राष्ट्रिय

विदेशमा रहेका कामदारको मतदानको अधिकारको विषयमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश

1493888038Supreme-Court-1.jpg
काठमाडौं, २१ वैशाख - वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपाली कामदारहरुको मतदानको हक सुनिश्चित गर्न र सोको लागि मुलुकबाहिरबाट समेत मतदान गर्न सक्ने गरी कानूनी व्यवस्था गर्नु पर्ने लगायतको माग लिएर सामाजिक न्यायको लागि परेको रिट निवेदनमाथि सुनुवाईपछि न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सो रिटमा बिहीवार विपक्षीको नाममा कारण देखाऊको आदेश गरेको छ l  कानुन तथा नीति नियम मञ्चले सर्वोच्च अदालतमा वैशाख १४ गते रिट निवेदन दायर गरेको थियो l नेपाली नागरिकको मतदान गर्न पाउने अधिकार अन्तर्गत मतदान गर्न पाउने अवसरको अधिकार समेत अन्तरनिहित रहेको हुने र...

जेलभित्रै फक्रियो प्रेम, छुटेकै दिन विवाह

14938868551493869104prem1.jpg
इलाम । कमलीले डेढ बर्ष अघि आफ्ना पति चिया मजुदर विश्वेश्वर चापागाईलाई छोडेर अर्कैकी भएपछि चापागाई एकल पुरुष बने । सन्तानका नाममा मात्र एक जना ७ बर्षकी सानी छोरी इन्दिरालाई कमलीले छोडेर गएपछि इन्दिरा वेस्याहार हुन पुगिन् । विश्वेश्वरको खानु लाउनुको टुङ्गो त थिएन नै नावालिका इन्दिराको हाल झनै दयनीय । छोरीलाई आमाको ममताको खाँचो भएको विश्वेश्वरले महसुस गर्दै थिए, उसै बेला जीवनको रथ चलाउन सारथीको अभाव पनि खड्किदै थियो । संयोगबस विश्वेश्वर इलाम कारागार पुग्दा महिला कक्षमा थुनिएकी हिमा बस्नेतसँग उनको भेट भयो । जघन्य अपराधको सजाय काटिरहेकी हिमासँग सामान्य...

विश्व प्रेस स्वतन्त्रता दिवसः प्रेस माथिको आक्रमण अझै रोकिएन

14937993851493783393pressday1.jpg
काठमाडौं । आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर विविध कार्यक्रम गरी मनाईंदैछ । नेपालमा पनि विभिन्न कार्यक्रमहरु भइरहेका छन् । सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि प्रत्येक वर्ष युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको हो । यस वर्ष दिगो विकास लक्ष्य हासिल गर्न स्वतन्त्र र गुणस्तरीय मिडियाको विकासलाई केन्द्रित गरी अभिव्यक्ति स्वतन्त्रता, सबैका लागि न्याय, कानुनको शासन, शान्ति र समावेशीताबीचको सम्बन्धलाई उजागर गरी मनाईंदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाईंदै छ ।...
1453145911obamacare.gif

चार महानगरपालिकासहित २ सय ८३ तहमा उम्मेदवारी दर्ता गरिदैं

14937076311493693418ele.jpg
काठमाडौं, बैशाख १९ । स्थानीय तहको निर्वाचनअन्तर्गत पहिलो चरणका लागि आज(मंगलबार) उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले आज १० बजेदेखि ५ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको छ । दलहरुले अधिकांश स्थानीय तहमा उम्मेदवारसमेत टुंग्याइसकेका छन् भने बाँकीको आजै टुंगो लगाएर दर्ता गर्ने तयारी गरेका छन् । देशभरका कूल ७  सय ४४ स्थानीय तहमध्ये पहिलो चरणमा वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । बाँकी ४ प्रदेशमा स्थानीय तहमा दोस्रो चरणमा अर्थात् आगामी जेठ ३१ गते निर्वाचन हुने छ । दोस्रो चरणका लागि...

राष्ट्रपतिसँग प्रधानमन्त्रीको बचनः चुनाव कुनै हालतमा रोकिन्न

14936267281493620514mmma.jpg
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा भेटेर छलफल गरेका छन् । भेटमा प्रधानमन्त्री दाहालले पछिल्ला घटनाक्रमका कारण स्थानीय तहको निर्वाचन प्रभावित नहुने समेत बताए । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार भएको भेटवार्तामा उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको निर्वाचन र प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोगका विषयमा छलफल भएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचन र प्रधानन्यायाधीशको महाअभियोगका विषयमा जिज्ञासा राखेकी थिइन् । जवाफमा...

अहेबको जागिर लगाइदिन्छु भन्दै घुस लिने अस्पतालका नासु पक्राउ

14936237941493607246ghus-chor-phata.jpeg
खोटाङ । अहेबको जागिर लगाइदिन्छु भन्दै घुस लिने जिल्ला अस्पताल खोटाङका नायब सुब्बा पक्राउ परेका छन्।अस्थायी करारमा अहेबको जागिर खान फारम भरेका १३ जना आवेदकबाट प्रतिव्यक्ति रु ३५ हजारका दरले घुस लिने अस्पतालका नायब सुब्बा केदारनाथ खनाल आइतबार पक्राउ परेका हुन्। अस्पताल परिसरबाटै पक्राउ परेका नासु खनाललाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रशासनमा बुझाएको छ । खनालले आवेदकबाट आफूले घुस लिएको स्वीकार गर्दै तत्काल सावाब्याज फिर्ता दिने बताएका छन्। पक्राउ परेका खनालका बारेमा थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी...
Advertisement

अन्तर्राष्ट्रिय श्रमिक दिवस भब्य रुपमा मनाईंदै

14936190391493609503International-labour-Day.jpg
काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवस सोमबार विभिन्न कार्यक्रमका साथ मनाईंदै छ । १ सय २८ औं दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तरक्रिया, चेतनामूलक र्‍याली जस्ता कार्यक्रम आयोजना गर्दैछन् । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिन श्रमिक दिवस मनाइन्छ । सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्‍यो । प्रहरीको गोली लागि सात जना मजदुरको...

दाइजोको निहुँमा प्रियंकालाई घरभित्रै थुनेर यातना

14933655241493344147priyanka-yadav.jpg
काठमाडौँ । सिरहा गोलबजार–६  डेहोटियाकी २२ वर्षीया प्रियंका यादवलाई पति, सासु र ससुरा मिलेर कुटपिट गरेका छन्। पति दुर्गा यादव, ससुरा हरिनारायण र सासु अमृतिले तीन दिनसम्म घरभित्र थुनी मुखमा कपडा कोचेर कुटपिट गर्दै यातना दिएपछि बेहोस प्रियंकालाई छिमेकीले उद्दार गरी मंगलबार स्थानीय भूमिजा अस्पतालमा उपचारका लागि पुर्‍याएका थिए।  कुटपीटबाट प्रियंकाको शरीरको विभिन्न भागमा निलडामसहित चोट लागेको र पेटमा गहिरो दख्खल परेको अस्पतालले जनाएको छ । होस खुलेपछि प्रियंकाले परिवारको मिलेमतोमा पति दुर्गाले तीनदिनदेखि कुटपिट गरेको सुनाइन् । वैशाख ९ गतेदेखि घरभित्रै...

नेपालमा अझै ठूलो भूकम्प जानसक्ने अध्ययन सार्बजनिक

14933637961493362982gggg.jpg
काठमाडौं । नेपालमा ठूलो जनधनको क्षति हुनेगरी भूकम्प जाने खतरा अझै रहेको एक अध्ययनले देखाएको छ । बिहिवार साँझ बीबीसी नेपाली सेवाले तयार पारेको रिपोर्टनुसार जापानी विज्ञसहितले गरेको अध्ययनले सन् २०१६ देखि सन् २०३० सम्ममा करिब ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने उल्लेख छ । बीबीसी रिपोर्टअनुसार झण्डै पौने तीन लाख घर ध्वस्त हुने बताइएको छ । रिपोर्टका अनुसार भवन संहिता पालना गर्दै सुरक्षित भौतिक संरचना बनाउन आवश्यक रहेको बताइएको छ । विज्ञहरुलाई भूकम्पिय प्रवृतिको आधारमा चार खण्डमा विभाजन गरेका छन् । महाकालीदेखि कालीगण्डकी र मस्र्याङदीदेखि...
Advertisement

अरुण नदी थुनिंदा ८० परिवार जोखिममा, सप्तकोशीमा त्रास

14927708791492760514aruuun.jpg
काठमाडौं । संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ । अरुण नदी थुनिएपछि ३ किलोमिटर बाँध बनेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुण नदीलाई छेकेको हो । त्यस क्षेत्रका ८० परिवार जोखिममा परेका छन् । उद्धारका लागि हेदांनाबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा २२ र हटियागोलाका १३ जना प्रहरी घटनास्थल पुगिसकेका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दूरीमा पर्दछ । प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार त्यस क्षेत्रमा नेपाली सेना पनि खटिएका छन् । अरुण नदी छेउछाउका...

विदेश हिँडेका युवाको दुर्घटनामा मृत्यु, छोराको कमाइले साहुको ऋण तिर्ने आमाको सपना अधुरै

14927589041492740551accident.jpg
सिन्धुली । छोराले विदेशबाट पैसा कमाएर ल्याउला अनि दुःखका दिन सकिएला भन्ने ठानेका बालाबखर ८ धनुषाका रामबुझाम मण्डलको सपना अधुरै रह्यो। छोराले दुःख गरेर भए पनि पैसा कमाएर ल्याउला र साहुको ऋण तिरौंला भनेर वैदेशिक रोजगारीका लागि विदाइ गरिएको छोराको दुई दिनमै शव देखेपछि मण्डलको सपना मात्र अधुरो रहेन, सदाका लागि काख नै रित्तियो। उनको बुढेसकालाको सहारा नै गुम्यो।   मलेसिया हिँडेका बालाबखर ८ धनुषाका सरोजकुमार मण्डलको बुधबार बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ पीपल भन्ञ्याङमा भएको बलेरो दुर्घटनामा मृत्यु भएपछि मण्डल परिवारमा यस्तो बज्रपात...

म्यादी पुलिसले ५५ दिनमा कति कमाउँछन् ?

14927581361492743561bidhaya.jpg
काठमाडौं, ८ वैशाख । सरकारले निर्वाचनका लागि खटिने म्यादी प्रहरीको सेवा सुविधा निर्धारण गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । उनीहरुले पोशाक भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पाउँनेछन् । राजधानी दैनिकले समाचार छापेको छ । गतबर्ष पोशाक नपाएको भन्दै म्यादी प्रहरीले गुनासो गरेपछि पोशाक बराबर सो रकम दिने निर्णय गरेको हो । यस पटक अघिल्लो निर्वाचनमा जस्तो सरकारले पोशाक सिलाएर दिने छैन । गृह मन्त्रालयले तोकिदिएको मापदण्ड अनुसार म्यादी प्रहरीले आफै पोशाक...
Advertisement

५५ घरलाई एउटै शौचालय

14927561591492746546toilets.jpg
काठमाडौं – गत बर्षको भूकम्पले सिन्धुपाल्चोक, तल्लो माझीगाउँका श्रीमान माझीको घर भत्कियो । घरविहीन भएपछि उनी बारीको कान्ला, बोराले बारेको छाप्रो हुँदै अहिले टिनको टहरमा बस्छन् । यो सिंगो सिन्धुपाल्चोकको कथा व्यथा हो । माझीगाउँलाई टाउको लुकाउने छत र दुई छाक जुटाउन जति गाह्रो छ, त्यो भन्दा बढी गाह्रो छ दिसापिसाब व्यवस्थापन । भूकम्पले घरसँगै शौचालय पनि भत्किएपछि माझीगाउँले खुल्ला ठाउँमा दिसापिसाब गर्न बाध्य भए । यो खबर आजको कान्तिपुरमा छ ।   ...

एकाबिहानैदेखि महोत्तरीमा भारी वर्षा, लाखौँको क्षति

14926712111492662468rainfall.JPG
गौशाला, ७ वैशाख । महोत्तरी जिल्लामा आज बिहान ३ बजेदेखि भारी वर्षा भएको छ । तीव्र हावाहुरीसँगै भएको भारी वर्षाका कारण जिल्लाका विभिन्न गाउँ ठाउँमा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ । हावाहुरी र वर्षाका कारण दर्जनौँ घरको छाना उडाएको छ भने कतिको घर, गोठ, पसलसमेत भत्काइएको पीडितले बताएका छन् । त्यस्तै, किसानले भित्र्याउनका लागि खेतमा काटी राखेको गहुँ र तेलहन बाली भिजाएर बर्बाद बनाएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको सयौँ हेक्टर जग्गामा लगाइएको तरकारीबाली पनि हावाहुरी र वर्षाले नष्ट बनाएको किसानले बताएका छन्...

स्काउट, राजनीति र समाजसेवामा आजीवन समर्पित रहने छु : तीर्थराज न्यौपाने

1492611672t1.jpg
लमजुङको दुराडाँडामा विसं २००३ सालमा जन्मिएका शिक्षासेवी, राजनीतिज्ञ र समाजसेवी तीर्थराज न्यौपाने पूर्वी चितवनको रत्ननगर–१२, घेघौलीका स्थायी बासिन्दा हुन् । जीवनको उत्तराद्र्धमा पनि समाजसेवामा उत्तिकैै सक्रिय रहेका उनी विभिन्न संघसंस्थामा आवद्ध छन् । उनको सक्रियता युवाका लागि लोभलाग्दोमात्रै छैन, प्रेरणा प्रदान गर्ने खालको पनि छ । उनको नामसँगै जोडिएर आउने पर्यायवाची संस्था हो– नेपाल स्काउट । उनी स्काउट चितवनका आयुक्त हुन् । साउथ एसियन चिल्ड्रन फोरम सार्कका सल्लाहकार सदस्य, अन्तर्राष्ट्रिय स्काउट एण्ड गाइड फेलोसिप–नेपालका उपाध्यक्ष एवम् साउथ युथ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement