स्वास्थ्य खबर

नाकामा अड्किएका औषधि अन्य नाकाबाट नेपाल ल्याउने तयारी

1447774695medicine.jpg
कल्पना पौडेल काठमाडौँ, १ मङ्सिर । अधिकांश औषधि वीरगन्ज नाकामा अड्किएकाले त्यसलाई रानी र सुनौली भन्सार नाकाबाट नेपाल ल्याउने तयारी भइरहेको औषधि व्यवस्था सहजताका लागि बनेको सरकारी कार्यदलले जनाएको छ । दुई महिनादेखि जारी नाकाबन्दीका कारण औषधिका कच्चा पदार्थलगायत विभिन्न औषधि नाकामै रहेका कारण नेपालमा औषधिको अभाव भएको छ । कार्यदलले सामान्य अवस्थामा पनि अभाव हुने औषधिबाहेक अन्य औषधिको उपलब्धता रहेको कार्यदलका सदस्य तथा नेपाल औषधि उत्पादक सङ्घका उपाध्यक्ष दीपक दाहालले बताउनुभयो । बजारमा औषधिको अभावको हल्ला चले पनि केही औषधिबाहेक अन्य औषधिको अभाव भइनसकेको र...

नाकाबन्दीका कारण औषधि अभाव, उपचारमा समस्या

1447681672medicine.jpg
दीपक घिमिरे लुम्बिनी (रुपन्देही), ३० कात्तिक । अघोषित नाकाबन्दीले औषधिको आयात ठप्प भएर यहाँ बिरामीको उपचारमा समस्या भएको छ । विगत तीन महिनादेखि तराईमा जारी मधेसी मोर्चाको आन्दोलन र भारतले लगाएको नाकाबन्दीले लुम्बिनी अञ्चललगायत देशभर अत्यावश्यक औषधिको अभाव देखिएको हो । नेपालका लागि आवश्यक औषधिमध्ये ६० प्रतिशत भारतबाट आउने गरेको छ । नेपाली बजारमा औषधिको अभाव भएपछि सीमावर्ती जिल्लाका अधिकांश बिरामी भारतीय बजार गएर औषधि किन्न बाध्य भएका छन् । नेपाल औषधि व्यवसायी सङ्घ लुम्बिनी अञ्चल शाखाले नाकाबन्दीका कारण औषधि पसल तथा अस्पतालमा औषधि अभाव हुन थालेको भन्दै...

इन्धन अभावको मारमा गर्भवती र सुत्केरी

1447680800Logo-for-news.jpg
कल्पना पौडेल काठमाडौँ, ३० कात्तिक । भारतले दुई महिनादेखि गरेको अघोषित नाकाबन्दीका कारण समयमा औषधि आपूर्ति हुन नसक्दा प्रसूति गृह थापाथलीमा औषधिको अभाव भएको छ । नाकाबन्दीका कारण इन्धन आपूर्ति नभएकाले शल्यक्रियाका लागि चाहिने औषधिको चरम अभाव भएको अस्पताल स्रोतले जनाएको छ । नाकाबन्दी अघि भन्दा बिरामीको सङ्ख्या कम भएकोले आजसम्म पुरानो औषधिले काम चलेको भए पनि अब औषधिको कमी अत्याधिक भएको अस्पताल प्रशासक अमरनाथ अमात्यले बताउनुभयो । “शल्यक्रियाका लागि चाहिने औषधिको निकै अभाव भएको छ, हामीलाई औषधि दिने कम्पनीले औषधि छैन भन्छ” उहाँले भन्नुभयो । अमात्यले...
1453145911obamacare.gif

‘अक्सिटोसिन’ इन्जेक्सन नहुँदा सुत्केरी हुने महिलालाई सास्ती

1447649791Oxytocin.jpg
कञ्चनपुर, ३० कात्तिक । शिशु जन्माउन मद्दत पुरयाउने ‘अक्सिटोसिन’ इन्जेक्सन नहँुदा कञ्चनपुरको शङ्करपुर गाविसमा रहेको स्वास्थ्य चौकीमा सुत्केरी हुन पुग्ने महिलालाई अप्ठेरो हुने गरेको छ । छ महिनादेखि स्वास्थ्य चौकीमा इन्जेक्सनको अभाव भएको हो । ढिलो गरी सुत्केरी हुने महिलालाई छिटो सुत्केरी गराउन सघाउनका लागि सो इन्जेक्सन प्रयोग हुने गरेको स्वास्थ्य चौकीका प्रमुख श्यामनारायण गुप्ताले बताउनुभयो । ढिलो गरी सुत्केरी हुने र सहजै सुत्केरी हुन नसक्ने महिलालाई सो इन्जेक्सनको प्रयोग गरी सहज रुपमा प्रशव गराउन सकिने हुन्छ । उहाँले भन्नुभयो, “इन्जेक्सन नै नभएपछि...

स्वास्थ्य स्वयम्सेविकालाई ‘मेडिक मोबाइल’

1447299846Health-ministry.png
बागलुङ, २६ कात्तिक । महिलालाई गुणस्तरीय सेवा दिन पहिलोपटक बागलुङमा ‘मेडिक मोबाइल’ मार्फत सेवा दिन थालेपछि मातृ मृत्युदरमा कमी आएको छ । नवजात शिशु मृत्यु दर कम र गुणस्तरीय सेवा दिने उद्देश्यका साथ नेपालमा नै नमुनाका रुपमा स्वास्थ्य सेवा सुरु गरेको हो । ‘मेडिक मोबाइल’’ लागू गरिएपछि महिला गर्भवती भएदेखि सुत्केरी नहुने जेलसम्म स्वास्थ्य सम्बन्धित अवस्था र स्वास्थ्य समस्याको समाधान गर्न स्वास्थ्य स्वायम्सेविकाले मोबाइलमार्फत जानकारी दिनेछन् । सबै क्षेत्रका गर्भवती महिलाको स्वास्थ्य प्रभावकारी बनाउन जिल्ला स्वास्थ्य कार्यालयले जिल्लामा रहेका...

नाकाबन्दीले गुल्मीमा पनि औषधि अभाव

1447250142medicine.jpg
तम्घास (गुल्मी), २५ कात्तिक । भारतीय नाकाबन्दीका कारण गुल्मीमा औषधिको अभाव देखिन थालेको छ । जनस्वाथ्य कार्यालय प्रमुख रामचन्द्र पाठकका अनुसार जिल्लामा जम्मा १० प्रकारका औषधिमात्र केही मात्रामा रहेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका स्वाथ्य चौकीमा समेत औषधिको मौज्दात रहेको छैन । जिल्ला अस्पताल तम्घासका चिकित्सक दीपा श्रेष्ठले नाकाबन्दीले गर्दा थुप्रै औषधिको अभाव भएको बताउनुभयो । “जिल्ला अस्पतालमा पाइने सबै प्रकारका औषधि त छँदै छैनन्,”–उहाँले भन्नुभयो, “आकस्मिक सेवाका औषधिको समेत अभाव देखिएको छ ।” उहाँले अहिले दुखाइ कम गर्ने सामान्य औषधिसहित...
Advertisement

गोरसबाट क्यान्सर जस्ता रोग नलाग्ने वैज्ञानिकबाट प्रमाणित

1447224647cow.jpg
पूर्णप्रसाद मिश्र काठमाडौँ, २५ कात्तिक । परम्परादेखि पाल्दै आएको स्थानीय जातका गाईको गोरसबाट क्यान्सरजस्ता भयानक रोग ठीक हुने तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएपछि नेपालमा गाईप्रतिको आकर्षण बढ्न थालेको छ । यसअघि स्थानीय गाईले कम दुध दिने भएकाले जर्सी गाई र भैँसी पाल्ने प्रचलन बढेको थियो । अमेरिका र युरोपेली देशमा स्थानीय गाईमाथि भएको वैज्ञानिक अनुसन्धानले क्यान्सर, क्षयरोग र मलेरिया रोग गोरसबाट निको भएको प्रमाणित गरेको हो । शास्त्रमा भनिएको पनि छ “शास्नादि मत्वंगोत्वं ककुद् वत्वं गोत्वं” अर्थात् जसमा माला र जुरो हुन्छ त्यो नै गाई हो । स्थानीय...

देशैभर औषधिको अभाव हुने सङ्केत

1447077198medicine.jpg
काठमाडौँ, २३ कात्तिक । नेपाल औषधि व्यवसायी सङ्घले अहिलेको असहज अवस्था कायमै रहे अबका केही दिनभित्रै राजधानीलगायत देशैभर औषधिको चरम अभाव हुने सङ्केत देखिएको जनाएको छ । सङ्घले आज एक विज्ञप्ति जारी गरी झन्डै तीन महिनादेखि तराई÷मधेसमा जारी आन्दोलन र डेढ महिनादेखिको अघोषित नाकाबन्दीले राजधानीलगायत देशभर अत्यावश्यक तथा जीवनरक्षक औषधिसमेत अभाव देखिएको जनाएको हो । औषधिको चरम अभाव सिर्जना हुँदासमेत सरोकारवालाको चासो पर्याप्त मात्रामा नदेखिएकामा सङ्घले आश्चर्य व्यक्त गरेको छ । व्यवसायीको एकल प्रयासले औषधि आपूर्ति, वितरण र उपलब्धतामा प्रभावकारी बनाउन कठिनाई...

तीनसय भन्दा बढी औषधि बोकेका ट्रक रक्सौलमा थन्काइए

1446906770Health-ministry.png
पर्सा, २१ कात्तिक । मधेस केन्द्रित दलले गरेको आन्दोलन तथा भारतले गरेको अघोषित नाकाबन्दीको कारण नेपालका लागि आयात गरिएका तीनसय ट्रकभन्दा बढी औषधि सीमास्थित भारतको रक्सौलमा थन्किएका छन् । वीरगन्जको मितेरी पुलमा मोर्चाका नेता कार्यकर्ताले गरेको धर्ना र अघोषित नाकाबन्दीका कारण नेपालका लागि आयात गरिएका तीनसयभन्दा बढी ट्रक औषधि र औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ विगत दुई महिनादेखि सीमाक्षेत्रमा थन्किएको हो । युद्धकालीन अवस्थामा समेत उपचार तथा औषधिलाई रोक्न नपाइने अन्तर्राष्ट्रिय कानुन भएपनि सो कानुनलाई उल्लङ्घन गर्दै भारतले नेपालका लागि आयात...
Advertisement

घेराबारीमा सेनाद्वारा सञ्चालित निःशुल्क शिविर सम्पन्न

1446785020Nepal-Army.jpg
सुरुङ्गा (झापा), २० कात्तिक । नेपाली सेना कालीबहादुर गण चारआली ब्यारेकद्वारा झापाको घेराबारीमा बिहीबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । बिएन्डसी मेडिकल कलेज, मेची आँखा अस्पताल, नेपाल रेडक्रस सोसाइटी झापा, जिल्ला जनस्वास्थ्य कार्यालय झापा, नेपाल रेडक्रस सोसाइटी घेराबारी र राजगढ, पथरिया, केचना गाविसको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । शिविरमा ३११ जनाको आँखा परीक्षण गरिएको थियो । जसमा ४२ जनामा मोतीबिन्दुको समस्या देखिएकाले निःशुल्क शल्यक्रियाका लागि मेची आँखा अस्पताल अनारमनी लगिएको नेत्ररोग विशेषज्ञ चिकित्सक मेमलाल राजवंशीले बताउनुभयो...

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

1446705374ambulance.jpg
दाङ, १९ कात्तिक । यहाँको स्वास्थ्य संस्थाले प्रसूति हुन आउने महिलालाई आउन जान निःशुल्क एम्बुलेन्स सेवालगायतका अन्य सेवा दिने गरेको छ । दाङको धनौरीमा रहेको स्वास्थ्य चौकीले नियमित गर्भवती जाँच गराउनुपर्छ तथा सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामै जानुपर्छ भन्ने उत्प्रेरणा जगाउन विभिन्न निःशुल्क सेवा दिने गरेको चौकीका इन्चार्ज वसन्त आचार्यले बताउनुभयो । त्यसैगरी संस्थाले गर्भवती जाँच गराउन आउने महिलालाई चार प्याकेट आयोडिनयुक्त नुन, सुत्केरी हुन आउने महिलालाई निःशुल्क खाजा, तीन र सात दिनमा स्वास्थ्यकर्मीद्वारा घरमै गएर सेवा दिने गरेको जनाएको छ ।...

दुई लाख बालबालिका भिटामिन ‘ए’ र जुकाको औषधि खानबाट वञ्चित

1446643863vitamin-A.jpg
जनकपुरधाम, १८ कात्तिक । लगातारको बन्द र हडतालका कारण धनुषा जिल्लामा यसवर्ष करिब दुई लाख बालबालिका भिटामिन ‘ए’ र जुकाको औषधि खानबाट वञ्चित भएका छन् । यही कात्तिक १७ र १८ गते सञ्चालन हुने भनिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम बन्द र हडतालका कारण प्रभावित हुन पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले जनाएको छ । बन्द र हडतालका कारण यातायात नचल्दा स्वास्थ्य चौकीमा औषधि पठाउन नसकिएको स्वीकार्दै प्रमुख जनस्वास्थ्य अधिकृत सचिदानन्द देवले स्थिति सामान्य भएपछि तिहारलगत्तै सो कार्यक्रम सञ्चालन गरिने छन् । औषधिको भण्डारण हेटाँैडा र पथलैयामा रहेकाले...
Advertisement

नियमित उपचारले एचआईभी सङ्क्रमित महिलाबाट जन्मने शिशु स्वस्थ

1446643750HIV-AIDS.jpg
कल्पना पौडेल काठमाडौँ, १८ कात्तिक । औषधिको नियमित प्रयोग गर्ने एचआईभी सङ्क्रमित गर्भवती महिलाबाट जन्मने नवजात शिशुमा सो रोग कम सरेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाको आव २०७१÷७२ को तथ्याङ्कअनुसार एक लाख ४४ हजार ७ गर्भवती महिलामा एचआईभी परीक्षण गरिएकामा ६८ मा सङ्क्रमण देखिएकामा भाइरस प्रतिरोधात्मक उपचारका कारण उनीहरुबाट जन्मेका शिशुमा सङ्क्रमण न्यून देखिएको हो । सन् २००४ बाट सुरु गरिएको (एन्टी रेट्रो भाइरस ट्रिटमेन्ट) एचआईभी सङ्क्रमण प्रतिरोधात्मक उपचारका कारण सङ्क्रमित गर्भवती महिलामा सकारात्मक प्रभावका कारण सङ्क्रमणितरहित शिशु जन्मने...

भिटामिन ‘ए’ खानआउने बालबालिकाको सङ्ख्या अत्यन्तै कम

काठमाडौँ, १७ कात्तिक । यातायातका साधन कम चलेका र विद्यालय सञ्चालन भएको दिन परेकाले भिटामिन ‘ए’ खान आउने बालबालिकाको सङ्ख्या अत्यन्तै कम भएको छ । यसभन्दा अघिको समयमा शुक्रबार र शनिबार गरी दुई दिन खुवाउँदै आएकोमा यो वर्ष विद्यालय सञ्चालन भएको दिन र इन्धन अभावका कारण यातायातका साधन कम चलेकाले भिटामिन खाने उमेर समूह ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको सङ्ख्यामा कमी आएको स्वयम्सेविकाले बताएका छन् । काठमाडौँ महानगरपालिका भित्र पर्ने ३५ वटा वडाका करिब एक लाख २० हजार बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि, बालभिटा र कुपोषण जाँच गर्नका लागि २८० वटा बुथ...

दाङमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै

1446515304Aids.jpg
दाङ, १७ कात्तिक । दाङमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पाँच वर्ष अघि १५८ जना सङ्क्रमित भेटिएकामा अहिले २७८ जनामा एचआइभीको सङ्क्रमण देखिएको छ । एचआइभी र एड्सको क्षेत्रमा काम गर्दै आएको दाङ प्लसका अनुसार वर्षैपिच्छे एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । आव ०७०÷७१ मा २५४ र आव ०७१÷७२ मा आइपुग्दा २७८ जनामा एचआइभीको सङ्क्रमण देखिएको दाङ प्लसका संयोजक प्रकाश नेपालीले जानकारी दिनुभयो । सङ्क्रमित खुल्दै जाँदा सङ्क्रमितको सङ्ख्या बढे पनि नयाँ सङ्क्रमितको सङ्ख्या भने घट्दै गएको उहाँको भनाइ छ । अहिलेसम्म ६७ जनाको मृत्यु भइसकेको संस्थाले जनाएको छ ।...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement