शिक्षा

पेट्रोल बम प्रहार गरी क्याम्पसमा आगजनी

1439551574bomibng.jpg
काठमाडौं— परीक्षा फारमको विवादलाई लिएर एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अगुवाइमा मकवानपुर बहुमुखी क्याम्पस पेट्रोल बम प्रहार गरी आगजनी गरिएको छ। बिहान करिब १० बजेको समयमा सञ्चालक समितिको बैठक चलिरहँदा विद्यार्थीहरुले पेट्रोल बम प्रहार गरेको क्याम्पस प्रशासनले जनाएको छ। विद्यार्थीले प्रहार गरेको पेट्रोल बमले सञ्चालक समितिका अध्यक्षको कार्यकक्षमा क्षति पुगेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मकवानपुर क्याम्पस सचिव राकेश महर्जनलाई पक्राउ गरेको स्थानीय पत्रकार छवि अनित्यले...

सर्वोत्क्रिस्ट शिक्षा नेपालमै

काठमाडौँ, २९ साउन । शिक्षामन्त्री चित्रलेखा यादवले गुणस्तरीय शिक्षा प्राप्त भएमा मात्र नेपालको समृद्धि सम्भव हुने बताउनुभएको छ । ‘सर्वाेत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरु भएको दुई दिने प्रथम ‘व्यवस्थापन अध्ययन प्रदर्शनी’ को उद्घाटन गर्दै मन्त्री यादवले गुणस्तरीय शिक्षा स्वदेशमा सम्भव भएको र यसले नेपालको सुन्दर भविष्य सुनिश्चित गर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो – “नेपाललाई मानव सभ्यताको उत्कृष्ट नमुना बनाउने साधन पनि शिक्षा नै हो । त्यसैले शिक्षाको गुणस्तर बढाउन सबै लाग्नुपर्छ ।”  पाठशाला एजुकेसन फाउन्डेसनले...

अभिभावकको चन्दाले विद्यालय धानिँदै

1439524175school-children.jpg
बागलुङ, २९ साउन । विद्यार्थी सङ्ख्या उल्लेख्य भएर पनि शिक्षक दरबन्दीको अभाव झेलेको यहाँको एक माध्यमिक विद्यालय चन्दाको भरमा चलेको छ । तलब र नियमित खर्चसमेत नजुटेपछि तारा–६ मा रहेको दुर्गा भवानी माविले कक्षा ९ र १० मा पढ्ने विद्यार्थीका अभिभावकबाट मासिक चन्दा लिन थालेको छ । “अभिभावकले राजीखुसी विद्यालयलाई नियमित सहयोग गरिरहेको छ, शिक्षकलाई तलब खुवाउनै नसक्ने अवस्था आएपछि यसो गरिएको हो”, विद्यालयका प्रधानाध्यापक टेकबहादुर घर्तिमगरले भन्नुभयो । विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालयले गत असारबाट अभिभावकबाट मासिक रु २५० का दरले सहयोग लिन...
1453145911obamacare.gif

परीक्षाफल प्रकाशित

14393865641437658130images.jpg
काठमाडौँ, २७ साउन । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ सालमा सञ्चालित कानुन संकायतर्फ बिएएलएलबी तेस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।  यसैगरी २०७१ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष २०७० को पुस्तकालय तथा सुृचना विज्ञान, गृह विज्ञान र जेन्डर स्टडिज विषयका परीक्षाको परीक्षाफल पनि आजै प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ...

इन्जिनियरिङको परीक्षाफल

14393019321437658130images.jpg
काठमाडौँ, २६ साउन । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, परीक्षा नियन्त्रण महाशाखाद्वारा गत चैतमा सञ्चालित स्नातक तह आर्किटेक्चर, इलेक्ट्रिकल, मेकानिकल (धरान बाहेक) र इन्डसिट्रयल इन्जिनियरिङ तेस्रो वर्ष प्रथम खण्डको परीक्षाफल प्रकाशन गरिएको छ ।  त्यसैगरी इलेक्ट्रिकल इन्जिनियरिङ चौथो वर्ष प्रथम खण्ड नियमित तथा पुनः परीक्षा र प्रवीण (डिप्लोमा) तह सबै कार्यक्रम दोस्रो वर्ष प्रथम खण्ड पुनः परीक्षाको परीक्षाफल संस्थान परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ । ...

वाल्मीकि विद्यापीठका प्राचार्यको कार्यकक्षमा तालाबन्दी

1439300564download-1.jpg
काठमाडौँ, २६ साउन । गत असार २९ देखि वाल्मीकि विद्यापीठका प्राचार्य डा लालमणि पाण्डेको कार्यकक्षमा लागेको ताला अझै खुल्न सकेको छैन ।  विद्यापीठको पुस्तकालय भूकम्पपछि क्षतिग्रस्त भई अस्तव्यस्त भएको, छात्रावासमा असुविधा रहेको र कर्मचारीको तलबभत्ता समयमा उपलब्ध नगराइएकाले तालाबन्दी उत्रनुपरेको नेपाल संस्कृत विश्वविद्यालय कर्मचारी सङ्घ वाल्मीकि विद्यापीठ एकाइका अध्यक्ष वसन्ती जोशीले बताउनुभयो ।  ...
Advertisement

भूकम्प प्रभावित विद्यालयलाई २५ लाख सहयोग

1439041418merokhabar.jpg
काठमाडौँ, २३ साउन । नेपाली विद्यार्थी समाज कोरियाले नेपालका भूकम्प प्रभावित पाँच विद्यालयलाई नगद रु २५ लाख सहयोग गरेको छ ।  भूकम्पबाट क्षति भएका विद्यालय भवनको पुनःनिर्माणका लागि प्रति विद्यालय रु पाँच लाखका दरले सहयोग गरेको हो ।  सहयोग पाउने विद्यालयमा क्रमशः गोरखाको बराह प्रावि, नुवाकोटको कालिका मावि, सिन्धुपाल्चोकको ज्ञानज्योति, दोलखाको मानेडाँडा प्रावि र काभ्रेको एक छन् ।  उक्त सहयोग रकम आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री एवम् मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले सम्बन्धित विद्यालयका प्राचार्यलाई हस्तान्तरण गर्नुभयो...

पूरक परीक्षा दिँदादिँदै बच्चा जन्मियो

1438957800merokhabar.jpg
भोजपुर- एसएलसीको पूरक परीक्षा दिँदादिँदै भोजपुरमा एक परीक्षार्थीले बच्चा जन्माएकी छिन्। जनोदय उच्च मावि कोटकी विद्यार्थी मीना शेर्पाले यशोधरा उच्च माविको परीक्षा केन्द्रमा बच्चा जन्माएकी हुन्।   उत्तरपुस्तिकामा लेख्न सुरु गरेकी शेर्पालाई बच्चा जन्माउने ब्यथाले च्यापेपछि परीक्षाहल बाहिर निकालेर प्रसव गराइएको थियो। उनले छोरी जन्माएकी हुन्। उनको र बच्चाको स्वास्थ्य ठीक रहेको शेर्पाको परिवारले जानकारी दिएको छ।   ...

एसएलसी उत्तरपुस्तिका परीक्षणमा मनपरी

1438953376images.jpg
काठमाडौं: कुपन्डोलस्थित नाइटिंगेल स्कुलमा पढेका शौरभ ढुंगेलको एसएलसी परीक्षाको नतिजा सार्वजनिक हुँदा गणित विषयमा १५ नम्बरमात्र आयो।    सातवटा विषयमा उत्कृष्ट अंक ल्याए पनि गणितमा नसोचेको नतिजा आएपछि उनी ठूलो मानसिक तनावमा परे।उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने आशा गरेका विद्यार्थी अनुत्तीर्ण भएपछि स्कुल परिवार पनि रन्थनियो।   नतिजामा चित्त नबुझेपछि परीक्षा नियन्त्रण कार्यालयमा पुनर्योग (रिटोटलिङ) गरियो। पुनर्योगको नतिजा सार्वजनिक हुँदा गणितको प्राप्तांक ८५ आयो।ढुंगेलको मात्रै होइन, एसएलसीको पहिलो नतिजामा अनुत्तीर्ण भएका चार सय ४१ जना...
Advertisement

नौ जना नक्कली परीक्षार्थी प्रहरी नियन्त्रणमा

1438821198merokhabar.jpg
जुम्ला–जनता मावि महतगाउँ केन्द्रमा सञ्चालन भइरहेको एसएलसी पुरक परीक्षाको पहिलो दिन अग्रेजी विषयको परीक्षामा नौ जना नक्कली परिक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनीहरुलाई परीक्षाको मर्यादा विपरितका क्रियाकलाप गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिइएको हो । दुई जना महिला र ७ जना पुरुष परिक्षार्थीलाई अर्कैको परीक्षा दिन गएको भेटाएपछि निस्काशित गरिएको थियो ।शिक्षा कार्यालयवाट परीक्षा निरीक्षणका लागि केन्द्रमा गएको टोलिले प्रवेश पत्रमा फाटो बदलेको र नक्कली हस्ताक्षर गरी परिक्षा दिइरहेको भेटाएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । 'नक्कली...

विश्वविद्यालयमा दलीय भागबन्डा नगर्न आग्रह

1438782301images-3.jpg
काठमाडौँ, २० साउन । नेपाल प्राध्यापक सङ्घले यही साउन २३ गतेबाट विभिन्न सात विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारी रिक्त हुने भएकाले प्राज्ञिक प्रखरता र प्रशासनिक दक्षतायुक्त, संस्थाको स्वायत्तताप्रति सर्वथा दृढ र स्वाभिमानी तथा स्वच्छ चरित्रवान व्यक्तिलाई नियुक्त गर्न माग गरेको छ ।  सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले आज विज्ञप्ति जारी गरी विश्वविद्यालय उद्देश्यअनुरूप समसामयिक विश्व परिवेशमा प्रतिस्पर्धा गर्दै उच्च शिक्षाको केन्द्रका रूपमा विकसित हुुन विश्वविद्यालयको चातुर्दिक विकासको मूल लक्ष्य प्राप्तिका निमित्त विश्वविद्यालयलाई हाक्ने...

एसएलसी पूरक परीक्षाको सम्पूर्ण तयारी पूरा, २४७ परीक्षा केन्द्र निर्धारण

1438600559slc.jpg
भक्तपुर, १८ साउन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन २० गते बुधबारदेखि सुरु गर्ने एसएलसी पूरक (मौका) परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ ।  विसं २०७१ को एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गर्ने मौका परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले आज जानकारी दिनुभयो ।  उहाँका अनुसार कुल एक लाख २४ हजार २५१ जना परीक्षार्थी सहभागी हुने परीक्षाका लागि कार्यालयले देशभर कुल २४७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।  परीक्षाका लागि आवश्यक सम्पूर्ण सामग्री सबै जिल्ला ...
Advertisement

यसै वर्षदेखि शिक्षा दिवसमा क्याम्पसलाई पनि पुरस्कृत गरिने

1438442292download-6.jpg
काठमाडौँ, १६ साउन । शिक्षा मन्त्रालयले यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवसका अवसरमा सर्वोत्कृष्ट हुने क्याम्पसलाई समेत पुरस्कृत गर्ने भएको छ ।  मन्त्रालयमा आज बसेको बैठकले विगतमा विद्यालयलाई मात्र पुरस्कृत गरिँदै आएकामा यो वर्षदेखि क्याम्पसलाई समेत पुरस्कार दिने निर्णय गरेको हो ।  बैठकमा पदक तथा प्रमाणपत्रसम्बन्धी निर्देशिका संशोधनबारे जानकारी दिँदै अब सर्वोत्कृष्ट सामुदायिक, निजी र आङ्गिक तीन क्याम्पसलाई समेत पुरस्कृत गरिने बताइयो ।  मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले विगतमा विद्यालयलाई मात्र पुरस्कृत गरिँदा शिक्षा दिवस विद्यालय तहको मात्र...

देवनागरीलाई बचाउनुपर्ने

1438346821download-2.jpg
काठमाडौँ, १५ साउन । देवनागरी लिपि तथा नेपाली वर्णविन्यासका अनुसन्धाता डा बलदेव शर्मा अधिकारीले नेपाल प्रज्ञा–प्रतिष्ठान, साझा प्रकाशनजस्ता भाषिक दृष्टिले उच्चतम मानिएका सरकारी संस्थामा एकै वर्ष प्रकाशित अनेक पुस्तकमा भिन्नभिन्न वर्णविन्यास राखिनु नेपाली भाषा व्याकरणप्रतिको घोर अन्याय भएको बताउनुभएको छ ।  नेपाली भाषा बचाऔँ अभियान २०७२ अन्तर्गत आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले सृष्टि, अध्यात्म, धर्म र संस्कृतिको साइनो अभिन्न रुपले जोडिएको देवनागरीलाई आधुनिक बनाउने धृष्टता दौरालाई टिसर्ट बनाए जस्तो हुन्छ भन्नुभयो ।  त्र...

शिक्षाकर्मीलाई मनोसामाजिक प्रशिक्षण

काठमाडौँ, ८ साउन । विपत्पछि बालबालिकामा उत्पन्न हुने डर हटाई नियमित शैक्षिक क्रियाकलापमा संलग्न गराउन ग्लोबल एक्सन नेपालको आयोजनामा भएको तीनदिने प्रशिक्षक प्रशिक्षण तालिम आज यहाँ सम्पन्न भएको छ ।  प्रशिक्षणमा नर्वेका बालमनोविज्ञ युन्नी मार्ले हेल्टने र बङ्गलादेशस्थित ढाका विश्वविद्यालयका एसोसियट प्रा कमल युद्दिन अहमद चौधरीले प्रशिक्षण दिनुभएको थियो ।  प्रशिक्षणमा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न राष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्थाका ३६ जना सहभागी थिए । सहभागीले आफू कार्यरत समुदाय र सहयोग गरिरहेको विद्यालय तथा आश्रय लिइरहेका ठाउँमा...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement