खेलकुद

टेस्ट राष्ट्र पाकिस्तानसँग नेपाल १२१ रनले पराजित

1447036009nepal-pakistan.jpg
काठमाडौँ, २२ कात्तिक । एसोसिएट टोली नेपालले टेस्ट राष्ट्र पाकिस्तानसँग १२१ रनले सम्मानजनक हार आत्मसात गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा आज बलियो टोली पाकिस्तानले टस हारेर पूरै ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा नेपालसामु ३२६ रनको चुनौती पेश गरेको थियो । जवाफी ब्याटिङमा आएको नेपालले पूरै ओभर खेल्दै ५ विकेट गुमाएर २०५ रन बनायो । नेपालका लागि अनिल मण्डलले सर्वाधिक ६१ रनको योगदान गरे । उपकप्तान ज्ञानेन्द्र मल्ल खेल सकिन १ बल बाँकी छँदा ४१ रन बनाएर आउट भए । शरद भेषवाकरले अविजित १४ र मेहेबुब आलमले अविजित १ रन बनाए । कप्तान पारस खड्का १३ रनमा आउट हुँदा सागर...

नेपाल र पाकिस्तानबिच क्रिकेट खेल, पाकिस्तान १४० रनको अबस्थामा

1446967574CAN.jpg
काठमाडौँ, २२ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)मा आबद्ध राष्ट्र नेपाल र टेस्ट राष्ट्र पाकिस्तानबीचको ५० ओभरको एक दिवसीय खेल सुरु भएको छ । अहिले सम्मको अबस्थामा २६ ओबरको समाप्तिमा पाकिस्तानले एक विकेट गुमाउदै १४० रन बनाएको छ । संयुक्त अरब इमरेट्स (युएई)को आबुधाबीस्थित शेख जायद रङ्गशालामा अहिले नेपालले टस जितेर फिल्डिङ(बलिङ) रोजेको छ । इङ्ल्यान्डसँगको टेस्ट तथा एक दिवसीय शृङ्खलाका लागि पाकिस्तानी टोली युएईमा छ । तीन म्याचको टेस्ट शृङ्खलामा पाकिस्तानले २-० ले कब्जा गरेको थियो । चार म्याचको एक दिवसीय शृङ्खला बुधबारदेखि सुरु हुनेछ । आइसिसीले आबद्ध...

फुटबल स्टार डेबिट बेकह्याम नेपालमा

1446866936david-beckham.jpg
भक्तपुर, २० कात्तिक । बेलायतका फुटबल खेलाडी डेबिट बेकह्यामले आज यहाँको एक विद्यालयका भूकम्पपीडित विद्यार्थीसँग फुटबल खेल्नुभएको छ । उहाँले पाँचतले मन्दिर परिसरमा र दरबार स्क्वायरमा रहेको पद्म उमाविका कक्षा ८, ९ र १० का छात्र तथा छात्रासँग करिब १० मिनेट नीलो र रातो टोली बनाएर टौमढी स्वायरमा फुटबल खेल्नुभएको हो । उहाँले एसियाली मुलुकको नेपाल छानेको र त्यसमा पनि भक्तपुरको ऐतिहासिक स्कुलका पीडित विद्यार्थीसँग फुटबल खेलेकामा गर्व लागेको स्कुलका प्राचार्य राम हाडाले बताउनुभयो । बेकह्यामले स्कुलमा गएर भूकम्पीय क्षतिबारे जानकारी लिनाका साथै भूकम्पपीडित...
1453145911obamacare.gif

नेपाली क्रिकेट टोली युएई प्रस्थान

1446601169CAN.jpg
काठमाडौँ, १७ कात्तिक । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाली क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज यहाँ आयोजित बिदाई कार्यक्रममा क्यानका पदाधिकारीले भ्रमणका साथै प्रतियोगितामा जित हासिल गर्ने उद्देश्यले त्यसतर्फ प्रस्थान गर्न लागेको टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो । युएई भ्रमणको अन्तिममा नेपालले यही कात्तिक ३० र मङ्सिर २ गते विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पपुवान्युगिनीसँग दुई खेल खेल्नेछ । त्यसअघि नेपालले हङकङसँग दुई दिवसीय मैत्रीपूर्ण खेल खेल्नेछ भने...

विश्व क्रिकेट लिग च्याम्पियनका लागि खेलाडी छनोट

1446515997CAN.jpg
काठमाडौँ, १६ कात्तिक । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) आज साँझ सार्वजनिक गरेको टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, वसन्त रेग्मी, शक्तिप्रसाद गौचन, सागर पुन, अनिलकुमार मण्डल, सोमपाल कामी, करण केसी, महेशकुमार क्षेत्री, महबुब आलम, सरद भेषवाकर, पृथु बाँस्कोटा, इशाद अहमद, नरेशबहादुर बुढाऐर र विक्रम सोब छन् । छनोट हुने विक्रम सोव र इशाद अहमद भने नयाँ अनुहार हुन् । त्यस्तै नरेश बुढाऐर र मेहबुब आलमले भने प्रतियोगितामा पुनरागमन गरेका छन्...

म्याच फिक्सिङ’ खेलाडीलाई सात दिन हिरासतमा राख्न विशेष अदालतको आदेश

1446386340banner-footballpitch.jpg
काठमाडौँ, १५ कात्तिक । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल मिलोमतो ‘म्याच फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेका फुटबल खेलाडीलाई विशेष अदालत काठमाडौँले आज अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय मोहनरमण भट्टराई, नरेन्द्र सिवाकोटी र भूपेन्द्रप्रसाद राईले एक हप्ता हिरासतमा राख्न आदेश दिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँले खेलाडीलाई म्याद थपका लागि आज विशेष अदालत लगेको थियो । यसअघि यही कात्तिक १० गते अदालतले पक्राउ परेको मितिले १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर अदालतले...
Advertisement

सुरुङ्गा गोल्डकप आजदेखि, उद्घाटन खेलमा झापा ११ विजयी

1446210084banner-footballpitch.jpg
सुरुङ्गा (झापा) १३ कात्तिक । मेची अञ्चलकै सर्वाधिक राशिको अन्तर्राष्ट्रिय सुरुङ्गा गोल्डकपको तेस्रो संस्करण आजदेखि सुरु भएको छ । सुरुङ्गा जेसिजको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गर्नुभयो । कनकाई उमावि सुरुङ्गाको खेलमैदानमा सुरु भएको प्रतियोगिता यही कात्तिक २० गते समापन हुने सुरुङ्गा जेसिजका अध्यक्ष त्रिलोचन चिमरियाले बताउनुभयो । प्रतियोगितामा झापा–११, रुपन्देही–११, एपिएफ, सरस्वती क्लब काठमाडौँ, कालिम्पोङ क्लब भारत, कासा–११ झापा, ब्वाइज युनियन काठमाडौँ र भुटान क्लियरिङ फुटबल क्लब गरी...

यु–१९ क्रिकेट टोली स्वदेश फिर्ताः सातौँपटक विश्वकप भिड्दै

1445607854nepal-cricket.jpg
काठमाडौंँ, ६ कात्तिक । उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले सातौँपटक विश्वकप भिड्ने भएको छ । साथै, नेपाली राष्ट्रिय टोलीले अबको चार महिनापछि बङ्गलादेशमा हुने विश्वकप प्रतियोगिताबाट विजयी हुने प्रण पनि गरेको छ ।  मुलुकको क्रिकेट खेलको इतिहास रचना गर्दै फर्केको नेपाली टोलीका कप्तान राजु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशवासी, खेल पदाधिकारी एवम् क्रिकेटका शुभेच्छुक र सञ्चारकर्मीमाझ भन्नुभयो– ‘‘टीमको कडा मेहनत र एक अर्काको सहयोगले यो नतिजा प्राप्त भएको हो ।’...

लगातार पाँचौ जितसँगै नेपाल विश्वकपमा छनोट

1445516981nepal-cricket.jpg
काठमाडौंँ ५ कात्तिक । आयरल्यान्डलाई तीन विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएको छ ।  नेपालले समूह चरणको चार वटै खेलमा पनि शतप्रतिशत नजिता निकाल्न सफल भएको थियो । मलेसियाको राजधानी क्वालालम्पुरमा आज भएको अन्तिम खेलमा आयरल्यान्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । आयरल्यान्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १८४ रनको मध्यम स्कोर बनाउन सफल भयो । एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको नेपाली टोलीका ओपनर ब्याट्स्म्यान सुनिल धमलाले ४७, राजु रिजालले ३५, आरिफ शेखले २१ र दीपेन्द्रसिंह...
Advertisement

सुनिल र सन्दीपले १७० रनको साझेदारी, नेपालले आयरल्यान्डलाई ८ विकेटले हरायो

1445430626nepal-cricket.jpg
कार्तिक ४, २०७२- नेपालका ओपनर जोडी सुनिल धमला र सन्दीप सुनारले १७० रनको साझेदारीको गरेपछि नेपालले आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको छ । नेपाल र आयरल्याण्डबीच मलेसीयाको क्वालालमपुरमामा भएको यू १९ विश्वकप छनोट प्रतियोगितामा आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाइ १८४ रन बनाएको थियो । १८५ रनको लक्ष्य लिई मैदानमा प्रवेश गरेका नेपालका प्रारम्भिक ब्याट्स्म्यान सन्दीप सुनारले ८५ रन र सुनिल धमलाले ७५ रन बनाएका थिए । नेपालका लागि यू १९ मा ओपनीङ जोडीले बनाएको यो सर्वाधिक रनको रेकर्ड हो । नेपालका लागि बलिङ तर्फ स्पिनर प्रेम...

नेपाल आईसीसी यु–१९ विश्वकप छनौट क्रिकेटको फाईनलमा

1445257048images-1.jpg
आइसीसी यु–१९ विश्वकप छनोट क्रिकेटमा नेपालले विजय यात्रा जारी राखेको छ । समूहको तेस्रो खेलमा अमेरिकालाई डकवर्थ लुईस नियममा ६ विकेटले हराउँदै नेपालले छनोट चरण पार गर्ने सम्भावनालाई बलियो बनाएको छ । योसँगै नेपाल प्रतियोगिताको फाइनलमा पनि प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा नेपालले पर्सि बलियो प्रतिद्वन्द्वी आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आगामी बिहीबार हुनेछ । मलेसियाको किन्नरारा ओभल मैदानमा आज खराब मौसमका कारण ४८ ओभरमा छोट्याइएको खेलमा अमेरिका ४६ ओभरमा १ सय ९ रनमा अलआउट भयो । नेपालले १ सय ९ रनको लक्ष्य १७ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा...

राष्ट्रिय लिगको उपाधि थ्रीस्टारलाई

1445085512anfa6.jpg
काठमाडौं, असोज ३० । रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ । शनिबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको अन्तिम खेलमा मनाङ–मर्स्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै थ्रीस्टार क्लब ३५ अंकका साथ शीर्ष स्थानमा रहँदै उपाधि जितेको हो । थ्रीस्टारलाई जिताउनेक्रममा अन्तिम खेलमा ओलावाले र विजय धिमालले एक–एक गोल गरे । जितसँगै थ्रीस्टारले एक करोड रुपैयाँ जितेको छ । यस्तै, ३३ अंकमा रही लिग सकाएको त्रिभुवन आर्मीले क्लब उपविजेता बन्दै ५० लाख रुपैयाँ जितेको छ । यस्तै, अन्तिम खेलमा थ्रीस्टारसँग पराजित भएको...
Advertisement

आइसिसी यु १९ विश्वकप क्रिकेट छनोट–नेपालद्वारा युगान्डा पराजित

1445001241images-1.jpg
काठमाडौँ, २९ असोज । आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) को विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाली युवा टोलीले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ ।  मलेसियाको क्वालालम्पुरस्थित रोयल सेलेङगर क्लबको खेल मैदानमा भएको सो प्रतियोगितामा नेपालले युगान्डालाई १७१ रनको भारी अन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको यो लगातार दोस्रो जित हो । हिजो बिहीबार भएको पहिलो खेलमा नेपालले पपुवान्युगिनीमाथि ९ विकेटको सानदार जित हासिल गरेको थियो ।  टस जितेर पहिले ब्यटिङमा उत्रेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट...

आइसिसी विश्वकप क्रिकेट छनोट : नेपालले पपुवा न्युगिनीलाई हरायो

1444912726CAN.jpg
काठमाडौँ, २८ असोज । आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) को विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल खेल मैदानमा आज भएको सो प्रतियोगितामा नेपाली युवा टोलीले पपुवा न्युगिनीमाथि ९ विकेटको सानदार जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पपुवा न्युगिनीले दिएको ४९ रनको लक्ष्यलाई नेपालले खेलको ९.१ ओभरमा एक विकेट गुमाउँदै भेटायो । नेपालले गतिलो बलिङ गरेपछि पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी २८.२ ओभरमा ४८...

किन पक्राउ परे कप्तान सागरसहित पाँच खेलाडी?

1444912594match-fixing-650x330-890x395c.jpg
काठमाडै , २८ असोज । म्याच फिक्सिङ ९खेल मिलेमतो० गरेर मुलुकको प्रतिष्ठामा आँच पुर्‍याएको आरोपमा प्रहरीले नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित पाँच खेलाडीलाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाले बुधबार कप्तान थापासहित राष्ट्रिय टोलीका खेलाडी रीतेश थापा, सन्दीप राई र विकाससिंह क्षेत्री तथा पूर्वखेलाडी अञ्जन केसीलाई पक्राउ गरेको हो।पाँचैजना प्रहरी हिरासतमा छन्।  थापासहितका खेलाडीले सन् २००८ देखि सन् २०१४ को बीचमा भएका अधिकांश अन्तर्राष्ट्रिय प्रतियोगितामा ठूलो धनराशि लिएर विपक्षी टोलीलाई जिताउन सहयोग गरेको...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement