राजनीति

तराईका केही जिल्लामा बन्द खुल्यो, सप्तरीमा विहानैदेखि प्रदर्शन

14890435171489037111sap.jpg
सप्तरी । प्रहरीको गोली लागेर सप्तरीमा चारजना मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अह्वान गरेको अनिश्चितकालीन बन्दको प्रभाव कम हुँदै गएको छ । मधेसी मोर्चाले लगातार दुई दिनसम्म गरेको मधेस बन्द र प्रदर्शनपछि आजबाट तराईका अधिकांश जिल्लाको जनजीवन सामान्य बन्दै गएको हो । सप्तरीबाहेकका मधेसका सबै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ । सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लामा शैक्षिक संस्था, कलकाखाना, यातायात सुचारु भएका छन् । सप्तरीमा भने मोर्चाका कार्यकर्ताले आज पनि प्रदर्शन...

गोली सप्तरीमा, निशाना सबैतिर : मोर्चालाई अप्ठ्यारो, राप्रपाको महत्व बढ्यो

14889564221488936114morcha-meating.jpg
अहिलेसम्म मधेस–पहाड ध्रुवीकरणले एमाले र अध्यक्ष केपी ओलीलाई राजनीतिक फाइदा भएजस्तो देखिन्थ्यो । तर, सप्तरी काण्डपछि ‘मेची–काली’ अभियानका लागि यो उपयुक्त समय थियो कि थिएन ? भन्ने प्रश्न पार्टी र अध्यक्ष दुवैमाथि उठ्यो । आजको नयाँ पत्रिकामा खबर छ । -गोली सुरक्षाकर्मीले हाने, जनता मधेसी मारिए, तर जिम्मेवारचाहिँ एमालेको अभियान मानियो । मधेसमा भएको एमालेपंक्ति थप प्रतिरक्षात्मक भयो । मोर्चासँग बीचमा केही सुधारिएको एमालेको सम्बन्ध फेरि बिग्रियो । -एमालेको अभियानमा कति जनता सहभागी भए भन्ने प्रश्न सप्तरीमा कति मारिए भन्ने प्रश्नको छायामा प¥यो । मधेसमा...

पाँचबुँदे माग पूरा नभए सरकारलाई दिइएको समर्थन फिर्ता लिने मोर्चाको चेतावनी

14889550511488950576morcha-baithak1.jpg
काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज पाँचबुँदे ज्ञापनपत्र बुझाई सो पूरा नभए सात दिनपछि सरकारलाई दिइएको समर्थन स्वतः नरहने जानकारी दिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चामा आबद्ध सात दलका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटी स्थानीय निर्वाचनका कार्यक्रम फिर्ता गरिनुपर्ने, संविधान संशोधन गरी आफूले उठाउँदै आएको मुद्दा सम्बोधन गर्नुपर्ने, स्थानीय तहका संरचनालाई प्रदेशको क्षेत्राधिकारभित्र राखिनुपर्ने तथा सरकार गठन गर्दा भएको तीनबुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने...
1453145911obamacare.gif

गोली चलाउन गृहमन्त्रीले ठाडो आदेश दिएको खुलासा, निधिको व्यवहार शंकास्पद भएको भन्दै माओवादीमा छलफल

14888771581488851357bimalendranidhi647082016021940.jpg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तराईमधेसका आन्दोलनकारीमाथि गोली नचलाउन पटकपटक दिएका निर्देशनविपरीत गृहमन्त्री विमलेन्द्र निधिको ठाडो आदेशमा सप्तरीमा प्रहरीले फायर खोलेको खुलेको छ । माओवादी केन्द्रीय कार्यालयका बैठक बसिरहँदा प्रधानमन्धी दाहालले गोली नचलाउन गृहमन्त्री निधिलाई कडा निर्देशन दिँदादिँदै एक्कासि गाली प्रहारबाट आन्दोलनकारीको ज्यान गएको घटना जानकारीमा आउनेबित्तिकै गृहमन्त्री निधिलाई टेलिफोन सम्पर्क गरी प्रश्न गर्दा रहस्य खुल्न गएको हो । सप्तरीमा गोली नै चलाइनुपर्ने स्थिति उत्पन्न नहुँदै मन्त्री निधिले गोली हान्न ठाडो आदेश...

तनाव बढेपछि राजविराजमा कर्फ्यु, सिडिओ र एसपीलाई कारबाही

14888751331488873419sapt11.jpg
सप्तरी । प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच सप्तरीको राजविराजमा झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । प्रशासनले राजविराज र आसपासका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । यसअघि प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो । मधेसी मोर्चाले आह्वान गरेको बन्दका क्रममा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच राजविराज अदालत छेउमा झडप भएको हो । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच ढुंगाहानासमेत भएको छ । यता सोमबार दिउँसो सप्तरीमा प्रहरी र संयुक्त...

एमालेलाई नेपालको कुनै भूभाग जान कसैले रोक्दैन भन्दै ओली कड्किए पछि..

14887850801488769716UML-2.jpg
सुनसरी - एमाले अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचन सिंगो राष्ट्र र नेपाली जनताको माग भएको बताएका छन् । मेची–महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन मोरङको विराटचोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचन कुनै एक पार्टीको मात्र नभएको बताए । ‘यो चुनाव प्रचार अभियान होइन, भ्रम तोड्न राष्ट्रिय अभियान चलाएका छौँ । हामीले मधेसमा संविधानबारे बोल्यौँ भने आफ्नो भ्रमको खेती सकिन्छ भनेर अवरोध खडा गर्न खोजिएको छ । तर, एमालेलाई मुलुकका कुनै पनि भूभागमा जानबाट कसैले रोक्न सक्दैन,’ उनले भने । नेपाली जनताले आफ्ना लागि आफैँ संविधान बनाएकाले अरू कसैले...
Advertisement

माओवादी केन्द्रको हेडक्वार्टर बैठकमा सरकारलाई दिईयो यस्तो सुझाव !

14887052421488641987DSC1566-1-848x478.jpg
काठमाडौं । नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठकले संविधान संशोधन प्रस्ताव पारित गराई स्थानीय तहको निर्वाचनका लागि सहज वातावरण बनाउन सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले सरकारलाई विभिन्न सुझावहरु दिएको हो। बैठकले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको सन्दर्भमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गराई निर्वाचनको सहज वातावरण बनाउन प्रमूख प्रतिपक्षी, मधेशी मोर्चा, राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दलहरुसँग सम्वाद जारी राख्न सरकारलाई सुझाव...

पाँच नम्बर प्रदेश टुक्रयाउनेमा मेरो सहमति छैन: रक्षामन्त्री खाण

14887034001488636326balkrishna-khand.jpg
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा रक्षामन्त्री बालकृष्ण खाणले पाँच नम्बर टुक्राउने योजनामा आफ्नो समर्थन नरहेको बताएका छन । शनिबार नेपाली कांग्रेस अर्धाखाँची–काठमाडौं सम्पर्क तयारी समितिले आयोजना गरेको बनभोज कार्यक्रमलाई चोभारमा सम्बोधन गर्दै उनले प्रदेश टुक्रयाउने काम त्यो क्षेत्रका जनताको लागि पींडादायक भएको स्पष्ट पारे । ‘त्यसरी प्रदेश टुक्रयाउनु हुँदैन बरु थप्नचाँहि सकिन्थ्यो, यो काम मलाई पनि चित्त बुझेको छैन’ रुपन्देही –२बाट निर्वाचित सांसदसमेत रहेका खाणले भने ‘मैले यो विषयलाई लिएर क्याबिनेटमा पनि कुरा गरें र पार्टी...

नयाँ सत्ता समीकरण बन्दै, एमालेको नेतृत्वमा फेरि नयाँ सरकार !

14885303121488505562amalee.jpg
काठमाडौं । संविधान संशोधन प्रस्तावबाट पछि हटेपछि सत्ता गठबन्धनभित्रको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीसँग चरम रूपमा चिढिएको र केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दा आफ्नो माग सम्वोधन हुने आश्वासन पाएपछि दाहाल नेतृत्वमा माओवादी केन्द्र–कांग्रेस गठबन्धनलाई बाहिरबाट समर्थन गरेको मोर्चाकै भाषामा राप्रपाले अभिव्यक्ति दिएर आगामी दिनमा नयाँ सत्ता समिकरणको खेल प्रारम्भ हुन सक्ने संकेत दिएको छ । राप्रपा संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले...
Advertisement

चुनावमा भाग नलिए मधेशी मोर्चाको कदम आत्मघाती हुन्छ: सापकोटा

14884396391488376938agni.jpg
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले मधेशी मोर्चाले भाग नलिएपनि चुनाव भएरै छाड्ने बताएका छन ।  बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता सापकोटाले सबै दलले चुनावमा भाग लिनुपर्ने बताउँदै भने,‘निर्वाचन ऐतिहासिक कुरा हो, अब पनि मोर्चाले चुनावमा भाग लिन्न भन्नुहुँदैन, यदि मोर्चाले भाग नलिए पनि चुनाव हुन्छ।’ उनले मोर्चाले चुनावमा भाग निलए उसकै लागि आत्मघाती हुने बताए । उनले मधेशी मोर्चामा आत्मविश्वासको कमी रहेको समेत आरोप लगाए । सापकोटाले भने,‘मोर्चाका नेताहरुमा आत्मविश्वासको कमी छ, मधेशी...

आउँदो सोमबार आरआर क्याम्पसमा स्ववियू चुनाव

14884394711488386493rr-final-625x405.jpg
काठमाडौं । राजधानीको ठुलो क्याम्पस मध्यकै एक क्याम्पस आर.आर क्याम्पसमा आउँदो फागुन २३ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनाव हुने भएको छ । बुधबार (आज) का लागि त्रिभुवन विश्बविद्यालयले मिति तोकेपनि विद्यार्थी संगठनको तालाबन्दीका कारण काठमाडौंका धेरै क्याम्पसहरुमा चुनाव हुन सकेन् । बुधबार आर आर क्याम्पसकी क्याम्पस प्रमुख निर्मला कुमारी सुवालले एक सुचना जारी गर्दै स्ववियू निर्वाचन पूर्वगठित निर्वाचन समितिले नै सम्पन्न गर्ने गरी फागुन २३ गते सोमबारका दिन सम्पन्न हुने बताएकी छिन् । बिभिन्न बिद्यार्थी संगठनको अवरोध, तालाबन्दी र झडपका कारण आरआरमा...

स्थानीय तहको सङ्ख्या र क्षेत्राधिकारबारे कुरो नमिल्दा सत्तारुढ दलहरुको बैठक बिनानिष्कर्ष

148843738714883849851488374644458PROKtm110316DSC3580.JPG
काठमाडौँ । समसामयिक राजनीतिक विषयमा सहमति जुटाउन बसेको सत्तारुढ दलहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसवादी दलहरू सहित प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे छलफल भएपनि निष्कर्षमा पुगी नसकेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् । संविधान संशोधन गर्न दर्ता भएको संशोधन प्रस्ताव पारित गरेर मात्रै स्थानीय तहको निर्वाचनमा जानुपर्ने पुरानै माग मधेसवादी दलका नेताहरूले राख्नुभयो, स्थानीय तहको सङ्ख्या र क्ष...
Advertisement

आजदेखि निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लंघन गरे एक लाख सम्म जरिवाना

14883533471488352612b926f9674533725b4ec4359f80f103cd1487049610.jpg
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता आजदेखि लागू गरेको छ । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आयोगका अनुसार स्थानीय तह निर्वाचन आचारसंहिता नेपाल सरकार, मन्त्री, कर्मचारी लगायत सार्वजनिक पद धारण गरेका व्यक्ति, गैरसरकारी संघ संस्थाका लागि फागुन १८ (आज) देखि र उम्मेदवारका लागि वैशाख १६ देखि लागू हुनेछ । निर्वाचन आचारसंहिता जारी भएपछि सरकारले कर्मचारी सरुवा, बढुवा, नियुक्ति र नयाँ योजना तर्जुमा एवं निर्वाचनलाई प्रभावित तुल्याउने गरी बजेट वितरण गर्न पाउने छैन । प्रधानमन्त्री, मन्त्री, सरकारी...

जेठ १ गते सत्ता सुम्पन प्रधानमन्त्री दाहाललाई देउवाको दबाब

14881818101488077733praccc.jpg
काठमाडौं । नीति तथा कार्यक्रम र बजेट मैले नै ल्याउने हो, कुरा क्लियर छ । यसमा उताउति, दायाँ–बायाँ जान्दिनँ ।’ आइतबार बिहानको दुई दलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सीधा कुरा राखे । ‘निर्वाचन आयोगले समय माग्ला, एक/दुई दिन यताउति होला । मधेसी नमान्लान् । जबर्जस्ती गर्ने ? एक चरणमा नभ्याइए दुई चरणमा गर्नुपर्ने होला । दोस्रो चरणको चुनाव बरु तपाईं नै गर्नुहोला । म पहिलो सक्नासाथ छाडिदिउँला ।’ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कुरा राखे । तर, देउवाको अडान स्पष्ट थियो, ‘वैशाख मसान्तसम्ममा चुनाव सकेर तपाईंले जेठ १ गते मलाई...

सत्तापक्षकै अर्को संशोधन : सीमांकन हेरफेर नगर्न संशोधन प्रस्ताव दर्ता

14881778941488160319sambidhan.jpg
काठमाडौं, आफ्नो पार्टी र गठबन्धनको सार्वजनिक अडानविपरीत सत्तापक्षीय कांग्रेस र माओवादी केन्द्रकै सांसद्ले ४ र ५ नम्बर प्रदेशको सीमांकन हेरफेर नगर्न प्रस्ताव गर्दै संयुक्त संशोधन प्रस्ताव दर्ता गरेका छन् ।   माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, कांग्रेस सांसदहरू चन्द्र भण्डारी, धनराज गुरुङ र अमरसिंह पुनले प्रदेश सीमांकन हेरफेर गर्न नहुने भन्दै संयुक्त संशोधन पेस गरेका हुन् । सरकारले मंसिर १४ गते ४ र ५ नम्बर प्रदेशको सीमाकंन फेर्न प्रस्ताव गर्दै पेस गरेको विधेयकमाथि संशोधन दर्ता गर्ने समय आइतबारसम्म थियो । संसद् सचिवालयका अनुसार...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement