युरोप

मोदीको बिरुद्ध बेलायतमा प्रदर्शन

1447367603london2.jpg
लन्डन, तीन दिने बेलायत भ्रमणमा आएका मोदीका विरुद्ध बेलायतस्थित मानवअधिकारवादी, भारतीय समुदाय आवद्ध संघसंस्थासमेत विरोधमा उत्रिएका छन् । भारतीय मूलका ब्रिटिस सिख, मुस्लिम र क्रिश्चिय समुदाय सोही स्थानमा छुट्टै प्रर्दशनमा सामेल छन् । उनीहरूले विगत केही हप्तादेखि मोदी नट वेलकमको नारासहित वेभसाइट तथा विभिन्न सामाजिक सञ्जालमार्फत् चर्को विरोध गर्दै आएका थिए । प्रदर्शनकारी मध्यका एक प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष रामशरण सिमखडाले स्वाधीन राज्यप्रति छिमेकी मुलुकको अत्याचारकाविरुद्ध विश्वब्यापी रूपमा आवाज उठेको प्रतिक्रिया दिए । प्रदर्शनीमा...

मोदी विरुद्ध बेलायतमा विरोध प्रदर्शन हुँदै

1447127607UK.jpg
बच्चुराम दहाल, लन्डन, ९ नोभेम्बर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको १२-१४ नोवेम्बेरमा हुन् लागेको बेलायत भ्रमणका अवसरमा नेपाली जन सम्पर्क समिति बेलायतले नेपाल बिरुद् गरिएको अघोषित नाकाबन्दीलाई विश्व समुदाय समक्ष पुराउने उद्देश्यले विशाल विरोध कार्यक्रम गर्न गइरहेको छ । नोभेम्बर १२ दिनको ठिक १२ बजे देखि बेलायती संसद भवन अगाडी, लण्डन -पार्लियामेन्ट इस्क्वायर, लण्डनमा जन सम्पर्क समितिले उक्त कार्यक्रम गर्न गइरहेको छ । सो विरोध कार्यक्रममा सहभागी भई मातृभूमि नेपालमा भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्न सम्पूर्ण बेलायतबासी नेपालीहरूलाई अनुरोध समेत...

भारतीय नाकाबन्दी विरुद्ध जेनेभामा प्रर्दशन

1446912655j2.jpg
विजय शर्मा दर्पण, स्विजरल्याण्ड २० कार्तिक - भारतले नेपालमाथि लगाएको नाकाबन्दीको विरोधमा स्वीटरल्याण्डको जेनेभास्थित राष्ट्रसंघीय कार्यालय अगाडी नेपालीहरूले विरोध सभा गरेका छन् । गत अप्रिल २५ र मे १२ का दिन आएका दुई ठुला भूकम्पबाट शोक र दुःखमा डुबेका नेपाल र नेपाली यो भयङ्कर विपत्तिबाट तंग्रिन नपाउँदै, गत सेप्टेम्बर २० देखि अप्रत्याशित रूपमा नेपाल विरुद्ध भारतले गरेको अन्यायपूर्ण नाकाबन्दीले नेपाली जनजीवन अस्तव्यस्त का साथै मानव अधिकारको हनन भएको जनाउदै बिहीबार दिउसो युरोपभरि छरिएर रहेका ६० भन्दा बढी नेपालीहरूले विरोध प्रर्दशन गरेका हुन्। विरोध सभामा...
1453145911obamacare.gif

मोदीको बेलायत भ्रमणका बेला नेपालीहरूले विरोध गर्ने

1446646235modi-london.jpg
क्यामरुन-मोदी भेटमा नाकाबन्दीलाई एजेन्डा बनाउन बेलायती सांसदको पत्र नबिन पोखरेल, लन्डन--कार्तिक १८, २०७२- बेलायती सांसद एवं सर्वदलीय संसदीय समितिका नेपाल हेर्ने अध्यक्ष वीरेन्द्र शर्माले आफ्ना प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपालको नाकाबन्दी समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका छन् । शर्माले क्यामरुनलाई एक पत्र पठाउँदै भारतीय समकक्षी नरेन्द्र मोदीसँगको आसन्न भेटका अवसरमा नेपालको अघोषित नाकाबन्दीलाई मुख्य एजेन्डा बनाएर समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदी तीन दिने बेलायत भ्रमणका लागि आगामी १२ नोभेम्बरका दिन लन्डन...

तीन नगरपालिका र ४३ गाविसमा युके समाजद्वारा स्ट्रेचर वितरण

1446350546nepali-samaj-uk.jpg
इलाम, १५ कात्तिक । अझै पनि बिरामीलाई अस्पतालसम्म पुरयाउन असहज रहेको भन्दै बेलायतमा रहेका इलामेहरूको संस्था इलाम समाज युकेले स्ट्रेचर प्रदान गरेको छ । जिल्लामा जन्मी हुर्किएर बेलायतमा कार्यरत नेपालीहरुको संस्था इलाम समाज युकेले जिल्लाका तीन नगरपालिका र ४३ गाविसलाई निःशुल्क स्ट्रेचर प्रदान गरेको हो । यहा“स्थित खेलकुद संस्थालाई पनि स्ट्रेचर प्रदान गरिएको छ । समाजले देउमाई नगरपालिकाअन्तर्गत धुसेनी र मङ्गलबारे तथा सूर्योदय नगरपालिकाअन्तर्गत पञ्चकन्या, फिक्कल र कन्यामलाई एक÷एक वटा स्टेचर प्रदान गरेको हो । जिल्लाभर अझै पनि यातायातको भरपर्दो व्यवस्था...

स्पेनको कोस्टाब्लान्कामा दसैँ कार्यक्रम सम्पन्न

1445868002spain2.jpg
प्रकाश तिवारी, बेनिडर्म स्पेन--स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको दसैँ विशेष कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। बिहीबार बेनिडर्म स्थित ४ तारे होटलमा सम्पन्न भएको कार्यक्रममा कोस्टाब्लान्काका विभिन्न ठाउँहरू तोरेभियजा, पेगो, जाबिया, डेनिया, मोराइरा, काल्पे, आल्तिया, आल्बिर र बेनिडर्म लगायतका ठाउँबाट आएका नेपालीहरूको व्यापक सहभागिता रहेको थियो। रातको करिब १० बजे तिर सुरु भएको कार्यक्रमको सुरुवातमा खाना खाने कार्यक्रम रहेको थियो र करिब डेढ घण्टामा सबैले खाना खाई सकेपछि रातको ११:३० बाट औपचारिक कार्यक्रमको आरम्भ गरिएको थियो।...
Advertisement

क्षेत्री समाज बेल्जियमले दसैँ मनायो

1445867940europe.jpg
बिष्णु सापकोटा, बेल्जियम--नेपालीहरूको महान् चाड बडा दसैँको उपलक्ष्यमा क्षेत्री समाज बेल्जियमको आयोजनामा गत बिहीबारका दिन लुभेन सहरमा अवस्थित रेष्टुरेन्ट डीएफसीको सभा हलमा दसैँ विशेष कार्यक्रम सम्पन्न भएको छ । विगतका बर्षहरु जस्तै यस वर्ष पनि दसैँ विशेष कार्यक्रमसँगै दसैँको टिका ग्रहण गर्ने कार्यक्रम समेत तय गरिएको थियो । नेपालमा रुपन्देहीको भैरहवा घर भई बेल्जियम केर्बेर्गेंन सहरमा बसोबास गर्नु हुने बाबुराम शर्माका पुज्यनीय बुवा वर्ष ८९ का श्री नन्द राम खनालको हातबाट उपस्थित महानुभावहरुले टिका ग्रहण तथा आशीर्वाद लिएका थिए । साथै अन्य उपस्थित ...

पोर्तुगाल एनआरएनमा नयाँ कार्य समिति चयन, निर्वाचन प्रक्रिया प्रति मंचको असन्तुस्टी

1439661236NRN-Portugal.jpg
पोर्तुगल, १५ अगस्ट / गैर आवासीय नेपालीहरुको छाता संस्थाको रुपमा रहेको गैर आवासीय नेपाली संघ, पोर्तुगलको १६ अगस्तमा हुने भनिएको निर्वाचन प्रक्रियामा बिबाद सृजना भएको छ l निर्वाचन समितिले अध्यक्षमा भिम केसी कमल, उपाध्यक्षमा क्रमश: राजन शेरचन, सुनिल संगम श्रेष्ठ, शम्भु गौतम, महासचिव सोमफुरी शेर्पा, सचिवमा क्रमश: धुर्ब प्रसाद सापकोटा, कृष्ण कंडेल, कोषाध्यक्ष रुपक श्रेष्ठ, युवा संयोजक प्रितम बहादुर गुरुङ, महिला प्रतिनिधि जयकला राई, सदस्यहरुमा धर्मराज अधिकारी, मणिराज सापकोटा, मुक्तिनारायण श्रेष्ठ, प्रजापति शर्मा, दौलतमान अधिकारी, प्रलाद कंडेल, राजेन्द्र अधिकारी, भगवती...

एनआरएन बेल्जियमद्वारा सदस्यता वितरण/नबिकरण तथा निर्वाचन कार्यालय उद्घाटन

1436363181belgium-1.jpg
विष्णु सापकोटा, बेल्जियम- गैर आवासीय नेपाली सङ्घ बेल्जियमको आगामी २३ अगष्टमा हुने अधिवेशन तथा निर्वाचन कार्यको लागी गत ०५ जुलाई आइतबारका दिन लुभेनको केशेलो सहरमा एक कार्यक्रमका बिच कार्यालयको उद्धघाटन गरिएको छ । एनआरएन ए बेल्जियमको अध्यक्ष प्रेम गुरुंगको सभापतित्वमा भएको उद्घाघटन कार्यक्रममा यूरोप संयोजक अर्जुन कुमार श्रेष्ठ, आईसीसी द्वय शिव कुमार बरुवाल तथा जानकी गुरुङ साथै नेपालबाट पाल्नु भएका नेपाली सेनाका मेजर राजेश सिह विशेष अतिथिको रूपमा रहेका थिए । समारोहमा एनआरएन बेल्जियमको आगामी पाचौ अधिवेशन अन्तर्गत सदस्यता वितरण कार्यमा सबै बेल्जियम बासी...
Advertisement

नेपाली लगानीमा बेल्जियममा होटल नेशनल

1435585499belgium.jpg
बेल्जियम, गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित बेल्जियमस्थित पीबीए गु्रुप र जापानको टीबीआई गु्रपको संयुक्त लगानीमा स्थापित होटल नेशनलको औपचारिक उद्घाटन भएको छ । बेल्जियमका उपप्रधानमन्त्री क्रिश पीटर्स, संसदका सदस्य नाहीमा लंगेरी तथा टीबीआईका अध्यक्ष भवन भट्टले एक भव्य समारोहवीच आन्त्रोपेनस्थित सो होटलको समुद्घाटन गर्नुभएको हो ।उद्घाटन समारोहमा उपप्रधानमन्त्री पीटर्सले बेल्जियमले सधैँ बाह्य लगानी प्रोत्साहित गर्दै आएको बताउँदै यसले मुलुकमा रोजगारी सिर्जना गर्नुका साथै आर्थिक वृद्धि र आन्तरिक प्रतिस्पर्धामा उल्लेखनीय योगदान पुगेको बताउनुभयो ।...
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement