अर्थ

नेप्सेमा सामान्य सुधार

1446906948nepse.jpg
काठमाडौँ, २१ कात्तिक । निरन्तर ओरालो लागेको नेप्से परिसूचकमा यो साता केही सुधार भएको छ । नेपाल–भारतको सीमा क्षेत्रमा भएकोे पारवहन असहजताका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण पुँजी बजारमा पनि त्यसको नकारात्मक असर परेको हो । गत साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २९.०१ अङ्कले ओरालो लागेको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.३८ अङ्कले उकालो लागेर अन्तिम दिन १०९०.६८ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १४१ कम्पनी छ हजार २८४ कारोबारबाट रु ९२ करोड ५९ लाख १५ हजार बराबरका १८ लाख ३८...

मखमली फूल र माला बिक्री नभएपछि किसान चिन्तामा

1446643814flower.jpg
भक्तपुर, १८ कात्तिक । तिहारको लागि अत्यावश्यक पर्ने मखमली पूmल बिक्री नभएपछि यसवर्ष किसानले लगाएको लाखौँ रुपैयाँको मखमली पूmल खेर जाने भएको छ । इन्धन अभाव भएपछि किसानले बजारसम्म मखमली पूmल र माला लैजान नसकेका हुन् । बिगतमा जस्तो यसवर्ष घरघरमा व्यापारीसमेत नआएपछि किसानले उत्पादन गरेर बिक्रीका लागि तयार बनाएको मखमली पूmल र माला खेर जाने भएको हो । गतवर्ष तिहारको एक महिना अघि नै मखमली पूmल र यसको माला लिन घरघर मै व्यापारी आएका थिए । यसवर्ष इन्धन अभाव भएको भन्दै व्यापारी नआएपछि फूल एवम् माला बिक्री गर्न नपाएको नगरकोट नगरपालिका ताथलीका ईन्द्र बनमालाले बताउनुभयो...

घोरेपानीको पुनहिल पर्यटकको रोजाइमा

म्याग्दी, १७ कात्तिक । हरियाली जङ्गलबीचमा अग्लो डाँडो । डाँडाबाट दृश्यावलोकनको लागि बनाइएको आकर्षक पुनहिल टावर । बिहानीको सूर्योदयसँगै चम्केका हिमशृङ्खलाको अवलोकनमा प्रर्यटक रमाइरहेका हुन्छन् । यो म्याग्दीको घार–१ घोरेपानीस्थित पुनहिलमा पुग्दा देखिने दृश्य हो । समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाइँमा रहेको पुनहिल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदयात्राले समेटिएको यो क्षेत्र पदयात्राकै उत्कृष्ट गन्तव्यको रुपमा चिनिन थालेपछि हरेक वर्ष पुनहिल क्षेत्रको भम्रणमा आउने पर्यटकको सङ्ख्या बढ्दै...
1453145911obamacare.gif

मूल्यसूची उपलब्ध गराउन पेट्रोचाइनालाई आयल निगमको पत्र

काठमाडौँ, १७ कात्तिक । नेपाल आयल निगमले चिनियाँ पेट्रोलियम कम्पनी – पेट्रो चाइनासँग पेट्रोलियम पदार्थको मूल्यसूची उपलब्ध गराउन आग्रह गरेको छ । निगमले आज पेट्रो चाइनालाई एक पत्र पठाएर मूल्यसूची उपलब्ध गराउन आग्रह गरेको हो । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पेट्रो चाइनालाई आज पत्र पठाइएको जानकारी दिनुभयो । उहाँले व्यापारिक कारोबारका लागि मूल्यसूची उपलब्ध गराउन पत्राचार भएको बताउनुभयो । कार्यकारी निर्देशक खड्काले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्न सकिन्छ भन्ने प्रमाणित भएपछि थप प्रक्रिया अगाडि बढाउन लागिएको र प्रक्रिया अगाडि बढ्ने...

भन्सार एजेन्ट साहलाई रु १६ लाख जरिवाना

1446435361tax-office.jpg
पथरी (मोरङ), १६ कात्तिक । विराटनगर भन्सार कार्यालयबाट राजस्व छलेको आरोपमा भन्सार एजेन्ट गुलाव साहलाई राजस्व अनुसन्धान कार्यालय इटहरीले आइतबार साँझ रु १६ लाख सात हजार जरिवाना गरी कारबाही गरेको छ । करिब दुई हप्ता अगाडि भन्सार एजेन्ट गुलावका छोरा मन्टु साहद्वारा आयात गरिएको हार्डवेयरको सामानसहित एक ट्रक जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको थियो । त्यस क्रममा राजस्व छलेको पाइएपछि सो जरिवाना गरिएको हो । कार्यालय प्रमुख गौरीशङ्कर उपाध्यायका अनुसार सो ट्रकमा हार्डवेयर, शौचालयका धारा पाइप, बेसिनका फलाम सामग्री,...

नाकाबन्दीका कारण साताको नेप्से २९ अङ्कले घट्यो

1446302938nepse.jpg
काठमाडौँ, १४ कात्तिक । निरन्तर तराई मधेस बन्द तथा भारतको अघोषित नाकाबन्दीका कारण मुलुकका सबै क्षेत्रमा नकारात्मक असर परेको छ । बन्दसँगै आक्रान्त भएको अर्थतन्त्रको मुख्य सूचक पूँजीबजारमा पनि नकारात्मक असर परेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.४१ अङ्कले घटेको थियो । केही सातादेखि नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै आएको नेप्स यो साता पहिलो दिनको तुलनामा २९.०१ अङकले घटेको हो । यस साता नेपाल स्टक एक्सचेन्जमा ११६ कम्पनीको पाँच ६४७ कारोबारबाट रु ८० करोड ४४ लाख ३५ हजार बराबरका १३ लाख २७ हजार २८० कित्ता सेयरहरु...
Advertisement

शनिबारदेखि ४० हजार सिलिन्डर ग्यास वितरण गरिने, कालोबजारी रोक्न निर्देशन

1446210189gas.jpg
रमेश लम्साल र हरि लामिछाने काठमाडौँ, १३ कात्तिक । काठमाडौँ उपत्यकामा शनिबारदेखि ४० हजार सिलिन्डर ग्यास वितरण गरिने भएको छ । लामो समयदेखि इन्धन सङ्कट समाधान गर्ने उद्देश्यले वाणिज्य विभागले अनुमति दिएका र ग्यास उद्योगको आधारिक बिक्री केन्द्रमार्फत ७.१ किलो ग्यास रहेको सिलिन्डर वितरण गर्न लागिएको हो । आहतमा परेका उपभोक्तालाई राहत दिने उद्देश्यका साथ व्यवसायीले शनिबार तोकिएका बिक्री केन्द्रबाट ग्यास वितरण गर्न लागिएको हो । सामान्य समयमा वितरणमा रहेको ग्यासको सिलिन्डरको तौल १४.२ किलो रहन्छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनानुसार नेपाल आयल निगमले...

दुई महिनामा वीरगन्ज भन्सारको ११ अर्ब राजस्व अवरुद्ध

1445177382download.jpg
पर्सा, १ कात्तिक । सधैँ वहनको लामो लाम र गोलदाम भरिभराउ रहने वीरगन्ज भन्सार हाल पूरै खाली भएको छ । मधेस केन्द्रित दलको बन्द हडताल र नाकाबन्दीका कारण विगत दुई महिनादेखि नेपालका लागि वीरगन्ज नाकाबाट हुने आयातनिर्यात अवरुद्ध भएपछि नेपालको प्रमुख नाका वीरगन्ज भन्सारको यार्ड पूरै खाली भएको हो ।  संविधान संशोधन र सीमाङ्कनको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भदौ ३० गतेदेखि बन्द हडताल र असोज ७ गतेदेखि नाकाबन्दी गरेपछि नेपालका लागि भारत तथा तेस्रो मुलुकबाट आयात हुन नसकेपछि भन्सार यार्ड पूरै खाली भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सुशील...

सुनको भाउमा १ हजार रुपैयाँले बृद्धि

1444913158gold.jpg
बुधवार र बिहीवार सुनको भाउमा १ हजार रुपैयाँले बृद्धि भएको छ । बुधवार प्रतितोला ८ सय रुपैयाँले बढेको सुन बिहीवार पुनः २ सय रुपैयाँले बृद्धि भएको छ । मूल्यबृद्धिपछि बिहीवार सुनको भाउ ५१ हजार ६ सय रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि विहीवार स्थिर रहेको छ । ७ सय २५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोवार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेपछि नेपालमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै भारतमा पछिल्लो पटक सुनको माग बढेकोले पनि मूल्यमा असर परेको बताइएको छ । ...
Advertisement

सुनको मूल्य उकालो लाग्यो

1444743994images-2.jpg
काठमाडौं, असोज २५ । सोमबार सुनको मूल्य उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सयले बढेर ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि तोलामा ३ सयले बृद्धि भएर ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य भने तोलाको ७ सय १५ रुपैयाँमा स्थीर रह्यो । अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स ११ सय ६६ डलरको हाराहारीमा कारोबार भएको थियो । ...

निरन्तर घट्दै गएको सुनको भाउ बिहिवार पुनः ५ सय रुपैयाँले घट्यो

1443705391gold-dollars.jpg
असोज १४- केही दिनएता निरन्तर घट्दै गएको सुनको भाउ बिहिवार पुनः ५ सय रुपैयाँले घटेको छ । यसअघि बुधवार ६ सय र मंगलवार ४ सय प्रतितोला सुन सस्तिएको थियो । त्यसैगरी अमेरिकी डलरको मूल्य पनि घटेको छ ।  केही दिनदेखि यता सुन र अमेरिकी डलरको मूल्य घट्दो अवस्थामा रहेको छ । बिहिवार अमेरिकी डलर १ सय ५ रुपैया २० पैसामा कारोवार भएको छ । केही दिन अघि अमेरिकी डलर करीव १ सय ७ रुपैयाको हाराहारीमा पुगेको थियो । पछिल्लो समय अमेरिकी डलरको मूल्य घट्दो अवस्थामा रहेको छ । बिहिवार सुन प्रतितोलामा ५सय रुपैयाले घटेर ४९ हजार ५ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

सुनको मूल्य ७ सयले ओरालो लाग्यो

1443623561download-3.jpg
काठमाडौं, असोज १३ । बुधबार पनि सुनको मूल्य ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले ओरालो लागेर ५० हजार रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । अघिल्लो दिन तोलाको ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले कमी आएर ६ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस ११ सय २३ डलरको हाराहारीमा कारोबार भएको थियो । ...
Advertisement

दुईदिनदेखि सुनको मूल्य स्थिर

1443012055gold.jpg
 नेपाली बजारमा दुईदिनदेखि यता सुनको मूल्य स्थिर रहेको छ । अन्तराष्ट्रिय बजारमा घट्दो अवस्थामा रहेको सुनको मूल्य नेपाली बजारमा पनि घट्ने क्रममा रहेको छ । बुधवार नेपाली बजारमा मंगलवारकै मूल्यमा सुनचाादी कारोवार भएको छ ।बुधवार सुनको भाउ मंगलवार मूल्यमा कायम रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधवार तोलाको ५० हजार २ सय रुपैयाँमा कारोवार भएको जनाएको छ । अमेरिकी बैंकमा व्याजदर बढेमा सुन अझै सस्तो हुन सक्ने विश्लेषण गरिएको छ । त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ५९ हजार ९ सय ५० रुपैयाँका कारोवार भएको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर...

​संविधान जारी भएको उपलक्ष्यमा राष्ट्र बैंकले २ हजारको सिक्का निकाल्ने

1442840487resizeimage.jpg
असोज ४, काठमाडौं ।  संविधानसभाबाट संविधान जारी भएको अवसरमा नेपाल राष्ट्र बैंकले २ हजार र १ सय मुल्य अंकित बिशेष सिक्का जारी गर्ने भएको छ । संविधान जारी भएको ऐतिहासिक अवसर पारेर आज काठमाडौंमा बसेको बैंकको सञ्चालक समितिको बैंठकले २ हजारको चाँदीको सिक्का र १ सय रुपैयाँ निकाल्ने निर्णय गरेको हो । ति सिक्कामा नेपालको संविधान २०७२ लेखिने र अन्य नमुनाका बारेमा राष्ट्र बैंकले तयारी गर्ने बरिष्ठ डेपुटी गर्भनर गोपाल काफ्लेले जानकारी दिनुभयो । दशैंको नजिक जारी हुने ती रुपैयाँका सिक्का सर्वसाधारणका लागि आकर्षित हुने र प्रयोगमा आउने उहाँले बताउनुभयो ।    ...

सहारा नेपालद्वारा रु दश करोड ऋण मिनाह

14427481261441942949Logo-for-news.jpg
सुरुङ्गा (झापा), ३ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका छ जिल्लाका चार हजारभन्दा बढी घर परिवारको करिब रु दश करोड ५० लाख ऋण मिनाह गरेको छ ।  संस्थाले सञ्चालन गरेको सामाजिक सुरक्षा योजना कार्यक्रमअन्तर्गत विपन्न परिवारका सदस्यलाई प्रदान गरिएको सो रकम मिनाह गरेको हो । सहकारीमा आबद्ध आफ्ना ऋणी सदस्यको मृत्युपछि परिवारका अन्य सदस्यले आर्थिक भार बेहोर्नु नपरोस् भनेर सहकारीले सञ्चालन गरेको उक्त कार्यक्रमबाट तीन वर्षको अवधिमा चार हजार १५३ घरपरिवारका सदस्यले लिएकोे उक्त ऋण मिनाह गरिएको हो ।  कार्यालयका वरिष्ठ विभागीय प्रमुख...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement