अर्थ

साताको नेप्से २७ अङ्कले नकारात्मक

1448724885nepse.jpg
काठमाडौँ, १२ मङ्सिर । दुई महिनाभन्दा बढीको लगातारको नाकाबन्दी र तीन महिनाभन्दा बढीको तराई मधेसका आन्दोलनका कारण अर्थतन्त्र कमजोर भएपछि पूँजीबजार निरन्तर ओरालो लागेको छ । लामो समयदेखि मुलुकको आर्थिक गतिविधि ठप्प भएपछि पूँजी निर्माण नहुँदा त्यसको गम्भिर असर पूँजी बजारमा परेको हो । सरकारले देशको समग्र आर्थिक अवस्था नकारात्मक बाटोतर्फ लागेकाले न्यून आर्थिक वृद्धि हुने जनाएको छ । गत साता अघिल्लो साताको तुलनामा ५.५२ अङ्कले नेप्से घटेको थियो भने यो साता २७ अङ्कले घटेको छ । निरन्तरको नाकाबन्दी र आन्दोलनका कारण लगानीकर्तामा निराशा आएको हो । यस साता नेपाल स्टक...

धादिंगको वोमी माइक्रोफाइनान्स नेपाल स्टक एक्सचेन्जमा सुचिकृत

1448468337womi-microfinance.jpg
काठमान्डौ,९ मङ्सिर/ धादिङ्ग जिल्ला, नौविसे–६, खानीखोलामा सञ्चालन भइरहेको वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड नेपाल स्टक एक्सचेन्ज लिममिटेडमा सुचिकृत भएको छ । सेयर सूचिकरण सम्झौता पत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य र स्टक एक्सचेन्जको तर्फबाट महाप्रबन्धक सीताराम थपलियाले हस्ताक्षर गर्नु  भएको थियो । प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु १००  कायम भएको रु ३ करोड बराबरको ३,००,००० कित्ता साधारण सेयर सूचिकरण गर्ने सम्झौता गरेको थियो । कम्पनीले सर्वसाधारण समक्ष एनएमबी क्यापिटल लिमिटेड, काठमाण्डौ मार्फत १,४७,००० कित्ता...

दातृ निकायका प्रतिनिधिसंग छलफल

1448464765bishnu-paudel-foreign.jpg
काठमाडाँ, ९ मङ्सिर । सरकारले नेपालको आर्थिक एवम् सामाजिक विकासमा सहयोग गरिरहेको दातृ निकायका प्रतिनिधिसंग छलफल गरेको छ । अर्थमन्त्रालयमा आज आयोजित छलफलमा सरकारले भूकम्पपछिको पुनःनिर्माण कार्य र अघोषित नाकाबन्दीले जनजीवनमा पु¥याएको असरका बारेमा ती निकायका प्रतिनिधिलाई जानकारी समेत गराएको थियो । छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूकम्पपछिको पुनःनिर्माणको कार्यलाई तीव्रता दिन सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन नभएसम्मका लागि काम अघि बढाउन राष्ट्रिय योजना आयोगलाई जिम्मेवारी दिएको बताउनुभयो । उहाँले तराई मधेसको आन्दोलनले आपूर्तिमा...
1453145911obamacare.gif

हवाई इन्धनसहितको ट्याङ्कर नियन्त्रित

1448378275tanker.jpg
चितवन, ८ मङ्सिर । वडा प्रहरी कार्यालय नारायणगढले कालोबजारी गरी ल्याइएको हवाई इन्धनसहितको ट्यांकर गए राति नियन्त्रणमा लिएको छ । नेपालगन्जबाट आएको ना २ ख ४३६५ नंको ट्यांकरसहित प्रहरीले चार जनालाई नारायणगढको बेलचोकबाट पक्राउ गरेको प्रहरी निरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार नेपाल आयल निगमसँग कुनै स्वीकृति नलिई नेपालगन्ज नाकाबाट बाटोका विभिन्न स्थानमा आआफ्नै ढङ्गले बिक्री गर्दै नारायणगढ आइपुगेपछि निजी घरमा इन्धन झार्दै गर्दा नियन्त्रणमा लिइएको बताउनुभयो । नारायणगढमा...

अर्थ मन्त्रालयका कारण श्रमजीवी पत्रकारको पारिश्रमिक बढाउन ढिलाइ

1448293835Finance-ministry-office.jpg
प्रकाश सिलवाल काठमाडौँ, ७ मङ्सिर । अर्थ मन्त्रालयले समयमा सहमति नदिँदा श्रमजीवी पत्रकारको वृद्धिका लागि प्रस्ताव गरिएको न्यूनतम पारिश्रमिकसहितको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ भएको देखिएको छ । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले २०७२ असार २० मा प्रतिवेदन बुझाइ श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन हुने राष्ट्रिय सञ्चार माध्यमका लागि मासिक रु १९ हजार ५०० र थप रु एक हजार सञ्चार खर्च हुनुपर्ने सिफारिस सरकारलाई गरेको थियो । हाल कानुनतः पत्रकारको पुरानै सिफारिसअनुसारको मासिक पारिश्रमिक (रु १० हजार आठ ) कायम छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन...

नाकाबन्दी र तराई आन्दोलनका कारण निर्यात घट्योः नेरा बैंक

1448207685nrb1.png
काठमाडौँ, ६ मङ्सिर । भारतको अघोषित नाकाबन्दी र तराई मधेसको आन्दोलनका कारण पछिल्लो तीन महिनामा निर्यात व्यापार घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पछिल्लो तीन महिनाको आर्थिक विवरणमा बजार २५.४ प्रतिशतले ह्रास आएको जनाएको छ । यस्तै, भारततर्फको निर्यात ६.४ प्रतिशतले घटेको छ भने गत वैशाखमा आएको भूकम्पका कारण तातोपानी नाका सञ्चालन नहुँदा चीनतर्फको व्यापार पनि ६६.५ प्रतिशतले कमी भएको छ । राष्ट्र बैंकका अनुसार वस्तु निर्यात २५.४ प्रतिशतले कमी भई रु १६ अर्ब ८१ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २.३ प्रतिशतले कमी आई रु...
Advertisement

होटल तथा नाफामूलक संस्थाहरु करको दायरामा अझै आएनन्

1448037032hotel.jpg
शर्मिला पाठक काठमाडौँ, ४ मङ्सिर । काठमाडौँ महानगरपालिकाभित्र रही सञ्चालनम हुँदै आएका धेरै होटल तथा नाफामूलक संस्थाहरु अझै करको दायरामा नआएको काठमाडौँ महानगरपालिले जनाएको छ । काठमाडौँ महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाही गर्न सुरु गरेसँगै केही होटलले कर तिरेका भए पनि नाफा कमाउने उद्देश्यले सञ्चालन भएको होटल र केही संस्थानले अझैसम्म कर बुझाएका छैनन् । होटल, नाफामूलक संस्था र संस्थानले समेत लामो समयसम्म कर तिर्न आलटाल गरेपछि यो वर्षको सुरुदेखि महानगरपालिकाले कारबाही गर्न सुरु गरेको थियो । कारबाहीको प्रक्रिया सुरु गरेसँगै केही होटलले कर तिर्ने...

भारतीय नाकाबन्दीले राजस्व प्रभावित

1448005185tax-office.jpg
चितवन, ४ मङ्सिर । भारतीय अघोषित नाकाबन्दीका कारण उद्योग र व्यापारमा कमी आएपछि आन्तरिक राजस्व कार्यालय भरतपुरमा सङ्कलन हुने करमा २५ प्रतिशतले कमी आएको छ । नाकामा अवरोध हुँदा भन्सारबाट कच्चा पदार्थ एवम् इन्धन सहज आयात हुन नसक्दा उद्योगहरु प्रभावित भएपछि राजस्वमा भारी कमी आएकोे हो । आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख टीकाराम भुसालका अनुसार गएको चार महिनामा रु तीन अर्ब ६८ करोड ८४ लाख राजस्व सङ्कलनको लक्ष्य लिइएकामा रु दुई अर्ब ७७ करोड ४८ लाखमात्र राजस्व सङ्कलन भएको छ । यो लक्ष्यको ७५ दशमलव २३ प्रतिशतमात्र हो । प्रमुख भुसालले सबैभन्दा बढी अन्तःशुल्कमा...

सरकारले अब कालोबजारी गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने, गुनासो सुन्न हटलाइन

1447940398cylinder-line.jpg
रमेश लम्साल-हरि लामछिाने काठमाडौँ, ३ मङ्सिर । सरकारले इन्धन अभावका नाममा कालोबजारी गर्ने र अनियमितता गर्ने जो कोहीलाई पनि कडा कारबाही गर्ने भएको छ । अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउनका लागि यसअघि निर्माण गरिएको अनुगमन संयन्त्रमाथि पनि निगरानी गरिने र तत्काल कानुनी कारबाही गर्ने तयारी गरेको छ । त्यसका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । सो समितिलाई उच्चस्तरीय छानबिन समितिको नाम दिइएको छ । यसअघि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाको...
Advertisement

कर तिर्ने करदाताको नामावली घोषणा

1447776124tax.jpg
पोखरा, १ मङ्सिर । चौथो राष्ट्रिय कर दिवसको अवसरमा आज बढी कर तिर्ने करदाताको नामावली घोषणा गरिएको छ । आन्तरिक राजस्व कार्यालय पोखराको आयोजनामा गरिएको कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने ११ करदाताको नाम घोषणा गरिएको थियो । बढी कर तिर्नेमा कास्कीबाट होटल ग्राण्ड, रोयल सहकारी र चरक मेमोरियल अस्पताल रहेका छन् । त्यस्तै तनहुँबाट बाराही आवासीय मावि, स्याङ्गजाबाट न्यू सिद्धार्थ आयल स्टोर्स, पर्वतबाट सूर्योदय कन्ट्रक्सन कम्पनी, लमजुङबाट मेघा सप्लायर्स तथा बागलुङबाट सिआइसी वचत तथा ऋण सहकारी संस्था छन् । यस्तै मुस्ताङबाट निलगिरि डिष्ट्रिलरी उद्योग, म्याग्दीबाट...

तीन लाख लिटर बढी इन्धन पेट्रोलियम पदार्थ बाँडियो

1447775402Oil-corporation.jpg
काठमाडौँ, १ मङ्सिर । नेपाल आयल निगमले आज तीन लाख ३६ हजार लिटर पेट्रोलियम पदार्थ काठमाडौँ उपत्यकासहित नौवटा जिल्लामा वितरण गरेको छ । विभिन्न नाकाबाट भित्रिएका इन्धनलाई समानुपातिक प्रणालीका आधारमा वितरण गर्ने योजनाअनुसार सो परिमाणको इन्धन वितरण गरिएको हो । आज वितरण गरिएको इन्धनमध्ये दुई लाख ९१ हजार लिटर डिजेल र ४५ हजार लिटर पेट्रोल रहेको छ । सो परिमाणमा होटल तथा कूटनीतिक नियोगलाई वितरण गरिएको इन्धन भने समावेश गरिएको छैन । पछिल्लो दिनमा वीरगन्ज नाकाबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ आउने क्रम बढेको छ । कुल आयातको ७० प्रतिशतभन्दा बढी इन्धन सोही नाका भएर आउने...

पेट्रोल पम्पबाट नै इन्धनको कालोबजारी

1447743758pump.jpg
परासी, १ मङ्सिर । इन्धनको अभावको कारण देखाउँदै नवलपरासीमा स्वयम् पेट्रोल पम्पहरुले नै व्यापक मात्रामा पेट्रोलियम पदार्थको कालोबजारी गर्दै आएका छन् । भारतीय बजारबाट अवैध रुपमा भित्र्याइएको पेट्रोल वा डिजेललाई पम्प सञ्चालकहरुले स्वयम् पम्पमा राखी पम्पबाटै चर्को मूल्यमा पेट्रोल र डिजेलको बिक्री वितरण गरी कालोबजारी गर्दै आएका हुन् । विशेष गरी नवलपरासीको दक्षिणी क्षेत्रका अधिकांश पेट्रोल पम्पले पेट्रोलियम पदार्थको कालोबजारी गरेका छन् । पम्पबाट सोझै पेट्रोल वा डिजेलको खुलेआम कालोबजारी हुँदासमेत प्रहरी प्रशासन मौन छ । देशभरि नै पेट्रोलियम पदार्थको...
Advertisement

नाकाबन्दी हटाउन कूटनीतिक पहल गर

1447681357NIBL.jpg
काठमाडाँ, ३० कात्तिक । आर्थिक क्षेत्रका विज्ञहरुले नाकाबन्दीलाई थप छमहिना लम्बिन दिइए नेपालका बैँकहरु धरासायी हुने चिन्ता प्रकट गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकको २९औँ वार्षिकोत्सवका अवसरमा आर्थिक क्षेत्रका विज्ञहरुले भारतको नाकाबन्दी हटाउन कूटनीतिक पहल गर्ने सरकारी कार्य निक्कै ढिलो भइसकेको बताएका छन् । नेपालमा हाल राजनीतिक मात्र नभई आर्थिक सङ्कट पनि रहेको स्वीकार्दै उनीहरुले बैंकिङ क्षेत्रमा तरलता बढेको, बैंकिङ क्षेत्रको नीति समयानुकुल परिमार्जन गर्नुपर्ने, राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीतिको पालना गर्नुपर्ने तथा उसको नीति नियम र...

राजधानीमा दाउरा किन्नेको भीड

1447601979tcn-wood.jpg
भीष्मराज ओझा-कृष्णराज गौतम काठमाडौँ, २९ कात्तिक । मुलुकमा इन्धनको आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गरी सरकारले विकल्पका रुपमा दाउरा बिक्री गर्ने निर्णय गरेसँगै राजधानीमा दाउरा किन्ने सर्वसाधारणको भीड लागेको छ । वन तथा भू–संरक्षण मन्त्रालयको कात्तिक २४ गतेको निर्णयपछि ‘द टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेड (टिसीएन)’ले ऊर्जाको सङ्कट टार्न सर्वसाधारणलाई आजबाट दाउरा बिक्री गर्न सुरु गरेको हो । ग्यासको अभावमा चुलोे बाल्न नपाएका काठमाडौँ उपत्यकावासीका लागि टिसीएनले आइतबार बिहान ८ बजेदेखि काठमाडौँको पिङ्गलास्थान र ललितपुरको बालकुमारीस्थित...

उद्योग व्यवसाय गर्ने वातावरण सिर्जना गरिदिन चेम्बरको आग्रह

1446928646udhyog-banijya.jpg
काठमाडौँ, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले भेट गरी मुलुकको समस्या चाँडो समाधान गरी उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना गरिदिन आग्रह गरेका छन् । अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको टोलीले लगातारको नाकाबन्दीले उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै पुँजी पलायन र जनशक्ति रोक्नका लागि राहतका कार्यक्रम ल्याउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेको हो । जवाफमा प्रधानमन्त्री ओलीले मुलुकको विद्यमान समस्या चाँडै समाधान हुने बताउनुभएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले बताउनुभयो । ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement