राजनीति

ओलीले भने, ‘सरकार किर्ते, जाली र फटाहा हो’

14933631661493347195Prime-minister-KP-Oli.jpg
काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई ‘किर्ते, जाली र फटाहा’ भन्दै आरोप लगाएका छन् । स्थानीय तह निर्वाचन लक्षित गरी एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार प्रचार विभागद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै ओलीले दाहाल नेतृत्वको सरकारलाई धाधलीबाज भन्दै किर्ते, जाली र फटाहा सरकार रहेको आरोप लगाएका हुन् । ‘यो सरकार धाधलीबाज हो, किर्तेबाज हो,’ ओलीले भने, ‘किर्ते, जाली र फटाहा सरकारले विनापुर्जी बहालवाला डीआईजीलाई पक्राउ गर्छ भने अरूलाई के गर्छ ?’ सरकारमा बसेर घटिया काम गरिरहेको आरोप...

राप्रपाको संकल्पपत्र : दश वर्षमा सबै नगर स्मार्ट सिटी, गौहत्या निषेध

14932792281493257388kamal-thapa.jpg
 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनलक्षित संकल्पपत्र सार्वजनिक गरेको छ।आगामी दश वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त सहर ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने राप्रपाको संकल्प छ। राप्रपा अध्यक्ष कमल थापा, वरिष्ठ नेताहरू विश्वबन्धु थापा र पशुपतिशमशेर राणाले संयुक्त रूपमा सार्वजनिक गरेको संकल्पपत्रमा राष्ट्रियता, प्रजातन्त्र, हिन्दूत्व र आर्थिक उदारवादको धरातलमा समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य छ। गाउँपालिका-नगरपालिकालाई देशभर ‘नमुना स्थानीय तह’का रूपमा स्थापित गरेर सञ्चालन गर्ने पनि राप्रपाको...

स्थानीय चुनाव कात्तिकसम्म धकल्ने राजपाको नयाँ रणनीति

14932783881493263753Rastriya-Janata-Dal-Madeshi-Dal-Ka-Top-Leader-Haru.jpg
काठमाडौं । स्थानीय तहको संख्या बढाउने सहमति फिर्ता लिने सरकारको निर्णंयबाट असन्तुष्ट मधेस केन्द्रित दलले स्थानीय चुनाव कात्तिकमा मात्र गर्नुपर्ने कुरा उठाउन थालेका छन् । ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीका नेता मनिस सुमनले १९ गतेदेखि सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकले यो निर्णय नै पारित गर्ने दाबी गरका हु्े । उनले कात्तिकसम्म पुनर्संरचना लगायत अहिले देखिएका विवाद समाधान गरेर एकसाथ तीनै तहको चुनाव गर्ने प्रस्ताव राजपाको केन्द्रीय कार्यसमितिले पारित गर्ने दाबी गर्नुभयो । राष्ट्रिय जनता पार्टीका नेता केशव झाले स्थानीय तह बढाउदा समय...
1453145911obamacare.gif

नगरपालिका र गाउँपालिकामा लगाइएको तालाबन्दी खोलियो

14932777611493264897tala.jpg
राजविराज, १४ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले नगरपालिका र गाउँपालिकामा लगाएको अनिश्चितकालीन तालाबन्दी बुधबारदेखि खुलेको छ ।  स्थानीय तह पुनर्संरचनाको विषयलाई थप छलफलमा लगिएपछि सो तालाबन्दी खोलिएको राष्ट्रिय जनता पार्टीका नेता गजेन्द्र मण्डल (अनुराग)ले बताउनुभयो ।  त्यस्तै, सरकारले कुनै कारणवश पुनः बेइमानी गरेमा मोर्चाले तालाबन्दीभन्दा पनि सशक्त आन्दोलन गर्ने संयुक्त लोकतान्त्रिक मोर्चा, सप्तरीका संयोजक दिनेशकुमार यादवले विज्ञप्तिमार्फत चेतावनी दिनुभएको छ ।  सरकारले जनसङ्ख्याका आधारमा स्थानीय तह निर्माण नगरेको र स्थानीय...

स्थानीय निर्वाचन गोरखामा वैद्य माओवादीद्वारा उम्मेदवार सिफारिस

14932776071492662468rainfall.JPG
गोरखा । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) ले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालमार्फत आउँदो यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखामा उम्मेदवार सिफारिस गरेको छ । गोरखा नगरपालिकाको प्रमुखमा अमृत राना, पालुङटार नपाको प्रमुखमा भूमिनारायण मल्ल, अजिरकोट गाउँपालिकाको प्रमुखमा तेजबहादुर गुरुङ, सिरानचोक गाउँपालिका प्रमुखमा छविलाल घले, गण्डकी गाउँपालिका प्रमुखमा राम नेपाली, पालुङटार नपा-६ वडा प्रमुखमा रमेश क्षेत्री, सिरानचोक गाउँपालिका–७ श्रीनाथकोट वडा प्रमुखमा हरिबहादुर गुरुङलाई उम्मेदवार बनाउने गरी केन्द्रमा...

आज आमाको मुख हेर्ने दिन

14931969041493171423aama.jpg
काठमाडौँ, १३ वैशाख । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ ।  जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।  “शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ,...
Advertisement

प्रचण्ड र मोदीबीच टेलिफोन बार्ता लगत्तै मधेसी नेताको ‘कन्फरेन्स कल’

14931897821493176439prachandamodi.jpg
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको स्थानीय तहको निर्वाचनमा सक्दो सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई मंगलबार अपराह्न टेलिफोन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालमा लामो समयपछि हुन लागेको स्थानीय निर्वाचन गर्न आफ्नो सक्दो सहयोग हुने बताएका हुन् । मोदीसँगको फोनवार्तामा प्रधानमन्त्री दाहालले देशमा निर्वाचनको लहर आइसकेको भन्दै तोकिएकै समयमा चुनाव गरी संविधान कार्यान्वयन गरिने बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । टेलिफोन कुराकानीमा मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प...

मधेसी नेताहरु भन्छन्ः आजै सहमति गरौं नत्र तराई फर्कन्छौं

14927595181492758107bartaaa.jpg
काठमाडौं । सत्तारुढ दल र मधेस केन्द्रित दलका नेताबीच आज फेरि बैठक गर्ने गरी बिहानको बैठक टुंग्याएका छन् । निर्वाचनमा भाग लिन सत्तारुढ दलका नेताहरुले गरेको आग्रहमा नवगठित राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका नेताहरुले संसदमा पेश भएको संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरिए चुनावमा भाग लिने बताएका छन् । आफ्नै निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा कांग्रेस, माओवादी केन्द्र, राजपामा आवद्ध मधेश केन्द्रित नेताहरु र संघीय समाजवादी फोरममा नेताहरुले छलफल सकरात्मक भएको बताएका हुन् । यसैबारेमा टुंगो गर्न आजै दिउँसो...

राष्ट्रिय जीवनका हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व हुनुपर्छः राष्ट्रपति भण्डारी

14927567231492743561bidhaya.jpg
भारत। राष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकार र सशक्तीकरणका लागि हाम्रो समाजमा जागरुकता र सामाजिक चेतना जागृत हुनुपर्ने बताएकी छिन । मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले भ्रमणको चौथो दिन हिजो उडिसा राज्यको राजधानी भुवनेश्वरमा मिसन शक्ति नामक संस्थाद्वारा आयोजित महिला सशक्तीकरण विषयको समारोहलाई सम्बोधन गर्दै महिला सशक्तीकरणका लागि समाजमा समष्टिगत विकासका वस्तुगत आधार निर्माण गर्नाका साथै अवसरको सिर्जना र बहुक्षेत्रीय दृष्टिकोण हुनुपर्ने बताइन। राष्ट्रपति भण्डारीले उडिसा सरकारको पहलमा मिसन महिला...
Advertisement

प्रमुख दललाई उम्मेदवार छान्न सकस : एमालेमा आकांक्षी धेरै, अन्तिम चरणमा राप्रपा

149275632214927449503-dal.jpg
काठमाडौं  - स्थानीय तह निर्वाचनका लागि बिहीबारसम्म उम्मेदवार तय गरिसक्नुपर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय कार्यान्वयन हुन सकेन । गत १५ चैतमा बसेको केन्द्रीय समिति बैठकले ७ वैशाखभित्र उम्मेदवार सिफारिस गर्न ७ सय ४४ वटै स्थानीय तहलाई जिल्लामार्फत निर्देशन दिएको थियो । तर, बिहीबारसम्म एउटै स्थानीय तहले पनि उम्मेदवार टुंग्याएर केन्द्रमा पठाएको छैन् । आजको नयाँ पत्रिकामा खबर छ । यसरी छानिनुपर्छ कांग्रेसमा उम्मेदवार कांग्रेसको निर्णय अनुसार गाउँ, नगर, उपमहानगर र महानगरका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यसम्मका उम्मेदवारको टुंगो वडा समन्वय...

ज्योतिष भन्छन्:‘भदौसम्म देउवा प्रधानमन्त्री, बैशाख ३१ मा चुनाव हुँदैन

1492671951149265678407032016045740ANG7889-1000x0.jpg
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेष्ठदेखि भदौसम्ममा प्रधानमन्त्री हुने खुलासा ज्वतिषहरुले गरेका छन् । हिमालय टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘धमलाको हमला’ मा बोल्दै ज्योतिष तान्त्रिक बिहंगमराज तिमिल्सिनाले प्रचण्डपछि काँग्रेस सभापति देउवा नै प्रधानमन्त्री बन्ने योग रहेको ठोकुवा गरेका हुन् अर्का ज्योतिष डा.सुनील सिटौलाले पनि जेष्ठदेखि भदौसम्ममा सरकार परिवर्तन हुने र प्रचण्डपछि काँग्रेस सभापति देउवा नै प्रधानमन्त्री बन्ने योग रहेको बताए । दुबै ज्योतिषले यो वर्ष देशमा कुनैपनि किसिमको प्रलय नआउने बताए भने बैशाख ३१ मा...

आखिर मोर्चा आफ्नै हान्यो मधेशलाई लात ! ‘राष्ट्रिय जनता पार्टी’घोषणा गरिदैं

14926713621492657785tmlp---neta-at-bara.jpg
काठमाडौं । मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने भएको छ । मोर्चाका शीर्ष नेताका अनुसार सम्भवतः आजै पार्टी एकताको औपचारिक घोषणा हुनेछ । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीबिच एकता हुने भएको हो । पार्टी एकीकरण पछि  ‘मधेस’ शब्द हटाउँदै एकीकृत नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिने भएको छ । पार्टीको चुनाव चिह्न र झन्डा...
Advertisement

दलहरु भन्छन्: ‘बैशाख ३१ मा एकै चरणमा निर्बाचन हुन्छ’

14925885551492586806pmfinal.jpg
काठमाडौं, बैशाख ६ । संसदमा रहेका मूख्य पाँच दलले स्थानीय तहको निर्वाचन वैशाख ३१ मै एकै चरणमा गर्ने अठोट गरेका छन् । वैशाख ३१ का लागि तोकिएको वैशाख ३१ को मिति बहिष्कार गर्ने र बिथोल्ने गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेपछि बसेको पाँच प्रमुख दलका नेताले निर्वाचन गरेरै छाड्ने निष्कर्ष निकालेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकको बैठकले निर्धारित वैशाख ३१ को चुनाव नसार्ने र सोही मितिमा गर्ने अठोट व्यक्त गर्दै मोर्चालाई मनाउन अन्तिमसम्मै प्रयास गर्ने निर्णय पनि गरेका छन् । बैठकमा...

प्रचण्ड सरकार ढल्ने भयो, आफ्नै दलका वरिष्ठ नेताले थाले अभियान !

14924148091492394896prachanda-naryankaji.jpg
 काठमाडौं, ४ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले संविधान संशोधन र स्थानीय निर्वाचनमा असहमति जनाई आन्दोलन घोषणा गरिरहेकै बेला सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल थालेको छ । संविधान जारी गर्ने बेला एकमत देखिएका प्रमुख पाँच राजनीतिक दल सम्मिलित संयुक्त सरकार गठन गरी संविधानले संस्थागत गरेका उपलब्धि जोगाउनुपर्ने भन्दै माओवादी केन्द्रले सहमतीय सरकारका लागि पहल सुरु गरेको हो । नागरिक दैनिकले समाचार छापेको छ । यस कार्यमा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सक्रिय...

भिमाद नगरपालिकाको मेयरका लागि खनाल प्रमुख दाबेदार, यसकारण योग्य छन् उनी ?

149241319314924028111788407118730449929438687877059084422276166n.jpg
तनहुँ । झण्डै २० वर्ष पछि यही बैशाख ३१ गते हुन लागेको स्थानिय तहको चुनावको रौनक तनहुँको भिमाद नगरपालिकमा पनि लागेको छ ।  चुनाव नजिकिदैं जाँदा अन्य जिल्ला र नगरमा जस्तै यस भिमाद नगरपालिकामा पनि राजनीतिक दलहरुबीच दौडधुप शुरु भइसकेको छ । भिमाद नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसका युवा नेता चुणामणी खनाल बलियो दाबेदारका रुपमा देखिएका छन् । पहिला नेकपा एमालेको वर्चस्व रहेको यस नगरपालिकामा कांग्रेसका अन्य नेताहरु डर र त्रासबाट बिभिन्न गाउँ र वडाहरुमा जान डराईरहेका वेला निडर स्वभावका खनाल चाहे भूकम्पका बेला वडा–वडा मा गएर राहत वितरण किन नहोस् चाहे बिभिन्न...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement