खेलकुद

नेपाल नेदरल्यान्ड्ससँग सजिलै पराजित

1471139454CAN.jpg
काठमाडौँ, २९ साउन । विश्व क्रिकेट लिग च्याम्पियन्स लिगअन्तर्गत नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग सात विकेटको विशाल अन्तरले पराजित भएको छ । नेदरल्यान्डको आमस्ट्रडमस्थित भिआरए क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ३८.१ ओभरमै सबै विकेट गुमाएर मात्र ९४ रन मात्र बनाउन सक्यो । पञ्चानब्बे रनको सहज लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १६.५ ओभरमै मात्र तीन विकेटको क्षतिमा सजिलै लक्ष्य पूरा ग¥यो । नेपालका लागि वसन्त रेग्मी, सागर पुन र करण केसीले समान एक विकेट लिए पनि टोलीको जितका लागि पर्याप्त भएन । यसअघि नेपालका प्रायः सबै ...

ग्रिजम्यान युरोकप–२०१६ को उत्कृष्ट खेलाडी घोषणा

पेरिस (फ्रान्स), २७ असार । युनियन अफ युरोपियन फुटबल एसोसिएसनले सोमबार फ्रान्सेली अग्रपङ्तिका खेलाडी एन्टोनी ग्रिजम्यानलाई युरोकप–२०१६ को उत्कृष्ट खेलाडी घोषणा गरेको छ । आयोजक राष्ट्र फ्रान्स युरोकपको उपाधिका लागि भएको खेलमा पोर्चुगलसँग १–० ले पराजित भए पनि ग्रिजम्यानले प्रतियोगिताको सबैभन्दा बढी गोलकर्ताका रुपमा आफूलाई उभ्याउन सफल हुनुभएको थियो । एसोसिएसनका प्रमुख प्राविधिक अधिकृतका अनुसार ग्रिजमयान खेलेको हरेक खेलमा विपक्षीमाझ चुनौती बनेका थिए । ग्रिजमयानलाई आफ्नो समूह र प्रतियोगितालाई सफल पार्न कडा मेहनत, दूरदृष्टि र खेल कला प्रदर्शन गर्नसक्ने...

जर्मनीलाई २-० ले हराउदै फ्रान्स युरोकपको फाइनलमा, पोर्तुगल र फ्रान्स बिच आइतबार फाइनल

1467925032euro.png
फ्रान्स, ७ जुलाई / आज भएको युरो कप २०१६ सेमिफाइनलको दोस्रो खेलमा जर्मनीलाई २-० ले हराउदै फ्रान्स फाइनलमा प्रवेश गरेको छ । पहिलो हाल्फ़को अन्तिम समयमा अन्टोनियो ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई १-० को अग्रता दिएका थिए ।  दोस्रो हाल्फको ७२ मिनेटमा अन्टोनियो ग्रिजम्यानले पुन: गोल गर्दै फ्रान्सलाई २-० को अग्रता दिलाएका थिए । अब फ्रान्सले पोर्तुगलसंग आइतबार युरोकपको लागि आइतबार प्रतिस्पर्धा गर्दैछ ।​ ...
1453145911obamacare.gif

पोर्तुगल वेल्सलाई २-० ले हराउदै युरो कप फाइनलमा

1467838714euro.png
पोर्तुगल, ६ जुलाई / आज भएको युरो कप सेमिफाइनलमा वेल्सलाई पराजित गर्दै पोर्तुगल युरोकप २०१६ को फाइनलमा प्रवेश गरेको छ । रोनाल्डोले ५० मिनेट र नानीले ५३ मिनेटमा गरेको दुई गोलको मद्दतले २-० मा वेल्सलाई पराजित गर्न सफल भएको हो । पोर्तुगल्ले भोलि हुने आयोजक फ्रान्स र जर्मनी बिच हुने दोस्रो सेमीफाइनलको बिजेतासंग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । ...

क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

1464501171winning.jpg
नेपालगन्ज, जेठ १६ गते । क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा मध्यपश्चिमाञ्चलस्तरीय क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने सो प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते, फुटबल र क्रिकेट प्रतियोगितामा १५ जिल्लाका एक हजार ११० खेलाडीले ९४ स्वर्ण, ९४ रजत र ११४ काश्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामाटेन्डी शेर्पाले उद्घाटन गर्दै खेलकुदलाई राष्ट्रको समृद्धि र विकाससँग जोड्नुपर्ने बताउनु भयो । गणतन्त्र संस्थागत गर्न...

फराकिलो जित निकालेका आर्मी र सशस्त्र सेमिफाइनलमा

1461170809women-football.jpg
काठमाडौँ, ८ वैशाख । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलले लगातार जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित एन्फाको खेल मैदानमा आज भएको खेलमा आर्मीले पश्चिमाञ्चल विकास क्षेत्रलाई ९–० तथा सशस्त्रले सुदूरपश्चिमाञ्चलमाथि १४–० को सहज जित निकाल्यो । आर्मीका लागि १४, १६, ३५, ७७ र ८० औँ मिनेटमा शर्मिला थापाले पाँच गोल गरिन् । त्यस्तै, दीपा अधिकारीले ११, ३१ र ८९ औँ मिनेटमा गरी तीन तथा सपना लामाले ७१औँ मिनेटमा गोल गर्दै आर्मीलाई फराकिलो जित दिलाए । त्यसैगरी, सशस्त्रका लागि सावित्रा भण्डारीले खेलको १०, ३१,...
Advertisement

शरद र विनोदले दिलाए नेपाललाई पहिलो जित

1460819220CAN.jpg
काठमाडौँ, ४ वैशाख । नेपाली ब्याट्सम्यानद्वय शरद भेषवाकर र विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनको मद्दतले नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा शरद र विनोदले अविजित रहँदै ८४ रनको साझेदारी गरेपछि नेपालको धर्मराएको इनिङ उकासिएको थियो । नेपालले महत्वपूर्ण पाँचौँ विकेट गुमाएपछि सातौँ ब्याट्सम्यानका रुपमा क्रिजमा आएका विनोदले तीन छक्का र एक चौकाको मद्दतमा ४९ बल खेल्दै ४० रन बनाए । त्यस्तै तेस्रो ब्याट्सम्यानका रुपमा आएका शरदले ९९ बल खेल्दै तीन चौकाको सहयोगमा ५० रन जोड्दै अर्धशतक...

नेपालले नामिबियासँग खेल्दै नयाँ सालको उद्घाटन गर्ने

1460771137CAN.jpg
मुना कार्की र दीपेन्द्र सापकोटा काठमाडौँ, ४ वैशाख । नेपाली क्रिकेट टोलीले नामिबियासँग विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत शनिबार तेस्रो चरणको खेल खेल्दै २०७३ सालको उद्घाटन गर्नेछ । विसं २०७२ मा सिनियर टोलीले उत्साहजनक प्रदर्शन गर्न सकेन । त्यसको क्षतिपूर्तिस्वरुप यस पटक घरेलु मैदानमा नामिबियालाई हराउँदै २०७३ सालको सुखद् सुरुआत गर्ने आशा गरिएको छ । नेपाली टोली आज शनिबार बिहान कीर्तिपुरस्थित टियु मैदानमा नामिबियाविरुद्ध उच्च मनोबलका साथ उत्रने विश्वास गरिएको छ । जारी प्रतियोगितामा (च्याम्पियनसिप)अन्तर्गत गत वर्ष खेलेका आफ्ना सबै चार खेलमा निराशा...

पहिलो दक्षिण एसियाली महिला बास्केटबल सुरु

1459260493vollyball.jpg
काठमाडौँ, १६ चैत । पहिलो दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा आजदेखि सुरु भएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदको माध्यमले दक्षिण एसियाली राष्ट्रहरुको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास गर्नुभयो । विश्व बास्केटबल सङ्घका अध्यक्ष अहमद हाफिजले दक्षिण एसियास्तरमै पहिलोपटक भएको प्रतियोगिताको आयोजनाको अवसर नेपालले पाउनु ऐतिहासिक भएको बताउनुभयो । प्रतियोगिताअन्तर्गत आजै भएको पहिलो खेलमा श्रीलङ्काले...
Advertisement

अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता

1456024730kusti.jpg
नवलपरासी, ९ फागुन । नवलपरासीको त्रिवेणी धाममा अन्तर्राष्ट्रिय पुरुष कुस्ती (दङ्गल) प्रतियोगिता सुरु भएको छ ।  नागा बाबा लक्ष्मीनारायण मन्दिर नवलपरासीको आयोजनामा आयोजित प्रतियोगिता शनिबारबाट सुरु भएको हो ।  लोप हुँदै गएको कुस्ती खेलको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरिएको प्रतियोगिता सञ्चालक समितिका संयोजक रामअवतार कोइरीले बताउनुभयो ।  आजसम्म चल्ने प्रतियोगितामा नेपालका विभिन्न जिल्लासहित छिमेकी भारतको मध्यप्रदेश, उत्तरप्रदेश, महाराष्ट्र, पञ्जाव, दिल्ली क्षेत्रबाट पहलमानहरु प्रतिस्पर्धामा...

सर्वाेच्च पदक विजेता लामिछानेको अभिनन्दन

1455976250sarbochha-padak-bijetaa.jpg
ललितपुर, ८ फागुन । विश्व स्काउट सङ्गठनको सर्वाेच्च पदक ब्रोन्ज उल्फ पाउने पहिलो नेपाली भएकामा नेपाल स्काउटका निवर्तमान प्रमुख आयुक्त श्रीराम लामिछानेलाई आज यहाँ आयोजित समारोहमा सार्वजनिक अभिनन्दन गरिएको छ ।  विश्व स्काउटका प्रवर्तक लर्ड बेडेन पावेल तथा लेडी बेडेन पावेलको जन्मदिन तथा विचार दिवस (२२ फेब्रुअरी) को अवसर पारेर लामिछानेलाई अभिनन्दन गरिएको हो ।  विश्व स्काउट सङ्गठनले सन् १९३५ मा स्थापना गरेको सो सर्वाेच्च पदक केही दिनअघि लामिछानेलाई प्रदान गर्ने निर्णय गरेको थियो ।  स्काउट अभियानका संस्थापक लर्ड बेडेन पावेलको नाउँमा बेडेन पावेल...

मोरङ फुटबल क्लब बिजयी

1455936886goal.gif
पथरी (मोरङ), ७ फागुन । मोरङ फुटबल क्लबले विराट गोल्डकप फुटबल प्रतियोगितामा विजय सुरुवात गरेको छ ।  विराट गोल्पकपको दोस्रो खेलमा आज रुपन्देही ११ लाई तिनका विरुद्ध एक गोलले पराजित गर्दै मोरङले विजय सुरुवात गरेको हो ।  अति प्रतिस्पर्धात्मक खेलको ३२ औँ मिनेटमा मोरङका बिजय धिमालले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । मध्यान्तर अघि १–० ले अग्रता पाएको मोरङले मध्यान्तरपछि दुई गोल गरेको थियो । रुपन्देहीले ५८ मिनेटमा सान्त्वना गोल फर्काएको थियो ।  मध्यान्तरपछिको चौथो मिनेटमा मोरङका कप्तान दीपक राईको प्रहार जाली चुमेपछि मोरङले दुई गोलले अग्रता लिएको...
Advertisement

नवयुग श्रेष्ठकी प्रेमिकाले यसरी दर्शाईन् आफ्नो माया

नवयुग श्रेष्ठकी प्रेमिका सरला श्रेष्ठले भ्यालेन्टाइन डे को पूर्वसन्ध्यामा उनलाई प्रेममय शुभकामना दिएकी छिन्। नवयुग श्रेष्ठको फेसबुक वालमा उनले आफ्नो 'सपनाको राजकुमार' को रुपमा अर्थ्याएकी छिन्।              ...

नेपाली राष्ट्रिय टिमलाई प्रधानमन्त्रीको बधाई

1455590775Nepal-football-celebrations-after-beating-Maldives-4-3.jpg
काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले १२औँ दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा उपाधि जितेकामा नेपाली राष्ट्रिय टिमलाई बधाई एवम् शुभकामना दिनुभएको छ ।  प्रधानमन्त्रीले साग खेलकुदमा २३ वर्षपछि प्राप्त जितले नेपालको शिर उचो बनाएको भन्दै खेलाडी, प्रशिक्षक एवम् खेलसँग सम्बन्धित सबै सरोकारवाला पक्षलाई आफ्नो व्यक्तिगततर्फबाट र सरकारको तर्फबाट एक विज्ञप्ति जारी गरी बधाई दिनुभयो । उहाँले भन्नुभएको छ – “नेपाली खेलाडीको यो विजय खेल इतिहासमा अनन्तकालसम्म स्मरणीय हुनेछ । सरकारले खेलाडीको सम्मानमा कुनै कमी आउन दिने छैन ।”  प्...

नेपाल १७ वर्षपछि साग फुटबलको फाइनलमा

1455408417SAAF.jpg
काठमाडौँ, १ फागुन । दक्षिण एसियाली खेलकुद (साग) फुटबलतर्फ नेपाल १७ वर्षपछि फाइनलमा प्रवेश गरेको छ । भारतको गुवाहाटीमा भर्खरै सम्पन्न सेमीफाइनलमा माल्दिभ्सलाई ४–३ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपाललाई जित दिलाउन नवयुग श्रेष्ठले ह्याट्रिक गरे । त्यस्तै, अर्को गोल अञ्जन विष्टले गरेका थिए । विष्टले खेलको १५ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि लगातार आक्रामक खेल खेलेको नेपालका लागि श्रेष्ठले ३६ औँ मिनेटमा अग्रता दोब्बर पारे । बाउन्नौँँ मिनेटमा गोल गर्दै माल्दिभ्स खेलमा फर्कियो । खेलको ६५ औँ मिनेटमा नेपालका...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement