राष्ट्रिय

काभ्रेपलाञ्चोकमा धमाधम घर भत्काइँदै

1434970842demolition.jpg
बनेपा, ७ असार । काभ्रेपलाञ्चोकमा भूकम्पबाट क्षति भई बस्न अयोग्य भएका घर धमाधम स्थानीय निकायको स्वीकृतिमा भत्काउन थालिएको छ ।  सम्बन्धित गाविस वा नगरपालिकामा निवेदन दिने र व्यक्ति स्वयम्ले आफँै भत्काउने काम गर्नुपर्ने काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले भन्नुभयो ।  अहिलेसम्म कति घर भत्काइएको छ भन्ने तथ्याङ्क नआए पनि क्षतिग्रस्त अधिकांश घर व्यक्तिहरुले भत्काउन थालेको स्थानीय विकास अधिकारी तिम्सिनाको भनाइ छ । जिल्लाको खास गरी बनेपा, धुलिखेल, काशीखण्ड, पाँचखाल नगरपालिका र विभिन्न गाविसमा घरधनीले नै पूर्णरुपमा क्षतिग्रस्त घर...

खड्काका परिवारलाई राहत आस्वासनमै समित

1434970204merosamachar.jpg
कालीकोट, ७ असार । राजनीतिक घटनाक्रममा दोहोरो झडपमा परी ज्यान गुमाएका स्युना गाविसका खड्क दर्जीका आफन्तले आठ वर्षसम्म राहत नपाएको भन्दै विरोध जनाएका छन् ।  राजनीतिक द्वन्द्वका कारण मृत्यु भएको आठ वर्ष बितिसक्दा पनि आफूले राहत नभएको भन्दै मृतकका आफन्तले विरोध जनाउँदै राहतका लागि पहल गरिदिन अनुरोध गरेका छ ।  खडक दर्जीका बुबा श्रीमाने दर्जीले छोराको ज्यान जाने समयमा राहतको आश्वासन दिएका सबै राजनीतिक दलमध्ये अहिले कसैले पनि पहल नगरेको भन्दै दुःख व्यक्त गरेका छन् ।  विसं २०६४ चैत २६ गते राजनीतिक दलका कार्यकर्ताहरुको एकापसको झडपका क्रममा मान्म गाविसको...

फिल्ड भत्ता नपाउँदा स्वास्थ्यकर्मी मारमा, काम कारवाही बन्द

1434970007doctor-vector-269316.jpg
जुम्ला, ७ असार । आफूहरुले १६ दिनभन्दा बढी दिन फिल्डमा काम गर्दा पनि फिल्ड भत्ता नपाएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय जुम्लामा कार्यरत ४९ जना स्वास्थ्यकर्मीको टोलीले काम कारबाही ठप्प पारेका छन् ।  काम कारबाही बन्द गरेका स्वास्थ्यकर्मीले प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलसँग भेट गरी १६ दिनभन्दा माथि फिल्डमा काम गरेबापत फिल्ड भत्ता पाउने नियम भए पनि सो नियम आफूहरुका लागि लागू नभएको बताए ।  प्रमुख जिल्ला अधिकारी पौडेलले कर्मचारीले प्राप्त गर्ने सेवा सुविधाका लागि आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने बताउनुभयो । रासस  ...
1453145911obamacare.gif

पुनःनिर्माण प्राधिकरणमा वातावरण विज्ञलाई समावेश गर्न निर्देशन

1434969600merokhabar.jpg
काठमाडौँ, ७ असार । संसद्को वातावरण संरक्षण समितिले पुनःनिर्माणका लागि सरकारले गठन गरेको प्राधिकरणमा वातावरण विज्ञलाई समावेश गर्न निर्देशन दिएको छ ।  समितिको आजको बैठकमा भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणका क्रममा वातावरणीय ऐन नियमलाई निलम्बन गर्न नहुनेमा समेत सभासद्हरुले जोड दिनुभएको छ ।  समितिका सभापति जनकराज चौधरीले पुनःनिर्माणका क्रममा वातावरणमा असन्तुलन हुने काम गर्न नहुने निर्णय भएको बताउनुभयो । “पुनःनिर्माणका क्रममा वातावरणीय ऐन नियमलाई नजरअन्दाज गरिनुहुन्न, वातावरण संरक्षणका लागि आवश्यक काममा प्राधिकरण सजग हुनुपर्छ भन्ने निर्णयमा...

नेपाल सुरक्षित छ : घुमौँ, मनोरञ्जन गरौँ र सहयोग गरौँ

1434969403img-collection.jpg
काठमाडौँ, ७ असार । बैंककस्थित नेपाली राजदूतावासले ‘नेपाल सुरक्षित छ ः घुमौँ, मनोरञ्जन गरौँ र सहयोग गरौँ’ नाराका साथ मुलुकको पर्यटन प्रवद्र्धनमा सघाउने अभियानअन्तर्गत थालेको प्रवद्र्धनात्मक कार्यक्रम हालै थाइल्यान्डको पर्यटकीय नगरी फुकेतमा सम्पन्न भएको छ ।  दक्षिण एसियाली मुलुकमा पर्यटक पठाउँदै आएका थाइल्यान्डका पर्यटन व्यवसायी तथा फुकेतका पत्रकारलाई सम्मिलित गराएर आयोजित उक्त कार्यक्रममा थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले भूकम्पबाट भएको क्षति, पर्यटकीय गन्तव्यहरूको वर्तमान अवस्था, नेपाल सरकार तथा पर्यटन उद्योगी–व्यवसायीले...

अन्तर्राष्ट्रिय दातृ सम्मेलनमा आउने सहभागीको टुङ्गो

1434969253puna.jpg
काठमाडौँ, ७ असार । भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन यही असारमा १० गते आयोजना हुने ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा आउने अधिकांश सहभागीको टुङ्गो लागेको छ ।  सम्मेलनमा चीन र भारतका विदेश मामिला मन्त्रीहरु क्रमशः वाङ वी र सुष्मा स्वराज सहभागी हुने निश्चित भएको सरकारले जनाएको छ । अर्थमन्त्रालयले दिएको जानकारीअनुसार बङ्गलादेशका अर्थमन्त्री अबुल माल अब्दुल महिथ र नर्वेका अन्तर्राष्ट्रिय विकास मन्त्री हेक्की होलाम्स सहभागी हुने निश्चित भएको छ ।  त्यसैगरी, एसियाली विकास बैंकका...
Advertisement

राष्ट्र सङ्घका उप महासचिव हाओलिङ राजधानी

1434969139assistant-secretary-haoliang.jpg
काठमाडौँ, ७ असार । नेपालको पुनःनिर्माणका लागि आगामी बिहीबार राजधानीमा हुने दाता सम्मेलनमा भाग लिन एसिया–प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घका उप महासचिव हाओलिङ सु आज यहाँ आइपुग्नुभयो ।  चारदिने भ्रमणका क्रममा उहाँले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको निरीक्षण गर्नुका साथै स्थानीय अधिकारी, समुदायका सदस्य, मानवीय सहायताकर्मी र राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) का पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको युएनडिपीले जनाएको छ ।  भूकम्पबाट अधिक प्रभावित तथा जोखिममा परेका निर्धन वर्गको सहायतामा विशेष ध्यान दिन, पुनःनिर्माणका काम र...

गोलभेंडाभित्र सिमकार्ड राखी थुनुवालाई पठाउने पक्राउ

1434893820sim card.jpg
काठमाडौँ, ६ असार । गोलभेँडाभित्र सिमकार्ड राखी जेलमा रहेका थुनुवालाई पठाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा केन्द्रीय कारागारअन्तर्गत भद्रगोल जेलमा थुनुवामा रहेका नाइजेरियन नागरिकलाई भेट्न आएका गौशाला निवासी १७ वर्षीय निमेश कपालीले शनिबार गोलभँेडा काटी नमस्तेको सिमकार्ड राखेर भित्र पठाउन लाग्दा काममा खटिएका प्रहरीले त्यसको भेउ पाएका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । त्यसैगरी, कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँट बस्ने मकवानपुर घर भएका ५१ वर्षीय माइला तामाङ र धोबीचौर बस्ने नुवाकोट लालुकादेवी–९ घर भएका...

तीन दृष्टिविहीन प्रथम श्रेणीमा

1434858152blind sign.png
चितवन, ६ असार । भरतपुरको नारायणी उमाविबाट प्रवेशिका परीक्षा दिएका तीन दृष्टिविहीन प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । प्रवेशिका परीक्षामा सहभागी हरिकला रोक्का मगर र हरिमाया सारु नवलपरासी सुनवलका र र रेश्मा सुनार बर्दघाट निवासी हुनुहुन्छ । छात्राको सफलताले विद्यालयलाई थप हौसला मिलेको विद्यालयका प्राचार्य पूर्ण दवाडीले बताउनुभयो । जिल्ला शिक्षा कार्यालय चितवनले परीक्षाका समयमा सहयोगी राख्न दिएसँगै छात्राले परीक्षामा सफलता हासिल गरेका हुन् । यस्तै चितवनमा आठ संस्थागत र एक सामाुदायिक विद्यालय शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् । जिल्ला...
Advertisement

रुकुममा ५.४ रिक्टर स्केलको भूकम्प

1434857946earthquake.jpg
काठमाडौँ, ६ असार । शनिबार साँझ ६ बजेर आठ मिनेट जाँदा रुकुम केन्द्रबिन्दु भएको ५.४ रिक्टर स्केलको भूकम्प गएको छ । सो कुरा खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रको लैनचौरको वेबसाइटमा जनाइएको छ । शनिबार नै बिहान २ बजेर ४० मिनेट जाँदा गोरखा र धादिङको सिमानामा ४.२ रिक्टर स्केलको ‘गोरखा भूकम्प’को परकम्प मापन गरिएको थियो । रासस ...

मरेका कुखुरा बेच्ने व्यवसायी गुप्ता पक्राउ

1434816850original.jpg
काठमाडौँ, ५ असार । महानगरीय प्रहरी वृत्त बालाजुले काठमाडौँ महानगरपालिका–१६ वनस्थलीस्थित बेलकम कोल्ड स्टोरबाट १३० वटा मरेका कुखुरासहित व्यवसायी नन्दकिशोर गुप्तालाई पक्राउ गरेको छ ।  उक्त कोल्डस्टोरमा मरेका कुखुरा बिक्री वितरण भइरहेको जानकारी प्राप्त भएपछि प्रहरीले आज छापा मार्दा मरेका १३० कुखुरा फेला पारेको हो । भारत बेतिया घर भएका गुप्ताले विगत सात वर्षदेखि उक्त कोल्डस्टोर सञ्चालन गर्दै आएका थिए ।  प्रहरीले ती कुखुरा बरामद गरी गुप्तालाई पक्राउ गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।  यसैबीच सोही वृत्तले काठमाडौँ तारकेश्वर...

‘लिपुलेक’ सम्झौताविरुद्ध हस्ताक्षर अभियान

1434815530lipulek.jpg
बेनी (म्याग्दी), ५ असार । नेकपा (एमाले) निकट विद्यार्थीको सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी म्याग्दीले आजदेखि लिपुलेक सम्झौताविरुद्ध हस्ताक्षर सङ्कलन अभियान सुरु गरेको छ ।  नेपालको भूमिका विषयमा सम्झौता गर्दा सम्बन्धित मुलुकलाई उपेक्षा गरिएको भन्दै सो सम्झौता खारेज गरिनुपर्ने मागसहित हस्ताक्षर सङ्कलन गरिएको हो ।  हस्ताक्षर गर्दै अनेरास्ववियु केन्द्रीय सदस्य नरेश रोकायाले भारत र चीन सरकारले गरेको लिपुलेक सम्झौता खारेजीका लागि सङ्गठनले दबाबस्वरुप अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले नेपाललाई...
Advertisement

एसएलसीमा अनुत्तीर्ण भएपछि आत्महत्या

1434804713tumblr_mn3lnyF6pA1rog5d1o1_1280.jpg
तनहुँ, ५ असार । विसं २०७१ को एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि तनहुँमा एक छात्राले शनिबार आत्महत्या गरेकी छिन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार भानु गाविस वडा नं २ निवासी १७ वर्षीया मनिषा पाण्डेले आत्महत्या गरेकी हुन् । मृतक पाण्डे संस्कृत माध्यमिक विद्यालय चुदीबाट एसएलसी परीक्षामा सहभागी भएकी थिइन् ।  उनले आफ्नै घरमा सलको पासो लगाई आत्महत्या गरेकी हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस ...

राहत हिनामिना गर्नेलाई छोडिन्न : प्रधानमन्त्री

1432041018Rahat.jpg
काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले राहत रकम र सामाग्री हिमामिना गर्नेलाई नछोडिने बताएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितलाई सहयाेग रकम हस्तान्तरण गर्न पुगेका विभिन्न संघसंस्थाका प्रतिनिधिसँग प्रधानमन्त्री कोइरालाले स्वदेश र विदेशबाट दुःखले संकलन गरिएको रकम दूरुपयोग हुन नपाओस् भन्नेमा सरकार सजग रहेको जनाए । उनले राहत रकम र सामग्री हिनामिना भएको, वितरणमा पक्षपात भएको र मुलुक विपत्तिमा रहेको बेलामा अत्यावश्यक सामानहरुको कृतिम अभाव सिर्जना गर्ने, अधिक मूल्य लिने जस्ता घटना भएमा तुरुन्त सरकारी निकायमा खबर गर्न आग्रह गरे ।...

‘एक कप चिया अभियान’ अन्तर्गत दश लाख रुपैयाँ जम्मा

1431597913arrest-450x337.jpg
काठमाडौं, ३१ वैशाख । नेपाल विद्यार्थी सङ्घले भूकम्पपीडितको सहयोगका लागि सुरु गरेको एक कप चिया अभियान अन्तर्गत १० लाख रुपैयाँ जम्मा गरेको छ ।  विनाशकारी भूकम्पका कारण विभिन्न जिल्लामा सर्वसाधारण पीडित बनेका कारण उनीहरुलाई सहयोग पु¥याउन ‘एक कप चिया अभियान’ सुरु गरिएको हो ।  प्रवक्ता युपी लामिछानेका अनुसार सङ्घका प्रत्येक सदस्यलाई न्यूनतम एक कप चिया भूकम्पपीडितको सहयोगका लागि खर्च छुट्याउन आग्रह गरिएको छ । “अभियान अन्तर्गत हालसम्म रु १० लाख जम्मा भइसकेको छ । सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत भूकम्पपीडितको सहयोगका लागि पठाइने...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement