राजनीति

चुनावका लागि केन्द्रमा तयारी सकियो

148999183414899371831489928874294ROSKTM19031717408284o.jpg
काठमाडौं । वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि केन्द्रीय स्तरमा तयारी सकिएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर केन्द्रीय स्तरको चुनावको सबै तयारी सकिएको र जिल्ला तथा स्थानीय तहमा तयारी तीव्र पारिएको जानकारी दिएको हो । बैशाख ३१ को चनावलाई जसरी पनि सम्पन्न गर्न आयोग द्रुत गतिमा अघि बढेको भन्दै आयोगले मतपत्र छाप्न पनि आजदेखि सुरु भएको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिए । चुनावका लागि ७५ जिल्लामा ७५ किसिमको मतपत्र नेपाली सेनाको सुरक्षा घेरामा जनक शिक्षा सामग्री केन्द्रले छाप्न सुरु गरेको हो । आयोगले एक करोड ५४ लाख मतपत्र...

मोर्चाद्धारा व्यवस्थापिका–संसद बैठक बहिष्कार

14899188351489917688morcha.jpg
काठमाडौँ, ६ चैत । व्यवस्थापिका–संसद्को आजको बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलले आफूहरुले प्रमुखताका साथ उठान गरेको संविधान संशोधनको माग पूरा नगरिएको जनाउँदै सदनको बैठकमा भाग लिनु भएन ।  सभामुख ओनसरी घर्तीले सदनको आजको बैठक सुरु गर्नासाथ मोर्चामा आबद्ध दलका सांसदहरु आआफ्ना स्थानबाट उठ्नुभएको थियो । सो क्रममा तराई–मधेस लोकतान्त्रिक पार्टीका जङ्गीलाल यादवले ‘राजनीतिक वातावरण नबनाई सरकारले स्थानीय निर्वाचन घोषणा गरेकाले’ मधेसका जनतामा आक्रोश आएको आरोप लगाउनुभयो ।  उहाँले संविधान संशोधन नगरी स्थानीय निर्वाचन हुन नसक्ने...

राप्रपा बैठक : निर्वाचन आयोगको निर्णयले आफ्नो संवैधानिक हक हनन भएको दावी राजनीति |

14899096391489822689kamal.jpg
काठमाडौँ, ५ चैत । पार्टी विधानबाट ‘संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र’ खारेज गरिएको निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक उपचार खोज्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले संविधानप्रदत्त वैचारिक स्वतन्त्रताअनुसार पार्टीको विधानमा सो विषय समावेश गरिएकाले त्यसलाई निर्वाचन आयोगले खारेज गर्ने निर्णयका विरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । उक्त बैठकले यही चैत ७ गते देशभरका जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा चैतको...
1453145911obamacare.gif

सभामुखलाई लिखितपत्र बुझाउँदै प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लियो मोर्चाले

14897341531489661556morcha-baithak1.jpg
काठमाडौँ, ३ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले वर्तमान सरकार निर्माण हुँदा दिएको समर्थन फिर्ता लिएका छन् ।  सभामुख ओनसरी घर्तीको सचिवालय सिंहदरबारमा मोर्चामा आवद्ध तराई– मधेस लोकतान्त्रिक पार्टी(तमलोपा), सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र राष्ट्रिय मधेस समाजवादी पार्टीले दलका तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिखितपत्र आज बुझाउँदै समर्थन फिर्ता लिएका हुन् ।  सङ्घीय समाजवादी फोरम नेपालले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको पत्र बुधबार नै सभामुखको सचिवालयमा बुझाएको थियो ।  सरकारलाई मोर्चाका...

संविधान संशोधन, पहाड र तराईलाई अलग गर्ने षड्यन्त्र हो : ओली

14897339421489669562kp-oli.jpg
धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषय पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको शृङ्खला भएको बताउनुभएको छ । एमाले मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा यहाँ आज भएको सभालाई सम्बोधन गर्दै नेता ओलीले संविधान संशोधन नभइकन निर्वाचन हुन सक्दैन भनी संविधान संशोधनको नाटक रचिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन र संविधान संशोधनको कतै कुनै साइनो छैन, निर्वाचन गर्ने कुरासँग संशोधनको कुनै सम्बन्ध छैन ।”  नेपाली परनिर्भर नभई आत्मनिर्भर र स्वतन्त्र भई देशलाई समृद्धिको बाटामा डो¥याउनुपर्नेमा जोड दिँदै पूर्व...

मोदीका सल्लाहकारसँग निधीले भने-‘कञ्चनपुर घटनामा गल्ती भारतकै हो रिग्रेट गर्नुस्’

14896603521489628261bimalendra-modi.jpg
काठमाडौं – उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट कञ्चनपुरको पुनर्बासका गोविन्द गौतम मारिएको घट्नमा गल्ती स्वीकार (रिग्रेट) गर्न भारतीय पक्षलाई आग्रह गरेका छन् । आजको कान्तिपुरमा खबर छ । प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसंगको भेटवार्ताका क्रममा निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट नेपाली मारिएको प्रसंग उठाउँदै भारत सरकारलाई यसमा ‘रिग्रेट गर्न आग्रह’ गरेका हुन् । आतंकवाद सम्वन्धी एक सम्मेलनमा भाग लिन आएका निधी यतिवेला भारतीय अधिकारी तथा नेताहरुसंगको भेटघाटमा व्यस्त छन् । उनले...
Advertisement

मोर्चा अब प्रतिपक्षीमा, यस्तो छ मोर्चाको अवज्ञा आन्दोलनका कार्यक्रम

14896553591489628935madeshi-morcha.jpg
काठमाडौ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद्मा प्रतिपक्षतर्फका कुर्सी उपलब्ध गराउन सभामुखसमक्ष आग्रह गरेको छ । मोर्चासम्बद्ध सात दलका ३९ सांसदले सरकारलाई समर्थन दिँदै आएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । व्यवस्थापिका संसद्को बुधबार बसेको बैठकमा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले बुधबार संसद्मा सरकार गठनका बेला भएको तीन बुँदे सहमति सरकारले तोडेको उल्लेख गर्दै मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । सत्तापक्ष सभामुखको दायाँतर्फ बस्ने गर्छ भने विपक्षी दल बायाँतर्फ बस्ने गर्छन् । यादवले भने, ‘सरकार गठनका...

मोर्चाको गठबन्धनले गर्यो प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा

14895750911489568988morcha-baithak1.jpg
काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै त्यसको औपचारिक जानकारी सभामुखलाई दिने बताउनुभएको छ । वर्तमान सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको जानकारी उहाँले दिनुभयो । साथै उहाँले बैठकको आजको कारबाही बहिष्कार गर्ने घोषणा पनि गर्नुभयो । उक्त घोषणासँगै सङ्घीय समाजवादी फोरम नेपाल, सङ्घीय समाजवादी पार्टीलगायत दलका सांसद बैठककक्षबाट बाहिरिनुभयो । सो बैठकमा सांसद...

किन चीन जाँदैछन् प्रधानमन्त्री दाहाल ?

14894776041489454562pushpa-kamal-dahal-prachanda650x40081468312367-1.jpg
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता सम्हालेको ८ महिनापछि आएर चैतमा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन् । आजको कान्तिपुरमा खबर छ । नै बर्षअघि पहिलोपटक प्रधानमन्त्री हुँदा चीनबाट आफ्नो विदेश भ्रमण थालेका दाहाल यसपटक भने चौथो विदेश भ्रमणको रुपमा चीन जान लागेका हुन् । यो पल्ट प्रधानमन्त्री भएपछि उनी दुई पटक भारत र एकपल्ट दुबाई (यूएई) गएका छन् । तर उनको यो चीन भ्रमण दुईपक्षिय वा औपचारिक भने होइन । एक गैरसरकारी संस्थाले गर्ने कार्यक्रममा सहभागी हुन उनी चीन जान लागेका हुन् । चैत १० देखि १३ गतेसम्म हाइनान प्रान्तमा हुने बोआओ फोरम फर एसिया...
Advertisement

कांग्रेस-मोर्चा भेटबार्ता: मधेसी मोर्चाले अब के गर्ला ?

14893885351489374597morchaaaaaaaaaa.jpg
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिने अल्टिमेटमु सकिने समय नजिकिंदै गर्दा सत्तारुढ नेपाली कांग्रेसले मोर्चाका नेताहरुलाई आफ्ना मागबारे लचिलो हुन आग्रह गरेको बताइएको छ । कांग्रेसले स्थानीय तहको संख्या थप बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको भएपनि त्यसका लागि स्पष्ट आधार भने तय भइनसकेको मोर्चाका एक नेताले जनाए । सरकार चुनावी प्रकृया र संविधान संशोधनलाई सँगसँगै अघि बढाउने मनस्थितिमा रहेकाले मोर्चामा केही आशासँगै शंका पनि जीवित रहेको नेताहरुले बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले...

प्रचण्ड सरकारमा कमल थापाको इन्ट्री, अब निस्केला त निकास ?

1489134309148907256414890718930781703093988.JPG
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् । बिहीबार (आज) साँझ राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीको उपस्थितीमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी  हुन् । सप्तरी घटनापछि देशको राजनीति कता जाला त भनेर अनुमान लगाएकै बेला कमल थापाको सपथसँगै राजनीतिले नयाँ मोड लिएको हो । मधेश केन्द्रित राजनीतिक दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने बिषयमा अलमलमा रहँदा राप्रपाका तर्फबाट सरकारमा सहभागी हुनुले सरकार अझ बलियो भएको सत्तापक्षको जिकीर छ । राप्रपाको...

गृहमन्त्री निधि र भारतीय विदेशमन्त्रीबीच टेलिफोन वार्ता : एसएसबीले एक्कासि फायर खोल्यो

14891309521489113548Bimalendra-Nidhi-meets-Sushma-Swaraj.jpg
काठमाडौं – भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले गोली हानेर नेपाली नागरिक गोविन्द गौतमको हत्या गरेको घटनामा सरकारले भारत सरकारको ध्यानाकर्षण गराएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई टेलिफोन गरी घटनाबारे ध्यानाकर्षण गराएका हुन्। आजको नयाँ पत्रिकामा खबर छ । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा गृहमन्त्रीज्यूले भारतीय विदेशमन्त्रीसँग टेलिफोनमा घटनाबारे ध्यानाकर्षण गराउनुभएको छ,’ गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले भने, ‘नेपाल सरकारको चिन्ता व्यक्त...
Advertisement

मोर्चाको बन्दले तराई ठप्प, काठमाडौंमा दर्जन बढी बन्दकर्ता पक्राउ

148913054314891172511489037111sap.jpg
काठमाडौं । सप्तरी घटनाको विरोधमा मधेशी मोर्चासहितको संघीय गठबन्धनले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौंमा खासै नपरे पनि तराई मधेशका जिल्लाहरु भने ठप्प झै रहेका छन् । काठमाडौंका सडकमा सार्वजनिक र निजी सवारी साधन चलिरहेका छन् । बजार पसल पनि खुलेका छन् । तर, मधेशका जिल्लाहरुमा भने सवारीसाधन चलेका छैनन् । यातायात, शैक्षिक संस्था, उद्योगधन्दा कलकारखाना पनि ठप्प छन् । सोमबार सप्तरीमा प्रहरीको गोली लागेर चारजना मधेशी मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा मोर्चासहितको संघीय गठबन्धनले नेपाल बन्द आह्वान गरेको हो । घटनापछि सप्तरी लगातार बन्द छ । जसबाट...

देशव्यापी भण्डाफोर गर्दै एमाले : आज काठमाडौंमा बृहत् भेला, जिल्लामा आमसभा

14890446981489025592uml-leaders.jpg
काठमाडौं - प्रमुख प्रतिपक्ष दल एमालेले राजविराज आक्रमणको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ । मेची–महाकाली अभियानका क्रममा सप्तरी सदरमुकाम राजविराजमा नेतृत्वको सामूहिक हत्या गर्ने योजनासहित आक्रमण भएको भन्दै देशव्यापी भण्डाफोर गर्ने निर्णय एमालेले गरेको खबर आजको राजधानीमा छ । बुधबार बसेको एमाले सचिवालय बैठकले राजविराज घटनाको भण्डाफोर जरुरी रहेको ठहर गरी सबै जिल्ला सदरमुकाममा आमसभा गरी घटनाबारे जानकारी गराउने निर्णय लिएको हो । राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानका बारेमा जानकारी दिन देशभरका सबै जिल्लामा आमसभा आयोजना गर्ने निर्णय...

निर्वाचनबाट ब्याक हुन्न, बरु राजीनामा दिन्छुः दाहाल, मधेसीलाई नै गोली हान्नुपर्ने किनः ठाकुर

14890440051489025149pushpa-kamal-dahal-prachanda650x40081468312367.jpg
काठमाडौं – राजविराज घटनापछि प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता समर्थक मधेसी मोर्चाको दोहोरो चेपुवामा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राजविराज घटनापछि उत्पन्न परिस्थिति विश्लेषण गर्न एमाले र मधेसी मोर्चासँग गरेको छुट्टाछुट्टै छलफलमा दाहालले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एमाले नेतासँगको बैठकमा प्रधानमन्त्री दाहालले सप्तरी घटना छानबिन गर्ने प्रतिबद्धता जनाउँदै मुलुकको बिग्रँदो परिस्थितिलाई...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement