अर्थ

निजी क्षेत्र सशक्त नभएसम्म देश बलियो हुँदैन–गभर्नर डा नेपाल

1442667702download.jpg
पोखरा, २ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले निजी क्षेत्र सशक्त नभएसम्म देश बलियो नहुने बताउनुभएको छ ।  लेखनाथ उद्योग वाणिज्य सङ्घको १९औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनको आज लेखनाथमा उद्घाटन गर्दै उहाँले सरकारले हरेक आर्थिक गतिविधिमा निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नु पर्ने बेला आएको विचार व्यक्त गर्नुभयो ।  नयाँ संविधान घोषणा हुने भएपछि संविधान आउँदैन की भन्ने द्विविधा अब हटेको छ भन्दै गभर्नर डा नेपालले हरेक नागरिकले मुलुकबाट के लिएभन्दा पनि के दिए भन्ने सोचका साथ अघि बढ्नु पर्ने बेला आएको बताउनुभयो ।  गभर्नर डा...

नेपालीको प्रतिव्यक्ति दैनिक खर्च १ सय ७६ रुपैयाँ

1442579516download.jpg
काठमाडौं- हरेक नेपालीले एक दिनमा औसत १ सय ७६ रुपैयाँ खर्च गर्ने गरेको ताजा अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकको पाँचौं पारिवारिक बजेट सर्वेक्षण अन्तर्गत संकलित तथ्यांकका आधारमा यस्तो निष्कर्ष निकालिएको हो। राष्ट्र बैंकको तयार पारेको तथ्यांकमा प्रत्येक परिवारको प्रतिदिन औसत खर्च ८ सय ६४ रुपैयाँ उल्लेख छ। केन्द्रीय तथ्यांक विभागका अनुसार प्रत्येक परिवारको औसत सदस्य संख्या ४.९ छ । यसरी हिसाब गर्दा एकजना नेपालीले दिनमा १ सय ७६ रुपैयाँको दरले खर्च गर्छ। राष्ट्र बैंकले एक वर्ष लगाएर ८ हजार २८ घर–परिवारको अध्ययन गरेको थियो। मुलुकका ५५ जिल्लाका कुल ८४...

बन्द हडतालले रु असी करोड राजस्व अवरुद्ध

1442406891merosamachar.jpg
पर्सा, ३० भदौ । सिमाङ्कनको विरोध गर्दै मधेसवादी दलहरुले एक महिनादेखि गर्दै आएको बन्द हडतालका कारण वीरगन्जको सख्खा बन्दरगाहको रु ८० करोड भन्दा बढी राजस्व अवरुद्ध भएको छ ।  बन्द हडताल र निषेधाज्ञाका कारण ढुवानीका साधनहरु सञ्चालनमा नआएकाले भारत तथा तेस्रो मुलुकबाट आयात गरिएको मालसामान ढुवानी हुन नसकि भन्सारमै थन्किएका कारण राजस्व अवरुद्ध भएको हो ।  भन्सार विभागले ड्राइपोर्ट भन्सार कार्यालयलाई भदौ महिनामा रु एक अर्ब ५२ करोड १३ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिए पनि भदौ २८ गते सम्ममा लक्ष्यको ४५ प्रतिशत अर्थात रु ६९ करोड ३७ लाख ५२ हजार मात्र सङ्कलन...
1453145911obamacare.gif

बन्दले होटल व्यवसायीलाई चार अर्ब घाटा

1442066992Untitled-2.jpg
पथरी (मोरङ), २६ भदौ । मधेस केन्द्रित दलले आह्वान गरेको लगातार एक महिनादेखि विराटनगर बन्दका कारण यहाँका होटल व्यवसायीलाई चार अर्ब घाटा भएको छ ।  नेपाल होटल एसोसिएसन (हान)का केन्द्रीय सदस्य राजन श्रेष्ठका अनुसार एक महिना यता होटल सुनसान भएका छन् । बन्दका कारण यातायत नचल्दा पर्यटक आउन सकेका छौनन् भारतीय पर्यटकको भरमा चल्ने विराटनगरका होटल यतिखेर सुनसान भएका छन् ।  विभिन्न सीमा नाकाबाट दैनिक दुई हजार पर्यटक पूर्व आउने गरेकामा यतिखेर होटलमा पर्यटकको मात्रा शून्य रहेको पूर्वाञ्चल क्षेत्रीय होटल सङ्घले जनाएको छ ।  पछिल्लो समय विभिन्न धार्मिक महोत्सव...

दसैंमा उपत्यकालाई साढे ३२ हजार खसीबोका

1441804384download-1.jpg
भाद्र २३, २०७२- दसैंका लागि उपत्यकामा साढे ३२ हजार खसीबोका भित्रिने भएका छन् । नेपाल खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले साढे ३२ हजार खसीबोका ल्याउने तयारी गरेका छन् । दसैंको अवसरमा खसीबोकाको माग उच्च हुने गरेकाले सोहीअनुसार राजधानी भित्र्याउने तयारी भएको यी दुई संस्थाले जनाएका छन् । ‘चाडबाडमा खसीबोकाको अस्वाभाविक मूल्य बढ्न नदिन २ हजार खसीबोका र ५ सय च्यांग्रा ल्याउने तयारी गर्दै छौं,’ संस्थानका प्रवक्ता श्रीमणिराज खनालले भने, ‘मुख्य उद्देश्य बजार हस्तक्षेप गर्नु हो । यसले उपभोक्तालाई धेरै राहत गर्नेछ ।’ उनले परीक्षणका लागि मुस्ताङबाट...

सुनको मूल्य घट्यो

1441723579gold-final-final14.jpg
काठमाडौं, भदौ २२ । मंगलबार सुनको मूल्य सामान्यदरले ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक सयले घटेर ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सय रुपैयाँ नै बढेर ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर ६ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस ११ सय २० डलरको हाराहारीमा कारोबार भएको थियो ।  ...
Advertisement

पेट्रोलीयम पर्दाथको मूल्य घट्दा पनि भाडा भने घटेन

1441716647condoctor.jpg
पटक पटक पेट्रोलीयम पर्दाथ मूल्य घट्दा पनि सवारी साधनको भाडा भने घटेको छैन । नेपाल सरकारले भाडादरलाई बैज्ञमनीक ढङगले समाजयन्न गर्दा पनि सवारीसाधनको भाडा भने घटेको छैन । तर यातायात व्यवसायीसंघले भने छिटनै भाडादरको समायोजन गर्ने बताएका छन्. । ...

बजार नपाएर कुहिन्छ मुगुमा स्याउ

1441714728images.jpg
मुगु, २२ भदौ । जिल्लाका विभिन्न स्थानमा कृषकले फलाएको स्याउ पाके पनि जिल्ला कृषि विकास कार्यालयले स्याउ राख्ने बाकस उपलब्ध गराउन नसकेर बजार आसपासमा र बाहिर गाउँघरमा बजार नपाएर करोडौँका स्याउ कुहिन थालेका छन् ।  “स्याउ धेरै छ, पाकेर रूखबाट झर्न थालिसक्यो, अलिअलि भएको बाकसमा स्याउ राखेर नेपालगन्ज पठाएँ, अरू कुहिने हो कि भन्ने चिन्ता छ”–कार्कीवाडा गाविसका स्थानीय रामभक्त रोकायाले भन्नुभयो । कृषकका बगैँचामा फलेको स्याउ पाकेर झर्न थालेपनि जिल्ला कृषि विकास कार्यालयले अनुदानमा उपलब्ध गराउने बाकस समयमा नै वितरण नगरेपछि स्याउ कसरी बाहिर जिल्ला पठाउने...

तरकारीको मूल्य दोब्बर

1441631160download-4.jpg
भाद्र २१, २०७२- तीन साताभन्दा बढी समययता बन्दले मध्य तराईका जिल्लामा तरकारीको मूल्य दोब्बर वृद्धि भएको छ। निषेधाज्ञा, दंगाग्रस्त र कफ्र्युका कारण त्रासमा बाँचिरहेका उपभोक्ता महँगो मूल्यमा तरकारी किन्न बाध्य छन्। अधिकांश तरकारी यस क्षेत्रका जिल्लामा उत्पादन हुने भए पनि बन्दले ओसारपसार ठप्प भएकाले महँगिएको हो।  सबै तरकारीको मूल्य दोब्बर भएको वीरगन्जस्थित तेजारथ टोलकी गृहिणी माया प्रधानले बताइन्। यहाँ कफ्र्यु लाग्नु अघिल्लो दिनसम्म प्रतिकिलो सरदर ३० देखि ४० रुपैयाँसम्म रहेको मूल्य वृद्धि भएर ६० देखि १ सय २० रुपैयाँसम्म तिर्नुपरेको उनले बताइन्। घिरौंला,...
Advertisement

व्यापार घाटा कहालीलाग्दो

1441629864images-1.jpg
काठमाडौं- सार्क राष्ट्रभित्र व्यापार विस्तार तथा सहजीकरणको विषयमा चर्चा चलिरहँदा नेपाल उच्च व्यापार घाटाको स्थितिमा छ। मुलुकको कुल व्यापार घाटाको अधिकांश हिस्सा छिमेकी भारतसँगै छ।   व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ। गत आर्थिक वर्षको कुल व्यापार घाटामध्ये ६५ प्रतिशत भारतसँगै छ। पछिल्ला वर्षमा भारतसँग नेपालको निर्भरता बढ्दै गइरहेको विज्ञले बताएका छन्। उत्पादन वृद्धि र निर्यात गर्ने क्षमता विस्तार नहुँदासम्म व्यापार घाटा कम गर्न नसकिने साउथ एसियन वाच अन टे्रड, इकोनोमिक्स एन्ड इन्भायरोमेन्ट...

आइतबार नेपाली बजारमा सुनको मूल्यमा कुनै परिर्वतन भएन

1441548934gold.jpg
 साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा कुनै परिर्वतन भएको छैन । आइतबारको लागि नेपाल सुनचादी व्यवसायी संघले सुन प्रतितोला ५० हजार ४ सय रुपैया तोकेको छ । यस अघि अघिल्लो साताको शुक्रबार सुन प्रतितोला ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । अमेरिकी अर्थतन्त्रमा आएको सुधार एवं गैह्र कृषि बेरोजगार दर प्रक्षेपण अनुसार घटेकोले यसले डलरको मूल्यलाई अझ उच्च बनाएको नेपाल सुन चाँदी व्यवसायीले जनाएको छ । अन्तराष्ट्रिय बजारमा सुन प्रति औस ११२३.८० रहेको छ भने चाँदी प्रति औस १४.६८ रहेको छ । त्यस्तै आइतवार चाँदी प्रतितोला तोलाको ६ सय ८५ रुपैयाँमा कारोबार...

डिजेलको मूल्य फेरी घट्यो

1441543105download-3.jpg
काठमाडौं- नेपाल आयल निगमले डिजेलको मूल्य पुन घटाएको छ। निगमले सरकारको आग्रहमा डिजेलको मूल्यमा प्रति लिटर १ रुपैयाँ घटाएको हो। यस अघि निगमले मंगलबार पनि पेट्रोलिय पदार्थको मूल्य समायोजन गरेको थियो। घटेको मूल्य आज राती १२ बजेबाट लागु हुने निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए। सार्वजनिक सवारी भाडामा सर्वसाधारणलाई मर्का परेको भन्दै सरकारले निगमलाई मूल्य घटाउन आग्रह गरेको थियो। पेट्रोलीयम पदार्थको मूल्य घटे पनि सार्वजनिक यातायातको भाडा दर भने समायोजन हुन सकेको छैन। ...
Advertisement

स्थानीय उत्पादनका कारण बजार मूल्य सामान्य

1441370943images-5.jpg
काठमाडौँ, १८ भदौ । देशका विभिन्न भागमा भएका बन्द तथा हडतालले बाहिरबाट आउने फलफूल तथा तरकारी ढुवानीमा केही समस्या देखिए पनि काठमाडौँ उपत्यका आसपासबाट भने सहज रुपमा तरकारी तथा फलफूल आउने गरेको छ ।  काठमाडौँका छिमेकी जिल्लाबाहेक अन्य विभिन्न भागबाट आउने खाद्यान्न यसअघिभन्दा केही महङ्गो भए पनि तरकारी तथा फलफूलको मूल्य सामान्य अवस्थामै रहेको व्यवसायी बताउँछन् ।  पछिल्लो समयमा काठमाडौँ, ललितपुर तथा भक्तपुरका साथै धादिङ, काभ्रे, मकवानपुरलगायत स्थानबाट तरकारीजन्य वस्तु पर्याप्तमात्रामा आउने गरेका कारण काठमाडौँको तरकारी मूल्य सामान्य अवस्थामा रहेको तरकारी...

सिद्धार्थ बैंकको घर कर्जा योजना,१ करोडसम्म ऋण दिइने

1441305672Siddhratha.jpg
काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले घर कर्जाको योजना ल्याएको छ । बैंकले ५ लाखदेखि १ करोड रुपैयाँसम्म ऋण दिने गरी घर कर्जा योजना ल्याएको हो ।   जसअन्तर्गत १० देखि २० बर्ष अवधिसम्मका लागि ऋण लिँदा बैंकले ऋणीको सावधिक जीवन बिमा समेत गरिदिने छ । साथै बिमा अवधि समाप्तिपछि एकमुष्ट बोनस भुक्तानी लिन सकिन्छ । बैंकले घर कर्जाको ब्याज दर भने खुलाएको छैन । न्युनतम ऋणीको कर्जा अवधिमै मृत्यु भए पनि घर जिम्मा लगाउने छ । सिद्धार्थ डेभलपमेन्ट बैंकले गत आर्थिक बर्ष २६ करोड रुपैयाँ नाफा गरेको थियो ।  ...

बिहानै बैंकिङ सेवा

1441283242download-2.jpg
धनगढी, १७ भदौ । यहाँका बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञाको समयअघि बिहानको समयमा सेवाग्राहीलाई सेवा प्रदान गर्न थालेका छन् ।  टीकापुरमा भएको हिंसात्मक घटनापछि स्थानीय प्रशासनले १० दिनदेखि लगातार जारी निषेधाज्ञाका कारण बैंकिङ सेवा सुविधासमेत प्रभावित भएकाले ती संस्थाले प्रभातकालीन सेवा प्रदान गर्न थालेका हुन् ।  स्थानीय प्रशासनले मध्याह्न र अपराह्नको समयलाई लक्ष्य गरी निषेधाज्ञा जारी गर्दै आएको छ । यहाँ आज मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।  लगातारको बन्द र त्यसपछि जारी निषेधाज्ञाका कारण बैंकको लगानी प्रायः...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement