अर्थ

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री डा महतको भनाई

1436536201Ram-Sharan-Mahat.jpg
काठमाडौँ, २५ असार । अर्थमन्त्री डा रामशरण महतले मुलकमा लगानीमैत्री वातावरण बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज राजस्व परामर्श समितिको प्रतिवेदन बुझ्दै अर्थमन्त्री डा महतले भन्नुभयो, “ठूला लगानीकर्ता आउन इच्छुक भएका छन्, त्यस्ता लगानीकर्ताको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध छ ।” पछिल्लो समयमा मुलुकमा लगानीका अवसर सिर्जना भएकाले त्यस्ता अवसर सदुपयोग गर्दै जानुपर्नेमा उहाँको जोड थियो । व्यापार घाटालाई कम गर्नु अहिलेको मुख्य चुनौती भएको बताउँदै अर्थमन्त्रीले निर्यात वृद्धि गर्ने खालका उद्योग सञ्चालन गर्ने उद्योगलाई...

अनिश्चितकालका लागि वैदेशिक रोजगार व्यवसाय बन्द

काठमाडौँ, २३ असार । खाडीका छ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क हवाई टिकट, प्रवेशाज्ञाको व्यवस्थाको विरोधमा वैदेशिक रोजगार व्यवसायी सङ्घ आन्दोलनमा उत्रिएको छ ।  नयाँ व्यवस्था लागू भएपछि कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (दुबई), ओमन, कुबेत र मलेसियाका रु १० हजारदेखि रु २० हजारको हाराहारीमा मात्रै कामदारले यी सात मुलुकमा जाँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने हुन्छ ।  व्यवसायी भने यसअघिकै नियमअनुसार मलेसियामा रु ८० हजार, खाडीमुलुकमा रु ७० हजारसम्म अधिकतम रकम उठाउन पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन्...

माछा नमारे चुलो बल्दैन कसरी पढ्न जानु

1436327266Hals,_Frans_-_Fisher_Boy_-_1630-32.jpg
जाजरकोट, २३ असार । गेनकोट–१ दल्लीमा नलसिंहगाडको तिरमा वादी बस्ती छ । बस्तीमा पाँच दर्जन बालबालिका छन् । तर, कोही पनि विद्यालय जाँदैनन् । केहीले विद्यालयमा नाम लेखाए पनि अधिकांशले नामसमेत लेखाएका छैनन् ।  विद्यालय नगएर वादी बालबालिका माछा मार्न नलसिंहघाट र भेरी नदी जाने गर्छन् । माछा मार्नु वादी बालबालिकाको दैनिकी बनेको छ । यो उनीहरूको रहर नभई बाध्यता हो ।  अभिभावकसँग बालबालिकाले पनि माछा मार्ने काम नगरे परिवारमा गर्जो टर्दैन । “परिवारका सबैले माछा नमारे त पेट भर्ने र जिउ ढाक्ने समस्या हुन्छ” स्थानीय प्रेम वादीले भन्नुभयो, “यो हाम्रो बाध्यता हो, माछा...
1453145911obamacare.gif

बजेट समिक्षा, नेताका गोजीबाट ल्याइएका योजनाले मात्रै प्राथमिकता पाउने गरेको आरोप

14361126161436079586113_KS-KTM-Minister Mahat Answers to Finance Committee.jpg
काठमाडौँ, २० असार । अर्थमन्त्री डा रामशरण महतले आव २०७२÷७३ को बजेट वक्तव्यमा समावेश गर्नुपर्ने विषयका बारेमा आज दुर्गम क्षेत्रका सभासद््सँग छलफल गर्नुभएको छ ।  अर्थ मन्त्रालयमा आज भएको छलफलमा सभासद्हरुले बजेटको अभावमा भन्दा पनि नीति र कार्यक्रमको अभावमा विकास बजेट खर्च हुन नसकेको, नेताका गोजीबाट ल्याइएका योजनाले मात्रै प्राथमिकता पाउने गरेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।  जिल्ला परिषद्ले पारित गरेको योजनालाई बाहेक गर्ने, बजेट निर्माणको अन्तिम समयमा पहुँचवाला नेताको योजना मात्रै हाल्ने, स्थानीय आवश्यकताभन्दा पनि केन्द्रले...

सांसद विकास कोषबाट स्वरोजगार तालिम

1436088313rojgar.jpg
काठमाडौँ, २० असार । कागेश्वरी मनहरा नगरपाललिकाका ५० महिला र पाँच पुरुषलाई सांसद विकास कोषको बजेटबाट कृषि र पशुसम्बन्धी तालिम दिइएको छ ।  सभासद् रामेश्वर फुयाँलको सक्रियतामा सोे कार्यक्रम सञ्चालन गरिएको हो । भोर्लेटार विकास समाजको आयोजनामा भएको तालिम कार्यक्रममा कृषि र पशु विज्ञले तालिम दिएका थिए । कोषको रु दुई लाख बजेटमा चार तालिम सञ्चालन गरिएको सभासद् फुयाँलले जानकारी दिनुभयो ।  गोकर्णेश्वर नगरपालिका–१२ जोरपाटीमा सिर्जनशील महिला समाजको आयोजनामा ७५ महिलालाई अचार बनाउने तथा प्रगतिशील महिला समाजको सक्रियतामा फोहर व्यवस्थापन गरी कम्पोस्ट मल बनाउने...

रेडियो सुनेरै मौरीपालन गरे

1435751818Apis_mellifera_flying.jpg
बेनी (म्याग्दी), १६ असार । बेनी नगरपालिका–१२ डडुवाकी रामकुमारी खत्रीले मौरीपालन गर्दा कृषि विकास कार्यालयमा त्यससम्बन्धी कुनै कार्यक्रम थिएनन् ।  विसं २०५० मा रेडियो नेपालमा प्रसारण हुने कृषि कार्यक्रममा मौरीपालनका बारेमा सुनेको केही दिनमै कृषि कार्यालयमा पुगेकी खत्रीलाई कुनै पनि कार्यक्रम नभएको बताएपछि रित्तै फर्किइन् । “मौरीका बारेमा बुझ्दा कर्मचारीले मुखामुख गरे । रेडियो सुनेरै धेरैवर्ष मौरीपालन गरेँ” उनले भनिन् ।  तीनवटा काठको घारबाट मौरीपालन सुरू गरेकी खत्रीसँग अहिले ६० वटाको हाराहारीमा घार छन् । आवश्यक परेको बेलामा सरकारी तथा गैरसरकारी...
Advertisement

वैदेशिक रोजगारमा जाने महिला कामदार असुरक्षित बन्दै

1435507414female-worker.jpg
काठमाडौँ, १३ असार । वैदेशिक रोजगारमा जाने महिला कामदारलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गरी उनीहरुको गन्तव्यलाई सुरक्षित बनाउनुपर्ने खाँचो औँल्याइएको छ ।  वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको परिचालनले संयुक्तरुपमा आज यहाँ आयोजित अन्तत्र्रिmयामा कामका लागि विदेश जाने अधिकांश महिला घरेलु काम तथा मनोरञ्जनका क्षेत्रमा रहेकाले उनीहरुमाथि हिंसा हुने गरेको सरोकारवालाले बताएका छन् ।  वैदेशिक रोजगार बोर्डका निर्देशक शिवराम पोखरेलले भूकम्पपछि विदेश जाने महिलाको सङ्ख्या बढ्न सक्ने हुँदा भूकम्प प्रभावित क्षेत्रमा उनीहरुलाई लक्षित...

करोडौँको लगानीमा अत्याधुनिक गार्ई फार्म

1435490175cow-farming.JPG
चितवन, १३ असार । पूर्वी चितवनको कुमरोजमा करोडौँको लागतमा अत्याधुनिक गाई फार्म सञ्चालन गरिएको छ ।  यस क्षेत्रका सरोकारवालाको भनाइमा यो फार्म देशकै सबैभन्दा ठूलो र व्यवस्थित फार्म हो । २० बिगाहा आफ्नै र २६ बिगाहा भाडामा गरी ४६ बिगाहामा फैलिएको यो फार्मको छ बिगाहा क्षेत्रमा १६ वटा अत्याधुनिक गोठ रहेका छन् । जग्गाबाहेक फार्ममा रु पाँच करोड लगानी गरिएको छ ।  खैरहनी नगरपालिका– ११ मा रहेको लालीगुराँस समूहले सञ्चालन गरेको श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टरमा हाल तीन सय दुई वटा गाई रहेका छन् । सुपरीवेक्षक सिपी पौडेलका अनुसार एक सय ७१ वटा माउ, ७२ वटा...

१७% जनता खानेपानीबाट वञ्चित

1435486262khanepani.jpg
रामपुर (पाल्पा), १३ असार । जिल्लाको ६० गाविस दुई वटा नगरपालिकामध्ये हालसम्म १७ प्रतिशत जनता स्वच्छ खानेपानीको उपभोग गर्नबाट वञ्चित छन् । साठी गाविस र दुई नगरपालिका रहेको जिल्लामा सरकारी तथ्याङ्कले ८३ प्रतिशत जनता खानेपानीको पहुँचमा पुगेको देखाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर भरत पोखरेलका अनुसार जिल्लामा सञ्चालित साना ठूला योजना तथा पुरानै शैलीबाट हालसम्म ८३ प्रतिशत जनताले सफा पानीको उपभोग गरेका छन् ।  पहाडी जिल्लाका ग्रामीण भेगमा खानेपानीको स्रोत नभएर महिला र बालबालिका पानी ओसार्न दैनिक समय खर्चनुपर्ने बाध्यता रहेको छ...
Advertisement

दमकलाई औद्योगिक विकासका रुपमा अगाडि बढाइने

1435419215merokhabar.jpg
दमक, १२ असार । उद्योगमन्त्री महेश बस्नेतले भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माण गर्नु नै अहिलेको प्रमुख आवश्यकता भएकामा जोड दिनुभएको छ ।  झापाको दमक–१५ स्थित पार्टी कार्यालयमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सबै मिलेर देश निर्माणमा जुट्न खाँचो रहेको औँल्याउँदै भन्नुभयो, “हाम्रासामु देखिएका विद्यमान सङ्कट समाधान गर्न हामीमा एकताको विकल्प छैन ।”  यसअघि दमक–१९ मा प्रस्तावित औद्योगिक विकास क्षेत्रको स्थलगत भ्रमण गरी बन्न लागेको औद्योगिक क्षेत्रका बारेमा स्थानीय बासिन्दासँग राय, सुझाव लिनुभएको थियो ।  सो...

सडक निर्माणका लागि ३०अर्ब बजेट

1435419121road-construction.jpg
वीरगन्ज, १२ असार । भौतिक योजना तथा पूर्वाधारमन्त्री विमलेन्द्र निधिले मुलुकभरका सडक निर्माणका लागि आफ्नो मन्त्रालयले यस वर्ष रु ३० अर्ब बजेट छुट्याएको बताउनुभएको छ ।  वीरगन्ज–पोखरीया सडकखण्डअन्तर्गत विन्ध्यवासिनी–पोखरीया सडकखण्डको कालोपत्र निर्माण कार्यको शिलान्यासपछि आज पोखरीयामा आयोजित कार्यक्रममा उहाँले विगतमा ठेकेदार कम्पनीको गैरजिम्मेवारीपनका कारण जिल्लाका विकास निर्माणका अधिकांश योजना समयमा पूरा नभएकाले सरकारले अब समयमा गुणस्तरीय काम गर्नेलाई पुरस्कार र समयमा काम नगरी भाग्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्ने नीति लिएको...

एउटै गाविसबाट एकतीस किसिमका वस्तु निर्यात

1435418508goats.jpg
बागलुङ, १२ असार । कृषि र प्राकृतिक स्रोतसाधनका हिसाबले सम्पन्न मानिने जिल्लाको तारा गाविसबाट ३१ किसिमका वस्तु निर्यात हुने गरेका छन् ।  त्यस गाविसवाट कृषि उपज, वनजन्य वस्तु, पशु, जडीबुटी, ढुङ्गा, काठका सामग्रीलगायतका वस्तु बिक्रीका लागि बजार पुग्ने गरेको छ । कानुनी प्रक्रिया पूरा गरी निर्यात हुने वस्तुको गाविसले सूची नै तयार गरेको छ ।  गाविस बाहिर निर्यात हुने वस्तुको निश्चित निकासी कर पनि तोकिएको छ । चालु आवको गाउँ परिषद्ले निर्यात हुने ३१ किसिमका वस्तुहरूको निकासी कर तोकिएको गाविस सचिव तेजराज गौतमले बताउनुभयो ।  वस्तु निर्यातबापत आउने करले गाविसको...
Advertisement

राष्ट्रिय आँप मेलामा रु ६० लाखको कारोबार

1435417407mangoes.jpg
काठमाडौँ, १२ असार । स्वदेशी आँपको उत्पादन तथा उपभोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले भृकुटीमण्डपमा आयोजित ‘राष्ट्रिय आँप मेला’ प्रदर्शनीमा करिब रु ६० लाखको कारोबार भएको छ ।  फलफूल विकास निर्देशनालय र नेपाल फलफूल थोक व्यवसायी सङ्घले संयुक्तरुपमा आयोजना गरेको प्रदर्शनी शुक्रबारदेखि आजसम्म जारी रहेकोमा स्वदेशी आँपको खुद्रा तथा थोकमा बिक्री गरिएको हो ।  प्रदर्शनीमा १२ वटा बिक्री कक्ष थिए भने दशहरा, माल्दा, मिठालगायत आँप प्रतिकिलो रु ५० देखि रु ८० सम्ममा बिक्री भएको थियो ।  मुलुकमा वार्षिक दुई लाख ७० हजार मेट्रिक टन आँपको उत्पादन हुने गरेको सरकारी...

कार्यविधि तयार भएपछि वसन्तपुर दरबारको कार्य थालिने

14352350111435228590573_RS-KTM-basantpur-1.jpg
काठमाडौँ, १० असार । भूकम्पका कारण प्रभावित बसन्तपुर दरबारलाई थप क्षति हुन नदिन अधिकांश स्थानमा टेको दिएर सुरक्षित राखिएको छ ।  मध्यकालको सो दरबार १९९० सालको भूकम्पपछि तत्कालिन प्रधानमन्त्री जुद्ध शम्शेरको पालामा जिर्णोद्वार गरिएको थियो तर गत वैशाख १२ मा आएको भूकम्पले पुनः क्षति बनाएपछि संरक्षणका लागि टेको लगाउनुपरेको रासससंगको कुराकानीमा सङ्ग्राहलय प्रमुख सरस्वती सिंह बताउनुहुन्छ ।  दरबारका केहीभाग अझैपनि सुरक्षित रहेपनि हाल टेको लगाइएकामध्ये कतिपय भाग भत्काउनुपर्ने अवस्थामा छन् भने केही भाग पुनःनिर्माण गर्नुपर्ने रहेकाले पुरातत्व विभागबाट...

तीन खर्बको हाराहारीमा सहायता प्राप्त हुने सरकारको अपेक्षा

1435205896kathmandu conference.jpg
काठमाडाँ, ९ असार । मुलुकको नवनिर्माण, भूकम्पपछिको पुनःनिर्माण तथा पुनःस्थापनामा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग प्राप्त गर्ने उद्देश्यले भोलि यहाँ आयोजना हुने ‘नेपालका पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा रु तीन खर्बको हाराहारीमा सहायता रकम प्राप्त हुने अपेक्षा सरकारले गरेको छ । नेपालका मित्रराष्ट्र तथा विकासका साझेदारलाई भूकम्पपछिको मुुलुकको वर्तमान आर्थिक स्थितिबारे जानकारी गराउने तथा विपद् व्यवस्थापनका अन्तर्राष्ट्रिय अभ्यास र अनुभव संस्थागत व्यवस्थापन र प्रभावकारी पारदर्शी एवम् जिम्मेवारपूर्ण ढङ्गले पुनःनिर्माणका ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement