राजनीति

विवेकशील नेपाली दलले काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउने

14902687591490191266bibakk.jpg
काठमाडौं । विवेकशील नेपाली दलले काठमाडौंलाई केन्द्रीत गरि आफ्ना चुनाव लक्षित योजना सहित स्थानिय चुनावमा होमिने भएको छ । २०७४ बैशाख ३१ गते हुनलागेको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा विवेकशीलले आफ्नो परिकल्पना र योजना मतदातामाझ लिएर जान लागेको देखिएको छ । विवेकशिलले सन् २०३० सम्ममा काठमाडौंलाई संसारकै सुन्दर सहर बनाउने महत्वकाँक्षी योजना प्रस्तुत गरेको छ । धुलो र धुवाँले सास फेर्न गाह्रो भइरहेको बेला रचनात्मक विरोधका कार्यक्रमका साथ जनतालाई झक्झक्याउन लागिपरेको विवेकशीलले काठमाडौं संसारकै सुन्दर सहर बनाउने सपना लिएर जनतामाझ पुग्ने तयारी गरेको...

चीनका रक्षामन्त्री वानक्वान नेपाल आइपुगे, केहीबेरपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्दै

14902673411490257249china.jpg
काठमाडौँ, १० चैत । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ ।  रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा रक्षामन्त्री खाँण र सचिव श्रीधर सापकोटाले स्वागत गर्नुभएको थियो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुबाटारमा आजै केहीबेरपछि शिष्टाचार भेट गर्नुहुनेछ । रक्षामन्त्री बालकृष्ण खाँण र...

प्रधानमन्त्री दाहाल चीन जाँदैं, नयाँ सम्झौता नहुने

14902522721490239344timthumb.jpg
चैत्र १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको एक साता लामो चीन भ्रमणका लागि आज त्यसतर्फ जाँदैछन् । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल राति चीनको बोआओतर्फ प्रस्थान गर्न लागेको हो । प्रधानमन्त्री दाहालले आउँदो शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने तालिका छ । भ्रमणका क्रममा नेपाल र चीनबिच कुनै सम्झौता नभएपनि यसअघि भएको व्यापार तथा बाणिज्य सम्झौता लगायतका सम्झौता कार्यान्वयन गर्न भ्रमण महत्वपूर्ण हुने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । नेपाली पक्षले...
1453145911obamacare.gif

‘थ्रेसहोल्ड’ राख्न सहमत भए नेताहरु, साना दलहरु आक्रोशित

14901716791490166835dal.jpg
काठमाडौं । प्रमुख दलहरुबीच राष्ट्रिय दलको मान्यता पाउनका लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सीट जित्नुपर्ने र तीन प्रतिशत मत ल्याउनुपर्ने गरी थ्रेस होल्ड राख्न सहमति भएको छ । राज्यव्यवस्था समितिले गठन गरेको उपसिमितिको बैठकले प्रत्यक्षतर्फ एक सीट जितेको र ३ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्थाका साथ थ्रेसहोल्ड लागु गर्न सिफारिस गरेको हो । अब यस प्रावधानलाई राज्यव्यवस्था समितिको पूर्ण बैठकले पारित गरी संसदमा पठाउनेछ । साना दलले थ्रेस होल्डमा असहमति जनाएका कारण राजनीतिक दलसम्बन्धि विधेयक पारित हुन सकेको थिएन । साना दलको विरोधकाबीच उपसमितिले तीन...

चीन भ्रमणअघि प्रचण्डले पूर्वप्रधानमन्त्री एवम् चीन मामिलासम्बन्धी विज्ञसँग छलफल गर्दै

14901715541490161674Prachanda-and-xi-jin-ping.jpg
काठमाडौँ । उत्तरी छिमेकी मुलुक जनगणतन्त्र चीनको छदिने औपचारिक भ्रमणमा जाने तयारी गरिरहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार पूर्वप्रधानमन्त्री एवम् चीन मामिलासम्बन्धी विज्ञसँग छलफल गर्नुहुने भएको छ ।  चीनमा रहँदा प्रधानमन्त्रीले गर्ने द्विपक्षीय एवम् बहुपक्षीय भेटवार्ताका विषयमा सुझाव लिने उद्देश्यले उहाँहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चीनको हाइनान प्रान्तको बोआओमा यही चैत १०–१३ गतेसम्म हुने एसियाको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल बिहीबार राति त्यसतर्फ प्रस्थान गर्दै...

महानिरीक्षक बन्न सिलवाललाई बाटो खुल्ला राजनीति |

14901714351490112664igp.jpg
काठमाडौँ, ८ चैत । सर्वोच्च अदालतले नेपाल प्रहरीका बहालवाला प्रहरीनायब महानिरीक्षकमध्ये योग्यतम् तथा चार वर्षको कार्यसम्पादन मूल्याङ्कनमा प्रतिस्पर्धीमध्ये उच्चतम् अङ्क प्राप्त गर्नेलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न आदेश दिएको छ । गत फागुन १ गते मन्त्रिपरिषद्ले प्रहरीनायब महानिरीक्षक जयबहादुर चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णयलाई उत्प्रेषणको आदेशले आज बदर गरी कार्यसम्पादनका आधारमा उच्चतम अङ्क ल्याउने मध्येबाट बढुवा गर्न सरकारका नाममा परमादेश जारी गरेको हो ।  प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा आनन्दमोहन भट्टराई,...
Advertisement

माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्रीप्रती ब्यापक असन्तुष्टि

14900944841490092847dc-Cover-7hdderm73287r82e1katfu2ki3-20160809195300.Medi.jpeg
चैत्र ८, काठमाडौं । माओवादी केन्द्र, संसदीय दलको बैठकमा बजेट रकमान्तर गर्दा असन्तुलित भएको भन्दै सांसदहरुले ब्यापक असन्तुष्टि जनाएका छन् । संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकमा सरकारले पछिल्लोपटक रकमान्तर गरेको बजेट असन्तुलित भएको भन्दै सांसदहरुले विरोध जनाएका हुन् । बैठकमा सात प्रदेशकै सांसदहरुले निर्वाचनमा जानुअघि संगठन सुदृढ गर्नुपर्ने बताएका थिए । उनीहरुले निर्वाचनको लागि संगठन सुदृढ गर्ने योजना आउन नसकेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग योजना मागेका थिए । सांसदहरुले रुकुम, चितवन, रोल्पा लगायतका जिल्लामा बढी...

आइजिपी विवादः डिआइजी अर्यालले दायर गरेको रिटको सुनावाइ फेरी सर्‍यो राजनीति |

149009433814900924602.png
चैत ८, काठमाडौं । आइजिपीको मुद्दामा डिआइजी प्रकाश अर्यालले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइ सरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा रहेपनि समयअभावका कारण मंगलबार सुनुवाई नहुने भएको सर्वोच्च अदालतले जनाएको छ । डिआइजी अर्यालले आफूलाई पनि आइजीपी बनाउनुपर्ने भन्दै सोमबार रिट दायर गर्नुभएको थियो । मर्यादाक्रमको दोस्रो नम्बरमा रहेका डिआइजी अर्यालले आफूलगायत चारै जना डिआइजीको कार्यसम्पादन मूल्याङ्कन फाइल हेर्नु पर्ने भए पनि अदालतले आफूबाहेकको मात्र कार्य मूल्याङ्कन हेरेको भन्दै रिट दायर गर्नुभएको हो ।   ...

निर्वाचनको मौका छोपेर गृहले किन माग्यो चार अर्ब

14900808891490059111Nepali-Rupees.png
काठमाडौं – गृह मन्त्रालयले स्थानिय तह निर्वाचनको मौका छोपेर सवारीसाधन खरिद गर्न भन्दै ४ अर्ब रुपैयाँ बजेट माग गरेको खबर आजको नागरिकमा छ । बैशाख ३१ मा हुने स्थानिय तह निर्वाचन सुरक्षा दृष्टिकोणले चुनौतिपूर्ण रहेको भन्दै गृहले दुई साता अघि अर्थ मन्त्रालयसँग ३१ अर्ब रुपैयाँ बजेट मागेको थियो । ‘आगामी चुनावका लागि करिब एक हजार पाँच सय संख्यामा सवारी साधन खरिद गर्नुपर्ने प्रस्ताव गृहबाट आएको छ ।’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने ‘यसका लागि ४ अर्ब रुपैयाँ माग गरिएको छ ।’   ...
Advertisement

को हो बरिष्ठ ? : निधिको कुर्सीमा थापा बसेपछि..

14900807611490060642Bimalendra-Nidhi-2.jpg
काठमाडौंः दुई उपप्रधानमन्त्रीबीच मर्यादाक्रमको विवाद देखिएका बेला उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई घटुवा गरी स्थानीय विकासमन्त्री कमल थापालाई मर्यादाक्रममा दोस्रो नम्बरमा राख्ने कुनै पनि निर्णय भएको देखिएको छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ । गत बिहीबार गृहमन्त्री निधि भारत भ्रमणमा गएका बेला भएको मन्त्रिपरिषद् बैठकमा नवनियुक्त संघीय मामिला तथा स्थानीय विकासमन्त्री थापा निधि बस्दै आएको कुर्सीमा बसे । सामान्यतया मन्त्रीहरूको मर्यादाक्रम मिलाएर क्याबिनेट बैठकमा कुर्सी राखिएको हुन्छ । निधि बस्दै आएको प्रधानमन्त्रीसँगैको कुर्सीमा थापा...

मोर्चाविना सम्भव छ निर्वाचन ? : कांग्रेस, एमाले, माओवादी र राप्रपाबीच यस्तो सहमति

14900805531490061772madeshi-morcha.jpg
मोर्चाविना सम्भव छ निर्वाचन ? : कांग्रेस, एमाले, माओवादी र राप्रपाबीच यस्तो सहमति काठमाडौं –  मधेसी मोर्चा लचिलो नबने पनि ३१ वैशाखका लागि घोषित स्थानिय निर्वाचन गर्नेमा प्रमुख चार दल सहमत भएका छन् । प्रदेशको सीमा हेरफेरबाहेकका मोर्चाको माग सम्बोधन गर्न ठोस प्रस्ताव तयार गरेर सहमतिको अधिकतम पहल गर्नेमा पनि उनीहरू सहमत भएका छन् । त्यस्तो प्रस्तावमा पनि मोर्चा सहमतिमा आउन नचाहेमा निर्वाचनमा अगाडि बढ्ने उनीहरूको निष्कर्ष छ । आजको नयाँ पत्रिकामा खबर छ । बालुवाटारमा सोमबार भएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले निर्वाचनमा मधेसी मोर्चा पनि...

सरकारका उपप्रधानमन्त्री र मन्त्री नै निर्वाचन आयोग विरुद्ध धर्नामा

1490007106149000345117361880102111088608518725813973191063939062n.jpg
चैत्र ७, काठमाडौं । सरकारका उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापा नै निर्वाचन आयोग विरुद्ध धर्नामा बसेका छन् । निर्वाचन आयोगले  राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने निर्णय गरेपछि थापाको पार्टी आन्दोलनमा उत्रिएको हो । राप्रपाले सोमबार आयोगको केन्द्रीय र जिल्ला निर्वाचन कार्यालयहरु घेराउ गर्दै धर्ना दिएको छ । केन्द्रीय कार्यालय कान्तिपथमा धर्ना दिन गएका राप्रपाका नेता कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ । झडपपछि अहिले राप्रपाका नेताहरु धर्नामा छन् । धर्नामा उपप्रधानमन्त्री थापासँगै मन्त्री दिपक बोहोरा पनि छन् । धर्नामा...
Advertisement

आइजी नियुक्तिको अन्तिम बहस सकियो, फैसला भोलि हुने

149000695414900066802.png
चैत्र ७, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादमा सर्वोच्च अदालतले भोली मात्र फैसला गर्ने भएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासमा चन्दविरूद्ध परेको रिटउपर आज अन्तिम बहस भएपनि फैसला भने भोली मात्र आउने छ ।  यसअघि फागुन १ गतेको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा नियुक्त गरे पनि उनको नियुक्ति सर्वोच्च अदालतले रोकिदिएको थियो । आज सरकारी वकिलका तर्फबाट टिकेन्द्र दाहाल र रेवती त्रिपाठीले बहस गरेका थिए । यस्तै रिट निवेदनका तर्फबाट बरिष्ठ अधिवक्ता बद्रीबहादुर अधिकारी, तुलसी भट्ट तथा अधिवक्ता भीमार्जुन आचार्य, टीकाराम...

प्रधानमन्त्री प्रचण्डलाई चीन भ्रमणमा राजकीय सम्मान नदिईने

14899922831489976982prac.jpg
चैत्र ७, काठमाडौं । यही बिहीबार छिमेकी मुलुक चीनको भ्रमणमा जाने तयारीमा जुटेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीनले राजकीय सम्मानका साथ स्वागत नगर्ने भएको छ ।  भ्रमणको तयारीका लागि पर्याप्त समय नभएको जनाउँदै चीनले प्रधानमन्त्री दाहाललाई विशेष आतिथ्यका साथ स्वागत गर्ने भएको हो । बोआओ फोरममा अतिथिका रुपमा सहभागी हुन प्रधानमन्त्री दाहाललाई शनिबार औपचारिक निम्तो पठाउँदै चीनले भ्रमणको प्रकृति प्रस्ट्याएको आजको नेपाल समाचार पत्रमा खबर छ । नेपालका लागि चिनियाँ राजदूत यु होङले शनिबार बिहान परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतलाई भेटेर भ्रमणको...

प्रधानमन्त्री र उर्जामन्त्रीको निर्णय बाझियो..

14899921271489976982prac.jpg
 काठमाडौं । तामाकोसी तेस्रो जलविद्युत आयोजना निर्माणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र उर्जामन्त्री जनार्दन शर्माले फरकफरक निर्णय गरेका छन् । हाल लगानी बोर्डको मातहतमा रहेको आयोजनालाई निजी क्षेत्रमार्फत अघि बढाउने गरी प्रधानमन्त्री दाहालको अध्यक्षतामा बसेको बैठकले निर्णय गरे पनि उर्जामन्त्री शर्माले भने मन्त्रालयले गठन गरेको विद्युत उत्पादन कम्पनीमार्फन अघि बढाउने निर्णय गरेका छन् । सन् २००७ मा सर्भेक्षण अनुमति पत्र पाएका नर्वेली कम्पनी स्ट्याटक्राफ्टले बिजुली बजारको सुनिश्चित नभएपछि १५ महिना अघि तामाकोसी जलविद्युत आयोजनाबाट हात झिकेको थियो...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement