राष्ट्रिय

वामदेवलाई मात्र देख्यो पार्टीले ‘हाइ रिस्क’

14889613431488676184bamdev-gautam406.jpg
सोही अनुसार जिल्ला कमिटी झापाको बाँडफाँडमा अन्य नेताहरु विभिन्न कार्यकर्ताको घरमा बास बसेका भए पनि उपाध्यक्ष गौतमलाई भने जिल्ला कमिटीले नै सुरक्षित होटलमा बास बसाएको एमालेनिकट स्रोतले बताएको छ । काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्ना सबै नेताहरुमध्ये उपाध्यक्ष वामदेव गौतमलाई मात्रै सुरक्षामा हाइ रिस्क रहेको संकेत देखाएको छ । मेची–महाकाली यात्राका क्रममा पूर्वाञ्चलमा थुप्रिएका एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेताहरु माधव नेपाल झलनाथ खनाल, उपाध्यक्ष भीम रावल लगायतका नेताहरुभन्दा उपाध्यक्ष वामदेव गौतमलाई हाइ रिस्क रहेको संकेत एमालेले गरेको...

अन्तर्राष्ट्रिय नारी दिवस मनाईंदै, नेपालमा सार्वजनिक विदा

14889555951488940284Nari-Diwas1.jpg
काठमाडौं । आज अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईदैछ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नामले पनि मनाइन्छ । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए । त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजवादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलन गरे । जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्वीट्जरल्यान्ड...

तराईका जिल्लामा विहानैदेखि प्रदर्शन, बन्दले यातायात ठप्प

14888766741488873419sapt11.jpg
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको तराई बन्दका कारण आज(मंगलबार) तराईका जिल्लाको जनजीवन ठप्प भएको छ । प्रहरीसँगको झडपमा सोमबार सप्तरीमा आफ्ना कार्यकर्ताको मृत्यु भएको विरोधमा मोर्चाले आज तराईका जिल्ला बन्द आह्वान गरेको हो । बन्दका कारण सिरहा, सप्तरी, रौतहट, धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्ला प्रभावित भएका छन् । यातायात, कलकारखाना, व्यापार व्यवसाय ठप्प भएका छन् भने शैक्षिक संस्था पनि खुल्न सकेका छैनन् । ती जिल्लामा मोर्चाका कार्यकर्ताले बिहानैदेखि ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले प्रहरीको गोली लागि मृत्यु...
1453145911obamacare.gif

निर्वाचनका कारण कक्षा ११ को परीक्षा सर्यो

भक्तपुर, २० फागुन । आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनका कारण कक्षा ११ को अन्तिम परीक्षा सरेको छ । आज राष्ट्रिय परीक्षा बोर्ड परीक्षा समितिको बैठकले २०७४ सालको कक्षा ११ को परीक्षा सञ्चालन मिति पर सारेको बोर्डका सदस्य–सचिव डिल्ली रिमालले जानकारी दिनुभयो ।  बोर्डले आगामी वैशाख २४ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन गर्ने गरी सार्वजनिक गरेको परीक्षा तालिका परिवर्तन गरी आगामी असार १ गतेदेखि ११ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।  बोर्डले कक्षा १२ को परीक्षा भने यथावत् नै राख्दै वैशाख १० देखि २२ गतेसम्म सञ्चालन गर्ने भएको...

काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त

14884397721488356468ishwarraj-paudel.jpg
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा ईश्वरराज पौडेल नियुक्त भएका छन् । स्थानीय विकास मन्त्रालयले काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा सहसचिव पौडेललाई नियुक्त गरेको हो । निर्वाचनको आचारसंहिता लागु हुनुभन्दा एक दिन अगाडि मंगलबार मन्त्रालयले निवर्तमान प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई मन्त्रालयमा सरुवा गरेर पौडेललाई नयाँ सिइओको रुपमा नियुक्त गरेको हो । तामाङलाई नगरपालिका तथा वातावरण व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। पौडेलले यसअघि कास्कीको स्थानीय विकास अधिकारी भएर काम गरिसकेका छन्...

म्यानपावर व्यवसायीलाई जिउँदै आगो लगाइयो

14883534951488338671aago.jpg
काठमाडौं । नेपालमा अपराधिक घट्नमा पनि कस्ता कस्ता हुन्छन् अनि मानिस कति निर्दयी हुन्छन् । सिरहामा एउटा यस्तै घटना घटेको छ । मंगलबार राति ११ बजे एक युवक घरमा आगो लगाइँदा आगो जलेर मृत्यु भएको छ । सिरहा मिर्चिया नगरपालिका–२ मझाउ बस्ने ३० वर्षीय प्रदिप राईलाई कुटपीट गरी जिउँदै आगो लगाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ  । मृतक प्रदिप राई म्यानपावर व्यसायी भएकोमा व्यवसायकै रिसले आगो लगाइएको हुन सक्ने अनुमान गरिएको छ । मृतकको लाश पोष्ट मार्टमका लागि वीपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।     ...
Advertisement

गंगामायाको लडाईलाई अन्तर्राष्ट्रियकरण गराइने

14881799151488125102gangamaya1.jpg
काठमाडौं । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै वीर अस्पतालमा लामो समयदेखि अनसनमा रहेकी गंगामाया अधिकारीलाई जर्मन सांसद तथा ग्रीन पार्टीका वैदेशिक मामिला प्रवक्ता ओमिद नुरिपोरले भेट गरेका छन् । उनले गंगामायालाई न्यायको लडाईमा साथ दिने आश्वासन समेत दिनएका छन् । गंगामायाको लडाईलाई अन्तर्राष्ट्रियकरण गराउने आश्वासन पनि जर्मन सांसदले दिएका छन् । सो अवसरमा गंगामायाले आफूलाई नेपाल सरकारबाट न्याय पाउनेमा कत्ति पनि विश्वास नलागेको बताइन् । गंगामायाका श्रीमान् नन्दप्रसादको पनि अनसनकै क्रममा दुई बर्ष अघि निधन भएको थियो । माओवादी कार्यकर्ताले...

माओवादी नेता पुनलाई थप उपचारको लागि थाइल्याण्ड लगिँदैं

14880921871488090648Barsha-Man-Pun-5.jpg
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई थप उपचारको लागि थाइल्याण्ड लाने तयारी गरिएको छ । उच्च ज्वरो आएपछि गएको मंगलबारदेखि धापासीको ग्राण्डी अस्पताल भर्ना भएका पूर्व अर्थमन्त्री पुनलाई दिउँसो दुई बजे थाई एयरबाट थाइल्याण्डको बैंकक लैजाने तयारी भएको पारिवारिक स्रोतले बताएको छ । पुनलाई ज्वरो कम नभएको तथा वान्ता हुने र टाउको दुख्ने समस्या रहिरहेको तथा नियमित उपचारको लागि पनि जानुपर्ने भएको बताईएको छ ।  यसअघि जण्डिस बिग्रिएपछि पूर्व अर्थमन्त्री पुन गएको वर्ष माघमा भारतको नयाँदिल्ली र थाइल्याण्डको बैंककमा उपचार गरेर फर्कनुभएको थियो ।   ...

आगामी वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा

14876590491487602830cabinet.jpg
काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । निर्वाचन आयोगसँगको परामर्शपछि सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गतेलाई स्थानीय चुनावको मिति घोषणा गरेको हो । सोमबार तेस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले मिति घोषणा गर्‍यो । मन्त्रिपरिषद् बस्नुअघि भएको परामर्शमा निर्वाचन आयोगले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई  प्रस्ताव गरेको थियो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यसहित आयोगका पदाधिकारीसँगको छलफलमा आयोगले...
Advertisement

एकाबिहानै त्रिशूलीमा जीप खस्दा दुई बेपत्ता, चार घाइते

14875744301487563195accident.jpg
रत्ननगर (चितवन), ९ फागुन । चितवनको कविलासस्थित सडकबाट एउटा बोलेरो जिप आज बिहान त्रिशूली नदीमा खस्दा दुईजना बेपत्ता भएको र अन्य चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  दुर्घटनामा परी गोर्खा ताकु–६ बस्ने ६५ वर्षीया विष्णुमायाँ गुरुङ र उनका नाति १३ वर्षीय कविन गुरुङ बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । आज बिहान करिब ३ बजेको समयमा चितवनको खैरहनीबाट गोरखा जाँदै गरेको ना३ख ७५४३ नंको बोलेरो कविलास–४ स्थित सत्र किलो भन्ने स्थानबाट त्रिशूली नदीमा खस्दा सो दुर्घटना भएको हो ।  दुर्घटनामा परी घाइते हुनेहरुमा चितवन कालिका नगरपालिका–५ का...

बीपी राजमार्गको भलायोटारमा सडक भासियो, यातायात अवरुद्ध

14875738691487560542bpfinal4.jpg
काठमाडौं । बनेपा-सिन्धुली-बर्दिबास (वीपी राजमार्ग)सडकअन्तर्गत सिन्धुलीको खाल्टे भलायोटार भीरमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । खुर्कोट-नेपालथोक सडक खण्डमा पर्ने सितलपाटी गाविसको खाल्टे भलायोटार भीरमा आइतबार राति सडक भास्सिएर सुख्खा पहिरो गएपछि वीपी राजमार्गको नेपालथोक–खुर्कोट सडक खण्ड अवरुद्ध भएको हो । विगतमा भूकम्पले थर्काएर भास्सिएको सडकमा राती ११ बजे भलायोटार भीरको करीब ३० मिटर पक्की सडक सुनकोशी नदीमा खसेको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । सडक भास्सिएर सुख्खा पहिरो गएपछि रातिदेखि नै वीपी राजमार्गको नेपालथोक—खुर्कोट सडक खण्डमा...

धुर्मुस–सुन्तली फाउन्डेसनलाई ८८ हजार रुपैयाँ सहयोग

14871432271487140664dhurmus.jpeg
महोत्तरी - महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मङ्गलबार एक कार्यक्रमबीच धुर्मुस–सुन्तली फाउन्डेसनलाई ८८ हजार रुपैयाँ सहयोग गरिएको छ। महोत्तरीको बर्दिबासमा एकीकृत नमुना मुसहर बस्ती बनाउन लागेको धुर्मुस–सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मङ्गलबार साँझ जलेश्वर आएको बेला स्थानीयवासीले भव्य स्वागत गर्दै ८८ हजार रुपैयाँ सहयोग गरेका थिए।    जलेश्वर उद्योग वाणिज्य सङ्घ जलेश्वरको सभाहलका आयोजित स्थानीय बुद्धिजीवी, समाजसेवी र अगुवासँगको भेटघाटमा फाउन्डेसनलाई तत्काल भेटघाटमा उपस्थित व्यक्तिले आफूसँग...
Advertisement

प्रहरी प्रवक्तामा एसएसपी सर्वेन्द्र खनाल नियुक्त

14870546661487045647Sarbendra-khanal-1.jpg
काठमाडौं -  नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल नियुक्त भएका छन् । महानगरीय अपराध महाशाखाबाट केही दिनअघि मात्र प्रधान कार्यालय सरुवा भएका खनाललाई सोमबार प्रवक्तामा नियुक्त गरिएको हो । उनले यसअघि पनि प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । जानकारहरु उनको यसअघिको प्रवक्ताको कार्यकाललाई अत्यन्तै सफल मान्छन् ।   ...

फाष्ट ट्रयाकको २ लेन कान्तिराजपथसगै जोडे मात्रै फाष्ट ट्रयाक बन्छ ।

फाष्ट ट्रयाकको २ लेन कान्तिराजपथसगै जोडे मात्रै फाष्ट ट्रयाक बन्छ । राष्ट्रिय गौरबको योजना भनि प्रचार गरिएको फाष्ट ट्रयाक बनाउने हो भने देशलाई बार्षीक कम्तीमा पनि १५ अरब रुपैया भन्दा बढीको यातायातसंग सम्बन्धित डिजल, पेट्रोल ,पाटपुर्जा लगायतका सामानहरुबाट फाईदा हुने पक्का छ । फाष्ट ट्रयाक बनाउने कुरामा राज्यले ध्यान दिए जस्तो गरे पनि जुन हिसाबले बजेट बिनियोजन गरिएको छ त्यस हिसाबले यो बन्न सयौ बर्ष लाग्ने देखिन्छ । अझ देश बिकाश भन्दा राजनैतिक स्वार्थ र आफ्नो गृह जिल्लामा अशर गरेर चुनाव हारिन्छ कि भन्ने मानसिकताबाट ग्रसीत अहिलेका नेताहरुको अराजनितिक र...

प्रेमपछि यी चर्चित नेताले गरे अन्तरजातीय विवाह

14869698551486951743baburam-hisila.jpg
काठमाडौँ । नेपाली समाजमा अन्तरजातीय विवाह आफैँमा संघर्ष हो । दलित र गैरदलितबीचको विवाहलाई कानुनले बन्देज नलगाए पनि समाजले यसलाई सहर्ष स्विकार्न सकेको छैन । तैपनि जातीय विभेदको सामाजिक जन्जिरलाई तोड्दै केही जोडीले आफूलाई परिवर्तनको पक्षमा उभ्याएका छन् । समाजमा रुमलिएको जातीयताको अन्धविश्वासलाई तोड्न हिम्मत गर्ने जोडीहरू राजनीतिक क्षेत्रमा थुप्रै छन् । अन्तरजातीय बिहे गर्ने नेताहरुको पंक्ति एमालेमा ठूलो छ । पार्टी अध्यक्षदेखि नेतृत्व तहमा रहेका धेरैले अन्तरजातीय विवाह गरेका छन् । पुर्वको ब्राह्मण परिवारका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको नेवार...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement