शिक्षा

तीन महिनापछि विद्यालय जान पाउँदा...

1448036767school1.jpg
गोपालप्रसाद बराल बर्दिवास, ४ मङ्सिर । झन्डै तीन महिनदेखि पढ्नबाट वञ्चित बालबालिका आज अन्तर्राष्ट्रिय बाल दिवसकै दिन विद्यालय जान पाएका छन् । बिहानी कक्षा सञ्चालनका लागि अवरोध नगर्ने आन्दोलनरत मधेसी दलको निर्णयपछि आज मुसहर, चमार, खत्बे, बाँतर, पासवान, डोम, मेस्तरलगायत अत्यन्त पिछडिएका जाति समुदायका ससाना नानी र गरिबका छोराछोरीले पढ्ने वातावरण पाएका हुन् । विद्यालय बन्द हुँदा गुलेली खेल्न सिकेर समय काट्दै आएका आफ्ना छोराछोरी अब विद्यालय जान पाउने भएपछि महोत्तरीका दलित बस्तीमा खुसी छाएको छ । “ठूलाबडा र मधेस आन्दोलनकै नेताका छोराछोरी राजधानी र अन्यत्रका...

‘अघोषित नाकाबन्दी’ ले विद्यालय सञ्चालनमा कठिनाइ

1447681102school1.jpg
काठमाडौँ, ३० कात्तिक । भारतको अघोषित नाकाबन्दीका कारण इन्धन आपूर्ति सहज हुन नसक्दा दसैँ अघिदेखि बन्द भएका काठमाडौँ उपत्यकाका अधिकांश निजी विद्यालय अझै पूर्णरुपमा खुल्न सकेका छैनन् । इन्धन अभावकै कारण तिहारपछि खुल्ने भनिएपछि अधिकांश विद्यालय खुल्न सकेका छैनन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएन (एनप्याब्सन) का अध्यक्ष कर्णबहादुर शाहीले प्रवेशिका परीक्षा नजिकिँदै गरेको अवस्थामा कक्षा १० को पढाइ रोक्न नहुने भन्दै विद्यालय बन्द नहुने व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो । आगामी चैतमा प्रवेशिका परीक्षा सञ्चालन हुन्छ । निजी तथा आवासीय विद्यालय...

शिक्षकको गतिविधि बुझ्न फोन इन कार्यक्रम सञ्चालन

1447038606ministry-of-education.jpg
फलेवास (पर्वत), २३ कात्तिक । तपाई पर्वत जिल्लाभित्रको कुनै सामुदायिक विद्यालयको शिक्षक हुनुहुन्छ, तर विद्यालयमा हुनुहुन्न भने तपाईंको विद्यालयमा जति बेला पनि मोबाइलको घन्टी बज्न सक्छ र तपाईं अनुपस्थित हुनुका कारण सोधिन सक्छ । जिल्ला शिक्षा कार्यालय पर्वतले विद्यालयमा शिक्षकले पढाउने गरेका छन् कि छैनन् भनेर अनुगमन गर्नका लागि टेलिफोनबाटै छड्के जानकारी लिन ‘फोन इन कार्यक्रम’ सुरु गरेको छ । सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालयमा जाँदैनन् र विद्यालय पुगे पनि सबै समय बस्दैनन् भन्ने गुनासो आएपछि टेलिफोनबाटै छड्के अनुगमन थालिएको जिल्ला शिक्षा अधिकारी...
1453145911obamacare.gif

विद्यालयलाई बन्द–हडताल मुक्त गराउन नसक्दा लाखौँ विद्यार्थीको भविष्यमाथि खेलवाड

1446704770school2.jpg
महेन्द्रनगर (धनुषा), १९ कात्तिक । मधेस आन्दोलनसँगै धनुषासहित तराई मधेसका आठ जिल्लाका सामुदायिक विद्यालय ८२ दिनदेखि बन्द छन् । विद्यालयलाई बन्द–हडतालमुक्त गराउन नसक्दा लाखौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ । तराईका शैक्षिक संस्था साउन २८ देखि बन्द भएका हुन् । बन्दले एकातिर विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् भने अर्कोतिर उनीहरूमा नकारात्मक मनोवैज्ञानिक असर परिरहेको छ । शिक्षा नियमावलीअनुसार एक शैक्षिकसत्रमा २२० दिन विद्यालय खुल्ला हुनुपर्ने व्यवस्था छ । त्यसैगरी शिक्षकले विद्यालयमा १९२ दिन अनिवार्य रूपमा पढाउनुपर्छ । तर अहिलेसम्मको...

मधेस बन्दका कारण सामुदायिक विद्यालयका शिक्षकले चाडपर्वमा पनि तलब पाएनन

1446614345Logo-for-news.jpg
लहान, १८ कात्तिक । सिरहा जिल्लास्थित सामुदायिक विद्यालयका शिक्षकले चाडपर्वको मुखमा पनि तलब पाउनबाट वञ्चित भएका छन् । संयुक्त मधेसी मोर्चाद्वारा विगत ८१ दिन जारी आमहडतालका कारण सिरहाका सामुदायिक विद्यालयका प्रावि, निमावि र माविका करिब दुई हजार ६०० शिक्षकले दसैँ, दीपावली र छठ पर्वको मुखमा तलब पाउनबाट वञ्चित भएका हुन् । तलब नपाएकाले दसँै त खल्लो भयो भयो दीपावली र छठ पर्व पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता बढेको शिक्षकहरुले बताएका छन् । लगातारको आमहडतालले दीपावली र छठसम्म पनि यही अवस्था रहने हो भन्ने शिक्षकको हाल बेहाल हुने अखिल नेपाल शिक्षक सङ्गठन सिरहाका...

वन क्याम्पसमा विद्यावारिधिको पढाइ सुरु

1446515361IOF.jpg
चितवन, १७ कात्तिक । कृषि तथा वन विज्ञान विश्वविद्यालयले वन विज्ञान सङ्कायमा विद्यावारिधिको पढाइ सुरु गरेको छ । विसं २०६७ असार ३ गते स्थापना भएको विश्वविद्यालयले कृषि र भेटेनरीमा यसअघि नै विद्यावारिधिको पढाइ गर्दै आएको थियो । विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका उपनिर्देशक डा बलराम भट्टका अनुसार वन क्याम्पस हेटौँडामा यसै शैक्षिकसत्रबाट वनमा विद्यावारिधिको पढाइ सुरु गरिएको हो । विश्वविद्यालय स्थापनासँगै दुई वर्षभित्र स्नातक, तीन वर्षभित्र स्नातकोत्तर र चार वर्षभित्र विद्यावारिधिको पढाइ थाल्ने लक्ष्यअनुरुप पढाइ थालिएको विश्वविद्यालयका...
Advertisement

विद्यालय सुचारु गराउन सरोकारवालाको पहल

1446260949school-children.jpg
पथरी (मोरङ), १४ कात्तिक । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्द हडतालका कारण विद्यालय प्रत्यक्षरुपमा प्रभावित भएकाले सुचारु गर्न यहाँ सरोकारवालाले पहल सुरु गरेका छन् । विद्यालय तथा बालबालिका शान्ति क्षेत्र हुन् भन्ने मूलनाराका साथ बालबालिका शान्तिक्षेत्र संरक्षण अभियानको आयोजनामा भएको छलफल कार्यक्रममा मोरङमा बन्द हडतालले संस्थागत तथा सामुदायिक विद्यालयका बालबालिकाको शैक्षिक अधिकार प्राप्तिका लागि पहल गरिएको जनाइएको छ । निरन्तर अढाइ महिनाको बन्दले शैक्षिक कार्य तालिकामा असर पर्नुका साथै किताबको पाठ्यक्रम समयमा पूरा नभई वार्षिक परीक्षामा समेत असर...

भक्तपुर जिल्ला बन्यो पूर्णसाक्षर जिल्ला

1445001358images-2.jpg
भक्तपुर, २९ असोज । गाविसरहित भक्तपुर जिल्लाको छवटै नगरपालिका पूर्ण साक्षर भएको छ । सबै नगरपालिका साक्षर भएपछि भक्तपुर पूर्ण साक्षर जिल्ला बनेको हो ।  जिल्लाका भक्तपुर, मध्यपुरथिमि, अनन्तलिङ्गेश्वर, सूर्यविनायक, नगरकोट र चाँगुनारायण नगरपालिकालाई पूर्णसाक्षर नगरपालिका घोषणा गरेसँगै भक्तपुरका छवटै नगरपालिका पूर्ण साक्षर नगरपालिका भएको हो ।  भक्तपुरमा दुई वर्षअघि बालकोट गाविसलाई पूर्णसाक्षर गाविस घोषणा गरेसँगै सुरु भएको अभियान एकसाताअघि चाँगुनारायण नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गरेसँगै भक्तपुरका छवटै नगरपालिका पूर्ण साक्षर नगरपालिका...

त्रिवि परीक्षा सर्दैन: नियन्त्रक

1442491017TUbuilding.jpg
भाद्र ३१, २०७२- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले संविधान जारी हुँदा सार्वजनिक विदा घोषणा भएपनि परीक्षा तालिका नसर्ने जनाएको छ । असोज ३ गतेबाट सुरु हुने स्नातक तह प्रथम वर्षको परीक्षा सर्ने हल्ला भएपछि नियन्त्रण कार्यालयले प्रष्ट्याएको हो । 'त्रिविको पूर्वनिर्धारित परीक्षा तालिका हो,' नियन्त्रक केशव बाँस्तोलाले बिहीबार कान्तिपुरसित भने, 'कुनै असहज परिस्थितिबाहेक परीक्षा सर्दैन । नयाँ संविधान जारी हुनु खुशियालीको क्षण हो । त्यसैले परीक्षा सर्दैन । सबैलाई तालिकाअनुसार ढुक्क भएर तयारी गर्न अनुरोध गर्दछु ।' परीक्षामा त्रिविका ६०...
Advertisement

भोलिदेखि विद्यालय खुल्दै

1442066471download-1.jpg
दाङ (देउखुरी), २६ भदौ । करिब एक महिनापछि दाङ देउखुरी क्षेत्रका विद्यालय आइतबारदेखि खुल्ने भएका छन् ।  गत साउन २७ गतेदेखि थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको आमहड्तालका कारण यहाँका शैक्षिक संस्था विगत एक महिनादेखि सञ्चालनमा आउन सकेका थिएनन् ।  बन्द आयोजकसँग नागरिक समाज, प्याब्सन दाङ, शिक्षक, विद्यार्थी, अभिभावक र संवाद समूहमार्फत गरिएको छलफलबाट विद्यालय सञ्चालन गर्न दिने सहमतिपछि आइतबारदेखि विद्यालयमा पढाइ सुरु हुन लागेको हो ।  थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समिति देउखुरीका संयोजक हीरालाल चौधरीले भोलिबाट विद्यालय निर्वाधरुपमा...

बन्दले दुई लाख बढी विद्यार्थीको भविश्य अन्योलमा

1441976922merosamachar.jpg
पथरी (मोरङ), २५ भदौ । लगातार झन्डै एक महिनादेखिको बन्दले मोरङका एक हजार विद्यालयका दुई लाखभन्दा बढी विद्यार्थीको भविश्य अन्योलमा परेको छ ।  जिल्ला शिक्षा कार्यालय मोरङका निमित्त जिल्ला शिक्षा अधिकारी जयनारायण महतका अनुसार १३७ सामुदायिक विद्यालयका एक लाख २७ हजार र संस्थागत ३८४ विद्यालयका एक लाख ३० हजार विद्यार्थी लगातार तीन हप्तादेखि विद्यालय बन्द भएपछि पढाइबाट वञ्चित भएका हुन् ।  जिल्ला शिक्षा कार्यालय मोरङका निमित्त जिल्ला शिक्षा अधिकारी महतले ग्रामीण क्षेत्रका सामुदायिक विद्यार्थीहरु निर्वाध रुपमा चलेको तर बजार क्षेत्रका ६५ हजार विद्यार्थी...

एसएलसी पूरक नतिजा भदौमै

1441974501images-1.jpg
भाद्र २५, २०७२- परीक्षा नियन्त्रण कार्यालयले एसएलसी पूरक परीक्षाको नतिजा भदौभित्र प्रकाशन गर्ने जनाएको छ । आन्दोलनले गर्दा साउन २० मा सुरु भई २७ गते सम्पन्न परीक्षाको उत्तरपुस्तिका केन्द्रमा संकलन गर्न ढिलाइ भएकोले नतिजा प्रकाशनमा समस्या आएको हो । नियन्त्रण कार्यालयले एक विषय र दुई विषय अनुत्तीर्णका निम्ति पूरक परीक्षाको अवसर दिँदै आएको छ । ‘उत्तरपुस्तिका परीक्षणको काम धमाधम भइरहेको छ,’ नियन्त्रक द्वारले भने, ‘भरसक भदौभित्र नतिजा सार्वजनिक गर्नेछौं । विद्यार्थीको शैक्षिक भविष्यलाई गुम्न दिने छैनौं ।’ पूरक परीक्षामा १ लाख २४ हजार २ सय ५१ विद्यार्थी...
Advertisement

विपन्न वर्गका बालबालिकालाई शैक्षिक सामग्री वितरण

1441943391school-children.jpg
दमौली, २५ भदौ । सगरमाथा बाल क्लबले तनहुँको काहूँशिवपुर–१ स्थित शुक्ला माध्यमिक विद्यालयका विपन्न वर्गका २० बालबालिकालाई बिहीबार यहाँ आयोजित कार्यक्रममा शैक्षिक सामग्री वितरण गरेको छ । क्लबका अध्यक्ष जोशन श्रेष्ठले विपन्न वर्गका बालबालिकालाई विद्यालय जान प्रोत्साहन गर्ने उद्देश्यले कापी, कलमलगायतका शैक्षिक सामग्रीे वितरण गरेको बताउनुभयो । क्लबले विभिन्न पुस्तक पसलबाट सङ्कलन गरेको शैक्षिक सामग्री बालबालिकालाई उपलब्ध गराएको हो । विद्यालयका प्रधानाध्यापक केशर थापा मगर, सहायक प्रधानाध्यापक सुनिता बुढाथोकी लगायतले शैक्षिक सामग्रीबाट पठनपाठनमा अगाडि...

विद्यालय बन्दमा पुनः ताजगी कार्यक्रम

1441942949Logo-for-news.jpg
विराटनगर, २५ भदौ । लगातार बन्दका कारण विद्यालय जानबाट वञ्चित भएका बालबालिकाबीच मनोरञ्जनात्मक कार्यक्रमका साथै चित्रकला प्रतियोगिता सुरु गरिएको छ । संयुक्त मधेसी मोर्चा र थरुहट मोर्चाका बन्दका कारण विद्यालय बन्द भएपछि समयको सदुपयोगका साथै क्षमतामा अभिवृद्धि गराउने उद्देश्यले विराटनगर–१५ का युवाका एक समूहले पुनः ताजगी कार्यक्रम सुरु गरेको हो । यस सम्बन्धमा आयोजकले समयको सदुपयोगका साथै पुनः ताजगी होस् भन्ने भावनाका साथ कार्यक्रम थालिएकोे जनाएको छ । रासस ...

शैक्षिक सुधार तथा विकासका लागि नयाँ शैक्षिक पद्धतिको आवश्यकता

1441889392images.png
काठमाडौँ, २४ भदौ । नेपालको शैक्षिक सुधार तथा विकासका लागि नयाँ शैक्षिक पद्धतिलाई अपनाउनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रममा जोड दिइएको छ ।  छत्तीसौँ राष्ट्रिय शिक्षा दिवस र ४९औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आज यहाँ आयोजना गरेको ‘नेपालमा शिक्षाको विकास र आगामी दिशा’ विषयक नीतिगत बहसमा परम्परावादी शिक्षा अवलम्बन गरिरहे नेपालको शिक्षा कहिल्यै विश्वमा प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा नपुग्ने भन्दै अब नयाँ पद्धतिको आवश्यकता औँल्याइयो ।  शिक्षाविद् डा केदारभक्त माथेमाले विश्वका अन्य मुलुकको तुलनामा...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement