शिक्षा

देशभरिका ७१ उच्च माविको अनुमति खारेज गर्ने तयारी अन्तिम चरणमा

1437661119dbd4a9a0de2d98aeab442a1a3905b261.jpg
साउन ०७—उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउने अनुमति लिएका देशभरिका ७१ उच्च माविको अनुमति खारेज गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएको छ । परिषद्ले सम्बन्धन लिएर पनि दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका उच्च माविको सम्बन्धन खारेज गर्न लागेको हो । उच्च माबिहरुको सम्बन्धन खारेज गर्न परिषदले यसअघि नै सार्बजनिक सुचना निकालि सकेको छ । साउन १ गतेदेखि नै ति उच्च माबिको सम्बन्धन खारेज गर्ने तयारी गरिएको थियो । तर, खारेजीको सुचीमा परेका उच्च माविलाई स्पष्टीकरणका लागि १५ दिनको समय दिइएकाले  प्रकृया ढिला भएको...

एलएलबी र बिएस्सीको परीक्षाफल

1437658130images.jpg
काठमाडौँ, ७ साउन । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी प्रथम वर्ष (आंशिक) को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।  यसैगरी कार्यालयबाट २०७१ साल कात्तिकमा सञ्चालित विज्ञानतर्फ स्नातक प्रथम वर्षको आंशिक (तीन र चार बर्से) परीक्षाको परीक्षाफल आजै प्रकाशन गरिएको छ । ...

परीक्षाफल प्रकाशित

1437570399images.jpg
काठमाडौँ, ६ साउन । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) मैथिली र भूगोल विषयका परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । यसैगरी त्रिवि परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७१ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलवी प्रथम वर्ष (पूरा) को परीक्षाको परीक्षाफल पनि आजै प्रकाशन गरिएको छ ।  ...
1453145911obamacare.gif

संविधानको मस्यौदामाथि सुझाव संकलन जारी

नवराज बजगाई,काभ्रे/ संविधानको मस्यौदा माथि सुझाव संकलन कार्य काभ्रेमा पनि जारी  छ । संविधान सभाका बैठकले मस्यौदा जनतामाझ लगेर रायसुझाव संकलन गर्न व्यवस्थापिका संसदबाट टोली आएसँगै काभ्रेका सभासद, राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगी व्यापारी लगायतको सहभागितामा छलफल भएको हो । जिल्लामा कसरी बढी भन्दा बढी जनताको राय लिन सकिन्छ र संकलित सुझावलाई छिटो संविधान सभा भवनमा पठाउन सकिन्छ भन्ने उद्देश्यले सबैलाई समेटेर यस्तो छलफल चलाइएको व्यवस्थापिका संसदका उपसचिव घनिन्द्रराज चिमौरियाले बताउनु भयो । सभासदहरु तिर्थ लामा, रामहरि सुवेदी, कन्चन बादे, विदुर...

सरकारी तलव खानेका छोराछोरी सरकारी विद्यालयमा

1437405461sarkari.jpg
काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आगामी संविधानमा सरकारी तलव खाने कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउनुपर्ने व्यवस्थागर्न माग गरेको छ । संविधानको प्रारम्भिक मस्यौदामा शिक्षा सम्बन्धी आफ्नो फरक मत प्रस्तुत गर्दै संगठनका महासचिव शंकर अधिकारीले मसौदा संविधानमा राज्य कोषबाट तलबभत्ता खाने कर्मचारी देखि सार्वजनिक पद धारणा गर्ने व्यक्तीका छोराछोरीलाइ सरकारी विद्यालयमा पढाउन अनिवार्य गरेमात्रै सामुदायक विद्यालय सुधारहुने स्पष्ट पारेका छन् । राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षाको पुनर्संरचना गर्नु पर्ने भन्दै...

जिल्ला शिक्षा कार्यालय झापा लगातार तेस्रोपटक उत्कृष्ट

1437021569jhapa.JPG
सुरुङ्गा (झापा), ३१ असार । कार्य सम्पादनका आधारमा जिल्ला शिक्षा कार्यालय झापा यो वर्ष पनि पूर्वका १६ जिल्लामा उत्कृष्ट भएको छ । उत्कृष्ट भएसँगै झापाले नगद २५ हजारसहित उत्कृष्टताको प्रमाणपत्र प्राप्त गरेको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिनुभयो । योसँगै झापा लगातार तेस्रोपटक पूर्वमा उत्कृष्ट भएको क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका उपनिर्देशक चुडामणि फुयालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७१÷०७२ को कार्य सम्पादनका आधारमा क्षेत्रीय शिक्षा निर्देशनालयले हरेक वर्ष मूल्याङ्कन गर्दै उत्कृष्टसहित तीन जिल्लालाई पुरस्कृत गर्दै...
Advertisement

एक सय २६ विद्यालयको खाता रोक्का

1436888973merosamachar.jpg
सल्यान, २९ असार । जिल्ला शिक्षा कार्यालयले आवको अन्त्यसम्ममा पनि काम सम्पन्न गर्न नसक्ने एक सय २६ विद्यालयको बैंक खाता रोक्का गरेको छ ।  सोअनुसार भौतिक सुविधा विस्तारको काम समयमै सम्पन्न नगर्ने एक सय छ र समयमै लेखापरीक्षण नगर्ने २० विद्यालय छन् । खाता रोक्का हुने विद्यालयमा जिल्ला शिक्षा कार्यालयबाट चारकोठे र दुईकोठे भवन तथा छात्रा शौचालय निर्माण, विद्यालय शौचालय मर्मत तथा बाह्य वातावरण सुधारको जिम्मा समयमै पूरा नगर्ने विद्यालय छन् ।  सहायक जिशिअ दीनानाथ पन्थीले समयमै काम सम्पन्न नगर्ने विद्यालयलाई समयमै गर्नका लागि दबाब दिन तिनको खाता रोक्का गरिएको...

कोसी अस्पतालले नौ हजार विपन्नलाई निःशुल्क सेवा प्रदान

1436869015KOSHI-HOSPITAL.jpg
पथरी (मोरङ), २९ असार । कोसी अञ्चल अस्पताल विराटनगरले पूर्वाञ्चलका विभिन्न जिल्लाका नौ हजार विपन्नलाई रु ६२ लाख बराबरको निःशुल्क सेवा प्रदान गरेको जनाएको छ । अस्पतालको सामाजिक सेवा एकाइका प्रमुख कामेश्वर झाले आव ०७१÷७२ मा पूर्वाञ्चलका विभिन्न क्षेत्रका विपन्न, गरिब, दलित, महिला, आदिवासी जनजाति, सीमान्तकृत र पिछाडिएका र वृद्धवृद्धालाई निःशुल्क सेवा प्रदान गरिएको जानकारी दिनुभयो । अस्पतालमा भर्ना भएका नौ हजार सर्वसाधारणलाई एक्सरे, इसिजी, ल्याब टेस्ट, शल्यक्रिया, फिजियो थेरापी, श्ययालगायतमा निःशुल्क गरिएको अस्पताल प्रशासनले जनाएको छ । गत वर्ष झन्डै आठ...

बुटवल उपमहानगरपालिका पूर्ण साक्षर

1436865357images.jpg
बुटवल (खस्यौली), २९ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिका पूर्ण साक्षर भएको छ । उपमहानगरपालिकाभित्र रहेको जनसङ्ख्याको ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्या साक्षर भइसकेकाले उपमहानगरपालिकालाई पूर्ण साक्षर नगरको रुपमा घोषणा गरिएको बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख ध्रुवबहादुर खड्काले बताउनुभयो । सोमबार यहाँ आयोजित कार्यक्रममा रुपन्देहीका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले बुटवल उपमहानगरपालिकालाई पूर्ण साक्षर नगर घोषणा गर्नुभयो भने रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले पूर्ण साक्षर भएको प्रमाणपत्र प्रदान गर्नुभयो । सो...
Advertisement

शून्य नतिजा ल्याउने विद्यालयका शिक्षकलाई अवकाशका लागि स्पष्टीकरण

1436358710merokhabar.jpg
पाँचथर, २३ असार । यस वर्षको एसएलसी परीक्षामा शून्य नतिजा ल्याउने सामुदायिक विद्यालयमा शिक्षण गर्ने आठ विद्यालयका शिक्षकलाई जिल्ला शिक्षा कार्यालयले स्पष्टीकरण मागेको छ ।  जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले भन्नुभयो – “शैक्षिक सुधारको निम्ति यति धेरै शिक्षा कार्यालयको सहयोग हुँदाहुँदै पनि शिक्षकले नपढाएर विद्यार्थी अनुत्तीर्ण भएका हुन्, त्यस्ता शिक्षक राखेर विद्यार्थीको भविष्य बिगार्नु हुँदैन, त्यसैले धेरै अनुत्तीर्ण हुने विद्यालयका शिक्षकहरुलाई अवकाशका लागि स्पष्टीकरण मागेका छौँ ।” उहाँका अनुसार अवकाशका लागि अहिले स्पष्टीकरण सोधेको र...

अनुपस्थित ४८ शिक्षकसँग लिखित स्पष्टीकरण

1436267262merokhabar.jpg
जुम्ला, २२ असार । हिमाली जिल्लामा शैक्षिकसत्र सुरु भएको चार महिनाको अन्तरालमा जिल्ला शिक्षा कार्यालय जुम्लाले यस जिल्लाका ४८ जना शिक्षकबाट लिखित स्पष्टीकरण लिएको छ ।  जिल्लाको पाँचसय, सिंजा, चौधबीस र असी भेकका विभिन्न विद्यालय अनुगमनका क्रममा अनुपस्थित भेटिएका शिक्षकबाट शिक्षा कार्यालयले स्पष्टीकरण लिएको हो ।  अनुगमन गरिएका विद्यालयमा सिंजा क्षेत्रको कोइलीचरी मावि लुम, कनकासुन्दरी उच्च मावि लुड्कु, पाँचसय भेकका जनजागृति मावि ताम्ती, मावि घोडेमहादेव, असी भेकको अशोक नमुना प्रावि खलङ्गालगायतका विद्यालयका शिक्षक बिना जानकारी विद्यालय बाहिर गएको र...

ECAN Fair 2015 समापन, शैक्षिक परामर्शका नाममा हुने विकृति रोकिने

1436112798image_gallery.jpg
काठमाडौँ, २० असार । शैक्षिक परामर्श (कन्सल्टेन्सी) का नाममा हुने विकृति र विसङ्गति रोक्न शिक्षा मन्त्रालयले विद्यमान नीति र निर्देशिकाको कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।  सरकारले तीन वर्षअघि जारी गरेको शैक्षिक परामर्श सेवासम्बन्धी निर्देशिकाको पालना नभएको गुनासो आइरहेका बेला मन्त्रालयका उपसचिव तथा शैक्षिक परामर्श शाखाका प्रमुख नन्दलाल पौडेलले नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को नवौँ प्रदर्शनी समापनका अवसरमा आयोजित कार्यक्रममा आज सो जानकारी दिनुभएको हो ।  उहाँले विदेशमा उच्चशिक्षा अध्ययनका क्रममा रहेका विद्यार्थीलाई सही मार्गदर्शन र सुझाव...
Advertisement

हजुरआमाको शिक्षिका बन्ने धोको

भक्तपुर, २० असार । उहाँ हजुरआमा नै भइसक्नुभएको छ । तीन छोराकी आमा र एक नातिनीकी हजुरआमा ४० वर्षीया सुभद्रा खड्का यत्तिखेर बेपत्ता खुसी हुनुहुन्छ । कारण हो यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षामा सफलता ।  मध्यपुरथिमि नगरपालिका–१५ गठ्ठाघरस्थित आस्था महिला विद्यालयबाट २०७१ सालको चैतमा एसएलसी परीक्षा दिनुभएका उहाँले दोस्रो श्रेणीमा उत्तीर्ण हुनुभयो । अब शिक्षिका बन्ने उद्देश्यले शिक्षा सङ्कायमा भर्ना हुने निचोडमा उहाँ पुग्नुभएको छ । विद्यालयको बिदाइ कार्यक्रममा आउनुभएकी उहाँ भन्नुहुन्छ, “मेरो शिक्षिका बन्ने उद्देश्य छ, अब क्याम्पस भर्ना हुने...

चितवनको कविलासका बालबालिकालाई शैक्षिक सामग्री सहयोग

1435940567b1.jpg
विकास राज न्यौपाने, सन् १९९६ देखि अमेरिकामा साइन्स इन हेल्थ केयर म्यानेजमेन्ट विषयमा ब्याचलर डिग्री पढेर स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकी नारायणगढकी मौसमी श्रेष्ठले चितवनका पहाडी गाविसका बालबालिकाका लागि स्टेशनरी सामग्री सहयोग गरेकी छन् । वैशाख १२ को भूकम्पबाट पीडित कविलास–१ भार्लाङस्थित राष्ट्रिय प्राथमिक विद्यालयका १ देखि ५ कक्षासम्मका बालबालिकाहरुका लागि फर्निचर, स्कुल ब्याग, स्टेशनरी सामग्री तथा घडी सहयोग गरेकी छन् । नारायणगढ लेडी जेसिजको स्थापना दिवसका अवसरमा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।   ...

विद्यालयले सहमतिको पालना नगर्दा स्कुल बस तोडफोड

1435487342school-bus.jpg
दमक, १३ असार । भर्ना शुल्क नलिने सहमति कार्यान्वयन नगरेको भन्दै अखिल क्रान्तिकारीका एक समूहले आज दमकको ग्लोबल उच्च माविको बसमा तोडफोड गरेका छन् । तोडफोडबाट बसको करिब रु एक लाखको भौतिक सामग्रीमा क्षति पुगेको छ ।  विद्यार्थी लिनजान लाग्दा अखिल क्रान्तिकारीको एक समूहले बस तोडफोड गरेका हुन् । बसको अगाडिसहित प्रायः सबै सिसा तोडफोड भएको छ ।  वैशाख ६ गते शिक्षा मन्त्रालय, संयुक्त विद्यार्थी सङ्गठन, अभिभावक सङ्घलगायतबीच भर्ना शुल्क नलिने सहमति भएको थियो । तर सो विद्यालयले लिएको भर्ना शुल्क विद्यार्थीलाई फिर्ता गर्नेलगायतका विषयमा भएको सहमति कार्यान्वयन गर्न...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement