कुनैपनि राष्ट्र समृद्ध बन्नको लागी आर्थिक श्रोत साधनहरुको परिचालन एक महत्वपूर्ण शर्त हो जुन विना सुसभ्य समाज र समृद्ध राष्ट्रको परिकल्पना केवल कोरा कल्पना हुनेछ । देशको सरकारले राज्य सञ्चालनका साथ साथै राष्ट्रको उन्नत्ती प्रगतिको लागी आर्थिक श्रोत एवं साधानहरुको पहिचान गर्ने र त्यसको उचित व्यवस्थापन गर्ने एक महत्वपूर्ण दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । देशको आन्तरिक आर्थिक श्रोत व्यवस्थापनमा राजश्वको महत्वपूर्ण भुमिका रहने कुरामा कसैको पनि दुविधा नहोला । राज्यसँग यथेष्ट राजश्व सँकलनको आधार छ भने सरकारले आर्थिक विकासको लागि पर्याप्त रकम खर्चिनुका...
जन्म पश्चात् मृत्यु अबस्वम्भावी छ, यो प्रकृतिको नियम हो । हरेक जीवात्माको मृत्यु कहिले, कहाँ, कसरी, कुन अवस्थामा हुन्छ केही थाहा हुँदैन । प्रख्यात रुसी साहित्यकार लिओ टोल्स्तायको "व्हाट मेन लिभ बाइ?" मा "मानिसलाई के दिइएको छैन ?" भन्ने प्रश्नको उत्तरमा सुर्यास्त अगाडी मृत्यु हुने व्यक्तिले समेत वर्षौं खप्ने जुत्ता अर्डर गर्ने र बिग्रेमा सजाय गर्ने कठोरता देखाउदा मानिसलाई आफ्नो आवश्यकता के हो भनी थाहा नदिएको झैँ हामी सबै आज हेरिरहेका छौँ, भोलि के हो भनी कसैलाई थाहा छैन । तसर्थ, आज बाटै हामीलाई भोलि आवश्यक पर्ने वस्तुको जगेडामा लागौ । यस धर्तीमा जबसम्म हामी...
नेपालमा प्रजातन्त्र प्राप्त भएको करिब २७ वर्ष भै सकेको छ । हाम्रा समस्याहरू हिजोका दिनमा भन्दा आज झन् झन् बढ्दो रूपमा रहेका छन्, राज्यका साधन स्रोतहरू निश्चित व्यक्तिहरूमा सीमित हुने क्रम बढ्दो छ, नब्बेको दशकमा गन्न सकिने युवाहरू रोजगारीको सिलसिलामा परदेशीयको देशमा आज लाखौँ युवाहरू मरुभूमिको तातोमा आफ्ना पाखुरा बजार्दै छन् त कोही मलेसियाको जङ्गलमा बाद्ध्य भएर परिवारबाट टाढा हुँदै काम गर्न बाध्य छन् । सबै पिडामा छन् तर पनि बाध्यताले गर्दा उतै काम गरिरहेका छन् ।
विदेशबाट हरेक दिन जसो नेपालमा लास आउने अवस्था छ, कैयौ सिन्दुरहरु पुछिएका छन् । देश भित्रका...
स्थानीय निकायको चुनाव र पार्टी प्रवेशको लहर अग्नि चौलागाई नेपालमा करिब दुई दशक पश्चात आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचनमा सबै दलहरुको ध्यान केन्द्रित भएको छ । लामो समय जनप्रतिनिधि विहिन निकाय हुनुले विकाश निर्माणका कार्यहरु समेत प्रत्यक्ष रुपमा प्रभावित भएका थिए । स्थानीय निकायमा कार्यरत कर्मचारीहरु अन्य स्थानबाट आउने हुँदा कुन ठाउँमा बास्तविक रुपमा बिकाशको आबस्यकता छ भन्ने महशुस हुन नसकी विनियोजित बजेट खर्च नभई जाने वा दुरुपयोग भएर गईरहेको थियो । चुनावको चहलपहलले रक्तसंचार प्रवाह गरेको छ, जस्ले छोटो समयमा नै मुर्तरुप लिन सक्ने संकेत...
सम्पूर्ण पशुहरु आफूलाई एक्काइसौ सताब्दिको मानव सभ्यताको प्रजातान्त्रिक अभ्यासलाई पछयाउन्दै प्रजातान्त्रिक चुनाववाट पशुका मालिक चुन्न पशुपती नाथ मन्दिरको पछाडि श्लेष्मान्तक बनको माझाँ मनका कुरा पोख्न भेला भए ।
बाह्र महिना बाह्रगते रातको बाह्रबजे, टहटह जुन लागेको थियो । चम्किला ताराहरुको उज्यालोमा रमाउँदै खुशीले गदगद हुँदै पशुपती नाथा मन्दिरको पछाडि श्लेष्मान्तक बनाँ मनाँ कुरा पोख्न पशुहरुको सभालाई पशुपती नाथले पनि खुशीसँग नियाली रहनु भएको थियो ।
यसै क्रमाँ नेपालका छेउछाउका बोर्डर बाट पनि बोर्डर असुक्षाका कुराहरु टिपेर एकताका नारा झीकेर पशुहरू...
बढीमा ३-४ वटा झोला र खल्तीमा लगभग ५-७ सय डलरको ट्राभल चेक वा डलर बोकेर समुन्नत र समृद्धि जीवनगाथाको सपना बोकेर अवसरको मुलुक अमेरिका भित्रिएका सयौं नेपालीहरू अमेरिकी आर्थिक स्वतन्त्रता र अवसरको सदुपयोग गर्दै थुप्रै ब्यवसाय गरी सम्पन्नतातर्फ लम्किइरकेका छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, अब पत्याए हुन्छ । अहिले अमेरिकामा थुप्रै नेपालीहरू साना ब्यवसायको मालिक बनिरहेका छन् । र, बन्ने क्रम जारी छ । पहुँच, अनुभव र आँटले सयौं नेपालीहरू अमेरिकी जीवनशैलीको एक महत्वपूर्ण पर्याय ग्यास स्टेशन र स्टोरको मालिक बनिरहेका छन् । यसरी नेपालीहरूले अमेरिकामा आर्थिक...
प्रवासीहरुको लगानीको माध्यमबाट छिमेकी देशहरू भारत र चीनले आफ्नो आर्थिक अवस्थामा द्रुतगतिमा सुधार गर्दै विश्वको सबै भन्दा ठुलो अर्थतन्त्र हुने अवस्थामा पुग्न लागेका छन् । छिमेकीको सिको गर्दै नेपालमा समेत प्रवासी नेपालीहरूको लगानीको वातावरण बनाउने तर्फ विभिन्न पहल भएता पनि खासै सफलता प्राप्त हुन सकेको छैन ।
नेपालीहरू बिदेशिने र व्यापार व्यवसाय गरी स्थापित हुने क्रम बढ्दै गएतापनि चिनिया र भारतीयको झैँ अग्ररुपमा आउन सकेका छैनन् । गन्न सकिने प्रवासी नेपालीहरू मात्र ठुलो लगानी गर्न सक्ने अवस्थामा देखिए पनि देशको अस्थिरता, लगानी मैत्री नियम कानुन र वातावरण...
कुनै पनि राम्रों कम्पनीमा लगानी गर्नु भनेको आफ्नो आम्दानीको श्रोत वा भनौ पुँजीलाई बढाउनु पनि हो । अमेरिकामा रहेका गुगल, फेसबुक, माइक्रोसफ्ट, अमेजन जस्ता कम्पनीमा शेयर हाल्ने हरुको सम्पति धेरै गुणा बढेका उदाहरण छन् ।अहिलेको विश्वमा उबर्दो रूपमा रहेको कम्पनी भनेका सबै आईटि सेक्टर नै रहेका छन् । भाइबर, स्न्याप च्याट जस्ता कम्पनीहरू अरबौं डलरमा बिक्री भएका छन् । नेपालीहरू द्वारा स्थापित आइटी कम्पनीहरू पनि भोलिका दिनमा यसै रूपमा नबढ्ला भन्न सकिने अवस्था छैन ।
केही नेपालीले सिलिकन भ्यालीमा आइटी कम्पनीको सुरुवात गर्ने जमर्को समेत गरेका छन् भने कोही सानो रूपमा...
अघिल्लो सातान्तले धेरै नेपालीहरुलाई विशेषगरि टेक्सासवासीहरुलाई निकै व्यस्त वनायो । न्युयोर्कको वसाईमा गरिने यसप्रकारको व्यस्तता मैले यतासरेपछि गरेको पहिलो अनुभव हो । डलास शहरमा शुक्रबार वेलुकादेखि शुरु भएको त्यो व्यस्तता आईतबार अवेरसम्म चलेको थियो । समाचार र विचारमा कलम चलाउने मिडियाका साथीहरुले समाचार र विचारका स्रव्य दृष्य सामाग्रिहरु लगातार संप्रेषण गरिरहे । अमेरिकाको व्यस्त जिवनचर्यामा म पछाडी परे । स्थलगतरुपमा प्रत्यक्ष सहभागिता जनाई सकेपछि ढिलै भएपनि मैले पनि केहि लेख्ने जमर्को गरेको छु । विषयवस्तु र घटना एउटै भएपनि आआफ्नै दृष्टिकोण र शैली...
सुजन पण्डित, ह्युस्टन, टेक्सस् गैरआवासीय नेपाली संघ अमेरिकाको पाँचौं बार्षिक सभा "Enhancing Unity & Integration— Our Action for Vision 2020 and Beyond" भन्ने नाराका साथ टेक्ससको डालास शहरमा यही जनवरी १४,२०१६ का दिन सम्पन्न भएकोछ। नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतद्वारा उद्घाटित समारोहमा अमेरिकाका विभिन्न राज्यहरुबाट करिब ४०० जति सदस्यहरुको सहभागिता रहेको थियो। कार्यक्रममा पहिलो पटक मिडिया प्रतिनिधीका हैसियतले सहभागी भएकोले NRN-America का गतिबिधीहरुबारे केही नजिकबाट जान्ने मौका मिल्यो। दशहजार बढी सदस्य रहेको संस्थाको बार्षिक सभामा पाँच प्रतिशत भन्दा पनि कम सदस्यको उपस्थिति हुनु त्यति...
सुदिप पन्त – लसएञ्जलसमा रहेको श्री पशुपतिनाथ फाउण्डेसनलाई मैले सस्था जन्मे देखी न्वारन गर्दै यो स्थितिमा आइपुग्दा सम्म धेरै नजिकबाट निहालिरहेको छु। एउटा पत्रकारको रुपमा मात्र होइन लसएञ्जलसबासी नेपाली समुदायको एक सदस्यको रुपमा धेरथोर जिम्मेवारी बोध गरेको गर्दै गरेको अवस्था पनि हो। मुखपत्रको रुपमा शायद धेरै लेखिएन होला तर जिम्मेवार पत्रकारको रुपमा बेला बेला समाचार सम्प्रेष्रण गर्दै आएको पनि हो।हिजो जस्तो लाग्छ डिसेम्बर महिनाको १२ तारिख,२००९मा भएको छलफलबाट भक्त थापाको अध्यक्षतामा एउटा कार्यसमिती निर्माण भएको त्यो दिन अनी बिधिबत फेब्रुअरी महिनाको २६...
–नवराज बजगाई
दोस्रो ठूलो पर्वको उपमा लिएर आउने गर्छ मखमली फूल सप्तरंगी टीका अनि दाजुभाई दिदीबहिनीको मिलनको रमाइलो चाड, उज्यालो पर्व झिलीमिले साँझ, दीपावली तिहार याने यमपञ्चक ।
कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्लद्धादशीसम्म यमराज, यमुना, काग, कुकुर, लक्ष्मी, गाई, गोरु, अष्टचिरञ्जिवी र भाइको पूजा गरी मनाइने यो पर्व रमझम र खुशियालीको रुपमा मात्र नरहरी मिलन र आत्मियता साटासाट अनि दीर्घायुको कामना गर्ने अवसरको रुपमा समेत सथापित छ ।
कार्तिक कृष्णत्रयोदशी अर्थात काग तिहार: यमराजकी बहिनी यमुना दाजुसँग भेट नभएर सम्झेर बसेको बेला नजिकै आएर कराई रहेको कागलाई देखेपछि...
–नवराज बजगाई
तिहारको चौथो दिन कार्तिक शुक्ल प्रतिपदाका दिन अर्थात नेवारीमा म्ह: पूजाका दिन नेवारहरुले आफ्नै शरीरलाई पूजा गरेर म्ह: पूजा मनाउने गर्छन् ।
यस दिन नेवार परिवारमा मुली अर्थात थकालीले सबै सदस्यलाई पूजा गरी कुखुराको फूल सगुन् अर्पण गर्ने गर्छन् । पूजामा परिवारका सबै सदस्यका लागि पूर्व सम्मुख पारेर एक–एक वटा मण्डप बनाइन्छ । मण्डपमा तेलको सानो रेखालाई बीचमा पारी त्यसपछि क्रमश ः आँखे (खस्रो अक्षता) लावा, कालो भटमासको गेडा, धान, पैटयाँ , पौटाया (बेसारले रंगाएको चामलको धुलो) त्यसपछि पानी र रंगीविरंगी फूलका घेरा हालिन्छ । यसरी परिवारका सबै सदस्यलाई पुग्ने...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचन सन्निकट छ र यतिबेला निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कार्यतालिका पनि प्रकाशित गरिसकेको छ । यसभन्दा केही महिना अगाडि नै जारी भइसकेको निर्वाचन कार्यतालिका केही प्राविधिक कारणले निर्वाचन आयोगले जुलाई २, २०१६ मा स्थगित गरेको थियो ।
निर्वाचन स्थगित गर्नुपर्ने मूल कारण भनेको लामो समयदेखि मतदाता नामावली अद्यावधिक गरिनुपर्ने भन्ने मुद्दा उठेको र सम्मानित अदालतबाट पनि निर्वाचन मतदाता नामावली अद्यावधिक गर्नु भन्ने व्यहारोको पत्र प्राप्त भएकोले सोही उद्देश्यका लागि पूर्व निर्धारित निर्वाचन स्थगित गर्नुपरेको...
अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
यत्तिखेर प्रेम बानियाँलाई यहीं छोेडेर केही अगाडि जान चाहन्छु जुन बेला बिबिसी नेपाली सेवाको साझा सवालका प्रस्तोता पत्रकार नारायण श्रेष्ठले अचानक बिबिसी साझा सवाल छोड्ने घोषणा गरे । त्यतिबेला यो घोषणा निकै चर्चाको विषय बन्यो । नारायण श्रेष्ठले बिबिसी छोड्नुपर्ने वास्तविक कारण नखुलाइए पनि अध्ययनका लागि अमेरिका जाने भन्ने अपुष्ट समाचार बाहिर आयो ।
यहाँसम्म पनि ठीकै छ तर म त्यतिबेला छक्क परें जुन बेला नारायण श्रेष्ठ अध्ययनका...