राष्ट्रिय

डेनमार्क दूतावासको जग्गा बिक्रीमा, किन दियो बिक्री गर्न स्वीकृति ?

14899920221489972840denmark.jpg
काठमाडौं – सरकारले काठमाडौंको लाजिम्पाटमा रहेको डेनमार्क राजदूतावासको जग्गा बिक्री गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले ६ रोपनी ६ आना २ दाम २ पैसा जग्गा बिक्री गर्न डेनमार्क दूतावासलाई स्वीकृति दिएको हो । लाजिम्पाटको नीलसरस्वतीमार्गमा रहेको दूतावासको कित्ता नम्बर १ सय २६ देखि १ सय २८, कित्ता नम्बर १ हजार ३२ र कित्ता नम्बर १ हजार ३४ को जग्गा बिक्री गर्न परराष्ट्रमन्त्री प्रकाशशरण महतले फागुन ३० गते नै डेनमार्क दूतावासलाई स्वीकृति दिएका थिए । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ । जग्गा प्रशासन निर्देशिका ०५८ को परिच्छेद ५ को प्रकरण १ सय...

कालीगण्डकीमा डुङ्गा चलाउने पेसा सङ्कटमा

14899089711489894832kaligandaki-dunga.jpg
पाल्पा, ६ चैत । कालीगण्डकी नदीमा काठको डुङ्गा चलाउने पेसा गर्दै आएका बोटे समुदाय पेसाबाट विस्थापित बन्दै गएका छन् । कालीगण्डकी नदीमा पुल बनेसँगै उनीको पुख्र्यौली पेसा लोप हुँदै गएको हो । कालीगण्डकी वारपार गराउने सिपालु बोटे समुदायका मानिस कालीगण्डकीको रिडी, रानीघाट, केलादीघाटलगायतका घाटमा डुङ्गा चलाएको अहिले देख्न पाइँदैन, त्यस्ता नदी तथा खोलामा झोलुङ्गे तथा पक्की पुल निर्माणसँगै उनीहरुको पेसा सङ्कटमा परेको हो । पाल्पा रामपुर नगरपालिकास्थित केलादीघाटमा बोटे समुदायको ठुलो बस्ती रहे पनि माछा मार्ने र डुङ्गा चलाउने काम गर्दैनन्, केलादीघाट क्षेत्र पुल...

साझा श्रीमती हुने दाजु भाइको दैनिकी यस्तो छ i

14897474111489742857508379450.jpeg
संखुवासभा । संखुवासभा किमाथांका– १ का पेमा शेर्पा (५५) र छेदर शेर्पा (४९) चारदाजुभाइध्ये जेठा र माहिला हुन् । परिवारका चारमध्ये साइला छेवी र कान्छा टासी छुट्टिएर अलग्गै आफ्नो परिवारका साथ बस्छन् । तर पेमा र छेदर बाबुकै पालादेखि सँगै बस्दै आएका छन् । पहिलेको सगोल परिवार जस्तै अहिले पनि उनीहरुको एउटै परिवार छ । दुबैको साझा श्रीमतीका रुपमा २६ वर्षदेखि छिरिङ भुटिक (४९) छिन् । दाजुभाइ सँगै बस्छन्, खान्छन्, सुत्छन् । दिउँसो अधिकांश समयसँगै काममा जान्छन् । उनीहरुलाई दाजुभाइको एउटै श्रीमती भएकोमा कुनै अप्ठ्यारो छैन । श्रीमतीसँग बस्ने उनीहरुको आफ्नै समझदारी छ । साझा...
1453145911obamacare.gif

ड्रोन क्यामेराबाट लिइएको तस्बिरले वाग्मतीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने

14897382311489737304drone-camera-shutterstock-e1448403043964-984x500-1.jpg
काठमाडौँ, ४ चैत । ड्रोन क्यामेराबाट लिइएको तस्बिर प्राप्त भएपछि नदी किनारलाई व्यवस्थित बनाउन सहज हुने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । दक्षिण कोरियाको सियोल विश्व विद्यालयबाट आएको ड्रोन क्यामेरा सहितको समूहले गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उप महानगरपालिकाको सुन्दरी घाटसम्म तस्बिर खिची फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख उतारेको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले बताउनुभयो । “गोकर्णेश्वर नगरपालिकाको उत्तरबाहिनीदेखि गोकर्णेश्वर मन्दिरसम्म, काठमाडौँ महानगरपालिकाको सिनामङ्गलदेखि...

न्यायाधीशलाई सुविधैसुविधा दिने प्रस्ताव, यसरी अघि बढ्दैछ विधेयक

14897367681489319161hammer.jpg
काठमाडौँ । न्यायाधीशलाई दिनुपर्ने सम्मानका दृष्टिले सरकारले सोहीअनुसारको सुविधाको व्यवस्था गर्न प्रस्ताव गरेको छ । न्यायाधीशहरुलाई चस्मा, दाँत, एअरफोन आदि उपकरण खरिद गर्दा लागेको बिलबमोजिमको रकम सरकारले व्यहोर्ने कुरा विधेयकमा उल्लेख छ । नयाँ दाँत राख्दा वा त्यसको उपचार वा उपकरणको खर्च राज्यले व्यहोर्ने विधेयकमा जनाइएको छ ।  व्यवस्थापिका–संसद्मा प्रस्तुत उच्च तथा जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक, २०७३ मा विगतको संरचनामा रहेको पुनरावेदन र जिल्ला अदालतका न्यायाधीशको सेवा सुविधामा पुनरवलोकन गरिएको...

काँग्रेसका वरिष्ठ नेता पौडेल र चीनीया राजदुतबीच बोहोराटारमा भेटवार्ता

1489584928ram-chandra.jpg
काठमाडौँ, १ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि चीनीया राजदुत यु होङबीच आज पौडेल निवास वोहोराटारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, सहयोग  र मुलुकको  पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल  भएको थियो । सो भेटका अवसरमा  चीनीया राजदुत यु होङले नेपालको पछिल्लो राजनीतिक अवस्था र चुनावबारे चासो राख्नुभएको थियो । वरिष्ठ नेता पौडेलले सहमति, संवाद र छलफलबाट असन्तुष्टिहरुलाई संवोधन  गरी निर्वाचनमा अघि बढ्ने बताउँदै निर्वाचन  सम्पन्न गरी  दीगो शान्ति र विकासको बाटोमा नेपाल अघि बढ्ने बताउनुभएको वरिष्ठ...
Advertisement

नयाँ माध्यमिक परीक्षा एसइईको तयारी पूरा, भोलि बिहान ८ बजेदेखि परीक्षा Read

14895681461489567790exam-test.jpg
भक्तपुर, २ चैत्त । देशभर भोलि बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ ।  संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।  परीक्षामा देशभरबाट दुईलाख ५९ हजार सातसय ३२ छात्र र दुईलाख ७८ हजार चारसय ५० छात्रा गरी कुल पाँचलाख ३८ हजार एकसय ८२ परीक्षार्थी...

नौ हजार प्रहरी सरुवा गर्ने गृहकार्य

14895659641489541534police.jpg
काठमाडौं – गृह मन्त्रालयले ९ हजार भन्दा बढी प्रहरी अधिकारीको सरुवा र काज सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेको खबर आजको नागरिकमा छ । सरुवा मागिएकाहरुमा प्रहरी वरिष्ठ उपरीक्षकदेखि प्रहरी जवानसम्म छन् । निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले हस्ताक्षरको सरुवा र काज सरुवा सहमति मागपत्र गृहमार्फत आयोग पुगिसकेको छ । प्रहरी प्रधान कार्यालयले केही अघि मात्र गरेको प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकको सरुवा भएका जिल्लाका प्रहरी अधिकारी हटाएर नयाँ पठाउने सहमति समेत मागेको सूची प्राप्त भएको खबर आजको नागरिकमा प्रकाशित छ ।     ...

प्रहरीको गोली लागेर मृत्यु भएका पाँचैजनाको परिवारलाई मोर्चाद्वारा क्रिया खर्च

14895651631489548470morcha.jpg
राजविराज, २ चैत । एक हप्ता अगाडि प्रहरीको गोली लागेर मृत्यु भएका पाँचैजनाको परिवारजनसँग मधेसी मोर्चाका नेताले क्रिया खर्च प्रदान गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले मृतक पाँचै जना परिवारलाई मोर्चाको तर्फबाट प्रत्येक परिवारलाई जनही रु ५१ हजारका दरले क्रिया खर्चबापत आर्थिक सहयोग गरेका छन् । मोर्चाका अध्यक्ष दिनेशकुमार यादवसहित अन्य नेता तथा कार्यकर्ताले मृतक परिवारलाई घरमै पुगेर क्रिया खर्चबापत आर्थिक सहयोग गरेको मोर्चाले जनाएको छ । नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत सप्तरीमा आयोजित जनसभालाई बिथोल्न पुगेका...
Advertisement

ट्राफिक प्रहरीको दुर्घटनारहित होली अभियान सफल

14893889331489322256holi-feast-3.jpeg
काठमाडौँ, २९ फागुन । होली पर्वका बेला काठमाडौँ उपत्यकामा सवारी दुर्घटना हुन नदिने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बिहानैदेखि सञ्चालन गरेको दुर्घटनारहित होली अभियान प्रभावकारी भएको छ । अपराह्न ४ बजेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका कुनै सडकमा गम्भीर दुर्घटना भएको छैन भने नाका–नाकामा गरिएको सुरक्षा जाँचले सबै किसिमका सवारी साधनका चालकलाई सचेत गराएको छ । अभियानका क्रममा ९३३ जनालाई महाशाखाले कारबाहीको दायरामा ल्याएको, ६७३ जना मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका र क्षमताभन्दा बढी भार राखेर बाहन हाँक्ने ९६ जनाका कागतपत्र खिचिएको...

बाजा गाजा र तामझामका साथ विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ

14893887211489373121marriage.jpg
पर्वत । बाजा गाजा र भोज भतेरसहित तामझामका साथ विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन् । उत्तरी पर्वतको माझफाँट गाविस–६ पाखाथरका बेहुला डिलबहादुर परियार र विवाहका लागि सिङ्गारिएकी बेहुलीलाई प्रहरीले पक्राउ गरेको हो ।  आइतबार इष्टमित्र र आफन्तजनको साथमा माझफाँट–६ स्थित बेहुलाको घरमा नै विवाह गर्ने तयारीसहित मण्डपमा बेहुला बेहुली बसिरहेका बेला डिलबहादुरकी जेठी पत्नी कुमारी परियारले जिल्ला प्रहरी कार्यालय पर्वतमा बहुविवाहको जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  विवाह सम्पन्न नहुँदै चौकीबाट पुगेको प्रहरी टोलीले...

कञ्चनपुरमा भारतीय नम्बर प्लेटका गाडीलाई प्रवेश निषेध

14891438831489119951kanachanpurjhadap.jpeg
काठमाडौं । कञ्चनपुरमा भारतीय नम्बर प्लेटका सवारी साधनमा रोक लगाइएको छ । बिहीबार भारतीय सुरक्षाकर्मीको गोलीबाट एक जना नेपाली मारिएपछि असहज परिस्थिति सृजना भएको भन्दै दैनिक रुपमा सीमावर्ती क्षेत्रमा आउने भारतीय नम्बर प्लेटका सबै सवारी साधनमा प्रहरी प्रशासनले रोक लगाएको हो । सीमा नाका गड्डाचौकी, दोधारा चाँदनी, ब्रह्मदेव, बेलौरी, पुनर्वासलगायतका सीमा नाकाबाट सवारी साधन आवागमनमा रोक लगाइएको हो । बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका ८ को सीमावर्ती क्षेत्र आनन्द बजारमा कल्भर्टको विषयमा स्थानीयले गरेको प्रदर्शनमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली...
Advertisement

७० वर्षीया कुकमाया चेपाङले पाइन् नागरिकता,लिन नमानेपछि बिस्कुट दिएर फकाइयो

14891314131489110093budi-gorkha.jpg
गोरखा,गोरखा मकैसिङ–१ पाङखोलाका सुनबहादुर चेपाङको बिहीबार बिहान श्रीमती कुकमायालाई फकाउनमै बित्यो । करिब ३५ वर्षदेखि अर्धनग्न बस्दै आएकी श्रीमतीलाई नागरिकता बनाउन जानका लागि उनले बिहान ११ बजेसम्म जोडबल गरे । मान्छे धेरै जम्मा भएको ठाउँमा जान कुकमाया मान्दै मानिनन् । श्रीमतीको नागरिकता बनाउन श्रीमान् सुनबहादुरले विभिन्न बहाना बनाए । ‘मान्दै मानिनन्, बजार लगेर टन्न मीठो–मीठो खानेकुरा खुवाउँछु भनेर नागरिकता बनाउन यहाँ ल्याएँ,’ सुनबहादुरले भने । बिहीबार जिल्ला प्रशासन कार्यालयले मकैसिङ–२ बुटारमा घुम्ती शिविर आयोजना गरेको थियो ।नयाँ पत्रिका...

ह्याप्पी होली : यी काम नगर्नुस्

14891299731489113834holi12-fagu.jpg
काठमाडौं ।  फागुमा जबरजस्ती रंग लगाइदिने र उच्छृंखर गतिविधि गर्नेलाई प्रहरीले तत्काल नियन्त्रणमा लिने भएको खबर आजको नागरिकमा छ । फागु (होली) पर्वमा हुनसक्ने उच्छृंखर गतिविधि नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर हनुमानढोकाले एक हजार प्रहरी परिचालन गर्ने भएको छ । ‘फागुको मर्यादा विपरित गतिवधि गर्ने कोहीलाई छोड्दैनौं, जबरजस्ती कोहीमाथि रंग तथा लोला हान्न पाईंदैन, त्यस्ता गतिविधि गर्नेलाई छोड्दैनौं ।’ हनुमानढोका काठमाडौंका प्रमुख छवीलाल जोशीले भने । अनुहार नचिनिने गरी रङरोगन गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरीले बताएको छ...

पशुपतिनाथको भेटीः तीन बर्षमा तीस करोड पुग्यो

14891287441489114635ppp.jpg
काठमाडौं । पशुपतिनाथमा भक्तजनले चढाएको भेटी तीन वर्षयता करिब तीस करोड रुपियाँ पुगेको छ । यसमा विशेष पूजा गराएबापत चौध करोड रुपियाँ प्राप्त भएको छ । पशुपतिनाथको भेटी व्यवस्थापन गर्न बनेको नियमावली लागू भएपछि पशुपतिनाथ समक्ष यो भेटी प्राप्त भएको हो । पशुपति क्षेत्रको भूउपयोगसहित नयाँ गुरुयोजना तर्जुमा गर्न आयोजित बृहद कार्यशाला गोष्ठीमा पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले सो तथ्याङ्क प्रस्तुत गरेका हुन् । उनले भारतको पद्यनाभस्वामी केरला, तिरुपति बालाजी, वैष्णोदेवी, सिद्धिविनायक र स्वर्ण मन्दिर पञ्जावको वार्षिक आय प्रस्तुत गर्दै...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement