राजनीति

गृहमन्त्रीमा फेरि निधि नै, राजीनामा अस्वीकृत

14938867311493875937nidifinaldd.jpg
काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिएको राजीनामा अस्वीकृत गरेका छन् । प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री निधिबीच आज भएको छलफलपछि प्रधानमन्त्रीले राजीनामा अस्वीकृत गरेका हुन् । निधि आजै गृहमन्त्रालयमा पुगेर पूर्ववत् काममा फर्कने बताइएको छ । एकाएक पदबाट राजीनामा दिएका निधि र काँग्रेस सभापति देउवाबीच बुधबार लामो समय संवाद भएपछि निधि पुनः सोही पदमा फर्किन तयार भएको बताइन्छ । बुधबारको छलफलमा देउवा र निधिबीच मुलुक जोगाउन र काँग्रेसलाई बलियो बनाउन पछाडि हट्न...

महाभियोग प्रस्ताव फिर्ता नभए एमालेले संसद् चल्न नदिने

14938866241493882580umaleee.jpg
काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद् चल्न नदिने बताएका छन् । संसद्को बैठक आज दिउँसो बस्दैछ । एमाले केन्द्रीय प्रचार विभागले आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारले चाहेको जस्तो फैसला नभएको भन्ने आधारमा स्वतन्त्र न्यायालयमाथि एकाएक त्यस्तो प्रस्ताव ल्याइनु गलत भएको बताए । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का दुईसय ४९ सांसद्ले यही वैशाख १७ गते सो प्रस्ताव संसद्मा...

थप ‘एक्स्पोज’ हुँदै कमल थापा

14937995111493776402kamal.jpg
काठमाडौं। राजतन्त्रको पुनर्वहाली र हिन्दूराष्ट्रलाई मुख्य एजेन्डा बनाउने राप्रपा नेपालका अध्यक्ष कमल थापाको सक्कली अवतार फेरि एकपटक सार्वजनिक हुन पुगेको । यो खबर घटना र विचार साप्ताहिकमा छापिएको छ। सङ्घीय, गणतन्त्रात्मक, धर्मनिरपेक्ष सविधाध जारी गराउन विशिष्ट भूमिका निर्वाह गर्ने कमल थापा, केपी ओली नेतृत्वको सरकारमा रहँदा जारी संविधानलाई विश्वकै उत्कृष्ट भन्दै संसार घुम्ने गरेका थिए। त्यसका बाबजुद पार्टी एकिकरणपछि गत फागुनमा पनि राप्रपाले राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डा बोक्ने निर्णय गरेको थियो। ‘राजा र हिन्दूराष्ट्र’लाई पार्टीको विधानमा...
1453145911obamacare.gif

संशोधन नभए पनि चुनावमा जान राजपा तयार

14937992701493784454vajapa.jpg
काठमाडौं । नवगठित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका एकजना अध्यक्षले दोश्रो चरणको चुनावअघि संविधान संशोधन नभए पनि उक्त निर्वाचनमा सहभागी हुनसक्ने बताएका छन् । उक्त दलका एकजना अध्यक्ष अनिल झाले बीबीसीसँग कुरा गर्दै त्यो सम्भावना औंल्याएका हुन् । तर अहिलेसम्म संशोधनपछि मात्र चुनावमा जाने आफूहरुको अडान रहेको उनको भनाइ छ । संशोधन नभएसम्म चुनावमा नजाने अडान देखाएको मधेशी मोर्चाको एउटा दल संघीय समाजवादी फोरम नेपालले बैशाख ३१ गतेको चुनावमा उम्मेद्वारी दिएको छ । तर उम्मेद्वारी दर्ता गर्ने दिनभर जसो मोर्चा सम्बद्ध राजपा नेपाल एकतापछिको पहिलो संयुक्त...

निर्वाचन गतिविधि : विभिन्न जिल्लामा उत्साहपूर्वक मनोनयन

14937991511493791573chunab-congress1.JPG
काठमाडौँ, २० वैशाख । विभिन्न जिल्लामा स्थानीय तह निर्वाचन सन्दर्भमा हिजो उत्साहपूर्वक सहभागिताका विविध गतिविधिसम्बन्धि समाचार प्राप्त भइरहेका छन् । बनेपा ः बाजागाजा, ब्यानर र झन्डासहित उत्साहपूर्वक सहभागितामा काभ्रेपलाञ्चोकमा राजनीतिक दलले उम्मेदवारको मनोनयन गरेका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसी जनअधिकार फोरम, नेपाल मजदुर किसान पार्टीलगायत विभिन्न राजनीतिक दलले मङ्गलबार रातिसम्म मनोनयन दर्ता गराएका हुन् । दलसँगै विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवारीसमेत परेको छ । नेपाली काँग्रेसले...

चार महानगरपालिकामा कांग्रेसबाट यी हुन् मेयर र उपमेयरका उम्मेदवार

14937128101493709500congrecNC.jpg
काठमाडौं । नेपाली काँग्रेसले ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्बाचनका लागि चार महानगरपालिकाको उम्मेदवार नाम लगभग टुंगो लगाएको छ । नेता राजुराज जोशीलाई काठमाडौं महानगरपालिकाको उम्मेद्वार बनाएको छ भने उपमेयरमा हरिप्रभा खड्गीलाई चयन गरेको छ । जोशी २०४७ सालमा जिल्ला कार्यसमिति काठमाडौंका सचिव हुन् । हाल जोशी कांग्रेसको महासमिति सदस्य छन् । जोशी उद्योगमन्त्री नविन्द्रराज जोशीका दाई हुन् । कांग्रेसले चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयर टुङगो लगाएको छ । केहीबेर अघि मात्रै सकिएको बैठकले मेयरमा दिनेश कोइराला र उप–मेयरमा पार्वती शाहलाई उठाउने...
Advertisement

राजनीतिक ध्रुवीकरण तीव्र : राजपाले उम्मेदवारी नदिने, गच्छदार भन्छन्-महाभियोग फिर्ता नलिए समर्थन फिर्ता राजनीति

14937080871493687694gachhadar132.jpg
काठमाडौं – सत्ता गठबन्धन कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको भोलिपल्ट संसद्को चौथो ठूलो दल राप्रपा सरकारबाट बाहिरिएको छ भने प्रमुख प्रतिपक्षी दल एमालेले प्रस्ताव फिर्ता नभएमा कडा प्रतिरोधको चेतावनी दिएको छ ।कार्यसम्पादन समितिको बैठकपछि राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले महाभियोगले स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप भएको भन्दै सरकारबाट बाहिरिने निर्णय गर्नुभएको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ‘हामी महाभियोग प्रस्तावविरुद्ध संसद्मा भोट दिने र तत्काल सरकारबाट बाहिरिने...

नारायाण्काजीले भने-‘महाभियोग लगाउनुपर्ने पात्र उहाँ होइन’

14937079521493690934kagi.jpg
काठमाडौं – प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताएका छन्। नारायणकाजी श्रेष्ठसँगको कुराकानी आजको कान्तिपुरमा छ । । महाभियोग लाग्नुअघि प्रधानन्यायाधीश कार्कीलाई भेट्नुभएको भन्ने चर्चा आयो, कुरा के हो? -मैले अरू बेलाजस्तै सामान्य हिसाबले भेटेको हुँ। अदालतमा कुनै मुद्दा विचाराधीन रहेको बेला सोही कारणले भेट्न मिल्दा पनि मिल्दैनथ्यो, मैले त्यसी भेट्ने कुरा आउँदैन पनि थियो। महाभियोग प्रस्तावकै अघिल्लो दिन भेट्नुको कारण के हो त? -राजनीतिक नेतृत्वमा बसिसकेको राज्यका विभिन्न...

एमाले घोषणा पत्र: १० बर्षमा समृद्ध नेपाल, आफ्नै रेल र पानीजहाज

14936343271493631143umaleeghosana.jpg
काठमाडौं । नेकपा (एमाले) स्थानीय निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्पसहित सोमबार घोषणा पत्र सार्बजनिक गरेको हो । पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेताको उपस्थितिमा घोषणा पत्र भएको हो । घोषणापत्रमा संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीको रुपमा स्थानीय तहको निर्वाचनलाई लिँदै यसले सङ्घीयता, समृद्धि र समाजवादको आधारशीला निर्माणमा योगदान गर्ने उल्लेख छ । ‘नेपाली जनताको सच्चा प्रतिनिधि’ एमाले रहेको भन्दै तत्कालीन पार्टी...
Advertisement

आज उम्मेदवारको टुङ्गो लगाउने तयारीमा काँग्रेस राजनीति

14936183661493609889sher-b-deuwa1.jpg
काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बेलुका बसेको बैठकले महानगरपालिका र उपमहानगरपालिका तथा जिल्लास्थित पार्टीको संयन्त्रले टुङ्गो लगाउन नसकेका स्थानीय तहमा पार्टीका उम्मेदवारको नाम टुङ्गो लगाउने बारेमा वृहत छलफल गरेको छ कांग्रेसले यसअघि महानगरपालिका र उपमहानगरपालिकाको केन्द्रले र बाँकी तहमा जिल्लास्थित पार्टीको संयन्त्र बनाई उम्मेदवार चयन गर्ने निर्णय गरेको थियो । तर...

संसद बैठक आउँदो बिहिबार ३ बजेसम्मका लागि स्थगित

14935429551493540928C-pGVvCV0AAcHTp-1.jpg
काठमाडौं । सभामुख ओनसरी घर्तीले संविधान संशोधन प्रस्तावमा छलफल र मतदान हुने भनिएको संसदको बैठक आगामी बिहिबार सम्मका लागि स्थगित गरेकी छन् । पूर्वसांसद नथुनीसिंह दनुवारको मृत्युमा शोक प्रस्ताव पारित गरेपछि सभामुख घर्तीले अब अर्को बैठक २१ गते बस्ने जानकारी संसदलाई गराईन् । संसदको कार्यसूचीमा सरकारको संविधान संशोधन प्रस्तावमाथि दर्ता भएका  संशोधन प्रस्तावमा छलफल गर्ने तय थियो । सत्तारूढ दलले संविधान संशोधनक पक्षमा दुई तिहाई पुगेमा आजै मतदानमा लैजाने  प्रयत्न गरेका थिए । तर, संशोधनका पक्षमा दुई तिहाई पुगेकोमा सरकार आश्वस्थ हुन नसकेको र एमालेले पनि...

चुनाव रोक्ने एमालेको खेल, संशोधन विधेयक असफल पार्न सबै प्रयत्न गर्ने

14935378391493482681Uml-meet.jpg
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले वैशाख ३१ मै निर्वाचन गर्न पार्टी प्रतिबद्ध रहेको भन्दै संशोधन विधेयक फिर्ता गरी निर्वाचनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीले संशोधन विधेयक असफल पार्न सबै प्रयत्न गर्ने पनि जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको बारेमा विश्लेषण गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बैठकले स्थानीय तहको घोषित निर्वाचनलाई नै अन्यौल र अनिश्चिततातिर धकेल्न बिभिन्न पक्षबाट भएका षड्यन्त्रलाई...
Advertisement

मध्यरातमा संसद पुगेर सत्तारूढ दल र मधेसी मोर्चा , संयुक्त संशोधन प्रस्ताव दर्ता, अब के हुन्छ ?

14935373861493514784congress-chin-kagi.jpg
काठमाडौँ । व्यवस्थापिका–संसद्मा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि सत्तारुढ दल र मधेसी मोर्चाकातर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता भएको छ । सिंहदरबारस्थित नेपाली काँग्रेसको संसदीय दलको कार्यालयमा राति अबेरसम्म सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी मोर्चाका नेताबीचको बैठकले संशोधनको विषय टुङ्गो लगाएपछि केहीबेरअघि संशोधन प्रस्ताव दर्ता भएको हो । मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरमले भने छुट्टै संशोधन प्रस्ताव दर्ता गराउने भएको छ । बैठकमा सहभागी नेपाली काँग्रेसका प्रमूख सचेतक चिनकाजी...

सत्ता हस्तान्तरण गर्न दाहाललाई देउवाको दबाब

14935360281493515040sher-prachanda.PNG
काठमाडौं, वैशाख १७ । सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ । प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा रहेको सरकारका दुई घटक कांग्रेस र नेकपा माओवादी केन्द्रबीच शनिबारबाट अचानक स्थानीय तह निर्वाचनपछि सत्ता हस्तान्तरणको विषयले प्राथमिकता पाउँदा ती दलबीच मतभेद बढेको हो । संविधान संशोधन विधेयकलाई पारित गर्न विभिन्न विकल्पमा छलफलमा जुटेका प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवाबीच शनिबार साँझ विधेयक पारित गराई...

कांग्रेसले विगत २५ बर्षमा गरेको प्रगति यस्तो छ

14933754191493374550nc.jpg
काठमाडौं। प्रजात्नत्र पूनर्स्थापना यताका बर्षहरुमा सबैभन्दा धेरै सत्तामा रहेको नेपाली काँग्रेसले नीतिगत निर्णयहरु नगर्दा देश पछि परेको आरोप विपक्षी पार्टीहरुले लगाइहरँदा त्यसको जवाफ दिएको छ । प्रजातन्त्र पूनर्स्थापनाको केहि बर्ष वित्न नपाउँदै सशस्त्र द्धन्दमा धकेलिएको देशलाई सहि बाटोमा ल्याइ शान्ति प्रक्रियालाई निकष्कर्षमा पुर्‍याउन नेतृत्व गरेको काँग्रेसले विगत २५ बर्षमा जे जति विकास र प्रगति भएका छन त्यसमा आफ्नो सरकार र आफ्नो नेतृत्वको सरकारले लिएका सहि नीतिको परिणाम भएको दावी गरेको छ । यद्यपी यस समयमा राजाको प्रत्यक्ष शासनकाल, कम्युनिष्ट...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement