शिक्षा

विद्यार्थी सङ्गठनद्वारा शुल्कबारे विद्यालय अनुगमन सुरु

1435216862bidhyalaya.jpg
काठमाडौँ, १० असार । वैशाख महिनाको आधा शुल्क मिनाहा गर्ने सहमति निजी विद्यालयले कार्यान्वयन नगरेको पाइएको भन्दै विद्यार्थी सङ्गठनहरुले आजदेखि आफैँ अनुगमन सुरु गरेका छन् ।  भूकम्पका कारण बन्द भएकाले एक महिनाको आधा शुल्क मिनाहा गर्ने यसअघिको सहमति कार्यान्वयन गराउन अनुगमन गर्न थालिएको नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।  शिक्षा विभागका पदाधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीको अनुगमन प्रभावकारी नभएको भन्दै विद्यार्थी सङ्गठनहरुले आफँै अनुगमन सुरु गरेको उहाँले बताउनुभयो । उहाँले प्याब्सन र एनप्याब्सनका पदाधिकारीहरुका ...

५५ विद्यार्थी पाँच शिक्षक

143521223855students.jpg
तुलसीपुर (दाङ), १० असार । सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्यामा निकै कम रहेको तुलसीपुर नगरपालिका–१० क्वाङीमा रहेको जनकल्याण प्राविले पुष्टि गरेको छ ।  विसं २०५७ मा स्थापना भएको सो विद्यालयमा अहिले ५५ जना मात्र अध्ययनरत छन् । तुलसीपुर नगरपालिकाले सो विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि रु एक लाख विद्यालयलाई प्रदान गरेको र सो रकमबापत के कति काम भएको छ भन्नेबारेमा बुधबार अनुगमनका क्रममा त्यहाँ पुग्दा विद्यार्थीको सङ्ख्या थाहा भएको हो ।  नगरपालिकाको सुगमठाउँ, बजारदेखि केही टाढा र चारैतिर घनाबस्ती र थारु समुदायको बाहुल्यता रहेको उक्त...

प्रवेशिका परीक्षामा भक्तपुर उत्कृष्ट, दुई सयभन्दा बढी विद्यालयको नतिजा शून्य

1435156776SLC.jpg
भक्तपुर, ८ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गरेको २०७१ सालको प्रवेशिका परीक्षाको नतिजामा भक्तपुर देशकै उत्कृष्ट जिल्ला भएको छ । परीक्षाको नतिजाअनुसार भक्तपुरले ८७.७४ प्रतिशत, मुस्ताङले ८७.५७, ललितपुरले ८६.३२ र काठमाडौँले ८५.९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिनुभयो । परीक्षामा देशभरबाट २२१ विद्यालयको नतिजा शून्य आएको छ । परीक्षामा सबभन्दा बढी अनिवार्य गणित विषयमा ७० हजार ५७ परीक्षार्थी अनुत्तीर्ण भएका छन् । त्यसपछि क्रमश ः विज्ञानमा ५६ हजार १०४, अङ्ग्रेजीमा २८ हजार ४० र सामाजिक...
1453145911obamacare.gif

प्रवेशिकामा उत्कृष्ट बनेका भावनाको डाक्टर बन्ने सपना

1435067066SLC.jpg
-कविन्द्र नेपाल बुटवल (खस्यौली), ८ असार । विद्यालय तहको पढाइमा अति नै मेहनती रुपन्देही तिलोत्तमा नगरपालिका मणिग्रामकी भावना अर्यालले डाक्टर बन्ने सपना बुन्नुभएको छ । रुपन्देहीको मणिग्रामस्थित शान्ति नमुना उच्च माविमा अध्ययन गर्नुभएकी भावना यस वर्षको एसएलसी परीक्षामा जिल्ला मात्रै होइन नेपाल मै उत्कृष्ट बनेको विद्यालयको दावीपछि उहाँको सपना बाहिर आएको हो । कक्षा ६ सम्म सोही स्थानमा रहेको निजी विद्यालय न्यू इन्भारमेन्ट उच्च माविमा अध्ययन गर्नुभएकी भावनाले एसएलसी परीक्षामा ९३।८७ प्रतिशत अङ्क ल्याउनुभएको छ । उहाँले उत्कृष्ट अङ्क ल्याएपछि विद्यालयले...

एसएलसीमा जुम्ला मध्यपश्चिमाञ्चलमै प्रथम

1434885543winnercup.jpg
जुम्ला, ६ असार । विसं २०७१ को एसएलसीमा जुम्ला जिल्ला मध्यपश्चिमाञ्चलमै प्रथम बनेको छ । मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने १५ वटा जिल्लामा जुम्ला प्रथम बनेको हो ।  विसं २०७१ साल चैत ६ गतेदेखि सुरु भएको एसएलसी परीक्षमा जुम्ला जिल्लाबाट नियमिततर्फ एक हजार ८९० जना र आंशिकतर्फ ५८९ जना परीक्षार्थी सहभागी भएका थिए । यसमा नियमिततर्फ एक हजार १३९ जना (६०.२६ प्रतिशत) उत्तीर्ण भएकामा नौ जना विशिष्ट श्रेणी, २७७ जना प्रथम, ८०५ जना द्वितीय र ४८ जना तृतीय श्रेणीमा उत्तीर्ण भएको जिल्ला शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो । जिशिअ भण्डारीका अनुसार...

काठमाडौँका निजी विद्यालयमा अनुगमन सुरु

1434884739Investigation.jpg
काठमाडौँ, ६ असार । निजी विद्यालयले गरेको शुल्क वृद्धिको सरकारी अधिकारी, विद्यार्थी नेता र अभिभावकसहितको टोलीले आजदेखि अनुगमन सुरु गरेको छ ।  पहिलो दिन आज काठमाडौँका विभिन्न निजी विद्यालयमा अनुगमन गरिएको छ । भोलिदेखि भक्तपुर, ललितपुरका साथै काठमाडौँ उपत्यका बाहिरका जिल्लामा समेत अनुगमन गरिने बताइएको छ ।  विद्यार्थी नेता युपी लामिछानेले विद्यालयमा शिक्षा निर्देशिका कार्यान्वयन भए÷नभएको, अनावश्यक शुल्क लिए÷नलिएको तथा विद्यार्थी सङ्गठनसँग भएका सहमति कार्यान्वयनलगायतका विषयको अनुमगन गरिएको बताउनुभयो ।  अनुगमनप्रति आशङ्का व्यक्त गर्दै उहाँले...
Advertisement

तीन विद्यालयको नतिजा शून्य

1434866252SLC (2).jpg
तुलसीपुर (दाङ), ६ असार । जिल्लाका तीन विद्यालयको प्रवेशिका परीक्षाको नतिजा शून्य भएको छ ।  सामुदायिक विद्यालयतर्फ अमेलिया मावि र उच्चमावि चैनपुर तथा संस्थागततर्फ घोराहीस्थित ज्योतपुञ्ज बोर्डिङका विद्यार्थी सबै अनुत्तीर्ण रहेको सहायक जिल्ला शिक्षा अधिकारी चेतनशील लम्सालले जानकारी दिनुभयो ।  जिल्लाका सामुदायिक विद्यालयको नजिता अत्यन्तै कमजोर देखिएको छ । सामुदायिक विद्यालयबाट १६ दशमलव ८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । संस्थागत विद्यालयबाट भने जिल्लाका ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । रासस ...

यस वर्षको एसएलसी परीक्षाफल सकारात्मक, अझ राम्रो बनाउन सकिन्छ – सरोकारवाला

1434817564SLC.jpg
काठमाडौँ, ५ असार । शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तित्वले गत वर्षको भन्दा यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल सकारात्मक मार्गमा उन्मुख बनेको उल्लेख गरेका छन् ।  शिक्षा पत्रकार सञ्जाल (इजोन) को आयोजनामा आज यहाँ आयोजित एसएलसी परीक्षाको परीक्षाफलको समीक्षा एवम् अन्तक्र्रिया कार्यक्रममा वक्ताले गत वर्षभन्दा यस वर्षको परीक्षाफल सकारात्मक देखिए पनि सन्तोष गर्ने अवस्था नआएकोमा जोड दिए ।  कार्यक्रममा परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले गत तीन वर्षयता परीक्षाफल क्रमिकरुपमा सुधार हुँदै गएको चर्चा गर्दै भन्नुभयो–“परीक्षाफललाई राम्रो बनाउन...
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement