राष्ट्रिय

चट्याङबाट सासुको मृत्यु,बुहारी घाइते

14911208811491111916chatang.jpg
चौतारा, २० चैत । शनिबारको पानीसँगै परेको चट्याङबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा जुगल गाउँपालिका–७ निवासी ४६ वर्षीया सानुकान्छी तामाङ रहेकी र उनी आफ्नै घरमा खाना पकाउँदै गर्दा चट्याङ परी घटनास्थलमै मृत्यु भएको हो ।  घटनामा मृतककी बुहारी २० वर्षीया सुकुरानी तामाङ घाइते भएकी छिन् उनको अहिले जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय जलवीरेले जानकारी दिएको छ ।     ...

फास्ट ट्रयाकको जिम्मा नेपाली सेनालाई, सक्नेजति काम सेनाले नै गर्ने

14909494411490923319nepal-army.jpg
काठमाडौं – राजधानीबाट तराई-मधेस जोड्ने बहुचर्चित द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिने भएको खबर आजको कान्तिपुरमा छ । लामो समयसम्म बुट (निर्माण, सञ्चालन र हस्तान्तरण) प्रणालीमा अघि बढाउन गरिएको प्रयास असफल भएपछि सरकारले सेनाको व्यवस्थापनमा द्रुत मार्ग निर्माण अघि बढाउने प्रक्रिया सुरु गर्न लागेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ९ वर्षदेखि अलमलमा रहेको राष्ट्रिय गौरवको आयोजना द्रुत मार्ग निर्माण अघि बढाउन लागेको हो । भौतिक पूर्वाधारले रक्षा मन्त्रालयमार्फत पत्र पठाई ७६ किमि लामो द्रुत मार्ग सेनाको...

म्यादी प्रहरीमा आवेदनको ओहिरो, २२ गते नतिजा आउँदै

14909490451490940288madipoliceee.jpg
काठमाडौं । नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि आह्वान गरेको म्यादी प्रहरीका लागि दुई गुणाभन्दा बढीको आवेदन परेको छ । प्रहरीले ७५ हजारको आवेदन माग गरेकोमा देशभरबाट १ लाख ७२ हजार ९ सय ७६ जनाको आवेदन परेको हो । नेपाल प्रहरीले म्यादी प्रहरीका लागि देशभरबाट चैत ११ गतेदेखि बिहीबारसम्म आवेदन माग गरेको थियो । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार देशभर उत्साहपूर्ण ढंगले म्यादी प्रहरीमा आवेदन परेको हो ।  निर्वाचनका लागि २ लाख २६ हजार सुरक्षाकर्मी खटाउने योजना अनुसार सरकारले देशभरबाट ७५ हजार म्यादी प्रहरीको भर्ना लिने जनाएको थियो । करिब ५५ दिन काम...
1453145911obamacare.gif

मतदाताको नङमा लगाउने मसी भारतबाट आएन, निर्वाचन आयोगले निकाल्यो नयाँ जुक्ति

14909444781490923376tiger.jpg
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि मतदाताको नङमा लगाउने मसी भारतबाट नआएपछि निर्वाचन आयोगले ‘मार्कर पेन’ किनेको छ । भारतबाट मसी आउने/नआउने टुंगो नभएपछि आयोगले स्थानीय तहको निर्वाचनमा मार्कर पेन प्रयोग गर्ने तयारी गरेको छ । २०७० को संविधानसभा निर्वाचनमा नङमा लगाउने मसी भारत सरकारले दिएको थियो । यसपटक पनि आयोगले मसी उपलब्ध गराइदिन भारत सरकारसँग अनुरोध गरेको थियो । तर भारत सरकारबाट सकारात्मक जबाफ नआएपछि मार्कर पेन किनेको आयोगले जनाएको छ । ‘भारतले दिने÷नदिने केही भनेको छैन’, निर्वाचन आयुक्त नरेन्द्र दाहालले अन्नपूर्णसँग भने, ‘निर्वाचनको दिन...

म्यादी प्रहरी बन्न मधेसी युवाको भीड, यस्तो छ तलब सुविधा

14908605401490851882yyy.jpg
काठमाडौं । तराई-मधेसमा बेरोजगारीको समस्या कति रहेछ भन्ने म्यादी प्रहरीमा परेको आवेदनबाट प्रष्ट हुन्छ । बढ्दो बेरोजगारीबाट पीडित बन्दै आएका मधेसी युवाको आकर्षण म्यादी प्रहरी भर्नामा छर्लङ्ग देखिन्छ । तराईका जिल्लाहरुमा म्यादी प्रहरीका लागि आवेदन दिनहरुको भीड नै लागेको छ । स्थानीय तह निवार्चनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना खुल्ला गरेपछि देशभर निवेदन दर्ता गराउने युवाहरुको ठुलो भिड देखिएको छ । म्यादी प्रहरीमा भर्ना हुन अहिले देशका पचहत्तरै जिल्लाका बेरोजगार युवावर्ग लागिपरेका छन् । स्थानीय तहको निर्वाचन हुन नदिन मधेशी मोर्चाले अहिले पनि...

वैदेशिक रोजगारीबाट फर्किएपछि श्रीमतीबाटै खतरा

14908590181490838575woman-gun.jpg
काठमाडौं । मध्य तराईका जिल्लामा वैदेशिक रोजगारीका कारण विकृति बढ्नुका साथै हत्याहिंसाका घटनासमेत बढेका छन् । अधिकांश हत्याहिंसाका घटनामा अनैतिक यौन सम्बन्ध र सम्पत्तिको लालच देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । २०७३ कार्तिक २६ गते जनकपुर उपमहानगरपालिका रजौलका श्रीराम ठाकुरको हत्या भयो । वैदेशिक रोजगारीबाट फर्केको केही दिनमै श्रीमती नितु मिश्रको मिलेमतोमा ठाकुरको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्याको कारण अनैतिक सम्बन्ध र आर्थिक लोभ रहेको धनुषाका प्रहरी उपरीक्षक मनोज यादव बताउँछन् । यस्तै पुष २९ गते महोत्तरी हतिसर्वा संग्रामपुरका...
Advertisement

मकवानपुरको मनहरी गाउँपालिकामा जानकी लामाको चर्चा

14907010911490696662janaki111.jpg
मकवानपुर । देश भर स्थानीय निकायको चुनाबको माहोल तातेको छ ।  सबै राजनीतिक दलहरुले  उम्मेदवार घोषणा  गर्ने र चुनाबी प्रचार प्रसारलाई तिब्र पारेको  छन् । काठमाडौंबाट नजिकको जिल्ला मकवानपुरमा चुनावी चहलपहल उस्तै छ ।  मकवानपुरमा कांग्रेस, एमाले, माओवादी केन्द्रले विशेष अभियाननै चलाइरहेको छ । ४ क्षेत्र रहेको मकवानपुर जिल्लामा ३ वटा गाउँ पालिका छन् भने मनहरी गाउँ पालिका प्रमुखमा  नेपाली कांग्रेसबाट नबराज उप्रेति, भरत पराजुली, शंकर न्यौपाने र  ठाकुर तितुङ् मध्येबाट उम्मेद्वारी घोषणा हुने चर्चामा छ । यद्यपि तामांङ्ग जातिको बाहुल्य रहेको मकवानपुर...

अब विवाहमा एक सय ५० जन्ती मात्र, दुलहीलाई पाँच तोलासम्म सुन

14906084141490578578married.jpg
काठमाडौँं – अब वैवाहिक समारोहमा बाजागाजामा संलग्न र सहयोगीसमेत गरी १५० भन्दा बढी जन्ती लैजान नपाइने व्यवस्था हुँदैछ ।  सामाजिक व्यवहार सुधार ऐन २०३३ ले तोकेको ५१ जना जन्ती लैजान मिल्ने व्यवस्था संशोधन गर्दै संसद्को राज्य व्यवस्था समितिले १५० जनासम्म जन्ती लैजान मिल्ने सीमा तोकेको खबर आजको गोरखापत्रमा छ । विवाहको भोजमा अब बढीमा ५०१ जनासम्मलाई आमन्त्रण गर्न पाइनेछ ।  मूल विधेयकले २५० जनासम्म भोजमा सामेल गराउन पाउने व्यवस्था गरेको थियो । विधेयकको दफा १० मा भनिएको छ, ‘विवाहमा बाजावाला र सहयोगीसहित १५० जनाभन्दा बढी जन्ती वा बरियात लैजान हुँदैन ।...

बढ्न थाल्यो काँग्रेस प्रवेशको लहर, नवप्रवेशीलाई टीका लगाउन भ्याई–नभ्याई

14905253881490459339tree.jpg
नेपाली काँग्रेसका नेता फरमुल्लाह मन्सर, नेता शोभाकर पराजुली लगायतका नेता कार्यकर्ताहरुले नवप्रवेशीहरुलाई माला र टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।  काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलबाट नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गएको छ । मधेशमा मधेसी दलहरुप्रति अविश्वास बढ्दै गएपछि काँग्रेस प्रवेशमा लहर चलेको छ भने नेकपा एमाले तथा नेकपा आज सिमरा उपमहानगरपालिकामा काँग्रेस प्रवेश को लहर चलेको छ । आज वडा नम्वर १ का विभिन्न पार्टीका २ सय ३५ जनाले काँग्रेस पार्टी प्रवेश गरेका छन् । नेपाली काँग्रेसका नेता फरमुल्लाह मन्सर, नेता...
Advertisement

क्यान्सरका कारण चार दिनमा दुई कैदीको मृत्यु समाचार |

14905153031490499463jel.jpg
रत्ननगर (चितवन), १३ चैत । चार दिनमा भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ । यही चैत ९ गते एकजना क्यान्सर रोगी कैदीको मृत्यु भएकामा शनिबार अर्का एक जनाको क्यान्सरकै कारण ज्यान गएको जिल्ला कारागार चितवनले जनाएको छ । यसरी मृत्यु हुनेमा सन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेल रहेको जेलर कमल काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गिरी फोक्सोको क्यान्सरबाट पीडित थिए । उपचार कै क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको हो । उनी जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै थिए । विसं २०७०...

सगरमाथा आरोहण : पाइलाको छाप पछ्याउँदै खोज्नुपर्छ बाटो समाचार |

14902675791490261370sagarmatha1.jpg
सोलुखुम्बु, १० चैत । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो कस्तो होला ? ‘फराकिलो, चौडा, ढुङ्गा बिछ््याइएको, अझ समाएर हिँड्नका लागि ठाउँठाउँमा फलामको रेलिङ, अनि सङ्केत चिन्ह् ?’ अधिकांशले यस्तै सोच्ने गर्दछन् । तर सगरमाथा जाने बाटो भने ठीक यसको उल्टो छ ।  खुम्जुङ गाविसको लबुचेदेखि गोरप्सेप हुँदै सगरमाथा आधार शिविरसम्म पुग्न अघिल्लो पदयात्रीको पाइला पहिल्याएको भरमा पुग्नुपर्छ । यस क्षेत्रमा पर्यटकका लागि सङ्केत चिन्ह्को समेत व्यवस्था छैन । सङ्केत चिन्ह्को अभावमा कयौँं पर्यटक बाटो बिराएर अन्यत्र समेत पुग्ने गरेको तीतो अनुभव पदयात्री सुनाउँछन्...

एघारौ विश्व सामाजिक कार्य दिवस सम्पन्न

149025323814902186571747446514423426191405701569316822o.jpg
कविता गजुरेल , काठमान्डौ l  एघारौ विश्व सामाजिक कार्य दिवस बिशेष कार्यक्रम गर्दै भव्यरुपले सम्प्पन्न भएको छ l सामाजिक कार्य र सहयोगलाई सहज बनाउन र सामाजिक कार्यको सहिढंगबाट मुल्यांकन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो l    ...
Advertisement

लन्डनमा आतंककारी आक्रमणमा ५ जना मारिए, नेपाली सुरक्षित

14902512291490244211londonnn.jpg
एजेन्सी । बेलायतको राजधानी लण्डनमा आतंककारी आक्रमण गरिएको छ । वेष्टमिनिस्टरमा रहेको संसद भवननजिक गराइएको आक्रमणमा परी प्रहरी अधिकारीसहित पाँच जना मारिएका छन् । मारिनेमा एक महिलासहित तीन जना सर्वसाधारण छन् । यस्तै प्रहरीको गोली लागेर एक आक्रमणकारी पनि मारिएको बीबीसीले जनाएको छ । घटनामा कम्तिमा ४० जना घाइते भएका छन् । कारमा आएका आक्रमणकारीले वेष्टमिनिस्टर पुलमा पैदलयात्रीलाई ठक्कर दिएको र त्यसपछि संसद भवन नजिक गएर त्यहाँ रहेका प्रहरी अधिकारीलाई चक्कूले आक्रमण गरेका थिए । त्यसपछि प्रहरीले आक्रमणकारीलाई गोली प्रहार गरेका थिए । घाइते हुनेमा तीन जना प्रहरी...

निर्वाचनमा यसरी सहभागी हुन्छ ‘साझा पार्टी’

1490171239original1490151375Rabindra-Mishra.jpg
काठमाडौं – साझा पार्टीले बैशाख ३१ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेद्वार उठाउने भएको खबर आजको नागरिकमा छ । साझा पार्टी निर्वाचन आयोगमा दर्ता भइनसकेको र दल दर्ता प्रक्रिया स्थगित भएकाले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरिएको हो । ‘साझा पार्टीको मूल्यमान्यता तथा आदश आत्मसात प्रबद्र्धन गर्ने कुनै पनि नेपालीले स्थानीयस्तरमा सहमति जुटाई निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएमा पार्टीले समर्थन गर्न सक्नेछ’ पार्टीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।‘साझा पार्टी’   ...

राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप, अवस्था तनावग्रस्त

1490007235148999958920637309391401255215.jpg
काठमाडौं । निर्वाचन आयोगको कार्यालय घेर्न पुगेका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । काठमाडौं कान्तिपथमा रहेको आयोगको कार्यलय घेर्न पुगेका राप्रपा कार्यकर्ताले प्रहरीको घेरा तोड्न खोजेपछि सामान्य झडप भएको प्रहरीले जनाएको छ । राप्रपाका कार्यकर्ताले प्रहरीको घेरा तोड्ने प्रयास गरेपछि प्रहरीले लाठीचार्ज तथा अश्रुग्याँस हानेकाे छ । निर्वाचन आयोगले हिन्दुराष्ट्र र राजतन्त्र संविधान विपरित भएको भन्दै विधानबाट हटाईदिएपछि सत्तारुढ राप्रपा आन्दोलित भएको हो ।      ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement