अर्थ

पेट्रोलियम पदार्थको मूल्य समायोजन

1441120928images.jpg
काठमाडौं, भदौ १५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको हो । यस्तै, खाना पकाउने एलपी ग्यासमा ३५ रुपैयाँ घटाइएको छ । अब पेट्रोलको मूल्य १ सय ४ रुपैयाँ, डिजेल र मट्टितेलको ८२ रुपैयाँपर्नेछ भने ग्यास प्रतिसिलिन्डर १४ सय रुपैयाँ पर्नेछ । आयल निगमले गत साउन १७ गते पनि मूल्य घटाएको थियो । ...

सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढ्यो

1440943097gold-super-final-new-12345.jpg
काठमाडौं, भदौ १३ । आइतबार सुनको मूल्यमा केही बृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै आइतबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बृद्धि भएर ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि तोलामा सय रुपैयाँले नै बृद्धि भएर ५० हजार ६ सयमा कारोबारभएको थियो । आइतबार चाँदीको मूल्य भने तोलाको ६ सय ७५ मा स्थिर रह्यो । अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंस ११ सय ३४ डलरको हाराहारीमा कारोबार भइरहेको थियो ।   ...

नेप्से ओरालोतिर

1440870991nepse.jpg
काठमाडौँ, १२ भदौ । गत साता ८८.८७ अङ्कले उकालो लागेको नेप्से यो साता ०.९१ अङ्कले ओरालो लागेको छ । गत साताको अन्तिम दिन १२००.९२ बिन्दुमा पुगेको नेप्से यो साता अन्तिम दिन ११८३.७६ बिन्दुमा खुम्चिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीको १६ हजार १३४ कारोबारबाट रु दुई अर्ब ५० करोड छ लाख ९१ हजार बराबरका ६४ लाख २२ हजार ५९० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३७.५७ प्रतिशत कम हो । गत साता १६९ कम्पनीको कारोबार भएको थियो । जसअनुसार २४ हजार ६३५ कारोबारबाट रु चार अर्ब ९३ लाख नौ हजार बराबरका ८४ लाख २६ हजार ४४० कित्ता...
1453145911obamacare.gif

तेत्तीस करोड बढी अपचलन गर्ने कृषि विकास बैंकका कर्मचारीसहित नौ जना पक्राउ

1440680666ADB.jpg
काठमाडौँ, १० भदौ । कृषि विकास बैंकको रु ३३ करोड ८२ लाख ५७८ हानी, नोक्सानी पु¥याउने कार्यमा संलग्न सोही बैंकको स्वयम्भू शाखामा कार्यरत शाखा अधिकृत केदारप्रसाद गौतमसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । गौतमकी जेठी श्रीमती सम्झना पोखरेल, कान्छी श्रीमती जेनी श्रेष्ठ, बैंककी लेखापाल गीता पन्त, भरतबहादुर बानिया, सूर्यबहादुर लिम्बु, कृष्णहरि थापा, सन्दिप गुप्ता, रामकुमार कुम्हारलाई विभिन्न स्थानबाट विभिन्न मितिमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारवाही गर्न पुनरावेदन अदालत, वाणिज्य...

भन्सार प्रशासनलाई आधुनिकीकरण गरिने

1440679823Ram-Sharan-Mahat.jpg
काठमाडौँ, १० भदौ । मुलुकको आर्थिक उन्नतिका लागि भन्सारको आधुनिकीकरणमार्फत सेवाग्राहीको समय तथा लागत मूल्यलाई सम्मान गर्ने गुणस्तरीय भन्सार सेवा प्रदान गर्नुपर्नेमा जोड दिइएको छ । भन्सार विभागको आयोजनामा आजदेखि सुरु गरिएको भन्सार व्यवस्थापनसम्बन्धी दुई दिने गोष्ठीमा सहभागी सरकारी तथा निजी क्षेत्रका अगुवाले पूर्वाधार, प्रविधि, दक्ष जनशक्ति र कर्मचारीको आचरणमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । मुलुकको समृद्धिका लागि आर्थिक विकास अपरिहार्य भएको बताउँदै उहाँहरुले भन्सार प्रक्रियालाई पारदर्शी र सरलीकृत गर्न सकेमात्र अन्तर्राष्ट्रिय लगानी आउने भएकाले...

रु ३५ लाखको हुलाक टिकट बिक्री

1440593657images-9.jpg
सुरुङ्गा (झापा), ९ भदौ । जिल्ला हुलाक कार्यालय झापाले गएको आव २०७१÷७२ मा रु ३५ लाखभन्दा बढीको हुलाक टिकट बिक्री गरेको छ ।  जिल्लामा रहेका १७ वटा इलाका हुलाक कार्यालय र ३७ वटा अतिरिक्त हुलाकसहित जिल्ला हुलाक कार्यालयले रु ३५ लाख १२ हजार ६६५ को टिकट बिक्री गरेको कार्यालयकी हुलाक अधिकृत रीता खतिवडाले जानकारी दिनुभयो ।  उहाँले योसँगै जिल्ला हुलाक कार्यालयले आव २०७१÷७२ मा रु ६८ लाख १४ हजार १५१ राजस्व सङ्कलन गरेको बताउनुभयो । अघिल्लो आव रु ६० लाख २९ हजार ८१० राजस्व सङ्कलन गरेको कार्यालयले गएको आवमा रु सात लाख ८४ हजार ३४१ बढी राजस्व सङ्कलन गरेको खतिवडाले...
Advertisement

रक्सौल–अमलेखगन्ज पाइपलाइन सम्झौताले बीस वर्षदेखिको सपना साकार

1440419738pipeline-agreement.jpg
काठमाडौँ, ७ भदौ । पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल र भारतबीच रक्सौल–अमलेखगन्ज पाइपलाइन परियोजनामा भएको सम्झौताले २० वर्षदेखिको सपना साकार भएको छ । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले सोमबार एक समारोहबीच हस्ताक्षर गर्नुभएपछि दुई देशबीच बहुप्रतिक्षित सो परियोजनाले मूर्त रुप लिन लागेको हो । हस्तारक्षरपछि वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले २० वर्षदेखिको सपनाका रुपमा रहेको पाइपलाइन परियोजना साकार भएको बताउनुभयो । उहाँले परियोजना निर्माणपछि...

तरकारीजन्य बस्तुको मूल्य अकासियो

14403381701190470210237320276575427869730766965312613n.jpg
उपत्यकाको ठुलो फलफुल तथा तरकारी बजारमा विगत केही दिनदेखि तरकारीजन्य बस्तुको मूल्य अकासिएको छ । प्याजको भाउ झनै अपत्यारिलो तरिकाले बढेको छ । लगातारको बन्द,हड्ताल जस्ता घटनाहरुले तरकारीजन्य बस्तुको मूल्य अकाशिएको हा ।  केही दिनदेखि यता बजारमा तरकारीजन्य बस्तुको मुल्य अस्वाभाविक तरिकाले बृद्धि भएको छ । सर्वसाधारणहरुले महँगो तरकारी उपभोग गर्न बाध्य भएका छन् । बन्द हड्तालको बाहना बनाएर ब्यापारीहरुले तरकारीको जथाभावी मूल्य तोक्ने गरेको सर्वसाधारणको गुनासो छ । बजारमा भान्छामा नियमित प्रयोग हुने प्याज र आलुको मूल्य अकाशिएको उपभोक्ताको गुनासो रहेको छ...

सिमेन्टमा आत्मनिर्भर बन्नेक्रममा नेपाल, लगातारको बन्द र हडताल भने उद्योगक्षेत्रको बाधक

1440164507download-2.jpg
लुम्बिनी (रुपन्देही), ४ भदौ । सिमेन्ट उत्पादनमा सक्षम मानिएको लुम्बिनी औद्योगिक करिडोरले नेपाली बजारको मागअनुसारको सिमेन्ट उत्पादनका लागि ठूलो योगदान पु¥याउँदै आएको छ ।  लुम्बिनी करिडोरमा स्थापित सिमेन्ट उद्योगले नेपाली बजारमा सिमेन्टको मागलाई ४० देखि ५० प्रतिशत पूरा गरेको छ । विदेशी सिमेन्टको आयात प्रतिस्थापन गर्र्दै नेपाली सिमेन्टलाई नेपाली बजारमा स्थापित गर्न महत्वपूर्ण योगदान पु¥याएका यहाँका सिमेन्ट उद्योगले गुणस्तरमा पनि उत्तिकै ध्यान दिएका छन् ।  नेपाली सिमेन्टभन्दा भारतीय ब्रान्डका सिमेन्ट गुणस्तरीय हुन्छन् भन्ने नकारात्मक धारणालाई...
Advertisement

पचास पैसाबाट एक अर्ब २५ करोड पुर्‍याउदै 'विकु'

1440076343images-2.jpg
चितवन, ३ भदौ । दैनिक ५० पैसा सङ्कलन गरेर सुरु भएको गैँडाकोटको विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ वर्ष पूरा गर्दैगर्दा रु एक अर्ब २५ करोड ४६ लाखको सम्पत्ति जोड्न सफल भएको छ ।  विसं २०४८ मा २६ जना सदस्य मिलेर स्थापित सहकारीले दैनिक ५० पैसा (मासिक १५ रुपैयाँ) सङ्कलन गर्ने गर्दथ्यो । अहिले उक्त सहकारीमा १८ हजार ६४२ जना सदस्य छन् भने बचत सङ्कलन मात्र रु एक अर्ब एक करोड ५८ लाख ३० हजार पुगेको छ ।  सहकारीले २५ वर्ष प्रवेश गरेको अवसरमा आज नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सदस्यमध्ये ५४ प्रतिशत महिला छन् भने ४६ प्रतिशत पुरुष सदस्य रहेका छन्...

ऐतिहासिक उचाइमा नेप्से

1439990390images.jpg
काठमाडौँ, २ भदौ । पछिल्लो समयमा निरन्तर उकालो लागेको नेप्सेले हालसम्मकै इतिहासकै उच्च बिन्दुमा पुगेको छ ।  सात वर्षअघि २०६५ भदौ १५ गते नेप्से परिसूचक ११७५ पुगेको थियो । नेप्से आज निरन्तर उकालो लगेर ११९१.९२ बिन्दुमा पुगेर बन्द भएको हो ।  संविधान निर्माण प्रक्रिया द्रुत गतिमा अघि बढेका कारण लगानीकर्ता विश्वस्त भएर पुँजी बजारमा लगानी गरेकाले पनि परिसूचक उच्च बिन्दुमा पुगेको बताइएको छ ।  बजार खुल्दा ११६० मा रहेको नेप्से निरन्तर उकालो लागेको बजार बन्द हुँदासम्म ३१.९९ अङ्कले बढेर इतिहासकै उच्च बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  नेप्सेका...

सुनको भाउ बढ्यो

14399089789a1f589225bbd18d4ca805d29da1b216.jpg
काठमाडौं, भदौ १ । अन्तर्राष्ट्रिय बजार भाउ पच्छ्याउँदै स्थानीय बजारमा सुनको भाउ तोलामा ५० हजारनजिक पुगेको छ । मंगलबार स्थानीय बजारमा छापावाल सुनको भाउ तोलामा ४ सयले बढेर ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाको ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तोलाको७ सयमा स्थिर रह्यो । मंगलबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ११ सय १९ डलरको हाराहारीमा कारोबार भएको थियो ।   ...
Advertisement

विद्युत् प्राधिकरणको घाटा २६ अर्ब, माग बढेर विद्युत् सङ्कट

1439902626images-1.jpg
काठमाडौँ, १ भदौ । नेपाल विद्युत् प्राधिकरणले आव २०७१÷७२ मा रु छ अर्ब ५१ करोड ४० हजार घाटा बेहोरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्मको घाटा रु २६ अर्ब ७९ करोड ८६ लाख २० रहेको छ ।  चार वर्षअघि रु २७ अर्ब घाटामा रहेको प्राधिकरणलाई सरकारले अपलेखन गरेको थियो । चरम विद्युत् अभाव, विद्युत् चुहावट तथा प्राविधिक समस्याका कारण प्राधिकरणको घाटा बढ्दै गएको हो ।  भारतबाट आयात गरिएको विद्युत् खरिदको मूल्य र प्राधिकरणले वितरण गर्ने मूल्यको सन्तुलन मिल्न नसक्दा पनि प्राधिकरण घाटामा गएको हो ।  प्राधिकरणले आव २०७१÷७२ मा खुद आम्दानी भने रु...

सम्झौताको मितिमा मेलम्चीको सुरुङ निर्माण नसकिने

1439866202melamchi.jpg
काठमाडौँ, ३२ साउन । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौताको समयावधिमा नसकिने भएको छ । सम्झौताअघि नै इटालेली ठेकेदार कम्पनी सिएमसीले काम सकी २०७३ वैशाख १ गते मेलम्चीको पानी काठमाडौँका धारामा खसाल्ने सार्वजनिक गरे पनि ठेकेदार कम्पनीको ढिलासुस्तीले काम नसकिने भएको हो । सम्झौताअनुसार २०७३ असोज मसान्तभित्र सिन्धुपाल्चोकको हेलम्बुबाट काठमाडौँको सुन्दरीजलसम्म २७ किमि सुरुङ निर्माण सक्नुपर्ने हुन्छ । वैशाखको भूकम्पपछि राष्ट्रिय गौरवको आयोजनाको काममा प्रभाव परेको छ । भूकम्पअघि सुन्दरीजलबाट सिन्धुतिर, सिन्धुबाट...

अमेरिकी डलर २ वर्षयताकै महँगो

1439727443images-1.jpg
काठमाडौं, साउन ३१    अमेरिकी डलरको भाउ २ वर्षयताकै महँगो विन्दुमा पुगेको छ। २०७० सालको भदौपछि डलरको मूल्यले नयाँ उचाई लिएको हो।  आइतवार अमेरिकी डलरको भाउ थप महँगिएर विक्रीदर मूल्य १ सय ४ रुपैयाँ ५० पैसा निर्धारण भएको छ।    त्यस्तै खरिददर मूल्य १ सय ३ रुपैयाँ ९० पैसा निर्धारण भएको छ। वाणिज्य बैंकहरुले भने डलर १ सय ६ रुपैयाँसम्म विक्री गरिरहेका छन्। अमेरिकी रोजगारीमा सुधार आएसँगै लगानीकर्ताको हैसियत मजबुत बन्दै डलरमा आकर्षण बढेपछि डलर मजबुत बनेको हो।  उता चिनले डलरसित आफ्नो मुद्रालाई अवमूल्यन गरेपछि शक्तिशाली लगानीकर्ताहरु डलरप्रति आकर्षित हुन...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement