राष्ट्रिय

निःशुल्क मुटु र मिर्गोला जाँचमा तीन सयले सेवा लिए

काठमाडौँ, २९ माघ । राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी सङ्घको आयोजनामा आज रासस परिसरमा भएको निशुल्क मुटु र मिर्गौला परिक्षणमा झन्डै तीन सय जनाले जाँच गराएका छन् । राससको आसन्न ५६आँै वार्षिकोत्सवको अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काठमाडौँ शाखा र जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँको संयुक्त सहयोगमा भएको सो निशुल्क परिक्षणमा राससभित्रका पत्रकार, कर्मचारी र उनका परिवार तथा विभिन्न सञ्चारमाध्यामका पत्रकारहरुले स्वास्थ्यपरीक्षण गरिएका थिए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रेमलाल वैद्य, डा उर्मिला शाक्य, डा लक्षेश्वर प्रधान शाह, डा ज्योत्स्ना...

एकमहिने स्वस्थानी मेला र कथावाचन समापन आज गरिँदै

14867214271486690513Sosthani-mata.jpg
काठमाडौँ, २८ माघ । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरिँदैछ ।  व्रत बस्ने प्रत्येक महिला(पुरुष पनि)ले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार...

७२ वर्षीय बुबाले प्रहार गरेको खुकुरीबाट छोराको मृत्यु

14865365731486534085hatya.jpg
कैलाली, २६ माघ । कैलालीको घोडाघोडी नगरपालिकामा ७२ वर्षीय बुबाले खुकुरी प्रहार गरेपछि छोराको मृत्यु भएको छ । गएराति ११.३० बजे घोडाघोडी नगरपालिका–१ रामपुरका बाबु राजमली रोकायको खुकुरी प्रहारबाट उहाँका ४३ वर्षीय छोरा कर्ण रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  बाबु छोराबीच जग्गाको विषयमा विवाद हँुदा बाउले प्रहार गरेको खुकुरीबाट छोरा घाइते भएका थिए । घाइते छोरालाई उपचारको लागि घोडाघोडी अस्पताल पु¥याइएको थियो भने घोडाघोडी अस्पतालले थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाउँदा उपचारकै क्रममै मृत्यु भएको जिल्ला प्रहरी...
1453145911obamacare.gif

टेरियालाई गृह जिल्लामा भव्य स्वागत

14865360471486526514teriyasamman-butwal.jpg
तिलोत्तमा (रुपन्देही), २६ माघ । भारतीय टिभी च्यानलमा ‘झलक दिखला जा’को उपाधि प्राप्त गर्न सफल रुपन्देही रुद्रपुरकी टेरिया फौजामगरलाई मङ्गलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ ।  टेरिया मगर फाउन्डेसनले बुटवलमा गरेको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अघिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीलगायतले उनको सम्मान गरेका हुन् ।  बुटवलको बागेश्वरी सङ्गीतालयमा नृत्य कक्षा सुरुवात गरेकी टेरियाले सन् २०१४ मा भारतीय च्यानल जी टिभीबाट प्रसारण हुने ‘डान्स इन्डिया डान्स’को लिटिल मास्टर्स प्रतियोगितामा प्रथम भएकी थिइन् । उनले हालै मात्र...

हतारमा विवाह, अहिले पछुतोः पढ्ने एउटा गर्ने अर्कै

14863623921486350934student-rukum2.jpg
काठमाडौं । २९ मंसीर दिउँसो जोखबहादुर लामिछाने कक्षा १० का विद्यार्थीलाई ‘सानै उमेरमा विवाह गर्दा गर्भवती हुने आमा र बच्चा दुवैलाई अप्ठ्यारो हुन्छ’ भन्दै पढाइरहेका थिए । शिक्षक जति जति यी कुरा दोहो¥याउँथे, पहिल्यै विवाहित १५ जना विद्यार्थीको अनुहार भने उति नै अँध्यारो हुँदै जान्थ्यो । “यही भनेर पढाउन थालेको २१ वर्ष भयो, तर बालविवाह रोकिएको छैन”, पोखरा गाविस–१, रुकुमस्थित जनता उच्च माध्यमिक विद्यालयका स्वास्थ्य जनसंख्या तथा वातावरण विषयका शिक्षक लामिछानेको अनुभव छ, “पारिवारिक संरचना र संस्कारगत कुरालाई किताबको ज्ञानले मात्र कम गर्न सकिंदो रहेनछ...

सिके राउतलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राखिने

148611773314861108611486031858CK-Raut.jpg
काठमाडौं । मुलुक टुक्र्याउने भन्दै अभियान चलाउँदै आएका सिके राउतलाई थुनामा राखेर अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले प्रहरीलाई दश दिनको म्याद दिएको छ । बिहीबार पक्राउ गरिएका राउतलाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत सिरहामा पेश गरेको थियो । राउतविरुद्ध लागेको अभियोगको थुनामै राखेर अनुसन्धान गर्नु र प्रमाण जुटाउनुपर्ने भन्दै इलाका प्रहरी कार्यालय लहानले राउतलाई अदालतमा पेश गरेको थियो । राउतविरुद्ध ‘राज्यविरुद्धको संगठित अपराध’ को अभियोग दर्ता गरिएको छ । राउतविरुद्ध संगठन र मोर्चा बनाएर कानून विपरित राज्य विप्लव गरेको अभियोग लागेको इलाका...
Advertisement

श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाउने खटिक पक्राउ

14861112171486001073sunita.jpg
नेपालगन्ज – श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाउने नेपालगन्ज १२, खटकनपूर्वाका राजेन्द खटिकलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ६ गते राती करिब ९ बजे सामान्य विवादमा आफ्नै श्रीमती सुनितालाई मट्टीतेल छर्केर आगो लगाइ फरार रहेका खटिकलाई प्रहरीले बुधबार नेपालगन्ज २०, जमुनाहाबाट पक्राउ गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । विशेष सुराकीको आधारमा खटिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजेन्द्रले सुनितालाई टुकीमा रहेको मट्टीतेल खन्याएर मार्ने प्रयास गरेको प्रहरीले आरोप लगाएको छ । नेपालगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगिएकी सुनिताको...

नेपाली सेना दलहरुलाई दबाब दिएर तराईमा के गर्न खोज्दैछ ?

14859472201485917082Nepal-206.jpg
काठमाडौं । मुलुकका प्रमुख राजनीतिक दलहरूलाई सेनाले तराईमा गतिविधि बढाउन र विखण्डनकारीहरूको एजेन्डालाई काउन्टर गर्न दबाब बढाएको छ । सेना स्वयंले पनि तराईका सामाजिक काममा हात हालेर जनतामाझ विश्वसनीयता बढाउन खोजिहेको छ । तर यो राजनीतिक उद्देश्यका लागि होइन, सेनाको सघन सामाजिक उपस्थितिले तराईमा विखण्डनको प्रभाव रोकिन्छ भन्ने हिसाबले भएको बुझिएको छ । दुई महिनाअघि (मंसिर पहिलो साता) पृतनापति बैठक राखेर सेनाले प्रत्यक्षरूपमा राजनीतिप्रति नजिकबाट चासो र चिन्ता मात्रै राखेको छैन, देश विखण्डनको डिलमा पुग्न लागे आफ्नो भूमिका स्पष्ट रूपमा निर्वाह गर्ने चेतावनी...

आज श्रीपञ्चमी ! सरस्वतीको पूजाआराधना गरिदै

14859394111485913253sarswati1.jpg
काठमाडौँ, १८ माघ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।  चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।  विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका...
Advertisement

जलवायु परिवर्तनको असर : फागुनमा फुल्ने गुराँस माघमै राताम्मे !

14859321461485929881gurasssss.jpg
जाजरकोट, माघ १९ - उच्च पहाडी जङ्गलमा गुराँस फुल्ने मुख्य मौसम फागुनदेखि चैत र वैशाख हो, तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् । जिल्लाकै उच्च भाग बारेकोट क्षेत्रमा पुस पहिलो सातादेखि नै गुराँस फुल्न थालेको थियो । माघ लाग्दासम्म सदरमुकाम नजिकैको पाँचकाटिया क्षेत्र पनि गुराँसले ढाकेपछि हेर्ने र तस्बिर खिचाउनेको भीड लागेको छ । प्रायः फागुन पहिलो सातासम्म बढी चिसो रहने क्षेत्रमा मौसम पनि तातेको छ । “जलवायु परिवर्तनको प्रत्यक्ष असर नै हो”– जिल्ला वन कार्यालयका नेपाली शाहले भने, “धेरै चिसो हुने स्थानमा पुस, माघमै गुराँस फुलेको देखिएको छ...

कांग्रेसी र एमाले युवावीच धरानमा झडप : युवासंघ धरान इञ्चार्ज घाइते

1485762054cpn-uml.jpg
माघ १७, २०७३- धरानमा कांग्रेस समर्थक युवा र एमाले समर्थक युवावीच झडप भएको छ । आइतबार राति भएको झडपमा कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष विकको समूहले खुकुरी प्रहार गरी एमालेको भातृसंगठन युवासंघका धरान इन्चार्ज दिवस राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । विकको समूहबाट आत्रमणमा परी घाइते भएर सडकमा मरणासन्न अवस्थामा लडिरहेको फेला परेपछि प्रहरीले उद्धार गरेर नजिकै रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्‍याएका थिए । प्रहरीका अनुसार एकसाता अघि माघ १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको टेक्सन फुड...

शहीद दिवसमा शहीदहरुको स्मरण,राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

14856797691485676199pmdahal.jpg
काठमाडौं । आज माघ १६ अर्थात् शहीद दिवस देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाइन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र अग्रगमन महान् शहीदको त्याग र बलिदानको परिणाम हुन उनले भनिन् । उनले वीर, अमर, त्यागी  र भविष्यद्रष्टा शहीदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमति मार्फत शान्ति, विकास गर्न सके मात्र शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने उल्लेख गरिन् । यसै अवसरमा काठमाडौं महानगरपालिकाले लैनचौरस्थित शहीद...
Advertisement

कानुनी शिक्षा र महत्व सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

1485530512ssnelsa-2.jpg
कास्की,नेपाली कनुनी विद्यार्थी सञ्जाल (नेल्सा) पी एन सी च्याप्टरद्वारा कानुनी विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथी उच्च अदालतका माननीय न्यायधिश द्वारिका मान जोशीले कानुनलाई तीन दृष्टिकोण (भूत, वर्तमान र भविष्य) बाट अध्ययन गर्नुपर्ने बताउनु भयो । विशेष अतिथिहरु वरिष्ठ अधिवक्ता कृष्ण गुरुङ्गले कानुनीशिक्षाको सबै क्षेत्रमा आवश्यकता छ भन्ने कुरामा जोड दिनुभयो । नेल्साका केन्द्रिय उपाध्यक्ष शंकर सैजुले कानुनी सचेतनाले मात्र कानुनी शिक्षाको महत्व प्रभावकारी हुने भन्दै आगामी कार्ययोजनामा प्रदेश स्तरीय कानुनी सचेतनालाई अगाडी बढाउने...

लगानीको सुरक्षा कसरी गर्ने ? एफपीओ, लीलामी र दोस्रो बजारमा शेयर किन्नुअघि ध्यान दिनै पर्छ यी कुराहरु

14855008681485442372protect-your-investment.jpg
तपाईँलाई बाँच्ने र मर्नेको दोबाटोमा पु¥याएर बजारबाटै विस्थापित गराउन चाहनेहरुबाट बच्नका लागि आफ्नो भावी स्थितिका बारेमा स्पष्ट हुनुपर्दछ ।  काठमाडौं । शेयर बजारमा खेल्दै रहेका वा विशेष गरी खेल्न चाहनेहरुले बजारको बारेमा निकै गहिरो अध्ययन गर्नु जरुरी हुन्छ । शेयर बजार सिधै पैसाको बजार भएकाले यसमा मानवता, दाया, धर्म र नैतिकताको कुनै ख्याल गरिएको पाइँदैन । विशेषतः ठुला माछाले साना माछा खाने उखान शेयर बजारमा पनि लागु भएको पाइन्छ । साना लगानीकर्ताहरु सीमित सम्पत्ति लिएर बजारमा प्रवेश गर्छन् र सीमित समय बजारमा रही पुनः अर्कै गन्तव्यमा जान्छन् र त्यो माछा...

अन्नपूर्ण आधार शिविरमा स्की खेल प्रशिक्षण हुने

1485309420ski.jpg
काठमाडौँ, ११ माघ । अन्नपूर्ण पदयात्रा मार्गको प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण हिमालको आधार शिविरमा साहसिक खेलका रुपमा लिइएको स्की खेल प्रशिक्षण र महोत्सव गरिने भएको छ । स्वदेशी विदेशी पर्यटकहरुको उत्कृष्ट पदयात्रा क्षेत्रका रुपमा ख्याति कमाएको अन्नपूर्ण आधार शिविरमा हिउँ पर्ने मौसममा थप पर्यटकीय क्रियाकलाप बढाउन स्की एन्ड स्नोबोर्डिङ फाउन्डेशनले निःशुल्क प्रशिक्षणसहितको ‘स्की फर नेपाल’ कार्यक्रम गर्न लागिएको हो । यही माघ २८ बाट पदयात्रासहित सुरु हुने १३ दिने सो कार्यक्रमको पाँच दिन अन्नपूर्ण हिमालको आधार शिविरमा खेल खेल्ने तरिका, सीप र विविध...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement