राष्ट्रिय

राष्ट्र बैंक ‘प्रभु’को भवनमा

1431596422nepal-rastra-bank.jpg
काठमाडौँ, ३१ वैशाख । यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट नेपाल राष्ट्र बैंकको भवन भत्किएपछि अव्यवस्थित कार्यसम्पादनलाई सहजरुपमा सञ्चालनका लागि केन्द्रीय बैंकका केही शाखा प्रभु बैंकको लैनचौर भवनमा सारिने भएको छ ।  भीम शम्शेरले विसं १९८८ मा बनाएको राष्ट्र बैंकको पुरानो भवन र थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा भूकम्पले क्षति पु¥याएको छ । बैंकको कार्यसम्पादनलाई पहिलेकै अवस्थामा फर्काउन अप्ठ््यारो परेकाले केही समयका लागि भाडामा राष्ट्र बैंकका केही विभाग तथा इकाई आगामी सातादेखि लैनचौरमा सार्न लागिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।  राष्ट्र...

कौशल्टार–लौकिन्थली सडकखण्डको भौगर्भिक अध्ययन गरिने

1431594634Road Crack of Nepal.jpg
मध्यपुर थिमि, ३१ वैशाख । यही वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पका कारण क्षति भएको अरनिको राजमार्गअन्तर्गत कौशल्टार–लौकिन्थली सडकखण्डमा चिरा (धाँजा) परेको खण्डमा भौगर्भिक अध्ययन गरिने भएको छ ।  विनाशकारी भूकम्पका कारण लौकिन्थली आकासेपुलदेखि कौशलटारको आकासेपुलभन्दा १०० मिटर पूर्वसम्म करिब एक फिटदेखि तीन फिटसम्म ठाउँठाउँमा छ लेन सडक र त्यस क्षेत्रका वरिपरिको जमिनसमेत धाँजा परेको थियो ।  उक्त धाँजा (चिरा) परेको जमिन ‘फल्ट’ हो वा ‘ग्राउन्ड मुभमेन्ट’ हो भन्ने बारेमा विस्तृत अध्ययन गर्न मध्यपुर इन्जिनियरिङ समाजका तर्फबाट भूकम्प इन्जिनियर...

सभासद् शाहले एक वर्षको तलब भूकम्पपीडितलाई दिने

1431593478aduwa.jpg
तौलिहवा (कपिलवस्तु), वैशाख ३१ । कपिलवस्तु जिल्लाको क्षेत्र नं ५ का युवा सभासद् अभिषेकप्रताप शाहले हालैको विनाशकारी भूकम्पबाट प्रभावित भएकालाई आफूले पाउने एक वर्षको तलब दिने घोषणा गर्नुभएको छ ।  कपिलवस्तुको सदरमसकाम तौलिहवामा मधेस मिडिया सोसाइटीले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रेस विज्ञप्तिमार्फत उहाँले उक्त कुराको घोषणा गर्नुभएको हो ।  उहाँले आफूले एक वर्षसम्म पाउने सम्पूर्ण तलबभत्ता तथा अन्य सम्पूर्ण सुविधा भूकम्प प्रभावित जनतालाई दिने बताउनुभयो । विनाशकारी भूकम्पको बेला सबैले एकापसमा सहयोग गर्नुपर्ने मानवीय भावनाका अनुसार आफू विभिन्न...
1453145911obamacare.gif

राहतमा गडबड गरे कारबाही गर्छु : प्रम

1431593012prime Minister Shshil koirala.jpg
काठमाडौंँ, ३१ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितको निमित्त आएको राहत वितरणमा अनियमितता र पक्षपात गर्नेलाई कारबाही गर्ने बताउनुभएको छ ।  प्रधानमन्त्री कोइरालाले राष्ट्रिय सहकारी सङ्घ लिमिटेडका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दिइएको सहयोग रु २५ लाख ग्रहण गर्दै भन्नुभयो–“पीडितका लागि आएको राहतको रकम खानु अपराध हो, भूकम्पग्रस्त क्षेत्रमा हुने राहत, पुनः स्थापना र पुनःनिर्माणमा भ्रष्टाचार भए कारबाही गरिने छ । ”  नेपालीमा एकले अर्कालाई विपद् पर्दा गाँस काटेर सहयोग गर्ने संस्कार रहेको बताउँदै भूकम्पले मुलुकमा ल्याएको...
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement