स्वास्थ्य खबर

सिटामोल मात्र पाउँछन् जाजरकोट अस्पतालमा बिरामीले

1452139830medicine.jpg
जाजरकोट, २३ पुस । यहाँको जिल्ला अस्पताल जाजरकोट औषधिको चरम अभाव भएको छ । अस्पतालमा औषधि ढुवानीको नियमित काम समयमै हुन नसक्दा औषधिको चरम अभाव भएको हो । वर्षभरिको सबै औषधि समयमा ढुवानी गरिसक्नुपर्ने भए पनि अहिलेसम्म औषधि आपूर्ति नहुँदा अस्पतालमा भर्ना हुने र भर्ना नभएर उपचार लिन आउने सर्वसाधारण मर्कामा परेका छन् । सामान्य प्रकारको औषधि पनि अस्पतालमा पाउन नसकेको बिरामीको गुनासो छ । सरकारले स्वास्थ्य चौकीमा ७० प्रकारको र प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालमा १०० प्रकारको औषधि निःशुल्क दिने भने पनि यतिबेला जाजरकोट अस्पतालमा औषधिको चरम अभाव भएको हो । जिल्ला...

दु्रतमार्गबाट ४४ प्रकारका औषधि मात्र आउने

1452001965medicine.jpg
काठमाडौँ, २१ पुस । स्वास्थ्य मन्त्रालयले द्रुत मार्गबाट ४४ प्रकारका औषधि ल्याउने भएको छ । मन्त्रालयले ८४ प्रकारका औषधिका लागि टेन्डर आह्वान गरेको भए पनि ४४ प्रकारका मात्र औषधिको लागि टेन्डर परेपछि बाँकी औषधि अन्य विकल्पबाट ल्याउने तयारी भएको छ । भारतीय अघोषित नाकाबन्दी र तराईमा जारी मधेस आन्दोलनका कारण नेपालमा औषधिको अभाव भएपछि मन्त्रालयले द्रुतमार्गबाट औषधि ल्याउन टेन्डर आह्वान गरेको थियो । सोह्रवटा नेपाली तथा भारतीय कम्पनीले औषधि ल्याउनका लागि टेन्डर हाली छनोटमा परेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो...

बच्चामा एचआइभी सङ्क्रमण रोक्ने अभियान

1451540257HIV-AIDS.jpg
तिलोत्तमा (रुपन्देही), १६ पुस । एचआइभी सङ्क्रमित आमाबाट जन्मने बच्चामा एचआइभी सङ्क्रमण रोकथाम गर्न रुपन्देहीमा अभियान सुरु भएको छ । अभियान जिल्लामा तीन ठूला अस्पतालसहित १८ वटा बर्थिङ सेन्टर (बच्चा जन्माउने केन्द्र)मा सुरु भएको हो । यसैवर्षबाट सुरु भएको समुदायमा आधारित आमाबाट बच्चामा सर्ने एचआइभी एड्स रोकथाम कार्यक्रमको सेवा जिल्लाका १८ वटै बर्थिङ सेन्टरका साथै आम्दा अस्पताल बुटवल, देवदह मेडिकल कलेज देवदह र युसिएमएस भैरहवामा उपलब्ध हुने जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख टीकाराम अधिकारीले बताउनुभयो । राष्ट्रिय एड्स तथा यौन रोग निवारण...
1453145911obamacare.gif

बढी मूल्य नलिन औषधि व्यवसायीलाई सचेत

1451365918medicine.jpg
धुन्चे (रसुवा), १४ पुस । मानव जीवनसँग प्रत्यक्ष सरोकार रहेको औषधि बिक्री वितरणमा रसुवाका औषधि व्यवसायीले निर्धारितभन्दा बढी मूल्य लिनबाट सचेत गराइएको छ । औषधि व्यवस्था विभागबाट यहाँ आएको अनुगमन टोलीले औषधि पसलको निरीक्षण गर्दा केही पसलबाट तोकिएको मूल्यभन्दा बढीको नयाँ स्टिकर टाँसी औषधि बिक्री वितरण गरेको पाइएको हो । हिमाली क्षेत्र भएका कारण बढी मूल्य लिई औषधि बिक्री वितरण गर्ने व्यवसायीलाई तोकिएको मूल्यभन्दा बढी रकम नलिन पहिलो पटकलाई सचेत गराइएको अनुगमन टोलीका अगुवा फार्मेसी अधिकृत राम शर्मा पौडेलले बताउनुभयो । टोलीले बेत्रावती, कालिकास्थान, जिबजिबे,...

सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रको बैठक सुरु

1450448730saarc-AID.jpg
काठमाडौँ, ३ पुस । सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रको दुईदिने बैठक आजदेखि यहाँ सुरु भएको छ । श्रीलङ्काबाहेक सार्कका अन्य सदस्य राष्ट्रको उपस्थिति रहेको बैठकमा आगामी कार्यक्रमको खाका तयार गर्ने सम्बन्धमा छलफल केन्द्रित हुने बताइएको छ । अफगानिस्तानको अध्यक्षतामा भइरहेको बैठकमा क्षयरोग र एचआइभी ÷एड्सविरुद्ध कार्यक्रम बनाई पारित गरिने केन्द्रले जनाएको छ । ...

पैँतालीस करोडको औषधि रक्सौलमा थन्कियो

1450272336medicine.jpg
पर्सा, १ पुस । नेपालका लागि आयात गरिएका ७० ट्रक औषधि सिमापारी रक्सौलको लक्ष्मीपुरमा चार महिनादेखि थन्किएको छ । भारत सरकारले रिरुटिङको अनुमति दिएपनि ढुवानीका साधन उपलब्ध नभएको कारण रु ४५ करोड मूल्यभन्दा बढीको औषधि नाका पारी रक्सौलमै थन्किएको हो । मधेस केन्द्रित दलको बन्द हडताल र भारतले गर्दै आएको अघोषित नाकाबन्दीका कारण नेपालका लागि आयात गरिएको औषधि भित्र्याउन नपाएपछि हालसम्म रु एक करोड २५ लाख विलम्ब शुल्कबापत आयात कर्ताले तिरिसकेको नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश खण्डेलवालले जानकारी दिनुभयो । वीरगन्ज नाकाबाट भित्र्याउने औषधि नाका...
Advertisement

आँखामा आँसु नली बन्द भएमा घाउ नबनाई शल्यक्रिया हुने

1449934388eye.jpg
काठमाडौँ, २६ मङ्सिर । आँखामा आँसु नली बन्द भएमा गरिने उपचार प्लास्टिक शल्यक्रियासम्बन्धी दुईदिने कार्यशाला यहाँ सुरु भएको छ । तीलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा नयाँ प्रविधिबाट दक्ष जनशक्ति उत्पादन गर्नका लागि देशका विभिन्न स्थानका दश र प्रतिष्ठानकै आँखा चिकित्सक कार्यशालामा सहभागी छन् । लगातार आँसु आइरहने समस्याको बाहिरी घाउ नबनाई नाकभित्रबाट उपचार गरिने प्रविधिका बारेमा चिकित्सकलाई जानकारी दिनका लागि बुमरुनगार्ड इन्टरनेसनल अस्पताल थाइल्याण्डबाट डा नकावटसहितका चार सदस्य चिकित्सक काठमाडौँ आएको प्रतिष्ठानका आँखा विशेषज्ञ डा रोहित सैँजुले...

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना गतिविधि विस्तार गर्ने

1449586107meeting.jpg
काठमाडौँ, २२ मङ्सिर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना गतिविधि विस्तारका लागि आवश्यक नीति पारित गरी स्वास्थ्य मन्त्रालयमा पेस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सभाको सातौँ बैठकमा आर्थिक वर्ष २०७२÷७३ को योजनासहितको वार्षिक कार्यक्रम बजेट रु एक अरब ३८ करोड ५४ लाख ६४ हजार स्वीकृतिका लागि पेस गरिएको छ । साथै, प्रतिष्ठानको गत आव २०७०÷७१ लेखापरीक्षण र महालेखा परीक्षणको वार्षिक प्रतिवेदन २०७१ अनुसार समग्र बेरुजु फछ्र्यौट प्रगति ७९.३६ प्रतिशत रहेको वैठकमा जानकारी दिइयो...

एक महिनाभित्र औषधि खरिद गरिन्छ : स्वास्थ्य मन्त्री

1449464833ram-janam-chaudhari.jpg
चितवन, २१ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले औषधिको अभाव खड्किएको बताउँदै एक महिनाभित्र औषधि खरिद गरिसकिने बताउनुभएको छ । भरतपुरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले गोदामहरूमा बढीमा ४० दिनका लागिमात्रै औषधि भएकाले अब पनि ढिलो भए जीवन सुरक्षाका लागि अत्यावश्यक औषधिको अभाव हुने बताउनुभयो । उहाँले पुरानो खरिद प्रक्रियाबाट औषधि झिकाउन सम्भव नहुने भन्दै फास्टट्र्याकबाट औषधि खरिदका लागि कार्यविधि तयार भइसकेको उल्लेख गर्नुभयो । एक दुई दिनभित्र टेन्डर आह्वान गरिने भन्दै मन्त्री चौधरीले गुणस्तरप्राप्त नेपाली कम्पनीलाई प्राथमिकता...
Advertisement

नवलपरासीमा ४२ बालबालिका एचआइभी सङ्क्रमित

1449117555HIV-AIDS.jpg
परासी, १७ मङ्सिर । नवलपरासीमा ४२ जना एचआइभी सङ्क्रमित बालबालिकाको सङ्ख्या रहेको तथ्याङ्क सार्वजनिक भएको छ । त्यसमा २१ बालक र २१ बालिका रहेको जिल्लामा एचआइभी सङ्क्रमितको क्षेत्रमा काम गर्ने संस्था लुम्बिनी प्लसले जनाएको छ । नवलपरासीमा ४९४ जना एचआइभी सङ्क्रमितले आफ्नो पहिचान खुलाएर बाहिर आएको र त्यसमा २४३ पुरुष र २५१ महिला सङ्क्रमितको सङ्ख्या रहेको तथ्याङ्कमा उल्लेख छ । समाजको व्यवहारका कारण कैयौँ सङ्क्रमित अझै खुलेर बाहिर आउन नसकेको संस्थाकी अध्यक्ष निर्मला पौडेलले बताउनुभयो । सङ्क्रमितमध्ये २५४ जनाले जिल्लाभित्र र बाहिरबाट दैनिक रुपमा आयु लम्बाउने...

झापामा पाँच सय एचआइभी सङ्क्रमित

1448938923HIV-AIDS.jpg
काँकडभिट्टा (झापा), १५ मङ्सिर । झापामा एचआइभी सङ्क्रमित हुनेको सङ्ख्या ५०० पुगेको छ । जिल्लामा एचआइभीबाट सङ्क्रमित हुने पुरुष २९४ र महिला २०६ जना रहेको झापा जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयले विगत तीन वर्षयता जिल्लामा बर्सेनि औसत ५० जना सङ्क्रमित थपिने गरेको जनाएको छ । आव ०६८-६९ मा झापामा ४६ जना सङ्क्रमित थपिएका थिए । त्यसैगरी आव ०६९-७० मा ५५ जना, आव ०७०-७१ मा ६७ जना र आव ०७१-७२ मा ५८ जना सङ्क्रमित थपिएका थिए । विसं २०६४ यता झापामा एड्सबाट मृत्यु हुनेको सङ्ख्या ३१ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाकी अधिकृत निर्मला प्रजापतिले बताउनुभयो...

अत्यावश्यक औषधिको अभाव

1448465399medicine.jpg
लुम्बिनी (रुपन्देही), ९ मङ्सिर । भारतले गरेको अघोषित नाकाबन्दी र तराई÷मधेसको आनदोलनका कारण औषधिको आयात ठप्प हुँदा रुपन्देहीलगायत यस क्षेत्रमा अत्यावश्यक औषधिको चरम अभाव भएको छ । बन्दका कारण जिल्लामा ‘लाइफ सेभिङ इन्जेक्सन’को पूर्णरुपमा अभाव रहेको अस्पताल र औषधि व्यवसायी सङ्घले जनाएको छ । त्यसमध्ये मुटुसम्बन्धी, आइसियु तथा इमर्जेन्सीका लागि प्रयोग हुने एट्रोपिन, टोपामिन, विजेक्सिन, धेरापालिन, लोराजिपामलगायतका २० भन्दा बढी प्रकारका औषधि सकिइसकेका छन् । त्यस्तै एनएस स्लाइन जस्ता औषधिसमेत जिल्लामा छैनन । बजारमा अत्यावश्यक औषधिका साथै मनोरोगीका लागि...
Advertisement

औषधि हस्तान्तरण

1448377085Health-ministry.png
काठमाडौँ, ८ मङ्सिर । भारतीय नाकाबन्दीका कारण औषधिको अभाव सुरु भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई गैरआवासीय नेपाली सङ्घले रु ३७ लाख बराबरको औषधि हस्तान्तरण गरेको छ । स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई सङ्घका अध्यक्ष शेष घले आज यहाँ आयोजित कार्यक्रममा पहिलो चरणमा सो रकम बराबरको औषधि हस्तान्तरण गर्नुभयो । सो अवसरमा स्वास्थ्यमन्त्री चौधरीले सिङ्गो देश समस्यामा रहेका बेला संसारमा विभिन्न स्थानमा रहेका नेपालीले सहयोग गरेकोमा धन्यवाद दिँदै देशमा औषधिको अभाव हुन नदिने वताउनुभयो । उहाँले अहिले अन्य दातृ निकायबाट पनि औषधि ल्याउने पहल जारी रहेको र भारतीय...

औषधिका तीन सय गाडी नेपाली नाकामा

1447912670medicine.jpg
वीरगन्ज, ३ मङ्सिर । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज नजिकै भारतीय सीमामा सयौँको सङ्ख्यामा औषधि र औषधिजन्य कच्चा पदार्थ बोकेका मालबाहक गाडी थन्किएका छन् । औषधिको आयातमा आएको रोकावटका कारण यस क्षेत्रमा अत्यावश्यक औषधिको अभाव समेत हुन थालेको छ । भारतबाट औषधि र औषधिजन्य कच्चा पदार्थ लिएर वीरगन्ज नाकामा आइपुगेका मालबाहक गाडी मधेसकेन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाका जामका कारण गन्तव्यसम्म पुग्न नपाएपछि भारतीय सीमामा नै थन्किएका हुन् । औषधिको आयात हुन नसकेपछि अहिले शल्यक्रिया तथा मुटुरोगसम्बन्धी औषधिको अभाव सुरु भएको छ । शल्यक्रिया गर्दा...

नाकामा अड्किएका औषधि अन्य नाकाबाट नेपाल ल्याउने तयारी

1447774695medicine.jpg
कल्पना पौडेल काठमाडौँ, १ मङ्सिर । अधिकांश औषधि वीरगन्ज नाकामा अड्किएकाले त्यसलाई रानी र सुनौली भन्सार नाकाबाट नेपाल ल्याउने तयारी भइरहेको औषधि व्यवस्था सहजताका लागि बनेको सरकारी कार्यदलले जनाएको छ । दुई महिनादेखि जारी नाकाबन्दीका कारण औषधिका कच्चा पदार्थलगायत विभिन्न औषधि नाकामै रहेका कारण नेपालमा औषधिको अभाव भएको छ । कार्यदलले सामान्य अवस्थामा पनि अभाव हुने औषधिबाहेक अन्य औषधिको उपलब्धता रहेको कार्यदलका सदस्य तथा नेपाल औषधि उत्पादक सङ्घका उपाध्यक्ष दीपक दाहालले बताउनुभयो । बजारमा औषधिको अभावको हल्ला चले पनि केही औषधिबाहेक अन्य औषधिको अभाव भइनसकेको र...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement