खेलकुद

छात्रा क्षेत्रीय फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशलाई

1450625463school-girl-football.jpg
काठमाडौँ, ५ पुस । चौध वर्षमुनिका छात्रा क्षेत्रीय फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले हात पारेको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको खेल मैदानमा आज भएको अन्तिम भिडन्तमा नेपाल बङ्गलादेशसँग ०–१ गोलअन्तरले पराजित भएको थियो । खेलको पहिलो हाफको १६औँ मिनेटमा बङ्गलादेशकी मारजी सोपनाले गरेको एक गोल नै निर्णायक साबित भयो । त्यसपछिको समयमा नेपाली खेलाडीले गोल फर्काउन निकै प्रयासरत रहे तापनि त्यो सफल हुन सकेन । उक्त प्रतियोगिताको अन्तिम खेल गत वैशाख १२ गते सञ्चालन हुने तय भए तापनि सोही दिन नेपालमा भूकम्प गएपछि खेल स्थगन हुन पुगेको थियो । त्यसअघि भएको खेलमा...

दुई पक्षको विवादपछि क्यानको साधारणसभा स्थगित

1450154417CAN.jpg
काठमाडौँ, २८ मङ्सिर । नेपाल क्रिकेट सङ्घ (क्यान) को आजदेखि सुरु भएको साधारणसभा असन्तुष्ट पक्षको विवादपछि स्थगन भएको छ । दुई पक्षको विवादबीच आज सुरु भएको क्यानको साधारणसभामा असन्तुष्ट पक्षले भौतिक हस्तक्षेप गरेपछि स्थगन भएको क्यानले जनाएको छ । साधारणसभामा उपाध्यक्ष चतुरबहादुर चन्दले बोलिरहँदा साधारणसभाका विपक्षमा रहेका क्यान अध्यक्ष टङ्क आङ्बुहाङ र उपाध्यक्षलगायत पदाधिकारीले हस्तक्षेप गरेका थिए । “उपाध्यक्ष चन्दले बोलिरहँदा अर्का उपाध्यक्ष केशव घिमिरे र सुनिलमान अमात्य तथा सङ्घका पदाधिकारीले रोस्ट्रममा पुगी अवरोध गरेका थिए । त्यसपछि दुई पक्षबीच...

नेपाल टिम च्याम्पियन

1449498042Logo-for-news.jpg
काठमाडौँ, २१ मङ्सिर । भारतको नयाँ दिल्लीमा भएको विश्व कुङ्फु च्याम्पियनसिपमा नेपालले टिम च्याम्पियनको उपाधि हात पारेको छ । नेपालसहित विभिन्न १७ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल १२ स्वर्ण, ६ रजत र १ कास्यपदकका साथ टिम च्याम्पियन बन्न सफल भएको टिम प्रशिक्षक सुकमान लामाले जानकारी दिनुभयो । त्यसैगरी प्रतियोगितामा भारत भने दोस्रो बनेको छ । डिसेम्बर ३ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा रमेश नेपाली, सूर्य लामा र विकास लामाले दोहोरो स्वर्णपदक जिते । उनीहरुले थाउलु र सान्डामा स्वर्ण जितेका हुन् । सृष्टि श्रेष्ठले थाउलुमा स्वर्ण र सान्डामा रजतपदक जितिन् ।...
1453145911obamacare.gif

एनआरएनए र नेपाल ओलम्पिक कमिटीबीच सम्झौता

1448811466nrn-logo.jpg
काठमाडौँ १३, मङ्सिर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच आज सम्झौता भएको छ । नेपाल ओलम्पिक कमिटीको भवनमा आज आयोजित कार्यक्रममा एनओसीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ र एनआरएनका तर्फबाट अध्यक्ष शेष घलेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार अबदेखि नेपालमा चलिरहेको ओलम्पिक अभियानको साझेदारका रुपमा गैरआवासीय नेपाली सङ्घ रहनेछ । सो अवसरमा एनआरएन स्थापना दिवस अक्टोबर ११ तारिखका दिन ओलम्पिक कमिटीले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी समेत दिइएको थियो । यसैगरी, गैरआवासीय नेपाली सङ्घले क्षमतावान् केही...

क्रिकेट प्रशिक्षक दासानायकेलाई राखेपको बिदाई

1448641121Logo-for-news.jpg
काठमाडौँ, ११ मङ्सिर । नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक पुवुदु दासानायकेलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बिदाइ गरेको छ । राखेपमा आज आयोजित कार्यक्रममा उहाँलाई बिदाई गर्दै राखेपका सदस्यसचिव केशवकुमार विष्टले नेपाली क्रिकेट विकास, सफलता र खेलाडी उत्पादनमा दासानायकेको योगदानको प्रशंसा गर्दै उहाँको योगदानको नेपाल सरकार, राखेप र समस्त खेल क्षेत्रले सदा स्मरण गरिरहने बताउनुभयो । प्रशिक्षक दासानायकेले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको भन्दै नेपाली खेलाडीमा भएको खेल भावनाले एक दिन नेपाली क्रिकेटलाई उच्च विन्दुमा पु¥याउन सक्ने बताउनुभयो । सन्...

अन्तर्राष्ट्रिय हात्तीपोलोको उपाधि स्वीट्जरल्यान्डलाई

1448640222polo.jpg
परासी, ११ मङ्सिर । नवलपरासीमा जारी ३४ आँै अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताको उपाधि स्वीट्जरल्यान्डको इएफजीले उचालेको छ । नवलपरासीको अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा आज भएको अन्तिम खेलमा नेपालको टाइगर टप्स टस्कर्सलाई ८–५ गोलले पराजित गर्दै स्वीट्जरल्यान्डको इएफजीले ट्रफी आफ्नो कब्जामा पारेको हो । यही मङ्सिर ७ गतेबाट सुरु भएको प्रतियोगिता आज सकिएको छ । नवलपरासीको अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा भएको खेलमा सात टोलीलाई पछि पार्दै इएफजीलले उपाधि जितेको हो । प्रतियोगितामा स्वीट्जरल्यान्ड,...
Advertisement

उपाधिका लागि स्वीट्जरल्यान्ड र नेपाल भिड्ने

1448588120polo.jpg
परासी, १० मङ्सिर । चौतीसौँ अन्तर्राष्ट्रिय हात्तीपोलोको उपाधिका लागि भोलि नेपाल र स्वीट्जरल्यान्ड भिड्ने भएका छन् । नवलपरासीमा जारी अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगितामा इएफजी स्विट्जरल्यान्ड र नेपालको टाइगर टप्स टस्कर्स फाइनलमा प्रवेश गरेका छन् । आज भएको खेलमा स्विट्जरल्यान्डले अरेवियाको टाइगरेसेस लाई ९–६ गोलले पछि पार्दै फाइनलको यात्रा तय गरेको हो भने नेपालको टाइगर टप्सले बेलायतको रस्ट्री कुक्रीजलाई ४–२ गोल अन्तरले पछि पार्दै फाइनल यात्रा पक्का गरेको हो । नवलपरासीको अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा भएको खेलमा...

अन्तर्राष्ट्रिय हात्तीपोलोमा टाइगर टप्स टस्कर विजयी

1448377033polo.jpg
कावासोती, ८ मसिर । नवलपरासीको अमलटारीमा जारी ३४औँ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताअन्तर्गत आज भएको खेलमा घरेलु टोली टाइगर टप्स टस्कर विजयी भएको छ । अस्ट्रेलियाको पुक्का चुक्काससँग ६–४ को अन्तरले टस्कर विजयी भएको हो । त्यस्तै, इङल्याण्डको दी रस्टी कुर्किसले श्रीलङ्काको गाल ओएलाई ९–४ को अन्तरले पराजित गरेको छ भने अर्को खेलमा इएफजी स्विजरल्यान्डले अमेरिकाको सिआइएच सेन्टपल ग्रिफिन्सलाई ११–६ को गोल अन्तरले हराउँदै विजयी भएको छ । थारू टाइगरलाई १३–६ को अन्तरले पछि पार्दै ट्रिग्रिसिस अरेबिया विजयी भएको छ । हात्तीमाथि बसी माहुतेको पछाडि खेलाडी रहेर...

अन्तर्राष्ट्रिय हात्तीपोलो सुरु

1448293901polo.jpg
कावासोती, ७ मङ्सिर । नवलपरासीको अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा आजदेखि ३४ औँ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा नेपालको टाइगर टप्सले अमेरिकाको सिआइएच सेन्टपल गिरिपिन्स अमेरिकालाई ८–४ गोलले पराजित ग¥यो । दोस्रो खेलमा गोल ओए श्रीलङ्काले थारु टाइगर्स नेपाललाई ८–२ ले पराजित ग¥यो भने तेस्रो खेलमा इएचफ जी स्वीजरल्याडले पुक्का चुक्कास अस्टे«लियालाई ९–५ गोलले हरायो । त्यस्तै चौथो खेलमा दि रस्टी कुर्किस युकेले दि ट्रिग्रिसिप अरेवियालाई ७–५ गोल अन्तरले पराजित ग¥यो...
Advertisement

अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिता नवलपरासीको अमलटारीमा सुरु

1448207965polo.jpg
कावासोती, ६ मङ्सिर । ३४औं अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिता नवलपरासीको अमलटारीमा सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा खेल सुरु भएको हो । आइतबार हात्तीसहित खेलाडी मैदानमा उत्रिएर खेलको शुभारम्भ गरेका हुन् । सन् १९८२ देखि चितवनको मेघौलीमा सुरु भएको सो खेल पहिलोपटक नवलपरासीको पर्यटकीय गाउँ थारू होमस्टे नजिकै भएको छ । गत वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा भएको सो खेल यस वर्ष यहाँ आयोजना भएको हो । टाइगर टप्स होटलको आयोजनामा बर्सेनी यो खेल हुने गरेको छ । चितवन राष्ट्रिय...

पपुवान्यूगिनीसँग नेपालको दोस्रो हार

1447868662CAN.jpg
काठमाडौँ, २ मङ्सिर । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज भएको दोस्रो चरणको अन्तिम खेलमा नेपाल पपुवान्युगिनीसँग दोस्रो पटक तीन विकेटले पराजित भएको छ । यसअघि गएको सोमबार भएको पहिलो खेलमा नेपाल पपुवान्युगिनीसँग दुई विकेटले पराजित भएको थियो । यूएइको अबुधाबीमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पपुवान्यूगिनीले दुई बल बाँकी छँदा सात विकेट गुमाएर पूरा ग¥यो । पपुवान्युगिनीको जितमा ज्याक भारे र जोन रेभाले अविजित ८४ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई जित दिलाए । नेपालका सोमपाल कामीले तीन, वसन्त रेग्मीले दुई, सागर पुन र शक्ति गौचनले एक÷एक विकेट...

खेलकुदका विकृति हटाउन महाभारतको एकलव्य बन्न तयार छु –खेलकुद मन्त्री मण्डल

1447774990sport-council.jpg
काठमाडौँ, १ मङ्सिर । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले फुटबलमा भएका विकृति र विसङ्गतिले देशको स्वाभिमानमा ठेस पु¥याएको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ गरेको साक्षात्कार कार्यक्रममा उहाँले पछिल्लो समयमा फुटबलमा देखिएका भ्रष्टाचार, म्याच फिक्सिङ (खेल मिलेमतो) मात्र नभएर धेरै अनैतिक कार्य रहेको बताउँदै सुधारका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । विश्व फुटबल महासङ्घ (फिफा)ले हालै भ्रष्टाचारको अभियोगमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष गणेश थापालाई गरेको कारबाहीलाई गम्भीररुपमा लिएको बताउनुभएका मन्त्री मण्डलले स्वतन्त्र छानबिनका...
Advertisement

विश्वकप छनोटमा नेपालको साँघुरो हार, आजको हारले नेपाल दबाबमा

1447682246CAN.jpg
काठमाडौँ, ३० कात्तिक । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज भएको दोस्रो चरणको पहिलो खेलमा नेपाल पपुवान्युगिनीसँग दुई विकेटको साँघुरो अन्तरले पराजित भएको छ । संयुक्त अरब इमिरेट्स (युएइ)को शेख जाहेद रङ्गशालामा आज टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन जोडेको थियो । जवाफी ब्याटिङमा आएको पपुवान्युगिनीले आठ विकेटको क्षतिमा तीन बल बाँकी छँदै लक्ष्य पूरा ग¥यो । पपुवान्युगिनीलाई जित दिलाउन अस्साद भालाले महत्वपूर्ण ८७, चार्लेस अमिनीले ३५, टोनी उराले ३० रनको योगदान दिँदा अविजित रहेका जोन रेभाले १५ तथा...

नेपाल र पपुवा न्युगिनी भोली भिड्दै

1447601687CAN.jpg
काठमाडौँ, २९ कात्तिक । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा भोलि नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावीस्थित शेख जायद स्टेडियममा सोमबार नेपालले विजय लक्ष्यकासाथ पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्ने भएको हो । नेपाल दोस्रो खेलमा भने आगामी मङ्सिर २ गते पपुवा न्युगिनीसँग नै पुनः भिड्नेछ । नेपाललाई पपुवा न्युगिनीसँगको खेल जित्नैपर्ने दबाब छ । यसअघि स्कटल्यान्डमा भएको उक्त प्रतियोगिताको पहिलो चरणमा दुई खेल खेलेको नेपालले दुबै खेलमा हार भोग्दै अङ्कविहीन छ । स्...

ओमानसँग नेपाल तीन विकेटले पराजित

1447514331CAN.jpg
काठमाडौँ, २८ कात्तिक । क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली टोली अभ्यास खेलमा ओमानसँग ३ विकेटले पराजित भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को शेख जाहेद रङ्गशालामा आज भएको खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य ओमानले ४८.१ ओभर खेल्दै ७ विकेटको क्षतिमा पूरा ग¥यो । अजय लालचेताले अविजित २० तथा अर्का अविजित मोहम्मद रदिमले १० रन जोडेपछि ओमानको जित सुनिश्चित भयो । त्यस्तै, जिशान मक्सुदले ५२ तथा जीतेन्दर सिंहले ४१ रन बनाएपछि ओमानको जितको आधार तयार भएको थियो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल निर्धारित ५० ओभरको खेलमा ४९.३ ओभरमा सबै विकेट...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement