अर्थ

भारतको युनाइटेड स्प्रिट नेपालबाट बाहिरियो

1452936958United-Spirit.jpg
२ माघ, काठमाडौंं । भारतको सवैभन्दा ठूलो मदिरा उत्पादक युनाइटेड स्प्रिटले नेपालमा रहेको आफ्नो कम्पनीको सेयर बेचेर बाहिरिएको छ । म्याकडोवल्स, ब्लुरिवन भोड्का, एन्टिब्वीटी ब्लु र सिग्नेचरजस्ता चर्चित ब्राण्डको उत्पादक युनाइटेडले आफ्ना नेपाली साझेदारलाई सम्पूर्ण सेयर बिक्रि गरेको छ । भारतीय कम्पनीको सेयर नेपाली लगानीकर्ता राजेशवीरसिंह तुलाधरले ३४ करोड १४ लाख रुपैयाँमा खरिद गरेको युनाइटेड स्पि्रटले जारी गरेको बिज्ञप्तिमा जनाएको छ । तुलाधरले प्रतिकित्ता ५ हजार ४२ रुपैयाँका दरले सो सेयर खरिद गरेको बताइएको छ । युनाइटेड स्प्रिट नेपाल प्रा.लि.मा भारतीय...

छ वटा बैंक (मर्ज)एकाकार हुँदै

1452743206nrb1.png
काठमाडौँ, २९ पुस । बैंकिङ क्षेत्रमा देखिएको जोखिमलाई प्रभावकारी तवरबाट व्यवस्थापन गर्ने उद्देश्यले छ वटा बैंकबीच एकाकार हुनेबारे आज सहमति पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिने विनियमावली, २०६८ अनुसार एनसिसी बैंक, कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक लि., एपेक्स डेभलपमेन्ट बैंक लि., इन्टरनेसनल डेभलपमेन्ट बैंक र सुप्रिप डेभलपमेन्ट बैंकबीच गाभ्ने÷गाभिने सहमति पत्रमा हस्ताक्षर गरिएको हो । गाभ्ने÷गाभिने प्रक्रिया २०७३ साल असार मसान्तभित्रमा सम्पन्न गरिने यहाँ आज आयोजित पत्रकार...

सेतीदेवी सोह्रौं वर्षमा

1452557790setidevi.jpg
रविओपि-नेपालकै दुग्ध सहकारीहरु मध्ये नमुना सहकारीको रुपमा रहेको श्री सेतीदेबी दुग्ध उत्पादक सहकारी संस्था लि रविओपीको १५ औ बार्षिक साधारण सभा संस्कृत तथा पर्यटन मन्त्रि आनन्द पोखरेलको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको छ । संस्थाको वार्षिक प्रतिबेदन अध्यक्ष चर्तुभुज तिमल्सिना र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक कृष्ण बहादुर ढुंगानाले राखेका थिए । संस्थाले आव २०७१÷०७२ मा १० लाख ४२ हजार ४ सय ३३ लिटर दुध संकलन गरी ४ करोड ९४ लाख ५० हजार २ सय ५८ रुपयाको दुध खरिद गरेको छ । संस्थाको कुल शेयर पुजिं ७६ लाख ५३ हजार ५ सय रहेको छ भने रु ६ करोड ६७ लाख १...
1453145911obamacare.gif

राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति गरौँ : अध्यक्ष मुरारका

1452531514murarka-pashupati.jpg
चितवन, २७ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले राजनीतिक क्रान्ति सकिएको बताउँदै देश विकासका लागि अब आर्थिक क्रान्ति गर्नुपर्ने समय आएको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ चितवनको ४९औँ वार्षिक साधारणसभाको आज नारायणगढमा उद्घाटन गर्दै उहाँले राजनीतिक उपलब्धि प्राप्त भइसकेको अवस्थामा संविधानलाई कार्यान्वयन गर्दै आर्थिक विकासमा सबै एकजुट भएर जुट्नुपर्ने बताउनुभयो । लामो समयसम्म भएको नाकाबन्दीका कारण भूकम्पबाट प्रभावित उद्योग व्यवसाय थप मारमा परेको भन्दै उहाँले यथासक्य चाँडो घरायसी समस्या घरभित्रैबाट समाधान गर्न आग्रह गर्नुभयो...

नेप्से परिसूचकमा सोह्र अङ्कले बृद्धि

1451752641nepse.jpg
काठमाडौँ, १८ पुस । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५.९१ अङ्कले बढेर अन्तिम दिन एक हजार १५१.३८ अङ्कमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता स्टक एक्सचेन्जमा १५३ कम्पनीका १६ हजार १२५ कारोबारबाट रु एक अर्ब ८३ करोड ६३ लाख ५७ हजार बराबरका ३९ लाख नौ हजार ३७० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १७.८३ प्रतिशत कम हो । गत साता १५८ कम्पनी २१ हजार ७८७ कारोबारबाट रु दुई अर्ब २३ करोड ७० लाख ९१ हजार बराबरका ३४ लाख ७४ हजार ७१० कित्ता सेयर खरिद बिक्री भएका थिए । गत साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १८.०८ अङ्कले बढेको थियो । यो...

वीरगन्ज नाकाबाट तीन महिनामा रु २१ अर्ब घाटा

काठमाडौँ, १० पुस । तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण कुल भन्सार राजस्वमा ५५ प्रतिशत हिस्सा ओगटेको वीरगन्ज भन्सार नाकाबाट राज्यलाई रु २१ अर्बभन्दा बढी घाटा लागेको छ । चालु आव २०७२÷७३ को असोज, कात्तिक र मङ्सिरमा मात्र उक्त भन्सार नाकाबाट रु २१ अर्ब २१ करोड घाटा भएको भन्सार विभागले जनाएको हो । भन्सार विभागले उक्त नाकाबाट रु सात अर्ब ७६ करोड भन्सार राजस्व असुली गर्ने लक्ष्य राखे पनि रु एक अर्ब ९९ करोड अर्थात् २५.५७ प्रतिशत मात्र प्रगति हासिल गरेको हो । चालु आवको बजेटमा सरकारले रु चार खर्ब ७५ अर्बको राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि पूरा...
Advertisement

दारेचोकका किसानको जीवनस्तर नै फेरिदियो सुन्तलाले

14509639201450950218087NN-Chitwan-Orange.JPG
नारायण ढुँगाना रत्ननगर (चितवन), ९ पुस । चितवनको दारेचोक तामिनलाई जिल्ला कृषि विकास कार्यालयले २०६० सालमा सुन्तला पकेट क्षेत्र घोषणा गरेको थियो । त्यो बेलादेखि अहिलेसम्म करिव १२ वर्षको समयावधिमा आफ्नो उचाइ तामिनले घटाएको छैन । चितवनका धेरै क्षेत्रमा सुन्तला हुन्छ तर दारेचोकको यो पकेट क्षेत्रको सुन्तलाको माग भने अत्यधिक छ । रसिला, कसिला र स्वादिला भएकाले पनि यहाँको सुन्तला बिक्री गर्न अन्यत्र लैजान पर्दैन । गाउँबाटै बिक्छ । कृषकले कृषि कार्यालयबाट प्राविधिक सहयोग पाएकाले र बोट व्यवस्थापनमा ध्यान दिएकाले पनि यहाँ सुन्तला चिल्ला र रसिला फल्ने गरेका छन्...

अवैधरुपमा भित्र्याइएको एक ट्र्याक्टर भारतीय ग्यास सिलिन्डर बरामद

1450883362cylinder.jpg
पर्सा, ८ पुस । मधेस केन्द्रित दलले गरेको नाका अवरुद्धले वैध व्यापारलाई समाप्त पार्दै अवैध व्यपारलाई बढावा दिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गर्दै आएको बन्द हड्ताल र नाकाबन्दीको कारण नेपालको लागि भारत तथा तेस्रो मुलुकबाट हुने आयात ठप्प भएपछि सीमाक्षेत्रमा इन्धनलगायत दैनिक उपभोग्य वस्तुको अवैध कारोवार फस्टाउँदै गएको हो । बन्द हड्ताल र नाकाबन्दीको कारण इन्धन तथा दैनिक उपभोग्य वस्तु अभावको फाइदा उठाउँदै तस्करले पर्साका विभिन्न नाकालाई प्रयोग गर्दै डिजल, पेट्रोल, खाना पकाउने ग्यासदेखि दैनिक उपभोग्य वस्तु भित्र्याउने गरेका छन् । यसै क्रममा आज...

औद्योगिक प्रदर्शनी आयोजना हुने

1450625524industrial-pradarsani.jpg
काठमाडौँ, ५ पुस । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपाल र नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घको संयुक्त तत्वावधानमा यही पुस ९ देखि १५ सम्म जुत्ता चप्पल तथा वस्तुको १२औँ औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ । नेपालमा उत्पादित छालाका जुत्ता, स्पोर्टस जुत्ता, चप्पल, क्याजुयल जुत्ता, विद्यालय कलेजका युनिफर्म जुत्तासहित सर्ट पाइन्ट तथा सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडा तथा आकर्षक डिजाइनका सर्टिङसुटिङका डिजाइन प्रदर्शनीमा राखिने छ । नेपालमा घरेलु तथा साना उद्योगअन्तर्गत ८५० सहित २००० भन्दा बढी उद्योग रहेको छ र त्यसमा ५० हजारभन्दा बढीले रोजगारी...
Advertisement

नेप्से आठ अङ्कले घट्यो

1450533923nepse.jpg
काठमाडौँ, ४ पुस । गत साता दोहोरो अङ्कले बढेको नेप्से यो साता ८ अङ्कले तल झरेको छ । गत साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६.५१ अङ्कले बढेर अन्तिम दिन एक हजार ११९.३५ अङ्कमा पुगेको थियो । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७.८९ अङ्कले घटेको हो । यस साता नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीको १५ हजार ६१२ कारोबारबाट रु एक अर्ब ९० करोड ९८ लाख ४४ हजार बराबरका ३३ लाख ३० हजार ४४० कित्ता सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । कारोबार रकम गत साताको भन्दा २.९८ प्रतिशत बढी हो । गत साता १५४ कम्पनीको कारोबार भएको थियो । जस अनुसार रु १४ करोड २५३...

‘सहकारी क्षेत्रलाई दिगो बनाउने प्रतिबद्धता’–उपप्रधानमन्त्री केसी

1450448425chitra-bahadur-kc.jpg
काठमाडौँ, ३ पुस । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) को २४औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उपप्रधान तथा सहकारी तथा गरीवी निवारणमन्त्री चित्रबहादुर केसीले नेपालको सहकारी क्षेत्रलाई व्यवस्थित गर्दै नियमन र सुशासन गर्नेतर्फ सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले सहकारी क्षेत्रलाई संवैधानिकरुपमा संवोधन गरिएको अवस्थामा सो क्षेत्रलाई दिगो र समुदायमा आधारित बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सहकारी क्षेत्रले समुदायमा वित्तीय क्रियाशीलता र सामुदायिक एकताको भावना विस्तार गरेको छ,...

काठमाडौँमा मूल्यवृद्धि करिब १२ प्रतिशत–राष्ट्र बैंक

1450328455nrb1.png
काठमाडौँ, १ पुस । तराई¬ मधेसमा भइरहेको लगातारको बन्द हडताल तथा अघोषित नाकाबन्दीले आपूर्ति प्रणालीमा अवरोधका कारण काठमाडौँमा सबैभन्दा बढी मूल्यवृद्धि भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिका बारेमा चालु आव २०७२÷७३ को चार महिनाको तथ्याङ्कका आधारमा सबैभन्दा बढी काठमाडौँमा ११.८ प्रतिशतले मूल्यवृद्धि भएको छ । उक्त तथ्याङ्कका आधारमा पहाडमा ११.४ प्रतिशत, हिमालमा ९.६ प्रतिशत र तराईमा ९.१ प्रतिशतले मूल्यवृद्धि भएको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता मूल्य सूचकाङ्कको वृद्धिदर काठमाडौँमा ७.१ प्रतिशत, पहाड र...
Advertisement

अदुअआले विमानस्थलमा अनुगमन गर्ने

1450103228Akhtiyar-durupayog-anusandhan.jpg
काठमाडौँ, २८ मङ्सिर । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सेवाग्राहीले असुविधा व्येहोर्नुपरेको चर्को गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आगामी पुस १ गतेदेखि एक महिनासम्म निरन्तर अनुगमन गर्ने भएको छ । विमानस्थलमा रहेका निकायबाट सेवाग्राहीलाई प्रदान गरिने सेवासुविधाको उचित प्रबन्ध नभएको सन्दर्भमा व्यापक उजुरी परेको र सम्बन्धित पक्षले पटक पटक सुधार गर्ने प्रतिबद्धता जनाएको भए पनि कुनै सुधार नभएपछि आयोगले अनुगमन गर्न लागेको हो । आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलका अनियमितता र लापर्बाही लगायत...

नाकाबन्दीले आर्थिक वृद्धिदर ऋणात्मक हुने आवस्था रहेको : गभर्नर नेपाल

1449327766nrb1.png
पाल्पा, १९ मङ्सिर । राष्ट्र बैंकमा गभर्नर डा चिरञ्जीवी नेपालले आर्थिक समृद्धिबाट नै नेपालको राष्ट्रियता मजबुत हुने बताउनुभएको छ । उहाँले नेपाली नागरिकमा भएको सम्पन्नताले मात्र राष्ट्रियता बलियो बन्ने दाबी गर्दै नयाँ ढङ्गबाट सोच्नुपर्ने बेला आएको बताउनुभयो । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा बोल्दै गभर्नर डा नेपालले पर्यटन क्षेत्रको विकास र विद्युत् उत्पादनबाट समृद्धि सम्भव छ भन्नुभयो । देश प्राकृतिकरुपमा सम्पन्न भएकाले पर्यटन क्षेत्रको विकास र विद्युत् उत्पादनले देशको विकास गर्न र राष्ट्रलाई मजबुत बनाउन...

लघु जलविद्युत्लाई प्राथमिकता

1448877968trisuli3A-430x316.jpg
ललितपुर, १४ मङ्सिर । स्थानीय विकास सहायक मन्त्री विराज विष्टले लघु जलविद्युत् योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । नवघोषित बज्रवाराही नगरपालिकाको आज यहाँ उद्घाटन गर्दै उहाँले ठूला योजनाहरु सम्पन्न हुन ढिलाइ हुने र समयमा काम सम्पन्न नहुने अवस्थालाई मध्यनजर गर्दै उक्त कुरा बताउनुभएको हो । उहाँले भारतले गरेको अघोषित नाकाबन्दीको सङ्केत गर्दै घर निर्माणका लागि नक्सापास गर्दा अनिवार्य रुपमा सोलार प्यानल जडान गर्नुपर्ने व्यवस्था ल्याउन लागेको बताउनुभयो । गाउँबाट नगरवासी भएपछि प्रत्येक नागरिकको जिम्मेवारी थप हुने भएकोले नगरवासीको एकताले नै...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement