अर्थ

सुनको मूल्यमा प्रतितोला रु आठ सयले कमी

1437744809images-7.jpg
काठमाडौँ, ८ साउन । नेपाली बजारमा सुनको मूल्यमा अघिल्लो दिनको तुलनामा आज प्रतितोला रु ८०० ले कमी आएको छ ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै जाने क्रमले निरन्तरता पाएसँगै अहिले नेपाली बजारमा त्यसको प्रभाव परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाला सुनको मूल्य आज रु ४७ हजार २०० कायम भई कारोबार भएको जनाएको छ । सोको मूल्य अघिल्लो दिन रु ४८ हजार थियो ।  त्यसैगरी तेजावी सुनको मूल्य रु ४७ हजार ७५० बाट घटेर आज रु ४६ हजार ९५० कायम भएको छ । महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले युरोपमा सेयर बजार बलियो भएपछि त्यहाँका महाजनले सुनमा लगानी घटाएका कारण...

काँक्रो र करेला परीक्षण गर्दै महिला

1437656261images.jpg
दैलेख, ७ साउन । डाँडाँपराजुल गाविस–३ पोखरीपाटाकी हरिमायाँ आर्चाय हिजोआज आफ्नो खेतमा लगाइएको विभिन्न जातका काँक्रो र करेला स्याहारसुसारमै व्यस्त हुनुहुन्छ । गाउँमा महिला मिलेर उहाँको खेतमा सामूहिकरुपमा काँक्रो र करेलाको परीक्षणका लागि लगाएपछि सबैको सिक्ने थलोको रुपमा प्रयोग गरेका हुन् ।  गाउँका महिलाले काँक्रो र करेला लगाउने र हुर्काउने तरिका सिके पनि हरिमायाँले दिनहुँ स्याहारसुसार गरेर आम्दानी समेत लिइरहनुभएको छ । पोखरीपाटामा प्रगतिशील आइपिएम कृषि पाठशाला सुरु भएपछि उनीहरुले आर्यआजनको पाटो केलाउँदै काँक्रो र करेलाका विभिन्न जात परीक्षण गरी...

सुनको भाउ ४ वर्षकै सस्तो, तोलाको ४८ हजार

14375783279a1f589225bbd18d4ca805d29da1b216.jpg
६ साउन, काठमाडौं ।  बुधबार स्थानिय बजारमा सुनको भाउ चार वर्ष यताकै कम मूल्यमा झरेर किनबेच भइरहेको छ । बुधबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ घटेर ४८ हजारमा झरेको छ । आइतबार सुन तोलाको ४९ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । न्यमियसअघि २०६८ साउन २३ गते सुन ४७ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । त्यसयता सुनको भाउ ४८ हजार रुपैयाँ झरेको थिएन । यस बिचमा सुन २०७० असार १४ गते ४८ हजार एक सय रुपैयाँमा झरेपनि पछि विस्तारै उकालो लागेको थियो । सुनको भाउ ओरालो लाग्नुको मूख्य कारण अन्तर्राष्ट्रिय बजार भाउ घट्नुका साथै साउनदेखि नेपालमा आयात भन्सार दर एक हजार रूपैयाँले...
1453145911obamacare.gif

राष्ट्र बैंकले 'कसिलो' मौद्रिक नीति ल्याउँदै, ऋण दिने क्षमता कमजोर पार्ने विश्लेषण

1437573702download-8.jpg
काठमाडौं– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष(२०७२/७३)का लागि बिहीबार नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। नयाँ गभर्नरका रुपमा केन्द्रीय बैंकको नेतृत्व सम्हालेका चिरञ्जिवी नेपालको यो पहिलो मौद्रिक नीति हो। एक अधिकारीका अनुसार अधिक तरलताको समस्याले केन्द्रीय बैंकले यस आर्थिक वर्षका लागि मौद्रीक नीतिमा केही कसिलो बनाइएको छ। 'केन्द्रीय बैंकले वैधानीक तरलता अनुपात(एसएलआर) एक प्रतिशत बिन्दुले वृद्धि गर्ने र अनिवार्य नगद मौजदात अनुपात(सीआरआर) ०.५ प्रतिशत बिन्दुले बढाउने छ,' ती अधिकारीले भने। हाल वाणिज्य बैंकहरुको एसएलआर १२ प्रतिशत र सीआरआर ६...

सुनको भाउ ५ वर्षकै न्यून

1437490415images-7.jpg
न्युयोर्क, श्रावण ५ - केही समयदेखि स्थिर रहेको सुन मूल्य एकाएक घटेर पाँच वर्षयताकै सबैभन्दा न्यून भएको छ । विश्व बजारमा सोमबार सुनको कारोबार प्रतिऔन्स १ हजार ८८ डलरमा कारोबार भयो । यो मूल्य पाँच वर्षयताकै न्यून हो । सन् २०१० मा प्रतिऔन्स १ हजार १ सय डलर थियो । अमेरिका ब्याज दर बढेकाले लगनीकर्ताको चासो त्यतातिर केन्द्रित हुँदा सुन बिक्रीको माहोल बढेको एजेन्सीहरूले जनाएका छन् । मुलुकको आर्थिक अवस्थामा सुधार आएपछि अमेरिकाको फेडरल बैंकले ब्याजदर बढाएको छ । ब्याजदर बढेपछि लगानीकर्ताहरू सुन बेचेर त्यतातिर तानिएका हुन् । साधारणतया लगानीमा असुरक्षा बढ्दा...

तराई–मधेसमा पूर्वाधार विकास र औद्योगिकीकरणलाई प्राथमिकता

1436892286SepPlant--Rio-Grande-SCruz.-EFE-LaR..jpg
काठमाडौँ, २९ असार । मुलुकमा सन्तुलित विकासको आवश्यकता औँल्याइएका बेला सरकारले तराई–मधेसको पूर्वाधार विकास, औद्योगिकीकरण तथा कृषि उत्पादनलाई विशेष प्राथमिकता दिएको छ ।  अर्थमन्त्री डा रामशरण महतले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७२÷७३ को बजेटमा तराईको विकासलाई महत्व राख्ने हुलाकी राजमार्गलाई पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ आगामी वर्षका लागि रु तीन अर्ब १९ करोड विनियोजन गरिएको छ ।  भिट्टामोड–जनकपुर सडकको स्तरोन्नतिका लागि रु २५ करोड बजेट विनियोजन गरिएको छ । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति गरी चार...
Advertisement

नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाइने

1436891799img-collection.jpg
काठमाडौँ, २९ असार । सरकारले आवश्यक पूर्वाधार विकास गरी नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भएको छ ।  अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका–संसद्मा आज प्रस्तुत गरेको आव २०७२÷०७३ वर्षको बजेटमा नेपाली पर्यटनको विशेषतालाई पुनःजीवित गर्दै नेपाललाई पुनः विश्वको आकर्षक पर्यटकीय गन्तव्य बनाउने जनाइएको छ ।  मौलिक संस्कृति बोकेका एवम् पर्यटकीय आकर्षक केन्द्रबिन्दु र परम्परागत बसोबास रहेका ऐतिहासिक बस्तीलाई समुदायको पहलमा मौलिक रुपमा रुपान्तरण गर्ने लक्ष्य लिइएको छ ।  भूकम्पबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थानका...

अपराध रोकथामको लागि ‘प्रहरी मेरो साथी’ कार्यक्रम सञ्चालन गरिने

1436891480Nepal-police.jpg
काठमाडौँ, २९ असार । अपराध रोकथाममा प्रहरीको एकल प्रयासमा मात्रै प्रभावकारी नहुने ठहर गदै सरकारले ‘प्रहरी मेरो साथी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  अर्थमन्त्री डा रामशरण महतले आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७२÷७३ बजेटमा ‘प्रहरी मेरो साथी’ कार्यक्रमअन्तर्गत युवा स्वयम्सेवक परिचालन व्यवस्था मिलाइने उल्लेख छ ।  जनतालाई सुशासनको अनुभति दिलाउन सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व प्रवद्र्धन गर्नुका साथै दण्डहिनता अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन गरिने बजेटमा उल्लेख छ ।  समाजमा शान्ति सुरक्षा...

बजेटमा मेसिन रिडेबल र ई–पासपोर्टको व्यवस्था

1436891275nepalimrp.jpg
काठमाडौँ, २९ असार । सरकारले आगामी आर्थिक वर्षभित्र सबै हस्तलिखित राहदानीलाई यन्त्रले पढ्ने (मेसिन रिडेबल) राहदानीले प्रतिस्थापन गर्नुका साथै विद्युतीय राहदानी (ई¬–पासपोर्ट) को सुरुवात गर्ने भएको छ ।  सरकारले आज व्यवस्थापिका–संसद्मा आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा अध्यागमनसम्बन्धी प्रक्रियालाई सरल र स्वचालित गर्ने जनाइएको छ । साथै आगामी आर्थिक वर्षदेखि विद्युतीय प्रवेशाज्ञा प्रणालीको थालनी हुने भएको छ ।  आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा रामशरण महतले विदेशस्थित नेपाली नियोगहरूलाई वैदेशिक लगानी, पर्यटन, निर्यात व्यापार...
Advertisement

देशभरका बौद्ध गुम्बाको पुनःनिर्माण गरिने

1436891156buddha-gumba.jpg
काठमाडौँ, २९ असार । सरकारले भूकम्पबाट पूर्ण क्षति भएका देशभरका बौद्ध गुम्बाको पुरानै स्वरुप हुने गरी पुनःनिर्माण गर्ने भएको छ ।  अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका संसद्मा आव २०७२÷०७३ का लागि आज प्रस्तुत गरेको बजेटमा त्यस्ता ऐतिहासिक सम्पदाका रुपमा रहेका, भत्किएका तथा जोखिममा रहेका गुम्बाको पुनःनिर्माण तथा जीर्णोद्वारका लागि स्थानीय उत्पादनको प्रयोग गरी नयाँ प्रविधिको उपयोग गरिने बताइएको छ । गुम्बा विकास समितिका अनुसार भूकम्पका कारणले देशभर रहेका एक हजारभन्दा बढी गुम्बामा क्षति पुगेको छ ।  त्यसैगरी गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई...

आठ खर्ब १९ अर्बको बजेट प्रस्तुत

14368909791436872896860ProKtmCA-Budgeet-1.jpg
काठमाडौँ, २९ असार । सरकारले आर्थिक वर्ष २०७२÷७३ का लागि रु आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ ।  अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका–संसद्मा आगामी आवका लागि वार्षिक आयव्ययको विवरण प्रस्तुत गर्दै कुल विनियोजनमध्ये चालु खर्चतर्फ रु चार खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार र पुँजीगत खर्चतर्फ रु दुई खर्ब आठ अर्ब ८७ करोड ४२ लाख ४२ हजार विनियोजन गरिएको बताउनुभयो ।  यस्तै वित्तीय व्यवस्थातर्फ रु एक खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार विनियोजन गरिएको छ ।  प्रस्तुत खर्चको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ३२ प्रतिशत र...

यस्ता छन् बजेटमा केही नारा

1436890745Budget-of-punjab-2013-2014.jpg
काठमाडौँ, २९ असार । अर्थमन्त्री डा रामशरण महतले आज व्यवस्थापिका –संसद्मा प्रस्तुत गरेको आव २०७२÷०७३ को राजस्व र व्ययको अनुमान (बजेट) मा ‘हाम्रो धरोहर ः हाम्रै दायित्व’, ‘विकासको लहर ः सुविधासम्पन्न सहर’जस्ता केही मौलिक नारा र कार्यक्रम उल्लेख छन् ।  तुलनात्म करुपमा कम नाराको प्रयोग गरिएको बजेटले ‘हाम्रो धरोहरःहाम्रै दायित्व’ अन्तर्गत भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक सम्पदा र मठ मन्दिरको पुरानै स्वरुपका नेपालीले पुनःनिर्माण गर्ने जनाएको छ । सोका लागि बजेटमा अलग्गै सम्पदा कोष प्रस्ताव गरिएको छ ।  यस्तै ‘विकासको लहरः सुविधासम्पन्न सहर’...
Advertisement

बजेटमा भूकम्पको प्रभाव

1436890611Budget-of-punjab-2013-2014.jpg
काठमाडौँ, २९ असार । अर्थमन्त्री डा रामशरण महतले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको आव २०७२÷०७३ को बजेट वक्तव्यमा गत वैशाखमा आएको भूकम्प र त्यसपछिको परकम्पको प्रभाव परेको छ ।  बजेट वक्तव्यको प्रारम्भमै उहाँले भन्नुभयो, “यस वर्षको सुरुमा आएको त्रासदीपूर्ण भूकम्प र त्यसका शृङ्खलाले ल्याएको भौतिक, आर्थिक र मानवीय विनाशका बीच बाटाबाट उठेर नयाँ अठोट र विश्वासका साथ नेपाललाई समुन्नत राष्ट्रका रुपमा उभ्याउने नेपाली चाहनालाई आव २०७२÷०७३को बजेटमा मूर्त रुप दिन प्रस्तुत गर्न उभिएको छु ।”  भूकम्पपछिको पुनःनिर्र्माणको कामलाई नवनिर्माणमा प्रयोग...

भूकम्पले चिज र छुर्पीको बजार प्रभावित

1436866562index.jpg
इलाम, २९ असार । बिक्री वितरण गर्न उचित बजार नपाउँदा पूर्वी नेपालका विभिन्न जिल्लामा सञ्चालित चिज तथा डेरी उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । यहाँ स्थापित उद्योगले किसानको दूध सङ्कलन गरेर घ्यू र छुर्पी उत्पादन गर्दै आए पनि उत्पादित वस्तुले बजार नपाउँदा ठूलो समस्या देखिएको हो । उत्पादित वस्तुको ठूलो बजार भनेकै काठमाडौँ भएको र त्यहाँ भूकम्पले क्षति पु¥याएपछि बजार नपाएको उद्योगीहरुको गुनासो छ । पूर्वका किसानको मुख्य आयस्रोत भनेको चिज, छुर्पी र घ्यू रहे पनि बिक्री गर्ने ठाउँ नहुँदा उद्योगमा समस्या आएको किसानको गुनासो छ हाल इलाम र पाँचथरका उद्योगीहरु...

चौँरीपालनमा आकर्षण घट्दै

1436864505yak-cow-and-calf-N023.jpg
मुस्ताङ, २९ असार । हिमाली जिल्ला मुस्ताङमा चौँरीपालन व्यवसायप्रति आकर्षण घट्दै गएको छ । तीन हजार मिटरदेखि माथिको क्षेत्रमा गरिने चौँरीपालन व्यवसाय आधुनिक बनाउन नसक्दा आकर्षण घट्दै गएको हो । जिल्लाको कोबाङ, मुक्तिनाथ, छोसेर, लोमान्थाङ, झोङ, छोण्हुपलगायतका क्षेत्रलाई जिल्ला पशुसेवा कार्यालयले चौँरीपालनका लागि पकेट क्षेत्र माने पनि पछिल्ला वर्षहरुमा त्यस क्षेत्रमा चौँरी र चौँरीपालक किसानको सङ्ख्या घट्दै गएको पाइएको छ । उच्च क्षेत्रमा पाल्नुपर्ने र हिउँदको छ महिना सदाबहार हिउँ जमिरहने हुनाले जिल्लामा चौँरीपालन व्यवसायमा चुनौती थपिएको पशुसेवा कार्यालयका...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement