राजनीति

संविधान लेखनको समग्र वस्तुस्थितिमाथि राष्ट्रपति र सभाध्यक्षबीच छलफल

1434974833rambaran-subash.jpg
काठमाडौँ, ७ असार । राष्ट्रपति डा रामवरण यादव र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङबीच संविधान लेखनको समग्र वस्तुस्थिति र १६ बुँदे सहमतिका विषयमा सर्वोच्च अदालतबाट भएको आदेशपछिको अवस्थामाथि केन्द्रित रहेर छलफल भएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर सभाध्यक्ष नेम्वाङले दलहरुबीच भएको सहमतिअनुसार संविधान लेखनको काम द्रुत गतिमा भई मस्यौदा लेखनको चरणमा पुगेको र यसलाई छिटो निष्कर्षमा पु¥याउन समितिमा अहोरात्र काम भइरहेकाबारे जानकारी गराउनुभएको थियो ।  संविधान लेखनले लामो समयपछि एउटा मार्ग लिइरहेका बेलामा सर्वोच्चबाट भएको आदेशले मुलुकमा...

काँग्रेसले बनायो करिब तीन हजार घर

1434893079nepali congress flag.jpg
काठमाडौँ, ६ असार । नेपाली काँग्रेसले भूकम्पबाट घर क्षतिग्रस्त भएका तीन हजार १५० परिवारका लागि अस्थायी संरचना बनाई हस्तान्तरण गरेको छ । यी संरचना पार्टीले स्वयंसेवक परिचालन गरी निर्माण गरेको हो । गत जेठ ६ गते बसेको काँग्रेस पदाधिकारी बैठकले भूकम्प प्रभावित जिल्लामा श्रमदानका लागि स्वयम्सेवक खटाउने निर्णय गरेको थियो । निर्णयअनुसार प्रभावित २२ जिल्लामा १५ हजार स्वयम्सेवक भत्किएका अस्थायी संरचना निर्माण र राहत एवम् उद्धारमा खटिएका थिए । भत्किएको एक हजार १२५ घरको धराप संरचना हटाइएको प्रवक्ता दीलेन्द्रप्रसाद बडूले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी...

काँग्रेसले नै मधेसको अगुवाइ गर्नेछ : मन्त्री आचार्य

1434817417Mahesh Acharya.jpg
गोलबजार (सिरहा), ५ असार । वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले नेपाली काँग्रेसले नै मधेस र मधेसीलाई अधिकार सम्पन्न बनाउन अगुवाइ गरेको बताउनुभएको छ ।  चन्द्रनारायण मेमोरियल ट्रष्ट सिरहाद्वारा आज आयोजित चन्द्रनारायण यादवको १५औँ स्मृतिसभालाई सम्बोधन गर्दै मन्त्री आचार्यले मधेस र मधेसीको भावनालाई सम्मान गरेर सरकारले थप योजना ल्याउने तयारी गरिसकेको पनि बताउनुभयो ।  “मधेसको अगुवाइ काँग्रेसले गर्नेछ,” मन्त्री आचार्यले भन्नुभयो, “मधेसको सामथ्र्यले काँग्रेस हुर्केको छ । त्यसैले मधेसको विकास काँग्रेसको मूलमन्त्र बन्दै आएको छ ।”  मधेसीको अधिकार...
1453145911obamacare.gif

सर्वाेच्चले संविधानसभाको विशेषाधिकार कुण्ठित गर्ने खोज्यो : एमाले

1434817091UML-Logo-original.jpg
काठमाडौँ, ५ असार । नेकपा (एमाले) को आज बसेको स्थायी कमिटीको बैठकले सोह्रबुँदे सहमतिका विपक्षमा सर्वोच्च अदालतबाट गरिएको फैसला सम्बन्धमा चार दलको बैठकबाट निकालिएको निष्कर्षलाई उपयुक्त र सही ठह¥याएको छ ।  गत जेठ २५ मा चार दलबीच भएको राजनीतिक सहमतिको विपक्षमा सर्वाेच्चले शुक्रबार अन्तरिम आदेश जारी गरेको थियो ।  पार्टीका कार्यवाहक अध्यक्ष बामदेव गौतमको मन्त्री निवास पुल्चोकमा बसेको बैठकले सर्वोच्चको फैसलाले संविधान निर्माण गर्ने सार्वभौम संविधानसभाको विशेषाधिकारलाई कुण्ठित गर्न खोजेको, आठ वर्ष लामो आरोहअवरोहपश्चात् अन्तिम चरणमा पुगेको संविधान...

सर्वोच्चको फैसला सच्याउन एमाओवादीको माग

1434816678Communist-Party-of-Nepal-Maoist-649x250.png
काठमाडौँ, ५ असार । एकीकृत नेकपा(माओवादी)ले प्रमुख चार राजनीतिक दलका बीचमा भएको सोह्रबुँदे सहमतिको विपक्षमा सर्वोच्च अदालतले शुक्रबार दिएको फैसला सच्याउन माग गरेको छ ।  पार्टी प्रवक्ता दीनानाथ शर्माले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सर्वोच्चको फैसला सच्याइनुपर्नेमा जोड दिनुभयो ।  उहाँले विषयवस्तुको गम्भीरतालाई नहेरी कानुनी आधारमा मात्रै फैसला गर्दा व्यावहारिक पाटोलाई नहेर्ने प्रवृत्ति अदालतले त्याग्नुपर्ने तथा समयको माग र आवश्यकतालाई ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।  संविधानसभा सार्वभौम निकाय...

सर्वोच्च अदालतकोे फैसला क्षेत्राधिकार बाहिर रहेको मसालको ठहर

1434816552supreme court.jpg
काठमाडौँ, ५ असार । नेकपा (मसाल)ले सर्वोच्च अदालतले १६ बुँदे सहमतिका सम्बन्धमा शुक्रबार दिएको अन्तरिम आदेश अदालतकोे क्षेत्राधिकार र पहिलेका नजिरका विरुद्ध रहेको ठहर गरेको छ ।  सो पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले संविधान निर्माणको कार्य मुख्यरुपले संविधानसभाको क्षेत्राधिकारभित्रको कुरा रहेको जनाउँदै सर्वोच्च अदालतलाई त्यसमाथि अनाधिकृत रुपमा हस्तक्षेप गर्ने कुनै अधिकार नभएको निश्कर्ष निकालेको महामन्त्री मोहनविक्रम सिंहद्वारा आज जारी विज्ञप्तिमा उपलब्ध छ ।  विज्ञप्तिमा भनिएको छ– “सर्वोच्चकोे फैसलाबाट संविधान निर्माणको कार्यमा...
Advertisement

सर्वोच्चको आदेश स्वागतयोग्य छ : मन्त्री निधि

1434804531bimalendra.jpg
धनकुटा, ५ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले संविधान जारी गर्नका लागि दलहरुबीच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले हालै गरेको परमादेश स्वागतयोग्य भएको बताउनुभएको छ ।  दलहरुबाटै सर्वोच्च अदालतको परमादेशको विरोध भइरहेका बेला काँग्रेस नेतासमेत रहेका मन्त्री निधिले यस्तो फरक धारणा राख्नुभएको हो ।  नेपाल प्रेस युनियनले आज धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले अदालतको आदेशले १६ बुँदे सहमतिको त्रुटि सच्याउने अवसर मिलेको धारणा व्यक्त गर्नुभयो ।  प्रदेशको सीमाङ्कन र नामाङ्कनको टुङ्गो लगाउने...

प्रधान न्यायाधीशमा कल्याण श्रेष्ठको नाम सिफारिस

14339153661433902416Kalyan-Shrestha.jpg
काठमाडौं । सर्बोच्च अदालतको प्रधान न्याधीशमा बरिष्ठतम न्यायाधीश कल्याण श्रेष्ठको नाम सिफारिस भएको छ । संवैधानिक परिषदको मंगलवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले श्रेष्ठको नाम सिफारिस गरेको  सभामुख सुवास नेम्वाङले जानकारी दिए । प्रधान न्यायाधीश रामकुमार प्रसाद साहले उमेरका कारण आगामी असार २३ गते अवकास पाउने भएकाले भावी प्रधान न्यायाधीसमा श्रेष्ठको नाम सिफारिस भएको हो । संसदीय सुनुवाई प्रक्रिया समेत पार गर्नुपर्ने भएकाले परिषदले एक महिनाअघि नै श्रेष्ठको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । श्रेष्ठले प्रधान न्यायाधीशका रुपमा एक...

काठमाडौंले सानो भूकम्प थेग्यो, तर…

५ जेठ, काठमाडौं । उपत्यकामा ठूलो भूकम्प गयो भने लाखभन्दा बढी मानिसले ज्यान गुमाउन सक्छन् र हजारौं घरहरु भत्किन्छन् भन्ने विज्ञको दाबी थियो । तर, त्यो दाबी यसपालिको भूइँचालोमा काठमाडौंको हकमा पुष्टि भएन । भूकम्पीय जोखिमका हिसाबले काठमाडौं शहर विश्वमा अगाडि छ । यहाँका भौतिक संरचनाहरु भूकम्प प्रतिरोधात्मक छैनन् । हाम्रो सौभाग्य, वैशाख १२ मा ७.८ रेक्टर स्केलको भूकम्प जाँदा जति क्षतिको आँकलन गरिएको थियो, त्यति भएन । यद्यपि वैशाख १२ र २९ गतेको भूकम्पले काठमाडौंमा मात्रै १२ सय बढीको मृत्यु भएको छ । झण्डै ३७ घर हजार ध्वस्त भए भने ५० हजार बढी घरमा क्षति भएको छ...
Advertisement

कक्षा ११ को परीक्षा जेठ २० र १२ को असार १ बाट (परीक्षा तालिका)

1432032248exam.jpg
उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ र ११ को परीक्षा यही जेठ २० र आगामी असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ। परिषद्ले भूकम्पका कारण स्थगित कक्षा ११ र १२ को परीक्षाको तालिका आज सार्वजनिक गरेको हो। यसअघि कक्षा १२ को गत वैशाख २० र ११ को यही जेठ १ गतेदेखि हुने भएको थियो तर गत वैशाख १२ गतेको भूकम्पका कारण परीक्षा स्थगन गरिएको थियो। परीक्षा भने यसअघि सार्वजनिक भएको तालिकामा उल्लेख भएअनुसार नै क्रमैसँग विषय राखिएको परिषद्का सदस्यसचिव नारायण कोइरालाले जानकारी दिए। परिषद्ले आज प्रकाशन गरेको तालिकामा ६८ जिल्लाको परीक्षा तालिका सार्वजनिक गरिएको छ। भूकम्पले धेरै क्षति...

कालोबजारी गर्ने पाँच पक्राउ

1431672913food_shop_black_market_kathmandu.jpg
काठमाडौँ, ३१ वैशाख । भूकम्पको फाइदा उठाउँदै कालोबजारी गर्दै उपभोक्ताबाट अत्यधिक मूल्य असुल्ने पाँच जनालाई आज प्रहरीले पक्राउ गरेको छ । वास्तविक मूल्यभन्दा अत्यधिक बढी मूल्य लिई त्रिपाल बिक्रीवितरण गर्ने काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–१३ स्थित खतिवडा फेन्सी पसलका सञ्चालक उद्धव खतिवडा र सोही ठाउँस्थित आचार्य स्टोर्सका सञ्चालक अच्यूतप्रसाद आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।  एक हजार २६५ रुपैयाँमा खरिद गरेको त्रिपाल रु दुई हजार ५०० मा बिक्रीवितरण गरेको खबर प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । ...

रेडक्रसद्वारा तीन हजार पीडित बस्न अस्थायी आवास निर्माण

143159183411222137_361227427419881_46695952860370642_n.jpg
अमेरिका, ३० बैशाख / नेपाल सरकारले संसारका बिभिन्न स्थानमा शरणार्थी वा बिभिन्न हैसियतमा बसेका नेपाली तथा आश्रित परिवारहरुको लागी नेपाली राहदानी उपलब्ध गराउने निर्णय गरेको छ । पररास्ट्र मन्त्रालयले विदेशस्थित नियोगहरुलाई पत्राचार गर्दै आजबाट नै सो सम्बन्धि लिन निर्देशन दिए अनुसार पासपोर्टको लागि निबेदन संकलन कार्य शुरु भै सकेको छ । बैशाख १२ गते गएको प्रलयकारी भुकम्पले हजारौ मानिसहरुको मृत्यु तथा लाखौ मानिसहरु घाइते भएको अबस्थामा आफन्तलाई भेट्न वा स्वय-सेवक भई कार्य गर्न इच्छुक ब्यक्तिहरु समेत राहादानिबाट बन्चित भएर नेपाल जान सकिरहेका थिएनन् । लामो...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement