुक्त आयोजना सरकारको प्रमुख प्राथमिकतामा

1460732229kulekhani.jpg
रमेश लम्साल काठमाडौँ, ३ वैशाख । सरकारले विसं २०८२ सम्म कुल दश हजार २०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसारको कार्ययोजना अगाडि सारेको छ । कुल उत्पादनको ५० प्रतिशत जलाशययुक्त आयोजनाबाट परिपूर्ति गर्ने र बाँकी नदी प्रवाहमा आधारित आयोजना तथा नवीकरणीय ऊर्जाबाट उपलब्ध गराउने लक्ष्य राखिएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल निर्माण सुरु गर्ने र नलसिंहगाड आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार पारी अगाडि बढाउने लक्ष्य राखेको छ । बूढीगण्डकी आयोजनालाई चालु आवमा नै निर्माणका लागि तयार पार्ने...
Advertisement

किसानको साथी पशुपन्छी

1459003896animals.jpg
राजाराम कार्की काठमाडौँ, १३ चैत । तपाईँ कामको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने पशुपक्षी विकास मन्त्रालयलाई साथी बनाउनुहोस् । तपाईँलाई सो मन्त्रालयले काम दिने निर्णय गरेको छ । मन्त्रालयले काम दिएबापत तपाईँसँग शुल्क लिँदैन । उल्टै राहतस्वरुप उपयुक्तता हेरी निश्चित मापदण्डको आधारमा गाईभैँसी, भेंडाबाख्रा, बङ्गुर र कुखुरापालनका लागि अनुदान उपलब्ध गराउने भएको छ । मन्त्रालयले आगामी तीन वर्षभित्र मुलुकलाई अन्डा, मासु र दूधमा पूर्ण आत्मानिर्भर बनाई पशुजन्य पौष्टिक पदार्थबाट जनतालाई कुपोषण हुन नपरोस् भन्ने अभिप्रायले ‘किसानको साथी’ अभियान सञ्चालन गरेको छ...

किसान केरा खेतीतर्फ आकर्षित

1458126548banana-tanzania.jpg
बाँके (खजुरा), ३ चैत । जिल्लाका किसान व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका छन् ।  पहिले धान गहुँ लगाउने किसानले केही वर्षयता व्यावसायिक केराखेती गर्न थालेका हुन् । केराखेतीमा यथेष्ट आम्दानी हुने भएकाले व्यावसायिक रुपमा लागेको महादेवपुरीका किसान लक्ष्मीप्रकाश केसीले बताउनुभयो ।  पानीको सुविधा भए केराखेती गर्न सकिने भएकाले पनि यस क्षेत्रका किसान व्यावसायिक रुपमै लागेका हुन् । व्यावसायिक रुपमा लाग्दा विभिन्न निकायले पनि सहयोग गर्ने र बजार व्यवस्थापन समेत राम्रो भएकाले केराखेतीलाई व्यवसायीकरण गरिएको किसान कर्णबहादुर बूढाक्षेत्रीले बताउनुभयो...

नेपाली उत्पादनलाई अमेरिकामा भन्सार छुट दिने कानुनमा राष्ट्रपति ओबामाबाट हस्ताक्षर

1456499244obama.jpg
अग्नि चौलागाईं अमेरिका, अमेरिका, २६ फेब्रुवरी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाललाई स्पेशल ट्रेड प्रेफरेन्सेंस(विशेष व्यापार सहायता) दिन स्वीकृत प्रदान गर्ने कानुनमा हिजो हस्ताक्षर गरेका छन् । नेपाल स्थित अमेरिकी दूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । यस कानुनको क्रियान्वयन पश्चात् गलैचा, टोपी, च्यादर, गलबन्दी, र यात्रा सामग्री लगायत ६६ प्रकारका सामाग्रीमा भन्सार छुट पाउनेछन । नेपालमा वैशाखमा गएको भूकम्पले गरेको क्षति पश्चात् नेपालको पुनरुत्थानमा प्रथम चरणमा दश वर्षको लागि प्रदान गरिएको यस कार्यक्रमले सघाउ पुरयाउने...
Advertisement

वन्यजन्तु आरक्षमा पर्यटकका लागि ‘टुर प्याकेज’

1456024799logo.jpg
कञ्चनपुर, ९ फागुन । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पर्यटन प्रवद्र्धनका लागि शनिबारदेखि साप्ताहिक टुर प्याकेज सञ्चालनमा ल्याइएको छ ।  ‘शुक्लाफाँटा भ्रमण गरौँ, पर्या पर्यटनको अवलोकन गरौँ’ भन्ने नारासहित हरेक शनिबारका लागि प्याकेज सञ्चालन गरिएको हो ।  नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स (नाटा) सुदूरपश्चिम च्याटरका अध्यक्ष मायाप्रकाश भट्टले आरक्ष प्रवेशद्वारमा आयोजित कार्यक्रममा प्याकेजको औपचारिक शुभारम्भ गर्नुभयो ।  शुक्लाफाँटा आरक्षको प्रवेशद्वार नजिक सञ्चालित शुक्लाफाँटा जङ्गल कटेज र मोहित टुर एण्ड ट्राभल्सले प्याकेजलाई प्रवद्र्धन गरेको छ...

मजदुरको ज्याला २७ रुपियाँले वृद्धि

1455592771tea-estate.jpg
काँकडभिट्टा (झापा), ३ फागुन । चिया बगान तथा प्रशोधन कारखानामा काम गर्ने मजदुरको ज्याला दैनिक रु २७ ले वृद्धि भएको छ ।  नयाँ निर्धारित ज्यालानुसार चिया बगानमा काम गर्ने मजदुरले गत माघदेखि दैनिक रु २२८ पाउन थालेका छन् । यसअघि उनीहरूले दैनिक रु २०१ मात्रै पाउँदै आएका थिए ।  अहिले वृद्धि भएको ज्याला असार मसान्तसम्मका लागि मात्रै भएको नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) मेचीका अध्यक्ष सन्तकुमार राईले बताउनुभयो राईले आगामी साउनदेखि पुनः रु २५ थप गरिने बताउनुभयो । उहाँका अनुसार मजदुर सङ्गठन र उद्योगीसँगको वार्तापछि मजदुरको ज्याला वृद्धि गरिएको हो । नियमानुसार...

माटाको भाँडा : लोकप्रियता घट्दै

1455447411clay-pots-bhaktapur-durbar-square-kathmandu-nepal-eaha1y.jpg
कालीकोट, २ फागुन । पछिल्लो समय माटाको भाँडाको लोकप्रियता घट्दै गएको छ ।  स्टिल तथा धातुका साथै तामा, पित्तल र प्लाष्टिकका कारण माटाको भाँडाको लोकप्रियता घटेको हो । जिल्लाको सिपखानामा माटोका भाँडा बनाउँदै आएका कुमालेहरुले समेत अहिले माटाका भाँडा बनाउन छाडेका छन् । वृद्धले काम गर्न नसक्ने तथा युवाले चासो नदिएका कारण यस पेसाप्रति आकर्षण घटेको हो ।  “झन्झटिलो लाग्ने भएकाले माटोको भाँडा बनाउन युवाले चासो दिएका छैनन्” स्थानीय छक्क कुमालले भन्नुभयो । तीन पुस्ता अघिदेखि माटोका भाँडा बनाउँदै आएका कुमाल परिवार यही व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका थिए ।...
Advertisement

एक करोडको लगानीमा कागज उद्योग

14553725842.jpg
तनहुँ, १ फागुन । जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ साँखर निवासी सन्तोष सिग्देलले १० रोपनी क्षेत्रफलमा रु एक करोड लगानी गरेर नेपाली कागजको उद्योग खोल्नुभएको छ ।  गत वैशाख महिनादेखि उद्योग स्थापना गरी सुरुवात गर्नुभएका सिग्देलले हाल दैनिक दुई हजारदेखि तीन हजारको (ताऊ)सङ्ख्यासम्म नेपाली कागज उत्पादन हँुदै आएको उहाँले बताउनुभयो ।  तनहुँ जिल्लासँगै लम्जुङ, गोरखा, कास्की, चितवनमा समेत कागजको माग भइरहेकोले बजारको समस्या समेत नरहेको उहाँले उल्लेख गर्नु भयो ।  गाउँघरमै पाइने बाबियो, अर्गेलीको बोक्र्रा, लोत्तालगायतको कच्चा पदार्थबाट नेपाली कागज बनाउने...

Oil prices fight back

1455334598ma1.jpg
LONDON, Feb 12, 2016 (AFP) - Oil surged Friday, mirroring a recovery across European stock markets, as traders hunted for bargains after a turbulent week, analysts said.  Crude futures in London and New York trading were up 5.0 percent around 1200 GMT, a day after US prices tanked towards 13-year lows.  Thursday's sharp falls "triggered some kind of bargain-hunting", said Bernard Aw, a market strategist at trading firm IG.  He added it was unlikely that price support had come from another report suggesting the OPEC producers' cartel was open to working towards cutting output .  The point was echoed by Michael McCarthy, chief market strategist at CMC Markets in Australia.  "Until we hear an indication from a country or from a large producer that they are prepared to cut their own production, I would severely discount these comments," he told AFP.  Low oil prices have hammered OPEC's poorer producers such as Venezuela and Nigeria, but its influential Gulf members led by Saudi Arabia have refused to cut output as it looks to maintain market share in the face of competition from US shale.  The Wall Street Journal quoted United Arab Emirates energy minister Suhail Al Mazrouei as saying that the Organization of Petroleum Exporting Countries was willing to cooperate with other producers on trimming the global crude supply glut.  In Friday deals, Brent North Sea crude for delivery in April jumped $1.60,...

भारतीय मजदुरकै भरमा तरकारी खेती

1455109306tarkari-kheti.jpg
भीमदत्तनगर, २७ माघ । पछिल्ला वर्षमा कञ्चनपुर तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । तरकारी किन्न भारतीय बजार जानुपर्ने बाद्यता हटेको छ । तर तरकारी उत्पादनका लागि भने भारतीय मजदुरकै भर पर्नुपर्ने अवस्था छ ।  सदरमुकाम भीमदत्तनगर आसपासका दैजी, सुडा, झलारी, बागफाँटालगायतका क्षेत्रमा भारतीय मजदुरले जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्दै आइरहेका छन् । “हामी स्थानीय उत्पादन बढ्यो भनेर खुसी भइरहेका छाँैं” कञ्चनपुर मण्डी व्यवसायी समितिका पूर्व अध्यक्ष तर्कराज भट्टले भन्नुभयो– “तर अझै पनि यहाँका किसान तरकारीखेतीमा व्यावसायिक रुपले लाग्न सकेका छैनन्...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement