भाद्र१५ २०७३ हेटौंडा १९ हटिया मकवानपुर । दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रय स्थल हेटौंडा १७ रातोमाटे मकवानपुरले जनप्रिय उच्च माबि हेटौंडा १९ रातोमाटे मकवानपुरमा अध्ययनरत कक्षा ५ देखि ९ सम्मका जेहेन्दार आर्थिक अबस्था कमजोर भएका २५ जना विद्यार्थीहरुलाई एक समारोहका बिच केन्द्रीय अध्यक्ष तेजराम निरौला र प्रमुख संरक्षिका महात्मा सुनिता बाईजीले संयुक्त रुपमा छात्रवृत्ति बितरण गर्नुभएको छ ।
प्रमुख अतिथि निरौलाले शैक्षिक गुणस्तर बृध्दी गर्न र सेवा अनि अनुशासनको पाटोलाई मजबुत गर्न सहयोगी हातहरु बाट संकलित रकम छात्रवृत्ति स्वरुप प्रदान गरिएको...
रत्ननगर (चितवन), १८ साउन । विद्यालय जाने उमेर पुगेर पनि नगएका तथा घरेलु बालश्रममा लागेका १८० बालबालिकालाई ‘खेल्दै सिक्ने केन्द्र’ सञ्चालन गरेर अनौपचारिक शिक्षा दिइएको छ ।
सहरी बाल शिक्षा कार्यक्रम अन्तरगत उनीहरुलाई ‘खेल्दै सिक्ने केन्द्र’ मार्फत शिक्षा प्रदान गरिएको भरतपुर उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत तुलसीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यालय बाहिर रहेका बालबालिका र किशोरकिशोरीलाई शिक्षामा पहुँच र गुणस्तरीय सिकाइका लागि १० महिनासम्म यसरी अनौपचारिक शिक्षामा सहभागी गराइएको हो ।
उमेर पुगेर पनि विद्यालय बाहिर रहेकालाई...
धनगढी, १२ साउन । दरबन्दी अनुसारका पर्याप्त शिक्षक नहंँदा बझाङ जिल्लाका विद्यालयको पठनपाठनमा समस्या हुँदै आएको छ ।
समयमै पाठ्यपुस्तक पाउन नसकेर पठनपाठनको समस्या झेलिरहेका छात्रछात्रा विद्यालयमा आवश्यकता अनुसार शिक्षक नहुँदा पढाइमा बाधा पुग्ने गरेको स्थानीय शिक्षक नरेन्द्र उपाध्यायले बताउनुभयो ।
प्राथमिकदेखि माध्यमिक तहसम्मका जम्मा ४५९ विद्यालय रहेको बझाङ जिल्लामा विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी निकै न्यून हँुदा सहजरुपमा पठनपाठन गराउन समस्या भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
जिल्लाका सबै विद्यालयमा गरी २५० जना भन्दा...
नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा बिभाग अनतर्गतको सामुदायिक बिद्यालय ब्यबस्थापन शाखाले नमुना बिद्यालय छनौट सम्बन्धमा जिल्ला शिक्षा कार्यालयहरुलाई जारी गरेको पत्र अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ हटिया चिसापानी मकवानपुरको श्री जनप्रिय उच्च माध्यमिक बिद्यालय ( प्राबिधिक शिक्षालय ) नमुना बिद्यालयमा छनौट हुन सफल भएको छ । शिक्षा मन्त्रालयको मिति २०७३असार २६ गते बसेको सचिब स्तरीय बैठकले जनप्रिय लगायत ११ वटा बिद्यालयहरुलाई नमुना बिद्यालयको रुपमा छनौट गर्ने निर्णय गरेको हो ।बिद्यालयको भौतिक पुर्वाधार , विद्यार्थी संख्या ,शैक्षिक गुणस्तर,...
पाल्पा, जेठ १६ गते । नयाँ शैक्षिकसत्र सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि विद्यार्थीले अझै पुस्तक पाउन सकेका छ्रैनन् । निजी तथा सरकारी विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेपछि चिन्तित बनेका छन् ।
सामुदायिक विद्यालयको कक्षा ६ र ७ का पुस्तक विद्यार्थीका हातमा पुग्न नसकेको शिक्षकहरु बताउँछन् । त्रिभुवन उच्च माध्यमिक विद्यालय, अर्गलीका प्रधानाध्यापक नारायणप्रसाद नेपालका अनुसार नयाँ शैक्षिकसत्र सञ्चालन भएको एक महिनाभन्दा बढी समय हुँदासमेत विद्यार्थीको हातमा पुस्तक पुगेको छैन ।
सामुदायिक विद्यालयतर्फका कक्षा ६ र ७ का सबै पुस्तक अभाव छ भने कक्षा ९...
भक्तपुर, ८ वैशाख । अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले सरकारकै मिलेमतोमा निजी विद्यालयले भर्नाको नाममा आर्थिक लुट मच्चाएको आरोप लगाउनुभएको छ ।
रफत सञ्चार क्लबले मङ्गलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सरकारले निर्देशिका लागू गरेजस्तो गर्ने तर निजी विद्यालयले त्यसलाई लागू नगर्ने गर्दा विद्यार्थी भर्नामा ब्रह्मलुट मच्चिएको बताउनुभयो ।
कार्यक्रममा प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले सरकार निजी विद्यालय बन्द गराउन अग्रसर बनेको आरोप लगाउनुभयो । नयाँ शैक्षिकसत्रदेखि शुल्क निर्धारणको विषयले महत्व पाउने भए पनि सरकारले नै दुविधा...
पोखरा, २२ चैत / अनेरास्वियू पृथ्वीनारायण क्याम्पस कमिटीले अनेरास्वियुका पुर्व–अध्यक्ष एवं पृथ्वीनारायण क्याम्पसका पुव स्व.वि.यु सचिव एवं नेकपा (एमाले)ेका पुर्व पोलिटव्युरो सदस्य स्र्वगीय रामनाथ ढकालको प्रथम स्मृति सभाको आयोजना गरेको छ । नेकपा एमालेका पुव–राष्टिय परिषद सदस्य एवं रामनाथ ढकालका सह–योद्वा प्रमुख अतिथि श्रीनाथ बरालले रामनाथ ढकाल एक कुशल संगठक, हासो मजाक गर्ने र जस्तोसुकै चुनौति सामाना गर्ने विशेष क्षमता भएको व्यक्ति भएको बताउदै उहासंगका स्मृतिका बिबिध पक्षहरुमा प्रकाश पार्नु भएको थियो । स्व.वि.यु पृथ्वीनारायण क्याम्पसका उप–सभापति...
कञ्चनपुर, १८ चैत । कञ्चनपुरको देखतभूली–३ सिगलपट्टिका बुबाछोरी एउटै परीक्षा केन्द्रमा सँगै प्रवेशिका परीक्षामा सहभागी भएका छन् ।
शिव शक्ति माध्यमिक विद्यालय कालागौँडीमा अध्ययनरत ४० वर्षीय गङ्गाराम राना र उहाँकी १७ वर्षीय छोरी उर्मिला रानाले राष्ट्रिय उच्च माध्यमिक विद्यालय पिपलाडीमा रहेको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् ।
बुबाछोरी दुवै जना परीक्षामा सहभागी भएको केन्द्रका केन्द्राध्यक्ष मोहनचन्द्र जोशीले बताउनुभयो । गङ्गारामले उमेर बढी भए पनि उच्च शिक्षा आर्जन गर्न चाहेकाले प्रवेशिका परीक्षामा सहभागी भएको बताउनुभयो ।
“पढ्नका लागि उमेरले...
पोखरा, १७ चैत । यही चैत १८ गतेदेखि सुरु हुने एसएलसी परीक्षामा कास्कीमा छात्रभन्दा छात्राको सङ्ख्या बढी देखिएको छ ।
सो परीक्षामा छात्रातर्पm पाँच हजार ३८१ छन् भने छात्रतर्पm पाँच हजार २१५ रहेको जिल्ला शिक्षा कार्यालय कास्कीका परीक्षाशाखा प्रमुख गोविन्दराज पोखरेलले जानकारी दिनुभयो । जिल्लाबाट १२९ जना छात्रछात्रा अयोग्य ठहरिएकाले यो वर्षको एसएससी परीक्षामा सामेल हुन नपाउने पनि कार्यालयले जनाएको छ ।
वर्षमा ७० प्रतिशत हाजिरी नपुग्नु, बीचैमा कक्षा छोड्नु र बसाइँसराइका कारण ती विद्यार्थी परीक्षा दिनबाट अयोग्य ठहरिएको परीक्षाशाखा प्रमुख पोखरेलले बताउनुभयो ।...
भक्तपुर, १४ चैत । यही चैत १८ गतेदखि सुरु हुने यस वर्षको प्रवेशिका परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन् ।
परीक्षा दिने कोही विद्यार्थी पनि अनुत्तीर्ण नहुने यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पुनःपरीक्षातर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुने छन् । यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ परीक्षार्थी सहभागि हुनेछन् । सबैभन्दा बढी काठमाडौंमा करिब ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन् ।
परीक्षाको आवश्यक सम्पर्ण तयारी पूरा गरिएको बताउँदै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक...
हेटौंडा फाल्गुन २८गते । श्री जनप्रिय उमावि हेटौंडा १९ हटिया मकवानपुरमा कार्यरत शिक्षक मन्जुला चौलागाईंको बिदाइ कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्बिका आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आचार्यले दोसल्ला तथा माला सहित टीका ग्रहण गरी बिदाइ गरेका थिए । शैक्षिक गुणस्तर वृद्धिको लागी मन्जुला चौलागाईंबाट खेलेको भूमिकाको उच्च सम्मान गर्दै विद्यालय शिक्षालाई स्तरउन्नति र समृद्ध बनाउन शिक्षक विद्यार्थीको काम कर्तव्य अधिकारको बारेमा आचार्यले चर्चा गरेका थिए ।...
भक्तपुर, ६ फागुन । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षा आगामी वैशाख २० गतेबाट सुरु भई जेठ १ गतेसम्म गर्ने भएको छ ।
परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार कक्षा ११ को परीक्षा जेठ २ देखि १२ गतेसम्म सञ्चालन हुनेछ ।
विद्यार्थीले दोब्बर दस्तुर तिरेर यही फागुन १५ गतेसम्म परीक्षा फाराम भर्न पाउने व्यवस्था गरेको उहाँको भनाइ छ । रासस
...
(कल्पना पौडेल)
काठमाडौँ, १ फागुन । प्रत्येक वर्ष भैmँ माघशुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा गरी आफ्ना साना नानीलाई अक्षराम्भ गराउने चलन अनुसार यस वर्ष पनि विद्यालय र मन्दिरमा साना नानीको हात समाएका अभिभावकको विद्यालय र मन्दिरमा भिड देखियो ।
बिहानैदेखि विद्याकी अधिष्ठात्रीको पूजा गरी बालबालिकालाई पढ्न सिकाएमा पछिसम्म पढ्न आउने विश्वास लिई मन्दिर र विद्यालयमा भर्ना गर्न आएको अभिभावकको भनाइ छ । तीन वर्षकी छोरीलाई लिई विद्यालयमा भेटिनुभएकी मनमैँजुकी रेजिना लामा सरस्वती पूजाको दिन विद्यालय भर्ना गरी अक्षर चिनाउँदा पढाइ राम्रो हुने विश्वास गरी विद्यालय...
इटहरी, २९ माघ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सञ्चालक परिषद् (सिनेट) बैठकले प्रतिष्ठानलाई चिकित्सा विज्ञानका क्षेत्रमा अझ मजबुत र गुणस्तरीय दक्ष जनशक्ति उत्पादन र सेवा उपलब्ध गराउनका लागि मजबुत बनाउँदै जानुपर्नेमा जोड दिएको छ ।
प्रतिष्ठानका सहउपकुलपति तथा स्वास्थ्यमन्त्री रामजनम चौधरीको अध्यक्षतामा बसेको बैठकमा प्रतिष्ठानका उपकुलपति प्रा डा बलभद्रप्रसाद दासले प्रतिष्ठानलाई विश्व चिकित्सा विज्ञानका क्षेत्रमा प्रतिस्पर्धी तुल्याउन र आर्थिक रुपले सबल तुल्याउन सरकारले गम्भीर रुपमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प...
भक्तपुर, २१ माघ । महानगरीय प्रहरी परिसर भक्तपुरले विद्यालय क्याम्पस नगई अन्यत्र जाने विद्यार्थीलाई पक्राउ गर्ने अभियान सुरु गरेको छ ।
विद्यालय क्याम्पसको पढाइ छाडेर पोसाकमा सिनेमा हल, रेस्टुराँ, लज, स्नुकर हाउस, फुटसल, पार्कलगायतका स्थानमा जाने विद्यार्थीलाई प्रहरीले पक्राउ गर्ने अभियान सुरु गरेको हो ।
प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यले विद्यालय तथा क्याम्पस पोसाकमा कक्षा छोडेर अभिभावकलाई थाहै नदिई अन्यत्र जाने गर्दा अपराध बढ्न थालेपछि यसलाई नियन्त्रण गर्न अभियान चलाएको बताउनुभयो ।
त्यसैगरी स्नुकर तथा पुल हाउस,...