शिक्षा

दिवा खाजा कार्यक्रमले विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्यो

1454467358tiffin3.jpg
जाजरकोट, २० माघ । यहाँका ग्रामीण क्षेत्रका विद्यालयमा दिवा खाजाका कारण विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ ।  अघिल्लो वर्षभन्दा झन्डै पाँच हजार नयाँ विद्यार्थी दिवा खाजा कार्यक्रम ल्याएपछि थपिएका छन् ।  दिवा खाजा कार्यक्रम लागू भएपछि बर्सेनि विद्यालय उमेरका विद्यार्थी खाजाकै कारण बढी थपिने गरेको शिक्षाका लागि खाद्य कार्यक्रमका संयोजक रवीन्द्रमानसिंह भण्डारीले जानकारी दिनुभयो ।  दिवा खाजा कार्यक्रम लागू नभएका गाविसका विद्यार्थी नजिकैको गाविसमा लागू भएको ठाउँमा आएर धमाधम भर्ना भई खाजा उपभोग गर्ने गरेको सूर्यकिरण प्रावि खगेनकोट–५ का ...

विद्यालय भवन हस्तान्तरण

1453614128DSC00360.JPG
काभ्रे,१० माघ/ चौतारी जापान मार्फत एल्सरिन जापानको आर्थिक सहयोगमा लवग्रीनद्वारा निर्मित दाप्चा माध्यमिक विद्यालयको ४ कोठे भवन हस्तान्तरण गरिएको छ । चौतारी जापानबाट लवग्रीन नेपाल मार्फत २३ लाख, विद्यालय र स्थानीय जनताको योगदान ४ लाख १० हजार १ सय ५५ गरी कूल २७ लाख १० हजार १ सय ५५ को लागतमा भवन निर्माण गरिएको हो । एल्सरिन जापानकी प्रतिनिधी एरिको ताकासाहीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रकुमार भूजु श्रेष्ठ र प्रधानाध्यापक दिनेशप्रसाद अधिकारीलाई हस्तान्तरण गरिन् । भवन अभावका कारण त्यहाँका विद्यार्थी मन्दिरको सार्वजनिक पाटीमा बसेर पढ्नुपर्ने...

सिताहरी प्रतिष्ठानद्वारा अन्तर बिध्यालय चित्रकला प्रतियोगिता सम्पन्न

1453570394s1.jpg
काठमान्डौ, ९ माघ । आज सिताहरी प्रतिष्ठानले प्याब्सन काठमान्डौसंग मिलेर संयुक्त रूपमा ट्राफिक जनचेतना गराउने उद्देश्यले अन्तर विद्यालय चित्रकला प्रतियोगिताको आयोजना गरेकोछ । दुईसय चार विद्यार्थी र ५१ स्कुलले भाग लिएको प्रतियोगितामा दिपेश श्रेष्ठ-नेपाल मोडेल स्कुल प्रथम, सर्बेज्ञ राई-गोल्डेन पिक स्कुल दोस्रो, निहारिका राई-डी.सी.ग्रीनल्याण्ड स्कुल तेस्रो भएका थिए । यसैगरी सान्तोना पुरस्कार सोनाम लिम्बु-जगितमन्दिर, उत्सब लामा रिलायन्स इन्टरनेशनल एकेडेमी, सेंचिन्ग्मा लिम्बु-नेशनल युनाईटेड, सम्बत विक्रम पाण्डे- ज्ञान निकेतन स्कुल, नितेश श्रेष्ठ-हिमरश्मी...
1453145911obamacare.gif

हिउँसँग सङ्घर्ष गर्दै पढ्दै गोरखाका विद्यार्थी

गोरखा, ६ माघ । गोरखाको लाप्राकस्थित मणिकामदेवी माध्यामिक विद्यालयका विद्यार्थी हिउँसँग पांैठेजोरी खेल्दै विद्यालय आवतजावत गर्छन् । भूकम्पपछि विस्थापित भई गुप्सीपाखाको अस्थायी टहरोमा बस्दै आएका उनीहरु टहरोमा सञ्चालित विद्यालयको कक्षा कोठामा काँप्दै पढिरहेका छन् ।  गत पुस २५ गते परेको बाक्लो हिमपात पग्लेर नसकिँदै मङ्गलबार राति फेरि हिउँ थपिएको छ । हिउँसँग सङ्घर्ष गर्दै विद्यार्थीले दोस्रो त्रैमासिक परीक्षा दिए । हिमपात र चिसो स्याँठका बाबजुद पनि विद्यार्थी पठनपाठनमा सक्रिय रहेको शिक्षक धनबहादुर गुरुङले बताउनुभयो ।  विद्यालयमा दुई सय विद्यार्थी...

ज्ञानकुञ्जमा “कविता” कार्यशाला

1453093950gyankunj-school.jpg
ज्ञानकुन्ज शैक्षिक प्रतिष्ठानमा ‘स्पोकन वर्ड १०१’ कविता लेखन तथा प्रस्तुतिको दुई दिने कार्यशाला यसै साता सम्पन्न भएको छ । वर्ड वारियर्ज स्पोकन वोर्ड कविता समुहले ‘राइट टु स्पिक’ प्रोजेक्ट अन्तर्गत आयोजित कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरुको सहभागिता रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका संचालक प्रताप वैद्यले जानकारी दिए बनेपा, धुलिखेल र पनौतीका दश स्कूल र कलेजका करिब ७० विद्यार्थीहरुले भाग लिएको सो तालिमको मुख्य उद्देश्य, स्पोकन वर्ड कवितालाई युवामाझ परिचित गराउनु रहेको पनि वैद्यले जानकारी दिए । विशेषगरी कवितालाई कृतिमा...

अक्षराङ्कन प्रणालीमा आधारित प्रवेशिका नमुना परीक्षा सुरु

1453005805SLC.jpg
भक्तपुर, ३ माघ । सरकारले प्रवेशिका परीक्षामा यस वर्षदेखि लागू गरेको अक्षराङ्कन प्रणाली बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी दिने उद्देश्यले आजदेखि यहाँ नमुना प्रवेशिका परीक्षा सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरअन्तर्गत रहेका विद्यालयबाट आगामी चैत १८ गतेदेखि सुरु हुने परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि नमुना परीक्षा सञ्चालन गरिएको प्याब्सन भक्तपुरका उपाध्यक्ष श्रीकृष्ण केसीले जानकारी दिनुभयो । ‘लेटर ग्रेडिङ सिस्टम’का बारेमा विद्यार्थी तथा अभिभावक अझै पनि अलमलमा रहेकाले त्यस्तो अलमललाई हटाएर सहयोग...
Advertisement

भोकै विद्यालय जान बाध्य बालबालिका

1453003821school2.jpg
सोलुखुम्बु, ३ माघ । बुङ, गुदेल, छेस्काम जस्ता दुर्गम भेकका बालबालिका विद्यालय जानुअघि अभिभावकको स्याहार त परै जाओस् मकै, कोदोको खानेकुराले पेट भर्नसमेत पाउँदैनन् । झिसमिसेमै घाँस, दाउरा तथा गाईवस्तु चराउनका लागि घरबाट निस्कने बालबालिका विद्यालय जाने समय भएपछि हतार हतार घर आउँछन्, तर घरमा खाना पाकेकै हुन्न, किनभने अभिभावक काममा व्यस्त हुन्छन् । अनि विद्यालयको पोसाक लगाई पुस्तकको झोला टिपेर खानै नखाई विद्यालय दौडन्छन् । गुदेलका एक अभिभावक रामकुमारी कुलुङ भन्नुहुन्छ – “खेती गरेर नै जीविकोपार्जन गर्नुपर्ने र बुबाआमाले मात्र काम गर्न नभ्याउने भएकाले...

कञ्चनपुरमा अझै तीस प्रतिशत बासिन्दा निरक्षर

1452834205school1.jpg
कञ्चनपुर, १ माघ । कञ्चनपुरमा अझै ३० प्रतिशत बासिन्दा निरक्षर रहेका छन् । जिविस कञ्चनपुरले सङ्कलन गरेको विवरणअनुसार कुल जनसङ्ख्या चार लाख ५० हजारमध्ये ७० दशमलव ७९ प्रतिशत बासिन्दा मात्रै साक्षर रहेका छन् । निरक्षरमा अधिकांश १८ वर्षदेखि ६० वर्षमाथिका वृद्धवृद्धा मात्रै रहेका छन् । निरक्षर बासिन्दालाई साक्षर गराउन गैसस र जिल्ला शिक्षा कार्यालयमार्फत कार्यक्रम सञ्चालन भइरहेको जिविस, कञ्चनपुरका स्थानीय विकास अधिकारी मोहन पौडेलले बताउनुभयो । ‘‘निरक्षर बासिन्दालाई अनौपचारिक कक्षामार्फत दुई वर्षभित्रै साक्षर गराउने लक्ष्य लिएका छौँ” उहाँले भन्नुभयो...

लब्धाङ्कपत्रको सट्टा ग्रेडसिट तयार

1452531592SLC.jpg
काठमाडौँ, २७ पुस । यही वर्षदेखि प्रवेशिका परीक्षामा अक्षराङ्कन प्रणाली लागू गरेको सरकारले सो परीक्षामा विगतमा जस्तो मार्कसिट (लब्धाङ्कपत्र) नदिई अबदेखि ग्रेडसिट दिने भएको छ । शिक्षा सचिव विश्वप्रकाश पण्डितको अध्यक्षतामा आज बसेको माध्यमिक शिक्षा परीक्षा समितिको बैठकले सो ग्रेडसिटको नमुना पारित गरेको हो । परीक्षा नियन्त्रक खगेन्द्र नेपालले ग्रेडसिटमा ‘ए प्लस’दखि ‘एन’सम्मको सङ्केत हुनेछ । चालिस उत्तीर्णाङ्क ल्याउनेलाई ‘सी’ ग्रेड दिइने मापदण्ड यसअघि पारित भइसकेको छ । बैठकले प्रति १०० अङ्कलाई चार तहमा विभाजन गरी ग्रेड प्वाइन्ट एभरेज पनि स्वीकृत...
Advertisement

एउटै भवनमा दुई विद्यालय चलाएपछि कारबाही

1452330096school3.jpg
इटहरी, २५ पुस । इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा एउटै भवनमा दुईवटा विद्यालय अनधिकृत रुपमा सञ्चलनमा आएको फेला परेपछि जिल्ला शिक्षा कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ । सो भवनमा सञ्चालित इटहरी आवासीय मावि र प्रेरणा एकेडेमीलाई कार्यालयले कारबाही अघि बढाएको हो । शिक्षा कार्यालयलाई समेत थाहा नदिई अनधिकृत रुपमा विद्यालय सञ्चालन गरिरहेको भन्ने उजुरीका आधारमा ती दुवै विद्यालयमाथि छानबिन र कारबाही अघि बढाइएको हो । शिक्षा कार्यालयबाट आएको टोलीले अनधिकृत रुपमा सञ्चालनमा रहेको कक्षा ७ र ८ को कक्षा तत्काल बन्द गर्न निर्देशन दिएको छ । कक्षा ७ र ८...

एसएलसीको सेन्टर परिवर्तन गर्न विद्यार्थीको माग

1451540324SLC.jpg
खोटाङ, १६ पुस । दिक्तेलस्थित सरस्वती उच्च माविका छात्रछात्राले एसएलसी सेन्टर परिवर्तनको माग गरेका छन् । होम सेन्टर हटेपछि लफ्याङस्थित श्रीमावि बाँसबोटेबाट एसएलसी दिँदै आएका छात्रछात्राले प्रजिअ रुद्रप्रसाद खड्कासमक्ष परीक्षा केन्द्र परिवर्तनको माग गरेका हुन् । दिक्तेलबजारबाट लफ्याङस्थित परीक्षा केन्द्र जाने क्रममा दुई घन्टा हिँड्नुपर्ने, बस्नका लागि आवश्यक होटल, उपयुक्त कोठा, पिउने पानी, खाजा खाने व्यवस्था नभएको, १६ वर्षमुनिका छात्रछात्रा अभिभावकविहीन बनेर बस्नुपर्ने समस्या झेल्नुपरेको लगायतका कारण देखाउँदै उनीहरुले परीक्षा केन्द्र परिवर्तनको...

जनकपुरका विद्यालय भोलिदेखि खुल्ने

1450905658school2.jpg
महेन्द्रनगर (धनुषा), ८ पुस । चार महिनादेखि मधेसी मोर्चाद्वारा जारी मधेस आन्दोलनको कारण भइरहेको आमहडतालसँगै बन्द रहेको जनकपुरका निजी तथा सरकारी विद्यालय बिहीबारबाट खुल्ने भएका छन् । मोर्चाले विद्यालय सञ्चालन गर्न दिने भनेपछि मङ्सिर पहिलो साताबाट खुले पनि पुसको सुरुवातमै बन्द गराइएको थियो । शरत्सिंह भण्डारी नेतृत्वको रामसपा निकट समाजवादी विद्यार्थी सङ्घले बन्द अवधिको शुल्क विद्यार्थीसँग लिन नपाउने तथा दिउँसो आन्दोलन प्रभावित हुने गरी विद्यालय सञ्चालन नगर्न दबाब दिँदै हप्ता दिनदेखि पुनः विद्यालय बन्द गराएको थियो । बुधबार प्रगतिशील मधेसी समाजको अगुवाइमा...
Advertisement

चिसोको कारण विद्यार्थी विद्यालयमा जान छाडे

1450273177school2.jpg
गाईघाट (उदयपुर), १ पुस । एक हप्तायता नेपालको तराई क्षेत्रलगायत उदयपुरको तराई तथा पहाडी क्षेत्रमा समेत व्यापक शीतलहरका साथै चिसो बढ्न थालेपछि यस क्षेत्रका विद्यार्थी विद्यालय नै जान छाडेका छन् । चिसो हुस्सुले रात्रिको समयदेखि बिहानभरि नै प्रभाव पार्न थालेपछि उदयपुरको सुन्दपुर, हँडिया, जोगिदह तथा तपेश्वरी क्षेत्रका तल्ला तहमा अध्ययनरत बालबालिका विद्यालय नै आउन छाडेका हुन् । चिसो र हुस्सु बढ्दै गएपछि प्रायः प्राथमिक तहका साना बालबालिका विद्यालय नै आउन छाडेको जनता उच्चमावि हँडियाका शिक्षक बाबुनारायण चौधरीले बताउनुभयो । व्यापक रुपमा चिसो बढ्दै गएको कारण...

अक्षराङ्कन प्रणाली पुनरावलोकन गर्न मन्त्रीसंग एनप्याब्सनको माग

1449584414Logo-for-news.jpg
काठमाडौँ, २२ मङ्सिर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएन (एन प्याब्सन) ले एसएलसी परीक्षामा यस वर्षबाट लागू गरिने ‘लेटर ग्रेडिङ’ (अक्षराङ्कन प्रणाली) को पुनरावलोकन गर्न सुझाएको छ । एसोसिएसनका अध्यक्ष कर्णबहादुर शाही नेतृत्वको टोलीले आज शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटी यसै शैक्षिकसत्रदेखि लागू गरिने अक्षाराङ्कमा मूल्याङ्कन प्रणालीलाई आवश्यक पूर्वाधार नै पूरा नगरी ल्याउन खोजिएको गुनासो गरेको हो । अध्यक्ष शाहीले प्रवेशिकाको पूर्वतयारी परीक्षा सञ्चालन गरेरमात्र बोर्ड परीक्षामा विद्यार्थीलाई सम्मिलित गराउन या आवश्यक पूर्वाधार तयार...

पढ्छु भन्दै काम गर्ने प्रवृत्ति

1448305017ministry-of-education.jpg
काठमाडौँ, ७ मङ्सिर । विदेशमा अध्ययन गर्न जान ‘नो अब्जेक्सन लेटर’का लागि आवेदन दिने अधिकांश विद्यार्थी रोजगारीका लागि जाने गरेको शिक्षा मन्त्रालय, वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन कार्यालयले जनाएको छ । उपल्लो तहमा अध्ययन गर्नका लागि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सो कार्यालयबाट जारी गरिने एक प्रकारको अनुमतिपत्रलाई ‘नो अब्जेक्सन लेटर’ भनिन्छ । विदेशमा अध्ययनका लागि जाने विद्यार्थीले सरकारबाट अनुमति लिनुपर्ने व्यवस्था मन्त्रालयको छात्रवृत्ति नियमावलीमा व्यवस्था गरिएको छ । यस्तो अनुमतिपत्र नलिई विदेशमा अध्ययन गरिएको शैक्षिक...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement