खेलकुद

माल्दिभ्समाथि शानदार जितसँगै नेपाल फाइनलमा, नवयुगको ह्याट्रिक

1453214471football.jpg
काठमाडौँ, ५ माघ । माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै नेपाल बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज साँझ बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । नेपालका नवयुग श्रेष्ठले तीन र विशाल राईले १ गोल गर्दै नेपाललाई जित दिलाए । नेपालका लागि खेलको ३१ औँ मिनेटमा नवयुग श्रेष्ठले पहिलो गोल गरे । विमल घर्तीमगरले प्रहार गरेको बल पोलमा ठोक्किएर फर्र्केपछि त्यसलाई नवयुगले गोलमा परिणत गरेका थिए । त्यस्तै, ५३ आँै मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए भने नवयुगले...

नेपाल र माल्दिभ्स भिड्दै

1453188836nepalvsmaldives.jpg
काठमाडौँ, ५ माघ । बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज साँझ माल्दिभ्सको सामना गर्ने भएको छ ।  बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु राष्ट्रिय रङ्गशालामा हुने खेलमासाँझ ५ः१५ बजे दुवै टोली भिड्नेछन् । नेपाल समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो भने माल्दिभ्स समूह ‘बी’ को विजेता हो ।  समूह चरणको खेलमा नेपालले करिब २८ महिनापछि श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेपछि नेपालको विजयविहीन यात्रालाई बिर्साएको थियो । त्यतिबेला विमल घर्ती मगरले गोल गरेका थिए । जारी प्रतियोगितामा गोल नखाने एउटा...

फटुबल मैदानमै नेपाल र भारतका खेलाडीबीच कुटाकुट

1452936120banner-footballpitch.jpg
भीमदत्तनगर, २ माघ । कञ्चनपुरको दक्षिण क्षेत्रमा पर्ने नेपाल– भारतको सीमा क्षेत्रको दसहीमा शुक्रबार दुई देशबीचका फुटबल खेलाडीबीच कुटाकुट भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१ स्थित महाकाली युवा क्लब र भारतको लखिमपुर, दसहीका खेलाडीबीच फुटबल चलिरहँदा भएको विवादले उग्ररुप लिएपछि झडपको स्थिति सर्जना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । “खेल गराउँदै गरेका एम्पायरको निर्णयका विषयलाई लिएर दुई पक्षका खेलाडीबीच विवाद भएको हो,” जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले भन्नुभयो – “सोही विषयलाई लिएर सामान्य हातपात भयो ...
1453145911obamacare.gif

एक खेल अगावै नेपाल सेमिफाइनलमा प्रवेश

1452864133banner-footballpitch.jpg
काठमाडौँ, १ माघ । एक खेल अगावै नेपाल बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । गत वर्षको विजेता मलेसिया समूह चरणको अन्तिम खेलमा आज श्रीलङ्कासँग २–१ ले पराजित भएपछि नेपाल सेमिफाइनलमा पुगेको हो । प्रतियोगिताअन्तर्गत समूह ’ए’ को दोस्रो अन्तिम लिग खेलमा श्रीलङ्काले मलेसियाको फेल्डालाई २–१ ले हराएपछि नेपालले यो उपलब्धि हात पारेको हो । नेपालसँगै आयोजक बङ्गलादेश पनि अन्तिम चारमा प्रवेश गर्न सफल भएको छ । नेपाल र आयोजक बङ्गलादेशबीच आजै साँझ हुने समूहको अन्तिम खेलले समूह विजेताको टुङ्गो लाग्नेछ । समूह ए मा रहेको नेपाल र...

विश्वकपको तयारीमा रहेको नेपाल अफगानिस्तानसँग पराजित

1452696368CAN.jpg
काठमाडौँ, २९ पुस । बङ्गलादेशमा हुने उन्नाइस वर्षमुनिको विश्वकप प्रतियोगिताको तयारीमा रहेको नेपाली टोली आज अफगानिस्तानसँग पराजित भएको छ । भारतको नयाँ दिल्लीमा भएको दोस्रो अभ्यास खेलमा पनि नेपाल अफगानिस्तानसँग ४१ रनले पराजित भएको हो । यसअघि अफगानिस्तानसँग नै भएको पहिलो अभ्यास खेलमा नेपाल ८३ रनले पराजित भएको थियो । प्रतियोगितामा पहिले ब्याटिङमा उत्रेको अफगानिस्तानले नेपाललाई २१३ रनको चुनौती प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल ४१ दशमलव ३ ओभरमा १७१ रनमा सीमित भयो । नेपालका लागि सुनिल धमलाले ४५, अरिफ शेखले २८ तथा दीपेन्द्र ऐरीले २३ रन...

नेपालद्वारा श्रीलङ्का १-० ले पराजित

1452696319banner-footballpitch.jpg
काठमाडौँ, २९ पुस । बङ्गलादेशमा जारी बङ्बन्धु गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु स्टेडियममा भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले जारी प्रतियोगितामा ४ अङ्क जोडेको छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा बराबरी खेलेको थियो । नेपालले साविक विजेता मलेसियासँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै, नेपालले यसअघि भारतमा भएको साफ च्याम्पियनसिप फुटबल...
Advertisement

सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता माघमा

1452656009CAN.jpg
कञ्चनपुर, २९ पुस । महाकाली अञ्चलकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता यहाँ माघ दोस्रो सातादेखि आयोजना गरिने भएको छ । सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन सङ्कायको विद्यार्थी कल्याणकोषको आयोजनामा विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा विजेता टोलीलाई रु एक लाख ११ हजार र उपविजेता टोलीलाई रु ५५ हजार ५५५ प्रदान गरिने प्रतियोगिता आयोजक समितिका संयोजक सुशील भट्टले बताउनुभयो । रासस ...

नेपाल र मलेसियाबीचको खेल बराबरीमा सकियो

1452363188banner-footballpitch.jpg
काठमाडौँ, २५ पुस । बङ्गलादेशमा जारी बङ्बन्धु कप फुटबलको आज भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाको फेल्डा युनाइटेड क्लबसँग गोलरहित बराबरी खेलेको छ । सामसुल हुडा रङ्गशालामा भएको खेलमा नेपालले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेन । साग खेलकुदको तयारीस्वरुप बङ्गबन्धु गोल्डकप फुटबल खेल्न ढाका पुगेको नेपाली टोलीमा विराज महर्जनको कप्तानीमा साफ च्याम्पियनसिपका १३ खेलाडी समावेश छन् । नेपालले साफमा बिनाजित घर फर्किए पनि ११ खेलसम्मको गोलविहीन यात्रा भने टुङ्ग्याएको थियो । नेपाल आयोजक बङ्गलादेशसँगै श्रीलङ्का र मलेसिया रहेको समूह ‘ए’ मा...

फिफा बरियता : नेपाल दक्षिण एसियाकै पुछारमा

1452173836banner-footballpitch.jpg
काठमाडोँ, २३ पुस । विश्व फुटबल महासङ्घ (फिफा)को विश्व बरियतामा नेपाल दक्षिण एसियाकै पुछारमा झरेको छ । फिफाले आज सार्वजनिक गरेको बरियताअनुसार चार स्थान तल झरेको नेपाल १९६ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना नेपाल १९२ औं स्थानमा रहँदा दक्षिण एसिया क्षेत्रको पुछारमा श्रीलङ्का दुई स्थान तल अर्थात १९४ औँ स्थानमा थियो । तर भर्खरै सम्पन्न साफ च्याम्पियनसिपमा नेपाललाई १–० ले पराजित गरेको श्रीलङ्काले बरियतामा नेपाललाई अन्तिममा पु¥याएको छ । भुटानलाई पनि पछि छोडेको श्रीलङ्का आठ स्थान माथि उक्लदै १८८ औं स्थानमा रहन सफल भएको छ । भारतसँग पराजित हुँदै साफ च्य...
Advertisement

भारतसँग पराजित हुँदै नेपाल पहिलो चरणबाटै बाहिरियो

1451231940Saff-Championship.jpg
काठमाडौँ, १२ पुस । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)अन्तर्गत नेपाल आयोजक भारतसँग ४–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि पहिलो खेलमा श्रीलङ्कासँग १–० ले नतिजा सुम्पिएको नेपालका लागि आज भारतसँगको समूह चरणको अन्तिम तथा निर्णायक खेलमा जित्नैपर्ने दबाब थियो । सोहीअनुसार केरलास्थित त्रिवेन्द्रममा आज नेपालले सुरुदेखि नै आक्रामक खेल खेलेको थियो । नेपालले खेल सुरु भएको तीन मिनेटमै गोल गर्दै १–० को अग्रता लिएको थियो । नेपालका लागि विमल घर्तीमगरले गोल गर्दै अग्रता दिलाएका थिए । रोहित चन्दले दिएको पासलाई नवयुग...

अन्तर्राष्ट्रिय महिला फुटबल उपाधि एपिएफलाई

1451230356women-football.jpg
काठमाडौँ, १२ पुस । प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)को महिला फुटबल टोलीले हात पारेको छ । भद्रकालीस्थित जङ्गीअड्डा परिसरमा आज भएको फाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबको महिला फुटबल टोलीलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । एपिएफको जितमा अनिता बस्नेत र सावित्रा भण्डारीले गोल गरे । बस्नेतले खेलको पहिलो हाफमा गोल गर्दै एपिएफलाई पहिलो अग्रता दिलाइन् भने भण्डारीले खेलको दोस्रो हाफमा एक गोल थप्दै एपिएफको जित सुनिश्चित गरिन् । उपाधिसँगै एपिएफले रु तीन लाख...

साफ फुटबल : नेपालले तीन मिनेटमै गोल गरयो

1451228524Saff-Championship.jpg
काठमाडौँ, १२ पुस । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)अन्तर्गत नेपाल र आयोजक भारतबीच अहिले भइरहेकोे खेल १–१ गोलको बराबरीको स्थितिमा छ । सुरुदेखि नै आक्रामक खेल खेलेको नेपालले खेल सुरु भएको तीन मिनेटमै गोल गर्दै १–० को अग्रता लिएको थियो । नेपालका लागि विमल घर्ती मगरले गोल गरेका हुन् । उनले नवयुग श्रेष्ठले प्रहार गरेको रिबाउण्डमा गोल गरेका हुन् । त्यसपछि गोल खाएर सम्हालिएको भारतले २६औँ मिनेटमा गोल गर्दै खेल हालसम्म बराबरीमा ल्याएको छ । प्रतिस्पर्धात्मक रुपमा खेल जारी छ । सेमिफाइनलमा पुग्न नेपालले भारतलाई जित्नैपर्ने दबाबमा छ । खेल अहिले...
Advertisement

भारतसँग निर्णायक भिडन्त गर्दै नेपाल

1451146206Saff-Championship.jpg
काठमाडौँ, ११ पुस । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)अन्तर्गत नेपाल र आयोजक भारतबीच केही बेरपछि निर्णायक भिडन्त हुँदैछ । भारतको केरलास्थित त्रिवेन्द्रममा नेपालले आज चीरपरिचित प्रतिद्वन्द्वी भारतसँग स्पष्ट जितको नतिजा निकाल्न आवश्यक छ । समूह ‘ए’का तीन टोलीमध्ये नेपाल मात्र अङ्कविहीन छ । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ०–१ गोल अन्तरले पराजित हुँदै उसलाई तीन अङ्क सुम्पियो । त्यस्तै भारतले श्रीलङ्कामाथि २–० को स्पष्ट नतिजा निकाल्दै समान तीन अङ्क जोडेर गोल अन्तरका आधारमा समूहको शीर्षस्थानमा छ । भारतसँगको हारका बाबजुद श्रीलङ्काको...

पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित

1450905596banner-footballpitch.jpg
काठमाडौँ, ८ पुस । एघारौँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) अन्तर्गतको उद्घाटन खेलमा नेपाल श्रीलङ्कासँग ०–१ गोल अन्तरले पराजित भएको छ । भारतको त्रिवेन्द्रममा भर्खरै सम्पन्न समूह ए को पहिलो खेलमा श्रीलङ्काका मोहम्मद रिफ्नासले खेल सकिन लाग्दा गोल गरेपछि नेपाल पराजित भएको हो । उनले खेलको अतिरिक्त समयअर्थात् ९५ औँ मिनेटमा नेपाली रक्षापङ्तिको फाइदा उठाउँदै गोल गरेका थिए । आज पराजित भएबाट नेपालको सेमिफाइनल यात्रा कठिन भएको छ । अब नेपालले सोही समूहमा रहेको प्रतियोगिताको दाबेदारमध्येको एक टोली आयोजक भारतलाई पराजित गर्नुपर्ने हुन्छ या त...

तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल– विभागीय टोली विजयी

1450800886girl-football.jpg
काठमाडौँ, ७ पुस । प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब विजयी भएको छ । भद्रकालीस्थित जङ्गीअड्डा परिसरमा भएको प्रतियोगितामा एपिएफको महिला फुटबल टोलीले पश्चिमाञ्चल महिला फुटबल टोलीलाई १६–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । त्यसैगरी सोही प्रतियोगिताअन्तर्गत लगनखेलमा आजै भएको अर्को आर्मीले सुदूरपश्चिमाञ्चल महिला फुटबल टोलीलाई पनि समान १६–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नकआउटका आधारमा खेलाइएको उक्त प्रतियोगितामा विजेता टोलीले रु तीन लाख...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement