स्वास्थ्य खबर

सक्रियप्लसको निःशुल्क स्वास्थ्य सेवा

1446433790sibir.jpg
भुग्देउ, काभ्रे/जिल्लाको दक्षिणी भेगमा पर्ने महाङकालचौर भुग्देउमा वृहत् निः शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । जिल्लामा स्वास्थ क्षेत्रमा लामो समयदेखि क्रियाशील सक्रिय प्लस नेपालले सेभ द चिल्ड्रेन र राष्ट्रिय एचआइभी÷एडस् महासंघको सहयोगमा हिजो आयोजना गरेको शिविरमा उक्त गाविस र आसपास क्षेत्रका १ सय २८ भन्दा बढीले स्वास्थ्य सेवा लिएको संस्थाका कोषाध्यक्ष कमल बञ्जाराले जानकारी दिए । डाक्टर अर्जुन कार्की नेतृत्वको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेको कार्यक्रममा स्वास्थ्य परीक्षणसँगै निःशुल्क रुपमा औषधि लगायत वितरण गरिएको थियो ।   ...

भारतको अघोषित नाकाबन्दीले ठूला अस्पताल सञ्चालनमा समस्या

1446384672bir-hospital.jpg
भीष्मराज ओझा-कल्पना पौडेल काठमाडौँ, १५ कात्तिक । झन्डै एक महिनादेखि भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका कारण इन्धनलगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज हुन नसक्दा राजधानीका ठूला अस्पताल सञ्चालनमा समस्या देखिएको छ । नयाँ संविधानको निर्माणसँगै सीमाङ्कनमा असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलले तराई–मधेसमा थालेको आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीले मुलुकमा इन्धन, औषधि र अक्सिजनलगायत अत्यावश्यक सामग्रीको आपूर्तिमा कठिनाइ उत्पन्न भएको छ । अघोषित नाकाबन्दीले मुलुकमा अन्य क्षेत्रझँै स्वास्थ्य क्षेत्रमा पनि विकराल समस्या देखिएको छ । राजधानीका...

मोरङका स्वास्थ्य चौकीमा औषधि छैन, खोप सेवा पनि प्रभावित

1446350165Health-ministry.png
पथरी (मोरङ), १५ कात्तिक । विभिन्न रोग लाग्नबाट बचाउनका लागि जन्मेदेखि एक वर्ष मुनिका बालबालिकालाई दिइने नियमित खोप सेवा औषधि अभावका कारण प्रभावित भएको छ । मधेसी मोर्चाको निरन्तर बन्द, हडताल र भारतको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थ अभावका कारण खोप केन्द्रहरुमा समयमा औषधि नियमित पुग्न नसक्दा खोप सेवा प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका सूचना अधिकृत उत्सव पोखरेलले जानकारी दिनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा २५० बढी खोप केन्द्रबाट २१ हजार ८६० जना बालबालिकालाई बिसिजी, डिपिटी, हेपाटाइटिस बी, पिसिभी, आइपिबी, दादुरा रुबेला, जापानिज...
1453145911obamacare.gif

झापामा रगतको अभाव, अस्पताललाई शल्यक्रियामा समस्या

1446177733blood-sign.jpg
सुरुङ्गा (झापा), १३ कात्तिक । लामो समयदेखि तराईमा भइरहेको आन्दोलनका कारण झापामा रगतको अभाव भएको छ । रगतको अभावसँगै जिल्लामा सञ्चालित अस्पताललाई शल्यक्रियामा समेत समस्या हुने गरेको चिकित्सकले जनाएका छन् । तराई आन्दोलन र अहिले चार्डपर्वको समय भएका कारण पनि रक्तदान गर्ने मानिस नहुँदा जिल्लामा रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो । उहाँले अन्य समयमा जिल्लामा रहेका विभिन्न सामाजिक सङ्घ सङ्गठनले रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको र अहिले कुनै पनि सङ्घसंस्थाले रक्तदान कार्यक्रमको आयोजना नगरेका कारण रगतको चरम अभाव...

Meroराशिफल,कार्तिक ६-शुक्रबार

1445559645rasifal.jpg
वि.सं. २०७२ साल कात्तिक ६ गते। शुक्रबार। इश्वी सन् २०१५ अक्टोबर २३ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– एकादशी, २७:१५ बजेउप्रान्त द्वादशी। नक्षत्र– धनिष्ठा, ८:५० बजेउप्रान्त शतभिषा। योग– गण्ड, ११:५२ बजेउप्रान्त वृद्धि। करण– वणिज , १६:१९ बजेदेखि भद्रा, २७:१५ बजेउप्रान्त वव। आनन्दादिमा धाता योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:०९ बजे, सूर्यास्त– १७:२६ बजे र दिनमान २८ घडी १३ पला। पञ्चक। स्मार्तहरूको पापांकुशा एकादशी व्रत। अन्नपूर्ण यात्रा (असँचालँ)l      मेष - चु, चे, चो,...

इबोला निको भएको नौ महिनासम्म पुरुषको वीर्यमा भाइरस जीवितै रहने

14449130070bc9a5a49285ff55a047c6682f704fd6.jpg
असोज २८, इबोला संक्रमित पुरुषमा इबोला निको भएको नौ महिनासम्म भाइरस जीवितै रहने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार इबोला लागेका पुरुषको वीर्यमा भाइरस नौ महिनासम्म जीवितै भेटिएको हो । बेलायतको न्यु जर्नल अफ मेडिसिनको अनुसन्धान प्रतिवेदनमा इबोलाबाट संक्रमित पुरुषको वीर्यमा इबोलाको भाइरस नौ महिनासम्म जीवितै भेटिएको उल्लेख छ । अनुसन्धानकर्ताले इबोलाको संक्रमणपछि ठीक भएका सिएरा लियोनका ९३ जना पुरुषमा गरेको अनुसन्धानमा २६ प्रतिशत पुरुषको वीर्यमा ९ महिना पछि पनि इबोलाका भाइरस जीवितै भेटिएका हुन् । इबोला निको भएको ३ महिनापछि सबै पुरुषको वीर्यमा इबोलाको...
Advertisement

चिकित्सक केसी सातौँ पटक अनसनमा

1442720732KC.jpg
काठमाडौँ, ३ असोज । माथेमा प्रतिवेदन कार्यान्वयन नभएकोप्रति असन्तुष्टि जनाउँदै त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक डा गोविन्द केसीले हिजोदेखि पुनः आमरण अनसन सुरु गर्नुभएको छ । सरकारले आफूसँग गरेको सम्झौताको पूर्ण कार्यान्वयन नभएको भन्दै डा केसी सातौ पटक अनसन बस्नुभएको हो । चिकित्सा क्षेत्रको सुधारका लागि पटक–पटक अनसनरत डा केसीले छैटौँ पटकको अनसनपछि गत भदौ १९ गते सरकारसँग ११ बुँदे सहमति गरी अनसन तोड्नुभएको थियो । ...

‘स्क्रब टाइफस’ रोगबाट पूर्वमा चारजनाको मृत्यु, १६ जिल्लामा सतर्कता अपनाउन पत्राचार

1441973179scrab-tifask.jpg
धनकुटा, भदौ २५ । पूर्वका केही जिल्लामा पहिलो पटक ‘स्क्रब टाइफस’ नामक रोगको प्रकोप देखिएको छ । यो रोगको प्रकोपले पूर्वी नेपालका चार जिल्लामा केही दिनयता १२ वर्षसम्मका चार बालबालिकाको मृत्यु भइसकेको छ । स्क्रब टाइफस एक प्रकारको ज्वरो हो, जो मुसामा पाइने किराको लार्भाले फैलिन्छ । टाउको दुख्ने, ज्वरोआउने, जोर्नी दुख्ने यो रोगको प्रारम्भिक लक्षण हो । रोग बढ्दै गएपछि मृगौला, फोक्सो र मुटुमा संक्रमण बढ्ने र बिरामीको मृत्यु हुने चिकित्सकहरु बताउँछन् । पूर्वका १६ जिल्लामा सतर्कता अपनाउन सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचारसमेत गरिएको सरकारी...

Mero, राशिफल भाद्र -23,बुधवार

1441757615rasifal.jpg
  वि.सं. २०७२ साल भाद्र २३ गते ,बुधबार। इश्वी सन् २०१५ सेप्टेम्बर ९ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। भाद्रकृष्ण  पक्ष द्वादशी तिथि नेपाल संवत् ११३५ । (द्रव्यष्ट राशिफल ग्रहावस्थितिले प्रभावित हुने हुदा केही दिनकै फल मिल्न सक्छ।) ...
Advertisement

Mero, राशिफल भाद्र -22,मङ्गलवार

1441670576rasifal.jpg
  वि.सं. २०७२ साल भाद्र २२ गते ,मङ्गलबार। इश्वी सन् २०१५ सेप्टेम्बर ८ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। भाद्रकृष्ण  पक्ष दशमी तिथि नेपाल संवत् ११३५ दिल्लाथ्व। (द्रव्यष्ट राशिफल ग्रहावस्थितिले प्रभावित हुने हुदा केही दिनकै फल मिल्न सक्छ।) ...

हेपाटाइटिस बि: भ्रम र तथ्य

144137297503092015115301HBV-copy-600x0.jpg
 डा. अनन्त श्रेष्ठ,   भाद्र १७, २०७२- नेपालमा करिब साढे तीन लाख मानिस हेपाटाइटिस बिको जीवाणुबाट दिर्घकालिन रुपमा संक्रमित छन् । हेपाटाइटिस बि मुलत: कलेजोको रोग हो । धमिराले काठ खाए जस्तै यस रोगले कलेजोलाई बिस्तारै क्षति पुर्‍याउने गर्दछ । १५-२० वर्षसम्म यसै प्रकारले कलेजोमा नोक्सानी हुँदै गएमा कलेजोमा खतहरु बस्ने गर्छन र यो अवस्थालाई सिरोसिस भनिन्छ । हेपाटाइटिस बि कलेजोको क्यान्सरको पनि प्रमुख कारण हो सिरोसिस र क्यान्सर भइसकेपछि जब कलेजोले आफ्नो काम गर्ने क्षमता गुमाउँछ तब मात्र यसका लक्षणहरु देखा पर्दछन् । सुरुको अवस्थामा यस रोग लागेका व्यक्तिमा खासै...

‘हन्टा’ भाइरसले एक सातामै तीन बालबालिकाको मृत्यु, के हो हन्टा, कसरी लाग्छ रोग ?

1441371253virus.jpg
संखुवासभा, भदौ १८ । संखुवासभामा ‘हन्टा’ नामक भाइरसका कारण एक सातामा तीनजना बालबालिकाको मृत्यु भएको छ । हन्टा भाइरसका कारण धुपु–५ की ८ वर्षीया कल्पना सुवेदी, पावा खोलाका १३ वर्षीय दीपक राई र नुमका ४ वर्षीय नाम खुल्न नसकेका एक बालकको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर मदनकुमार उपाध्ययका अनुसार यो रोग संखुवासभा र भोजपुरमा देखा परेको छ । एक साता अगाडि धुपु गाविस ५ की ८ वर्षीया कल्पना सुवेदीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएपछि हन्टा भाइरस फैलिएको पत्ता लागेको उनले जानकारी दिए । बालिका...
Advertisement

रामेछापमा स्वाईनफ्लूको संक्रमण, सयौं विरामी

1441290411resizeimage-1.jpg
भदौ १७, रामेछाप ।  रामेछापमा स्वाईनफ्लूको संक्रमण भेटिएको छ । उच्च ज्वरो र रुघाखोकिका विरामी वढेपछि शंकास्पद बिरामीलाई रगत परिक्षणका लागि राजधानी स्थित टेकु अस्पतालमा पठाएकोमा २ जनामा स्वाईनफ्लूको संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । डेढ साता यता देखा परेको संक्रमणका कारण जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा सयौं शंकास्पद विरामी भर्ना भएका छन् । यद्यपीे हाल सम्म स्वाईनफ्लु भयावह अवस्थामा नदेखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  यसैबीच स्वाइनफ्लूका लागि दिईने औषधिको भण्डारण र प्रयोगबारे जिल्लाका चिकित्सकहरु...

सियरालियोनमा इबोलाको नयाँ संक्रमण फेला

1441198086resizeimage.jpg
भदौ १६, एजेन्सी । पश्चिम अफ्रिकी मुलुक सियरालियोनमा इबोलाको नयाँ संक्रमण देखा परेको छ । सियरा लियोनको उत्तरी क्षेत्रस्थित काम्बिया जिल्लमा हालै मृत्यु भएकी एक महिलामा इबोलाको संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । सियरालियोनले गत साता मात्र इबोला संक्रमित अन्तिम विरामीको सफल उपचारपछि खुसियाली मनाएको थियो । काम्बियास्थित ती महिलाको गाउँ सेलालाई छुट्टै निगरानीमा राखी अनुसन्धान अघि बढाउनेबारे नेसनल इबोला रेस्पोन्स सेन्टरले विचार गरिरहेको बीबीसीले जनाएको छ । करिव १ साता अघि अर्को अफ्रिकी मुलुक गिनीमा पनि इबोलाको नयाँ संक्रमण देखिएको थियो ।...

युवतीहरु यौनका कुरा गर्न निर्धक्क हुँदै

1440871441young-girl.jpg
राजाराम कार्की यौनका कुरा चल्दा लाजले भुतुक्कै हुने बसामाडीका किशोरी अहिले निर्धक्कसँग समाधानको गाँठो फुकाइदिन साथीसङ्गी वा आफन्तसँग आग्रह गर्ने गर्छन् । बसामाडी मकवानपुर जिल्लामा पर्छ । उमेर पुगेका युवती जो कोही पनि लजाउने गर्छन् यौनका कुरा गर्दा । तर, बसामाडीका युवती भने किशोरी जीवनमा आइपर्ने समस्या, अपनाउनुपर्ने सजगता र आफ्ना अधिकारलगायतका विषयमा खुलेर संवाद गर्न रुचाउन थालेका छन् । बसामाडीमा स्थापना गरिएको संवाद क्लब उनीहरुका लागि अहिले बरदान सावित भएको छ । समस्या पर्दा उनीहरु एकापसमा भेला भई यौनका बारेमा छलफल गर्छन् । शैक्षिक ज्ञान हासिल गर्छन् र...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement