स्वास्थ्य खबर

सरकारी प्रतिनिधिलाई डा. केसीले भने–उधारो सम्झौता हुन्न

1440595081images-10.jpg
काठमाडौं–चिकित्सा शिक्षा क्षेत्रको विकृतिविरुद्ध छैठौ पटक आमरण अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले यसपटक उधारो सम्झौतामा अनशन नछाड्ने बताएका छन्। अनशनबारे बुझ्न त्रिवि शिक्षण अस्पताल पुगेका सरकारी प्रतिनिधिसँग डा.केसीले यसपटक आफूलाई ढाँट्ने प्रयास नगर्न आग्रह गरे।सरकारले मलाई धेरै पटक बेवकुफ बनाउँन खोज्यो, सरकारी टोलीसँग उनले भने, 'यसपटक माग कार्यन्वन पछि मात्रै सम्झौता हुन्छ ।' उनले सरकारी टोली औपचारिकता पूरा गर्न मात्रै आएको छनक आफूले पाएको बताए । 'सरकारले लचिलो भएपनि मैले नमानेजस्तो देखाउन विना...

डा केसी छैटौँ पटक आमरण अनशनमा

1440469627KC.jpg
काठमाडौँ, ७ भदौ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक डा गोविन्द केसी छैटौँ पटक आजदेखि अस्पतालमा आमरण अनशन बस्नुभएको छ । समग्र चिकित्सा क्षेत्र सुधारका विभिन्न आठबुँदे मागसहित अपराह्न ४ बजेदेखि केसीले आमरण अनशन सुरु गर्नुभएका केसीको त्रिविलगायत सबै विश्वविद्यालय र प्रतिष्ठानमा दलीय भागबन्डा नभई वरिष्ठता र कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्ति गरिनुपर्नेलगायत माग छन् । त्यस्तै चिकित्सा कलेजको सम्बन्धन र सिट निर्धारणका लागि अनुगमनका बेला देखाइएको फर्जी बिरामी र नक्कली भौतिक पूर्वाधारको छानबिन गरिनुपर्ने, चिकित्सा विश्वविद्यालय...

किन बन्यो यो तस्बिर इन्टरनेटमा भाइरल ?

1440039007Bachha-picture.jpg
पछिल्लो समय आमाहरुले आफ्ना नानीबाबुलाई दुध चुसाएको तथा आफ्ना शरीरका स्तन देखाएको तस्बिरलाई सामाजिक सञ्जालमा सार्वजनिक गरी सम्प्रेण गर्ने कार्य सामान्य बनेको छ । तर, पछिल्लो पटक भने एउटा यस्तो तस्बिर सार्वजनिक भएको छ, जो इन्टनेटमा केही घन्टामा नै विश्वभर भाइरल बनेको छ । बच्चा जन्माउँदा शल्यक्रिया गर्दाको घाउको दाग, नवजात शिशु र महिलाको गुप्तांग समेत देखिने गरी खिचिएको यस तस्बिर सामाजिक संजालमा भाइरल बनेको हो । फोटोग्राफर हेलेन एलेरद्धारा खिचिएको यस श्याम श्वेत तस्बिरमा शल्यक्रिया गर्दा खेरी भएको घाउको खतले सांकेतकि रुपमा एक अज्ञात आमा र नवजात शिशुलाई...
1453145911obamacare.gif

८ वर्ष लामो अध्ययन पछि क्यान्सर विरुद्ध फल पत्ता लाग्यो.. के हो त त्यो फल ..? थाहा पाई राखौ.

1439817537lagaya.PNG
अष्ट्रेलिया-बैज्ञानिकहरुले अष्ट्रेलियामा क्यान्सर रोगका विरुद्ध अत्यन्तै हितकारी फल पत्ता लगाएका छन् । ब्रिस्बेन शहरस्थित ‘क्युआइएमआर’ बर्घोफर मेडिकल रिसर्च इन्स्टिच्युटका ग्लेन बोय्लेले नेतृत्व गरेका अनुसन्धानकर्ताहरुले यो कुरा पत्ता लगाएका हुन् । उनीहरुले यो फलका बारेमा भर्खरै ८ वर्ष लामो अध्ययन पुरा गरेका हुन् । शुदुर उत्तरी क्विन्स्ल्याण्डमा यो फल फल्ने गर्दछ । यसको प्रयोगले घाँटी, अनुहारको ट्युमर र छालाको क्यान्सरलाई पुरै नष्ट पार्दछ । ‘ब्लुसउड’ रुखमा यो फल फल्ने गर्दछ । यसको बैज्ञानिक नाम ‘हिल्याण्डीया डकरिली’ हो । यसलाई यहाँका...

पानीको अभावमा चर्पी प्रयोग हुन छाडे

1439524514toilet.jpg
ताप्लेजुङ, २९ साउन । खुल्ला दिसामुक्त घोषणा भएका ताप्लेजुङका धेरैजसो गाविसमा पानीकै अभावमा चर्पी प्रयोगविहीन पाइएका छन् । सन् २०१५ भित्रै यस जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानअनुसार हालसम्ममा २८ वटा गाविस खुला दिसामुक्त घोषणा भएकामध्ये धेरैजसो गाविसमा पानीको अभावका कारण चर्पी पूर्ण रुपमा प्रयोग हुन नसकेको स्थानीयवासीले बताएका छन् । जिल्लाको मामांखे, सुरुम्खिम, हाम्पाङ, फुलवारी, इखावु, फाकुम्वा, सावादेन, तेल्लोक, आंखोपलगायत गाविसका केही बस्तीमा पानीकै अभाव हुने गरेकाले चर्पी प्रयोगमा समस्या आएको हो । खेवाङका स्थानीयवासीले चर्पी बने पनि...

मुटु बाहिर भएको शिशु

1439300699images-1.jpg
सुरुङ्गा (झापा), २६ साउन । झापाकी एक गर्भवतीका पेटमा भएको शिशुको मुटु बाहिर देखापरेको छ ।  मेची अञ्चल अस्पताल भद्रपुरमा आज स्वास्थ्य परीक्षण गर्दा डाँगीबारी–८ की केरुङ थरकी २९ वर्षीया गर्भवतीको बच्चाको मुटु बाहिर देखिएको मेची अञ्चल अस्पताल भद्रपुरका रेडियोलोजिस्ट डा सञ्जयकुमार गुप्ताले जानकारी दिनुभयो । नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकी उनको भिडियो एक्सरे गर्दा शिशुको मुटु बाहिर रहेको र आन्द्रा पनि बाहिर तथा मेरुदन्ड नै उल्टो देखापरेको उहाँले बताउनुभयो ।  शिशुको इपिथेलियल टिस्यु विकासका क्रममा पूर्ण रुपमा विकास नहुँदा ग्यस्ट्रोकाइसिस...
Advertisement

उपचार गर्ने ठाउँ नहुँदा खुला आकासमुनि

1439280818jajarkot.jpg
जाजरकोट, २६ साउन । यहाँको एक दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा बिरामीको उपचार गर्ने ठाउँको अभाव हुँदा समस्या भएको छ ।  जिल्लाको मजकोट गाविसमा रहेको उपस्वास्थ्य चौकीमा पुरानो जीर्ण एककोठे भवनमा दैनिक उपचार गर्दा निकै अप्ठ्यारो भएको चौकीका प्रमुख सुनिल बज्राचार्यले बताउनुभयो ।  दैनिक दर्जनभन्दा बढी बिरामी आए पनि उपचार गर्न ठाउँको अभावमा निकै समस्या हुने गरेको छ । विसं २०६९ मा दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौताअनुसार फेन्स कन्स्टक्सन प्रालि गङ्गबू काठमाडाँैले रु पाँच करोडमा निर्माण कार्य थालेको भवन अहिले जग मात्र निर्माण गरी...

बालबालिकाका रगतमा सिसाको मात्रा

1438263689Health-ministry.png
काठमाडौँ, १४ साउन । काठमाडौँ उपत्यकाभित्रका तीन अस्पतालमा उपचारमा आएका छ महिनादेखि ३६ महिनाका ३१२ बालबालिकामा गरिएको अध्ययनमा उनीहरुको रगतमा सिसाको मात्रा भेटिएको छ । त्रिविवि शिक्षण अस्पताल महाराजगन्ज, पाटन अस्पताल पाटन र सिद्धि मेमोरियल अस्पताल भक्तपुरमा उपचारमा आएका बालबालिकाका रगतको नमुना परीक्षण गर्दा ९० प्रतिशत बालबालिकामा रासायनिक पदार्थ सिसाको मात्रा र ६० प्रतिशतमा उच्च मात्रा देखिएको तथ्याङ्क नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ सार्वजानिक गरेको छ । परिषद्का अनुसन्धानकर्ता डा मेघनाथ धिमाल नेतृत्वको टोलीले ती अस्पतालबाट १०४ का दरले...

बायोग्यासले महिलाको स्वास्थ्यमा फाइदा

इलाम, २३ असार । इलाम शान्तिडाँडा– ८ की बेदमाया बस्नेतलाई घरमा गोबरग्यास (बायो ग्यास) जडान भएपछि दाउराको जोहो गर्ने बाध्यता हटेको छ । घरमा गोबरग्यास जडान गरेसँगै बस्नेतलाई बारीको काम गर्दै खाना पकाउन पनि सजिलो भएको हो ।  गोबरग्यासले चारजनाको परिवारलाई चिया खाजा र बिहान बेलुकाको खाना पकाउन चुलोमा आगो बालिरहनुपर्ने झन्झटबाट मुक्ति मिलेको उनको अनुभव छ । गोबरग्यासबाट इन्धनको खपत हुने तथा स्वास्थ्यलाई समेत फाइदा पुग्ने भएपछि यतिबेला इलामका ग्रामीण क्षेत्रमा गोबरग्यासका प्रयोग कर्ता बढेका छन् ।  बस्नेत जस्तै अर्की गृहिणी अम्बिका कटुवाल पनि यतिबेला...
Advertisement

गोरखामा पखाला फैलियो, ४० जनाभन्दा बढी बिरामी

1436284402diarrhoea.jpg
गोरखा, २२ असार । उत्तरी गोरखाको उहिया गाविसका भूकम्पपीडित बस्तीमा पखाला रोग देखा परेको छ ।  उहियाका १, २ र ३ वडामा ४० जनाभन्दा बढी पखालाका बिरामी देखिएका छन् । भूकम्पले घर भत्केकाले गाउँले टहरामा बस्दै आएका थिए । चिसो र दूषित खानेपानीको कारणले बिरामी बढ्दै गएको स्थानीयवासी छिरिङ गुरुङले जानकारी दिनुभयो ।  “अधिकांश गाउँले बिरामी छन्” गुरुङले भन्नुभयो, “ज्वरो आउने, रुघाखोकी लाग्ने र पखाला लागेपछि भूकम्पपीडित गाउँले आत्तिएका छन् ।” गाउँमा रहेको स्वास्थ्य केन्द्रमा अहेव नभएकाले बिरामीले सामान्य उपचारसमेत नपाएको गुरुङले जानकारी दिनुभयो ।  जेठको...

आर्थिक अभावका कारण अस्पतालमा एकको निधन

1436267036hospital.png
महोत्तरी, २२ असार । महोत्तरीको जलेश्वर अस्पतालमा विगत १२ दिनदेखि उपचाररत विजलपुरा–३ का मदन राउतको आज बिहान निधन भएको छ ।  गत असार १० गते महोत्तरीको इटहर्वाकट्टी–७ मा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार गराइरहनुभएका राउतको आज बिहान ७ः३० बजे निधन भएको हो ।  जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रेको एवम् अन्यलाई बोलाउँदा आर्थिक समस्याका कारण उनलाई अन्यत्र पठाउन नसकेपछि निधन भएको जिल्ला अस्पताल स्रोतले जनाएको छ । बिरामीको टाउकोमा भएको घाउ गन्हाएको र उनी अचेत अवस्थामा रहेकोमा अस्पताल कर्मचारीले समेत केही हदसम्म हेला गरी सरसफाइमा गम्भीरता नदेखाएको...

एक सय उन्नाइस जनामा डेङ्गु

1436265160dengu.jpg
रत्ननगर (चितवन), २२ असार । चितवनमा यो आर्थिक वर्षको अहिलेसम्म ११९ जनामा डेङ्गु लागेको पुष्टि भएको छ ।  कुल एक हजार ६७८ को नमुना परीक्षणमा ११९ लाई डेङ्गु रोग लागेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले आज जानकारी दिनुभयो ।  उहाँका अनुसार वर्षा लागेपछि डेङ्गुका बिरामी बढ्ने गरेकाले चेतनामूलक कार्यक्रम सुरु गर्न लागिएको हो । प्राविधिकलाई प्रशिक्षण सम्पन्न भइसकेको र आजबाट भरतपुर क्षेत्रमा खोज र नष्ट गर अभियान सञ्चालन गर्न लागिएको केसीले बताउनुभयो । आजदेखि तीन दिनसम्म अभियान चलाइने छ ।  एडिस एजेप्टाई नामको सङ्क्रमित...
Advertisement

महिलामा पाठेघर खस्ने समस्या उच्च

1435891087image-1.jpg
जनकपुरधाम, १७ असार । सफाइको अभाव, सेवाको पहँुचको कमी, कलिलो उमेरमा विवाह बच्चा पाउनुलगायत कारणले धनुषामा पाठेघर खस्ने समस्या उच्च रहेको पाइएको छ ।  नेपाल परिवार नियोजन सङ्घको प्राविधिक सहयोगमा सञ्चालन भएको दुईदिने पाठेघरसम्बन्धी जाँच तथा क्यान्सरको उपचार कार्यक्रममा  ग्रामीण क्षेत्रका ६० प्रतिशत महिला सहभागी थिए । सो उपचारबाट ३६० महिला पाठेघरसम्बन्धी जाँच गराई स्वास्थ्य लाभ लिन सफल भएका छन् ।  तीमध्ये १० महिलाको पाठेघरमा क्यान्सर रोग पोजेटिभ देखिएकामा चार जनाको उपचार गरिएको थियो । उपचार गराउन आउने महिलामध्ये यौनकर्मी महिलामा पाठेघरको क्यान्सर बढी...

निःशुल्क औषधिहरू महँगो मूल्यमा बिक्रि, निशुल्क वितरण गर्न सर्वोच्चको अन्तरिम आदेश

1435768756medicines.jpg
काठमाडौँ, १६ असार । सबै अस्पतालहरु आफैंले फार्मेसी सेवा सञ्चालन गरी सरकारले निःशुल्क भनी घोषणा गरिएका औषधिहरू निःशुल्क वितरणको व्यवस्था मिलाउन सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य विभागको नाममा आज अन्तरिम आदेश दिएको छ ।  सर्वोच्च अदालतका न्यायाधीशद्वय वैधनाथ उपाध्याय र दीपकराज जोशीको संयुक्त इजलासले सरकारले निःशुल्क भनी घोषणा गरिएको ७० प्रतिशत औषधि निःशुल्क वितरणको व्यवस्था गर्नु गराउनु भनी सो आदेश दिएको हो ।  राष्ट्रिय स्वास्थ्य नीति २०७१ र अस्पताल फार्मेसी सेवा निर्देशिका २०७० मा निःशुल्करुपमा वितरण गर्ने व्यवस्था...

अस्पतालले नै फार्मेसी सञ्चालन गरी निःशुल्क भनिएको औषधि दिन सर्वोच्चको आदेश

1435507194medicines.jpg
काठमाडौँ, १३ असार । सर्वोच्च अदालतले अस्पतालमा आफैँले फार्मेसी सेवा सञ्चालन गरी निःशुल्क दिने भनेर घोषणा गरिएका औषधि वितरणको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागका नाममा अन्तरिम आदेश दिएको छ ।  अदालतका न्यायाधीशद्वय वैद्यनाथ उपाध्याय र दीपकराज जोशीको संयुक्त इजलासले सबै अस्पतालमा आफैले फार्मेसी सेवा सञ्चालन गरी निःशुल्क भनिएका औषधि पनि वितरण गर्न आदेश दिएको हो ।  निःशुल्क रुपमा पाउने भनेर सरकारले घोषणा गरेका औषधि पनि नपाएर उपभोक्ता मारमा परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement