राजनीति

राष्ट्रिय सहमतिको सरकार गठन हुने

1435591357Barshaman_pun.jpg
रड्गेली, १४ असार । एकीकृत माओवादीका सचिव वर्षमान पुनले साउनको दोस्रो हप्ताभित्र नेपाली जनताले संविधान पाउने बताउनुभएको छ ।  मोरङको उर्लाबारीमा आज पत्रकारहरूसँग कुराकानी गर्दै पूर्व अर्थमन्त्रीसमेत रहनु भएका पुनले साउनको दोस्रो हप्तासम्म संविधान जारी भएर साउनभित्रै राष्ट्रिय सहमतिको सरकार गठन हुने बताउनुभएको हो ।  शान्ति प्रक्रियाको कडीको रूपमा संविधान निर्माण अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले १६ बुँद्धे सहमतिअनुसार चारदल अहिले संविधान निर्माणमा सक्रिय रहेको बताउनुभयो ।  प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको उच्चस्तरीय पुनःनिर्माण...

संविधानको मस्यौदा पारित

1435507474sambidhan.jpg
काठमाडौँ, १३ असार । मुलुकको भावी संविधानले आजदेखि ठोस आकार प्राप्त गरेको छ ।  संविधान मस्यौदा समितिको आजको पूर्ण बैठकले नयाँ संविधानको मस्यौदा सर्वसम्मतिले पारित गरेपछि झन्डै ६५ वर्षदेखिको नेपाली जनताको संविधानसभाबाट संविधान प्राप्त गर्ने आकांक्षाले पूर्णता पाउने अवस्था आएको हो ।  बैठकमा समितिका सदस्यले दिएको सुझावलाई समेटेर समितिको सचिवालयले मस्यौदालाई पूर्णरुप दिई भोलि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसमक्ष प्रस्तुत गर्ने समितिका सभापति कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो ।  उक्त मस्यौदा भोलि नै संविधानसभामा प्रस्तुत हुने...

एकताले अब देश बन्ने–मन्त्री बस्नेत

1435419998mahesh-basnet.jpg
भक्तपुर, १२ असार । उद्योग मन्त्री महेश बस्नेतले भूकम्पले ढुङ्गा हान्ने राजनीतिलाई परिवर्तन गरी एकताको सूत्रमा बाँधेको बताउनुभएको छ ।  शङ्खधर मेमोरियल स्कुल र चाणक्य कलेजको संयुक्त आयोजना एवम् मानवीय आस्था नेपालको संयोजनमा आज मध्यपुरथिमीको बालकुमारीमा राहत वितरण गर्दै उहाँले एकताले अब देश बन्ने बताउनुभयो ।  थिमिका १५० भूकम्पपिडित परिवारलाई विश्व शान्ति विहार बानेश्वरले उपलब्ध गराएको एक÷एक बण्डल जस्ता पाता वितरण गर्दै उहाँले अब सबै दल मिलेर देश निर्माणमा लाग्ने बताउनुभयो ।  मन्त्री बस्नेतले भन्नुभयो, “आन्दोलन गर्ने, ढुङ्गा हान्ने, गाली गर्ने...
1453145911obamacare.gif

सरकार परिवर्तनले कुनै असर गर्दैन - नेता नेपाल

1435417168madhav-kumar-nepal-1.jpg
लुम्बिनी (रुपन्देही), १२ असार । नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले व्यक्ति परिवर्तनका लागि मात्रै हुने सरकार परिवर्तनले जनतालाई खासै फरक नपर्ने बताउनुभएको छ ।  संविधान निर्माणपछि एमालेको नेतृत्वमा गठन हुने भनिएको सरकारको विषयमा समेत अनभिज्ञता प्रकट गर्दै नेता नेपालले जनताले सेवा सुविधा नपाउने सरकार ‘कौवालाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको टिप्पणी गर्नुभयो ।  नेकपा (एमाले) रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीभित्र व्यक्तिवादी प्रवृति हाबी हुँदै गएको र यसले...

नेपाली जनताले चाँडै नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान पाउने - विमलेन्द्र निधि

1435416957bimalendra.jpg
जनकपुरधाम, १२ असार । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले चाँडै संविधान जारी हुने दाबी गर्नुभएको छ ।  जनकपुरमा आज मारवाडी सेवा समितिको वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री निधिले नेपाली जनताले चाँडै नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान पाउने विश्वास व्यक्त गर्नुभयो ।  एक फरक प्रसङ्गमा बोल्दै मन्त्री निधिले सञ्चार उद्यमी अरुण सिंहानीया हत्याबारे गृह मन्त्रालय र सो हत्या सम्बन्धमा अनुसन्धान गर्ने निकायसँग चाँडै हत्यारा सार्वजनिक गर्न लाउने दृढता व्यक्त गर्नुभयो ।  आगामी बजेट अधिवेशनमा राजर्षी जनक ...

सङ्कट परेको बेला पार लगाउने सच्चा पार्टी एमाले मात्रै

1435416859MADHAV-NEPAL.jpg
बुटवल, १२ असार । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देशमा सङ्कट परेको बेला पार लगाउने सच्चा पार्टी एमाले मात्रै भएको बताउनुभयो ।  उहाँले भूकम्पपछि राष्ट्र सङ्कटमा परेका बेलासमेत एमालेले पुनःनिर्माणको नेतृत्व गरेर पीडितको साथी बनेको उल्लेख गर्दै नेता नेपालले सेनाले गर्न नसकेको कामसमेत एमालेका स्वयम्सेवकले गरेको बताउनुभयो । उहाँले एमालेले एक महिनाको अवधिमा भूकम्प प्रभावितका ३० हजार अस्थायी आवास निर्माण गरिदिएको बताउनुभयो ।  पार्टीका पूर्व केन्द्रीय सल्लाहकार परिषद्का सदस्य एवम् लोकतान्त्रिक थारु सङ्घका केन्द्रीय...
Advertisement

संविधानसभाबाट संविधान जारी गर्न कसैले रोक्न सक्दैन–अध्यक्ष ओली

1435251813KP Oli.jpg
काठमाडौँ, १० असार । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले संविधानसभालाई स्वतन्त्र रुपमा संविधान जारी गर्न कसैले पनि रोक्न नसक्ने बताउनुभएको छ ।  नेकपा (एमाले) को राष्ट्रिय स्वयंसेवक परिचालन अभियान समापनका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा उहाँले एकातिर संविधान सहमतिमै जतिसक्दो छिटो जारी गर्न दलहरूबीच सहमति भएर काम अघि बढिरहेको उल्लेख गर्नु भयो ।  अध्यक्ष ओलीले भन्नुभयो, “जनताको सर्वसक्ताको प्रयोगबाट बनेको संविधानसभाबाट निकट भविष्यमै संविधान जारी हुन्छ, त्यसलाई कसैले रोक्न सक्दैन, अन्तरिम संविधान नै पूर्ण भएको भए किन नयाँ संविधान बनाउनुप¥यो ?”...

सोह्र बुँदे सम्झौताका आधारमा बनाइने संविधान मान्दैनौँं : नेता सोनल

1435218642Jitendra-sonal.jpg
गोलबजार (सिरहा), १० असार । तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जीतेन्द्र सोनलले १६ बुँदे सम्झौताको आधारमा बनाइने संविधान स्वीकार्य नहुने बताउनुभएको छ ।  सिरहाको लहानमा आज बिहान पार्टीद्वारा आयोजित संवाद तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभयो । उहाँले भन्नुभयो – “१६ बुँदे सम्झौताका आधारमा संविधान ल्याए हामी संविधानसभा छाड्न सक्छौँ ।”  सोह्रबुँदे सम्झौता अन्तरिम संविधानको १३८, १ (क)को विरुद्ध भएको नेता सोनलले जिकिर गर्नुभयो । उहाँले सर्वोच्च अदालतले उक्त सम्झौता तत्काल कार्यान्वयन नगर्न भनेर दिएको अन्तरिम...

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

1435217734sansad.jpg
काठमाडौँ, १० असार । राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्रीको सिफारिसमा यही असार १५ गते मङ्गलबारका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको छ ।  राष्ट्रपतिले नेपालको अन्तरिम संविधान–२०६३ को धारा ५१ को उपधारा (१) बमोजिम व्यवस्थापिका–संसद्को अधिवेशन उक्त दिन अपराह्न ३ बजेका लागि आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस  ...
Advertisement

कसैको आदेशमा संविधान निर्माणको कार्य नरोकिने

1435217277KP-Sharma-Oli-4.jpg
त्रिशूली (नुवाकोट), ९ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसैको आदेश, निर्देशन र आश्वासनले संविधान निर्माणको कार्य नरोकिने बताउनुभएको छ ।  आज नुवाकोटको ओखरपौवास्थित ओखरपौवा माविमा नेकपा (एमाले)का स्वयम्सेवकहरूले बनाएको अस्थायी सिकाई केन्द्र हस्तान्तरण कार्यक्रममा अध्यक्ष ओलीले सर्वोच्च अदालतको आदेशप्रति सङ्केत गर्दै राजनितिक दलहरू सहमतिको नजिक पुग्नै लागेको बेलामा कसैको आदेश, फैसला, निर्देशन र आश्वासनले संविधान लेखन कार्य नरोकिने बताउनुभयो ।  “संविधान लेखनको प्रक्रिया अघि बढिसकेको छ, कसैले आदेश र फैसला गर्दैमा यो प्रक्रिया रोकिँदैन,”...

सर्वोच्चको आदेश विपरीत अभिव्यक्ति दिएको भन्दै कोइराला, ओली, प्रचण्ड, गच्छदारलाई अपहेलनाको मुद्दा

1435206007Supreme court.jpg
काठमाडौँ, ९ असार । प्रमुख चारदलबीच गत जेठ २५ गते भएको सोह्रबुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशविरुद्ध अभिव्यक्ति दिएको भन्दै शीर्ष चार दलका नेतालाई एकवर्ष कैद र रु १० हजार जरिबानाको मागसहित आज सर्वोच्च अदालतमा अपहेलनाको मुद्दा दर्ता भएको छ । अधिवक्ता लक्ष्मीप्रसाद पोखरेलद्वारा दर्ता गरिएको मुद्दामा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नरहरि आचार्य, संविधानसभा सदस्य...

सर्वोच्चको फैसला सीमाभन्दा बाहिर–पूर्व प्रम नेपाल

1435157522Supreme court.jpg
काठमाडौँ, ९ असार । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले दलहरुबीच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्नु भन्ने सर्वोच्च अदालतको फैसला अदालतको सीमाभन्दा बाहिरबाट आएको बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता नेपालले पछिल्लो समय अन्य निकायको अधिकारमा अतिक्रमण गर्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–“राजनीतिक, सामाजिक जीवन सङ्घर्षमय भएजस्तै संविधानसभाको जीवन पनि सङ्घर्षमय बन्दै गएको छ, अगाडि बढ्न खोज्दा अहिले अवरोध आएको छ ।” उहाँले संविधान निर्माण...
Advertisement

नेविसङ्घले विद्यालयमा बिपी गणेशमान स्मृति भवन बनाइदिने

1435156270NSU.jpg
काठमाडौँ, ९ असार । नेपाल विद्यार्थी सङ्घले काठमाडौँको त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च माध्यामिक विद्यालयको प्राङ्गणमा बिपी गणेशमान स्मृति भवन बनाइदिने भएको छ । भूकम्प र त्यसपछिका पराकम्पले क्षति पु¥याएपछि नेपालको प्रजातान्त्रिक आन्दोलनका संस्थापक नेता व्दय बिपी कोइराला र गणेशमान सिंहको स्मृतिमा विद्यालयको नयाँ भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि आज नेविसङ्घका अध्यक्ष रञ्जित कर्ण र विद्यालयका प्रधानाध्यापक निर्मल गिरीबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षरपछि नेविसङ्घका अध्यक्ष कर्णले देश विपत्मा परेको बेला केही...

आधुनिक नेपाल बन्छ - प्रधानमन्त्री कोइराला

1435067492PM.jpg
काठमाडौँ, ८ असार । प्रधानमन्त्री सुशील कोइरालाले आधुनिक र विकसित नेपाल बन्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सो विश्वास आज बिहान भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आएको कान्तिपुर मिडिया ग्रुपको टोलीसँग व्यक्त गर्नुभएको थियो । उहाँले भन्नुभयो, “हिजोका कमीकमजोरीलाई हटाएर आधुनिक नेपाल बनाउन भनेर लागेको छु । म यसमा प्रतिबद्ध छु । आधुनिक नेपाल बन्छ । हामी अभियानमा सफल हुनेछौँ ।” सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल संविधानको साथसाथै पुनःनिर्माणको मार्गमा पनि...

दलित समुदायले उठाएका मुद्दा अब सबै मिलेर सम्बोधन गरिने छ

1434975313subash-nembang.jpg
काठमाडौँ, ७ असार । दलित सभासद् समन्वय समितिले प्रदेश तथा स्थानीय तहको सीमाङ्कन गरिँदा दलित समुदायको बस्ती सकभर एकै एकाइमा रहनुपर्नेसहितका विषय समेटेर संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आज नौबुँदे ज्ञापनपत्र बुझाएको छ ।  समितिले दलित समुदायका सवालमा अघिल्लो संविधानसभामा सर्वसम्मत रुपमा पारित भएका सबै विषयवस्तु नयाँ संविधानमा जस्ताको त्यस्तै महत्वका साथ समावेश गर्न माग गरेको छ ।  सो समितिमा संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका ४० जना सभासद् आबद्ध हुनुहुन्छ । ज्ञापनपत्रमा संविधानसभामा सहमति भइसकेका एवम् दलहरुले प्रतिबद्धता जनाएका...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement