अर्थ

पर्बत आरोहीका लागि ककनीमा स्याटेलाइट (Satellite) अस्पताल

1439703042hospital5.png
काठमाडौँ, ३१ साउन । साहसिक पर्वतारोहण र पदयात्रा क्षेत्रमा काम गर्ने आरोही तथा कामदारको हितलाई ध्यानमा राखी मुलुकमै पहिलो पटक अस्थायी अस्पताल स्थापना गरिने भएको छ ।  नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले आरोही, कामदार र उनीहरुको परिवारलाई स्वास्थ्योपचारको प्रत्याभूत दिलाउने उद्देश्यले अस्पताल सञ्चालन गर्न लागिएको हो । केन्द्रीय ‘हब’ काठमाडौँमा रहने सो अस्पताल मुख्य हिमाल र विश्व चर्चित पदमार्गमा राखिनेछ । विशेषज्ञ टोली सम्बन्धित ठाउँमा राखिने र केन्द्रबाटै विशेषज्ञले प्रत्यक्ष बिरामीको उपचार गर्ने व्यवस्था गरिनेछ ।  सगरमाथालगायत हिमाल र चर्चित...

नेपालमै पहिलोपल्ट सुपारीको पातबाट थाल बटुका

143954975012-inch-plate.jpg
काँकडभिट्टा (झापा), २९ साउन । नेपालमै पहिलोपल्ट झापाको बुधबारेमा सुपारीको खबटा(पात)बाट थाल बटुका (प्लेट) बनाउने उद्योग खुलेको छ ।  बुधबारे–५ का नारायण रिजालले नेपाल सुपारीखेती विकास संस्थाको सहयोगमा सात महिनाअघि आफ्नै घरमा उद्योग स्थापना गर्नुभएको हो । भारतको केरलाबाट रु २० लाखमा मेसिन खरिद गरेर ल्याएका रिजालले सुपारीको खबटाद्वारा आकर्षक थाल बटुका बनाएर बिक्री गर्न थालिसक्नुभएको छ ।  नेपाल सुपारीखेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले झापामा सुपारीको खेती बढिरहेको हुँदा यसबाट थाल बटुका बनाउने उद्योग फस्टाउने सम्भावना देखेर प्रविधि...

सुनको भाउ फेरि बढ्यो

1439475508download-10.jpg
काठमाडौं, श्रावण २८ । अन्तर्राष्ट्रिय बजार भाउ पच्छ्याउँदै स्थानीय बजारमा सुनको भाउ पुनः बढेको छ । सुन तोलाको ५० हजार नजिक आइपुगेको छ । विहीबार छापावाल सुनको मूल्य तोलामा ४ सयले उकालो लागेर ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि अघिल्लो दिनको तुलनामा तोलामा ७ सयले बढेर ४८ हजार९ सय रुपैयाँमा कारोबार भएको थियो । यसदिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर ६ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । विहीबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ११ सय १६ डलर हाराहारीमा कारोबार भएको थियो ।  ...
1453145911obamacare.gif

राजस्वमा १९ दशमलव नौ प्रतिशतले वृद्धि

1439471060download-2.jpg
काठमाडौँ, २८ साउन । गत आवमा रु एक खर्ब ६० अर्ब नौ करोड सङ्कलन गरी आन्तरिक राजस्व विभागले तोकिएको लक्ष्यको तुलनामा १०२ प्रतिशत प्रगति गरेको छ ।  विभागले रु एक खर्ब ५७ अर्ब ५० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको तुलनामा १०२ प्रतिशतले वृद्धि भई गत वर्षको सङ्कलनभन्दा १४ प्रतिशत बढी राजस्व सङ्कलन भएको महानिर्देशक चूडामणि शर्माले जनाकारी दिनुभयो ।  सो अवधिमा कुल राजस्व र कुल गार्हस्थ उत्पादनको अनुपात १९ दशमलव ९ प्रतिशत पुगेको छ भने कर राजस्व र कुल गार्हस्थ उत्पादनको अनुपात १७ दशमलव ६४ प्रतिशत पुगेको छ । उहाँले ती परिसूचकलाई विभागको रणनीतिक योजनाले...

सातामा सुनको भाउ ५ सयले घट्यो, अझै घट्ने अनुमान

1439043825download-16.jpg
काठमाडौं, श्रावण २३ । अन्तर्राष्ट्रिय बजार भाउ पच्छ्याउँदै यस साता सुनको भाउँमा सामान्य कमी आयो । साताभर सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो । आइतबार प्रति १० ग्राम ४१ हजार १ सय ५५ अर्थात् तोलाको ४८ हजारमा कारोबार भएको सुन शुक्रबार ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर ६ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । नेपाली बजारमा सुनको मूल्य विगत ४ वर्षकै न्यून र अन्तर्राष्ट्रिय बजारमा विगत ५ वर्षकै न्यून रहेको महासंघले जनाएको छ । आगामी साता सुनको भाउ तोलाको ४६...

पशुपालक किसानलाई एक करोड अनुदान

1439041567download-9.jpg
सुरुङ्गा (झापा), २३ साउन । झापाका किसानले सुरु गरेको व्यावसायिक पशुपालन पछिल्लो समय फस्टाउँदै गएको पाइएको छ ।  सरकारले किसानको आयआर्जनमा वृद्धि गर्न व्यावसायिक पशुपालनमा जोड दिँदै सरकारी अनुदान रकमसमेत उपलब्ध गराउन थालेसँगै झापामा पशुपालन व्यवसाय फस्टाउँदै गएको हो ।  जिल्ला पशु विकास कार्यालय झापाका पशु विकास अधिकृत विनय श्रेष्ठका अनुसार जिल्लामा व्यावसायिक गाई पाल्ने किसानको सङ्ख्या बढिरहेको छ । उहाँका अनुसार झापाका ६२ वटा फार्ममा व्यावसायिक गाईपालन गरिएको छ ।  जिल्लामा व्यावसायिक गाईपालन गर्ने फार्म कमैले मात्र दर्ता गराए पनि यहाँका किसानले यस...
Advertisement

सुनको भाउ घटेको घट्यै , डलरको पनि घट्यो

14386957479a1f589225bbd18d4ca805d29da1b216.jpg
गतसाता एक सातासम्म स्थीर रहेको सुनको भाउ यो साता भने निरन्तर घट्न थालेको छ । सोमबार मात्र प्रतितोला २ सय रुपैयाँले घटेको सुनको भाउ मंगलबार ३ सय रुपैयाँले घटेको छ । यस्तै नेपाली बजारमा मंगलबार डलरको भाउमा समेत केहि गिरावट आएको छ । अहिले डलरको भाउ १०२.०४ रहेको छ  । नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ । मंगलबार सुनको भाउ तोलामा तीनसय रुपैयाँले घटेको छ । मंगलबार सुन तोलाको ४७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुनको भाउ तोलाको ४७ हजार आठसय रुपैयाँ रहेको थियो । मंगलबार चाँदी पनि ५ रुपैयाँ...

तीन सय बालश्रमिकलाई घर फर्काइयो

1438517964gtyphillipineschildlabor148060199ll120709wblog.jpg
रत्ननगर (चितवन), १७ साउन । चितवनको रत्ननगरमा घरेलु बालश्रमिकका रुपमा काम गर्ने बालबालिकामध्ये करिब तीन सयलाई घर फर्काइएको छ ।  रत्ननगर नगरपालिकाका सामाजिक शाखा प्रमुख तेजेन्द्र लामिछानेका अनुसार साविक रत्ननगरमा रहेका ५८४ घरेलु बालश्रमिकमध्ये अहिले तीन सयको हाराहारीमा बालबालिका घरेलु बालश्रममा रहेका छन् ।  दुई सय ८४ जनालाई भने विभिन्न कार्यक्रम सञ्चालन गरेर घर फर्काइएको लामिछाने बताउनुभयो ।  चौध वर्ष माथिकालाई आयआर्जनका कार्यक्रमसँगै सीप सिकाएर घर फर्काइएको छ भने अन्य साना बालबालिकाको हकमा उनका परिवारलाई सक्षम बनाएर श्रमबाट फर्काइएको छ...

शिवम् सिमेन्टले चार गाउँ जोखिममा

1438511246shivam.jpg
काठमाडौं : मकवानपुरको हटियास्थित शिवम् सिमेन्ट उद्योगका कारण स्थानीय चार गाविसका सर्वसाधारण उच्च जोखिममा परेका छन्। उनीहरू विस्थापित हुने अवस्थामा पुगेको संसद्को एक समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। मकवानपुरका सुकौरा, गढी, बुढीचौर र आमभन्ज्याङ गाविसका सर्वसाधारण उक्त उद्योगको खानीका कारण उच्च जोखिममा छन्।   संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उद्योग उपसमितिले गरेको स्थलगत अध्ययनपछि तयार पारिएको प्रतिवेदनले शिवम् सिमेन्ट उद्योगले सञ्चालन गरेको खानीसाथै त्यहाँबाट उत्सर्जन हुने विभिन्न हानिकारक तत्त्वबाट स्थानीय बासिन्दा...
Advertisement

सुन सस्तियो तर बजारबाट हरायो

14383534849a1f589225bbd18d4ca805d29da1b216.jpg
सस्तो भएको समयमा मध्यमवर्गीय नेपालीको पनि सुन तिर ध्यान तानिएको थियो । जाडो सुरु हुने वित्तिकै जुर्ने लगनका लागि तयार देखिएका उपभोक्तालाई निराश बनाउदै बजारबाट सुन हराएपछि आरोप प्रत्यारोपको खेल पनि बढेको छ । उपभोक्ताको नजरमा सुन व्यापारीले लुकाए तर व्यापारी भन्छन् मागे जति सुन बैंकले दिदैन । सत्य के हो यस्को पत्यार लाग्दो जवाफ कसैंसंग छैन तर सस्तिएको बेला जोहो गरिराख्ने उपभोक्ताको रहर भने पूरा हुने लक्षण देखिदैन । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटे पछि नेपाली बजारमा पनि सुनको मूल्य सस्तो भएको छ । तर बजारमा भने सहज रुपमा सुन पाउन सकिएको छैन । सुन ...

वैदेशिक रोजगारले घर परिवार बिथोल्दै, सम्बन्धबिच्छेद बढ्दो

1438163994divorce8.jpg
पर्सा, १३ साउन । वैदेशिक रोजगारले एकातिर मुलुकमा विप्रेषण भित्र्याएको छ भने अर्कोतिर यसले गर्दा श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई प्रभावित गरेको छ ।  मुलुकमा रोजगार नपाएर परिवारको भरणपोषणका लागि विदेश जाने क्रमसँगै श्रीमान् श्रीमतीका सम्बन्धमा समेत स्खलन आएका कारण सम्बन्धबिच्छेद गर्ने क्रम बढ्दोछ ।  कम उमेरमा विवाह र वैदेशिक रोजगारका कारण प्रतिवर्ष दोब्बरका दरले पर्सामा सम्बन्धबिच्छेद भएको पर्सा जिल्ला अदालतले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।  जिल्ला अदालतले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७०÷०७१ मा ६० दम्पतीले सम्बन्धबिच्छेदका लागि...

नेप्से आज अठार अङ्कले ओरालो लाग्यो

1438135401nepse.jpg
काठमाडौँ, १२ साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेसँगै उकालो सेयर बजार आज पुनः ओरालो लागेको छ । लगानीकर्तामा आएको उत्साहका कारण सेयर बजारमा गत ७ गते बिहीबार ४० अङ्कले, आइतबार ५० अङ्क र सोमबार नेप्सेमा सामान्य सुधारसहित रु एक अर्ब ३० करोडबराबरको कारोबार भएको थियो । आज परिसूचकमा १८.२६ अङ्कले घटेर एक हजार २८ अङ्कमा पुगेको छ । बजार खुलेलगत्तै ओरालो लाग्न सुरु गरेको नेप्से एक हजार ४६ बाट घटेर १२ः०० बजेसम्म आइपुग्दा एक हजार २४ अङ्कमा पुग्यो । त्यसपछि नेप्सेमा सुधार आए पनि एक हजार ४४ सम्म पुगेर पुनः तल झ¥यो र बजार...
Advertisement

चर्को मूल्यका कारण उपल्लो मुस्ताङी अझै ढिके नुनको भरमा

1438057559salt.jpg
मुस्ताङ, १२ साउन । उपल्लो मुस्ताङका सर्वसाधारण चर्को मूल्यका कारण अझै ढिके नुन खाएर जीविका चलाउँदै आएका छन् । आयोडिनयुक्त धुलो नुन अत्यधिक महँगो हुनुका साथै पर्याप्त मात्रामा नपाइने हुँदा लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, घमी र छुसाङ गाविसका करिब चार हजार सर्वसाधारणले वर्षौंदेखि ढिके नुनकै भरमा जीविका चलाउँदै आएका हुन् । यी गाविसमा जिल्ला सदरमुकाम जोमसोमबाट प्याकेटमा पाइने आयोडिन नुन पु¥याउन सकिएको छैन । स्थानीय केही व्यापारीले मुस्किलले पु¥याए पनि प्रतिप्याकेट रु ६० पर्छ । त्यो सदरमुकाम जोमसोममा पाइनेभन्दा तेब्बरले महँगो हो । आयोडिन नुन महँगो पर्नु र...

मौद्रिक नीतिले नेप्सेमा उछाल

1437956632merokhabar.jpg
काठमान्डौँ- नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्थाको चुक्तापुँजी छोटो अवधिमै उच्च दरले बढाउनुपर्ने गरी मौद्रिक नीति जारी गरेसँगै सेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ। मौद्रिक नीति सार्वजनिक भएकै दिन नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक ४०.३ अंकले बढेर बिहीबार १००३.३८ बिन्दुमा पुगेको छ। तर, यो उछाल धेरै दिन नटिक्ने अनुमान गरिएको छ। मौद्रिक नीतिपछि बैंक, वित्तीय संस्थासामु चुक्तापुँजी बढाउन थप निष्कासन, बोनस र हकप्रद सेयर जारी गर्नुपर्ने विकल्प छन्। अर्को विकल्प मर्जर हो। त्यही बोनस वा हकप्रद सेयर पाइने आसमा लगानीकर्ताले सेयर किन्न थाल्दा एक–दुई दिन...

बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिने कार्य थप प्रभावकारी बनाइने

1437870195nrb1.png
काठमाडौँ, ९ साउन । नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको गाभ्ने र गाभिने (मर्जर) नीतिको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने भएको छ । बैंक तथा वित्तीय संस्था एकापसमा ‘मर्जर’ सम्बन्धी विनियमावली, २०६८ कार्यान्वयनमा आएपछि बैंक तथा वित्तीय संस्था सबल बन्दै गएकाले त्यसलाई अझै प्रभावकारी बनाउन लागेको हो । बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन थप प्रोत्साहन गरिने र सबल र सक्षम वित्तीय क्षेत्रको विकासका लागि पुँजी वृद्धि गर्ने नीति लिएको राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बताउनुभयो । मर्जरको नीति कार्यान्वयनमा...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement