शिक्षा

लगातारको बन्द हडतालको कारण तराईका विद्यालयहरु लामो समयदेखि बन्द

1441805319vlcsnap-2015-09-09-17h17m18s244.jpg
 स्वायत्त मधेस प्रदेशको मांग लिएर जारी लगातारको बन्द हडतालको कारण धनुषा सहित मध्य तराईका विद्यालयहरु लामो समयदेखि बन्द छ । यसबाट ती विद्यालयहरुमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलग्रस्त बनेको छ । लगातारको बन्दले धनुषा सहित मध्य तराईका झण्डै १५ लाख बालबालिका पठ्नपाठ्नबाट बञ्चित हुनु परेको छ । शैक्षिक सत्र सुरु भए लगतै भुकम्पका कारण ठप्प बनेको धनुषा सहित मध्य तराईको शिक्षण संस्था पछिल्लो २४ दिनदेखि मधेस केन्द्रित आन्दोलनको कारण पूर्ण रुपमा ठप्प छ । जसको प्रत्यक्ष मारमा यस क्षेत्रका बालबालिकाहरु परेका छन् । शिक्षा कार्यालय धनुषा र उच्च शिक्षा परिषद्...

परीक्षाफल प्रकाशित

1441543580download-4.jpg
मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह एमए० दोस्रो वर्ष २०७० को राजनीति शास्त्र विषयको सोधपत्र बाहेक परीक्षाफल प्रकाशन भएको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले माघ/फागुन २०७१मा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । त्यस्तै, माघ÷फागुन महिनामा सञ्चालित शिक्षा शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह एमएड दोस्रो वर्षको २०७० सालको मौका परीक्षासहित शोधपत्रबाहेकको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ । ...

विद्यालयमा अज्ञात समूहद्धारा आगजनी, एक करोड बढीको क्षति

1441457641aago-final-final2.jpg
लमजुङ, भदौ १९ । लमजुङको कुन्छामा रहेको शान्ति उच्च माध्यामिक विद्यालयमा आगलागी हुँदा एक करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । ‘अज्ञात समूहले विद्यालयमा शुक्रबार लगाएको आगो’ शनिबार बिहान मात्रै नियन्त्रणमा आएको थियो । आगलागीबाट पुस्तकालय, स्टोर, कम्प्युटर र भान्छा कोठा पुरै ध्वस्त भएको छ । आगलागीबाट पुस्तकालयमा रहेको ३ हजार बढी पुस्तकहरु जलेको विद्यालयले जनाएको छ । यस्तै, २० ओटा कम्प्युटर जलेर नस्ट भएको विद्यालयका प्रधानाध्यापक नारायण गिरीले बताए । उनका अनुसार विद्यालयको स्टोर कक्षमा रहेका पुराना दस्तावेज, भान्छा कोठामा रहेका खाद्य सामाग्री र...
1453145911obamacare.gif

स्कुल खुल्दा मनै रमाइलो

1441377321e07b44768c75883eccc6402ea0a2d81cL.jpg
दाङ- उनीहरु तीन सातासम्म घरमै खुम्चिएर बसे। न साथीहरुसँग खेल्न पाए न पढ्न–लेख्न। सर–मिससँग झुम्मिँदै रमाउने दैनिकी पनि ठप्प भयो। थरुहट आन्दोलन चर्किएपछि साउन २७ बाट विद्यालय बन्द भए। सँगै बन्द भयो, दाङ, घोराही क्षेत्रका बालबालिकाका साथीहरुसँग मिलेर पढ्ने, लेख्ने, खेल्ने सबै गतिविधि। तीन सातापछि उनीहरुको खुसी फर्किएको छ। 'बन्दले साथीसित भेट पनि हुन पाएको थिएन, कुराकानी पनि भएको थिएन,' घोराहीस्थित अल्फा बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत प्रतीक्षा घिमिरेले बिहीबार नागरिकसँग भनिन्, 'आज बल्ल भेट हुन पाइयो, पढ्न पाइयो, धेरै खुसी लागेको छ ।' प्रतीक्षाकी...

सुनको मूल्य ओरालो लाग्यो

1441375905download-5.jpg
काठमाडौं, भदौ १८ । शुक्रबार पनि सुनको मूल्य ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय ५० रुपैयाँले घटेर ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि मूल्यमा कमी आएर तोलाको ५० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर ६ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस ११ सय २२ डलरको हाराहारीमा कारोबार भएको थियो । ...

बन्दविरुद्ध विद्यार्थीहरु राष्ट्रिय झण्डा बोकेर सडकमा

1440942284Untitled-2.jpg
सुनसरी, भदौ १३ । लगातारको बन्दका कारण विद्यालय संचालन हुन नसकेपछि सुनसरीको दुहबीका विद्यार्थीहरुले विद्यालय बन्दविरुद्ध प्रदर्शन गरेका छन् । थरुहटको बन्दका कारण सुनसरीको दक्षिणी क्षेत्रका विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरुले अध्ययन गर्न नपाएको भन्दै आइतबार दुहबी बजारमा प्रदर्शन गरेका हुन् ।   ...
Advertisement

लन्डनमा नेपाली विद्यार्थी एसीसीए परीक्षामा विश्वकै उत्कृष्ट

144076550828082015041422Srijana-600x0.JPG
भाद्र ११, २०७२- लन्डनमा अध्ययनरत एक नेपाली विद्यार्थीले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) परीक्षामा विश्वमै उत्कृष्ट अंक ल्याएर प्रथम स्थान हासिल गरेकी छिन् । चितवन लंकु ६ स्थायी निवासी सिर्जना भण्डारी गौतमले गत जुनमा भएको एसीसीए पि वान -प्रोफेशनल लेभल) परीक्षामा विश्वभरका २१ हजार ३ सय ७ जना परीक्षार्थीलाई उछिन्दै ८९ स्कोरसहित प्रथम स्थान हासिल गरेकी हुन् । 'नतिजासहित एसीसीएको इमेल आउंदा त म शुरुमा आश्चर्यचकित भएं', कान्तिपुरसंग खुशी बांड्दै उनले भनिन्, 'मेरो सफलताका पछाडि लगाव र मिहेनत नै हो । अनि परिवारको प्रेरणा र साथ ।' नेपाल...

आफ्नै बिद्यार्थी लिएर प्रधानाध्यापक फरार

तनहुँ, ७ भदौ । विद्यार्थीको रक्षक एवम् सुनौलो भविष्य बनाउने जिम्मा लिएका शिक्षक नै भक्षक बन्दा रहेछन् भन्ने उदाहरण तनहुँका एक शिक्षकले दिएका छन् । जिल्लाको सुन्धारा गाविसस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयका प्रअ खिमलाल नेपाली कक्षा १० मा अध्ययतरत सोही गाविस वडा नं १ निवासी शुकबहादुर कुमालको छोरीलाई लिएर फरार भएका हुन् । श्रीमती र छोराछोरीसहित कुमालको घरमा डेरा गरी बसेका प्रअ नेपालीले ती छात्रालाई आफूहरु दुईबीचको सम्बन्ध कोही कसैलाई नभन्न दबाबका साथै विवाह गर्ने आश्वासन दिँदै आएका थिए । गत शुक्रबार छात्राले प्रअ नेपालीलाई भेट्न बोलाएको मौकामा...

विद्यालय शिक्षालाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध : मन्त्री यादव

1440339912images-13.jpg
काठमाडौँ, ६ भदौ । शिक्षामन्त्री चित्रलेखा यादवले विद्यालय शिक्षालाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध भएको बताउनुभएको छ ।  विश्वविद्यालय शिक्षालाई व्यवस्थित बनाउन सरकारले विश्वविद्यालय छाता ऐन ल्याउन लागेको जानकारी दिँदै उहाँले आधारभूत र गुणस्तरीय शिक्षा दिन कुनै कन्जुस्याईं नगरिने बताउनुभयो ।  विनियोजन विधेयक, २०७२ अन्तर्गत शिक्षा मन्त्रालयसँग सम्बन्धित विषययमा सांसद्ले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले संविधान निर्माणका लागि भएको जस्तै उच्चस्तरीय राजनीतिक प्रतिबद्धता व्यक्त भए शिक्षा क्षेत्रमा रहेका समस्याको हल हुने उल्लेख गर्नुभयो...
Advertisement

प्रश्नपत्रको सङ्गालो साझाले मात्र छाप्न पाउने

1440335719download-3.jpg
काठमाडौँ, ६ भदौ । उच्च माध्यमिक शिक्षा परिषद् र साझा प्रकाशनबीच कक्षा ११ र १२ का पूराना प्रश्नपत्रहरुको सङ्गालो साझा प्रकाशनले मात्र छपाइ गर्ने सम्झौता भएको छ ।  कसैले बिना स्वीकृति यी सामग्री अनधिकृत रुपमा छपाइ गरी विक्रीवितरण गरेको पाइएमा कानुनी कारबाही हुनेसमेत निर्णयमा उल्लेख छ । यस सम्झौताबाट उच्च माध्यमिक शिक्षा परिषद्ले निश्चित ‘रोयल्टी’ प्राप्त हुने र साझा प्रकाशनको कारोवारमा वृद्धि हुनेछ ।  यसरी दुई संस्थाबीच भइरहेको यो सम्झौताले दुवै संस्थाबीच पारस्परिक सहकार्यमा थप सहयोग पुग्ने भई आर्थिक उन्नतिको सन्देश प्रवाह हुने विश्वास गरिएको छ...

पाठ्यपुस्तक छपाइको जिम्मा साझा र जनक शिक्षा सामग्रीलाई दिने निर्णय खारेज गर्न माग

1439990798bookprinting.jpg
काठमाडौँ, २ भदौ । नेपाल मुद्रण उद्योग महासङ्घले कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तक छपाइको जिम्मा साझा प्रकाशन र जनक शिक्षा सामग्रीलाई दिने सरकारको निर्णय तत्काल खारेज हुनुपर्ने माग गरेको छ ।  महासङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकको छपाइको जिम्मा पाएको निजी क्षेत्रलाई ख्याल नै नगरी साझा र जनक शिक्षालाई मात्र छपाइ गर्नदिने शिक्षा मन्त्रिस्तरीय निर्णय गलत भएको जनाएको हो ।  “पाठ्यपुस्तक छपाइमा निजी क्षेत्रलाई समावेश गराउँदा पनि समस्या ज्यूँका त्यूँ रहेकाले अभाव हटाउन मन्त्रिस्तरीय निर्णय गरी एकद्वार प्रणाली...

पहिलो पटक उच्चा माध्यमिक तहमा प्राविधिक विषयको पाठ्यक्रम

1439989784HSEB.jpg
काठमाडौँ, २ भदौ । उच्चमाध्यमिक शिक्षा परिषद्ले पहिलो पटक कक्षा ११ र १२ का लागि प्राविधिक धारका पाँच विषयका पाठ्यक्रम तयार गरेको छ ।  कक्षा ९ र १० का प्राविधिक विषय लिइ प्रवेशिका परीक्षा उत्तीर्ण भई उच्च शिक्षा अध्ययनको अन्योलमा रहेका विद्यार्थीका लागि ढिलै भएपनि सो पाठ्यक्रमको तर्जुमाले राहत दिनेछ । गत दुई वर्ष अघिदेखि प्रवेशिका परीक्षामा सो धारबाट हालसम्म करिब सात हजार विद्यार्थी उत्पादन भइसकेका छन् ।  परिषद्ले वनस्पती विज्ञान, जीव विज्ञान, विद्युतीय, सिभिल र कम्युटर इञ्जिनियरिङसम्बन्धी पाँच विषयमा पाठ्यक्रमको प्रारुप तयार गरेको हो । सम्बन्धित...
Advertisement

परीक्षाफल प्रकाशित

1439814834images-1.jpg
काठमाडौँ, ३२ साउन । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ मङ्सिर÷पुसमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फका स्नातकोत्तर तह (एमबिएस) प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।  यसैगरी २०७१ मङ्सिर÷पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्षको अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।  ...

भिसीमा भागबन्डा मिलेन

1439607933TU-office.jpg
काठमाडौं, २८ साउन । नेपाली कांग्रेस र नेकपा एमाले निकट प्राध्यापकबीच भागबन्डा नमिल्दा सात विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया अनिश्चित बनेको छ । नेपाल प्रजातान्त्रिक प्रध्यापक संघ र नेपाल प्रगतिशील प्रध्यापक संघबीच भागबन्डा नमिल्दा साउन २२ गतेबाट सात विश्वविद्यालयका उपकुलपतिको म्याद सकिए पनि नियुक्ति अनिश्चित बनेको हो । विश्वविद्यालयका कुलपति प्रधानमन्त्रीले २७ गतेभित्र सातवटै विश्वविद्यालयका लागि उपकुलपति नियुक्त गर्न निर्देशन दिए पनि भागबन्डाका कारण शिक्षामन्त्री तथा सहकुलपति चित्रालेखा यादवले सिफारिस गर्न सकेकी छैनन् । प्र...

एमपिए प्रथम वर्ष २०७० को परीक्षाफल प्रकाशित

1439604337tu.jpg
काठमाडौँ, २९ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७१ मङ्सिर÷पुसमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको जनप्रशासन स्नातकोत्तर तह (एमपिए) प्रथम वर्ष २०७० को परीक्षाको परीक्षफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार आज प्रकाशन गरिएको छ । उक्त परीक्षाको परीक्षाफल वेवसाइट www.educationsansar.com, www.educationkhabar.com, www.edusanjal.com, www.tu.ntc.net. मा हेर्न सकिनेछ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशनअनुसार थाहा पाउन सकिने छ भने MPA (Space) Roll Numbe टाइप गरी ४९४९ मा एसएमएस पठाई प्राप्ताङ्क प्राप्त गर्न सकिनेछ । रासस   ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement