खेलकुद

नेपालद्वारा जोर्डन पराजित

1442409200download-2.jpg
एएफसी यू–१६ च्याम्यिनसिप छनोटको आफ्नो पहिलो खेलमा नेपालले जोर्डनलाई पराजित गरेको छ । किर्गिस्तानमा भएको खेलमा नेपालले २–१ गोलले जोर्डनलाई पराजित गरेको हो । खेलको २८ औं मिनेटमा नेपालका रेजिन सुब्बाले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । फेरि ६६ औं मिनेटमा सुब्बाले नै गोल थप्दै अग्रता फराकिलो पारे । ‘इन्जुरी टाइम’मा जोर्डनले एक गोल (९१ औं मिनेटमा) फर्काएको थियो । ...

U-19 टिमलाई सम्मान , सबै सदस्यलाई ट्र्याक सुट सहित एक लाख एघार हजार एक सय एघार रुपैयाँको चेक

1442150791vlcsnap-2015-09-13-17h47m49s189.jpg
 काठमाडौमा सम्पन्न प्रथम अण्डर नाईन्टीन साफ च्याम्पियनसिप फुटवलको उपाधि बिजेता नेपाली टोली आज काठमाडौमा सम्मानित भएको छ । सुन्धाराको सिएमजी क्लबले उपाधि विजेता नेपाली टिमलाई सम्मान गरेको हो । काठमाडौमा आइतबार आयोजित कार्यक्रममा क्लबले खेलाडी, प्रशिक्षक, ब्यवस्थापक तथा टिम फिजियोलाई सम्मान गरेको हो । क्लबले टिमका सबै सदस्यलाई ट्र्याक सुट सहित एक लाख एघार हजार एक सय एघार रुपैयाँको चेक हस्तान्तरण ग¥यो । यसै महिना भएको प्रतियोगितामा भारतलाई टाइब्रेकरमा हराउँदै नेपाल च्याम्पियन बनेको थियो । यो उपाधि नेपाली फुटबल इतिहासको पछिल्लो २२ बर्षकै पहिलो उपाधि हो...

नेपाल ओलम्पिक कमिटी अध्यक्षमा जीवनराम निर्वाचित

1441284033download-5.jpg
निवर्तमान महासचिव जीवनराम श्रेष्ठ नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा निर्वाचित भएका छन् । उनले निवर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई पराजित गरेका हुन् । २६ मत मध्ये जीवनराम श्रेष्ठले १७ मत पाएका थिए । महासचिवमा टेण्डी लामा विजयी भएका छन् । उनले छिमि उर्गेन र दिपराज गुरुङलाई पराजित गरेका हुन् । उपाध्यक्षमा भने निर्विरोध धीरेन्द्र प्रधान, परेन्द्रविक्रम लाखे, ज्योति राणा र राजेन्द्र वान्तवा निर्वाचित भए । ...
1453145911obamacare.gif

एसिसी प्रिमीयर लिगः कुवेतविरुद्ध नेपालको ८३ रनको जित

1441118516download-3.jpg
काठमाडौँ १५ भदौ । मलेसियामा जारी १९ वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले आज कुबेतविरुद्धको खेलमा ८३ रनको जित हात पारेको छ ।  मलेसियाको किनरारा आभेल मैदानमा भएको खेलमा नेपालले कुवेतसामु निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा २५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले प्रस्तुत गरेको लक्ष्य पछ्याएको कुवेतले निर्धारित ओभर नै खेल्दै ९ विकेट गुमाएर १६७ रन मात्र जोडेपछि नेपालको जित सुनिश्चित भएको हो ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली युवा टोलीले खराब सुुरुआत गर्दै ओपनरद्वय सुनिल धमला (११) रन र आशिष धामीलाई (४) रनमा गुमायो । नेपालका लागि...

एन्फाको साधारणसभा रोक्न अन्तरिम आदेश

1441113659images-7.jpg
काठमाडौं– पुनरावेदन अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबारको लागि तय भएको साधारण सभा रोक्न अन्तरिम आदेश जारी गरेको छ।   एन्फाकै असन्तुष्ट उपाध्यक्षद्वय कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर सदस्य पंकज नेम्बाङको उजुरीको आधारमा पुनरावेदनका न्यायाधिश मोहनबहादुर कार्कीको एकल एजलासले अन्तरिम आदेश जारी गरेको छ। निवेदकहरु एन्फाको निर्वाचित उपाध्यक्ष र सदस्य रहेको हुँदा सुविधा र सन्तुलनको दृष्टिकोमा भदौ १७ सम्मको लागि साधारण सभा नगर्न नगराउन पुनरावेदनले विपक्षीका नामा आदेश जारी गरेको छ। अन्तरिम आदेशलाई निरन्तरता दिनु पर्ने वा नपर्ने...

रोनाल्डोलाई आरोप : छात्राले भनिन रोनाल्डो सँग भएको थियो शारिरिक ………………

1441085963cristiano-ronaldo-rips-the-president-of-fifa-for-mocking-him-in-an-interview.jpg
रियल म्याड्रिक र पार्तुगलको को स्टार फुटबॉलर क्रिस्टियानो रोनाल्डो एक पटक फेरी चर्चामा छन्। ब्राजील की एक छात्रा ले रोनाल्डो सँग उसको शारीरिक संबंध भएको कुरा स्वीकारेकी छिन् ।छात्रा डायना सटिल्हो ले एक साक्षात्कार मा भनिन कि फीफा विश्व कप-2014 को समयमा  फुटबॉलर क्रिस्टियानो रोनाल्डो सँग उसको शारीरिक संबंध भयो। डायना को भनाईमा उनि र रोनाल्डो सोशल साइट मा एक अर्का सँग संपर्कमा आएका हुन आए। दुवै जना घण्टौ एक अर्का सँग  सोशल साइट मा कुरा गर्ने गर्थे। यति मात्र नभएर डायनाले भनिन कि रोनाल्डो ले विडियो चैटिंग मा उसलाई कपडा खोल्न भनेका थिए र उनले यस्तो गरेकी पनि...
Advertisement

मलेसियासँग ८ विकेटको जितसँगै नेपाल उपाधि होडमै

1441004481CAN.jpg
काठमाडौँ, १४ भदौ । मलेसियाको वायुमास क्रिकेट ग्राउन्डमा भएको १९ वर्षमुनिको एसिसी प्रिमियर लिगको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध ८ विकेटको जित हात पारेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३८ ओभरमा अलआउट हुँदै सामान्य ७५ रनको योगफल तयार पा¥यो । मलेसियाले दिएको सामान्य लक्ष्य नेपालले १४.४ ओभरमा विकेट गुमाउँदै भेटाएको थियो । उसका लागि पवन्दीप सिंहले ७२ बलको सामाना गर्दै सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै मलेसियाका लागि शङ्कर सतिस १३ र विमलान पालानिन्दी १२ रन जोड्नुबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्क रन जोड्न सकेनन् । यसका ८...

प्रिमियर लिग क्रिकेटको दोस्रो खेलमा पनि नेपालको हार

1440870894CAN.jpg
दीपेन्द्र सापकोटा काठमाडौँ, १२ भदौ । एसियाली क्रिकेट परिषद् उन्नाइस वर्षमुनि (एसिसी यु–१९)को प्रिमियर लिग क्रिकेट अन्तर्गतको दोस्रो खेलमा नेपाल चिरपरिचित अफगानिस्तानसँग १० विकेटले पराजित भएको छ । नेपालले पहिलो खेलमा सानदार प्रदर्शन गर्दै संयुक्त अरब इमिरेट्स (युएई)लाई १४९ रनको फराकिलो अन्तरले पराजित गर्दै राम्रो सुरुवात गरेको थियो । मलेसियाको किनरारा मैदानमा आज टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरको खेलमा ४७.५ ओभरमै सबै विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । नेपालले प्रस्तुत गरेको १२४ रनको सामान्य लक्ष्य अफगानिस्तानले केवल २५ ओभरमा बिनाविकेटको...

भारतलाई हराउँदै नेपाललाई २२ वर्षपछि उपाधि

1440855852upadhi-final-fial.jpg
काठमाडौं, भदौ १२ । नेपालले पहिलो यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शनिबार भएको फाइनलमा नेपालले भारतलाई पराजित गरेको हो । नेपाल टाइब्रेकरमा ५–४ ले विजयी भयो । नेपालका लागि टाइब्रेकरमा हेमन्त थापामगर, सुनील बल, विश्वास श्रेष्ठ, दोन थापा र अनन्त तामाङले गोल गरे । यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि खेल सीधै पेनाल्टी सुटआउटमा निर्णायक बनेको हो । खेलको ३१औं मिनेटमा सुनिल बलको कर्नर पासलाई सदुपयोग गर्दै तेज तामाङले गोल गर्दै नेपाललाई प्रारम्भिक अग्रता...
Advertisement

भारतलाई हराउँदै नेपाल च्याम्पियन

1440848313bimal-final-fial.jpg
काठमाडौं, भदौ १२ । पहिलो यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शनिबार भएको खेलमा भारतलाई टाइब्रेकरमा ५–४ ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । खेलको निर्धारित ९० मिनेटमा एक–एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटबाट नतिजा निस्किएको हो । यसअघि, नेपालले खेलको ३१औं मिनेटमा गोल गर्दै प्रारम्भिक अग्रता लिएको थियो । सुनिल बलको कर्नर पासलाई सदुपयोग गर्दै तेज तामाङले गोल गरेका हुन् । तर, ८८औं मिनेटमा भारतले पेनाल्टीमा गोल गरेपछि खेल १–१ को स्थितिमा पुगेको थियो...

NEWS FLASHअण्डर नाईन्टिन साफ च्याम्पियनशीपको उपाधी नेपाललाई

1440848005khel-final-fial4.jpg
अण्डर नाईन्टिन साफ च्याम्पियनशीपको उपाधी नेपाललाई भारत पेनाल्टी शुट आउटमा पराजित पेनाल्टीमा नेपाल पांच चार गोलले विजयी नेपालका लागि विजयी गोल अनन्त तामाङले गरे ...

च्यासल मैदान कृत्रिम रङ्गशालामा परिणत हुने

1440686084images-2.jpg
काठमाडौँ, १० भदौ । ललितपुरको च्यासलस्थित ‘च्यासल फुटबल मैदान’ अब ‘कृत्रिम रङ्गशाला’मा परिणत हुने भएको छ ।  मैदान निर्माण गर्ने जिम्मेवारी युवा तथा खेलकुद मन्त्रालय स्वयम्ले लिएको छ । यहाँ आज आयोजित कार्यक्रममा मन्त्रालयका तर्फबाट राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष गणेश थापाले सम्झौंतामा हस्ताक्षर गर्नुभयो ।  यसअघि बिगत ३० वर्षदेखि उक्त मैदान एन्फा मातहत थियो । गत वैशाख १२ गतेको भूकम्पका कारण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला पुनःनिर्माण गर्नुपर्ने भएको र त्यसका लागि चार÷पाँच...
Advertisement

नेपाल उपाधिका लागि भारतसँग भिड्ने, उपाधि जिते जनही एक लाख दिने घोषणा

1440683225khel-final-fial4.jpg
काठमाडौं, भदौ १० । नेपालले राजधानीमा जारी यु–१९ साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भारतको सामना गर्ने भएको छ । प्रतियोगिताअन्तर्गत् विहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ‘सडन डेथ’मा पराजित गर्दै भारतले नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरिमा सकिएपछि निर्णयका लागि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा पनि ३–३ गोलको बराबरी भएसँगै खेल सडन डेथमा गएको थियो । सडन डेथमा भारतले बाजी मार्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो ।  यसअघि, विहीबारै भएको पहिलो ...

अफगानिस्तानलाई हराउँदै नेपाल यु १९ साफ फुटबलको फाइनलमा

1440678536football.jpg
काठमाडौँ, १० भदौ । अफगानिस्तानलाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपाल उन्नाइस वर्षमुनि (यु–१९) को पहिलो साफ पुरुष फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको सेमिफाइनल खेलमा नेपाललाई जित दिलाउन अञ्जन विष्टले दुई गोल गरे । अञ्जनले ३४ र ३९आँै मिनेटमा गोल गर्दै नेपाललाई मध्यान्तरअघि नै २–० को अग्रता दिलाएका थिए । तर, मध्यान्तरपछिको लगत्तै ५०आँै मिनेटमा नेपालका अनन्त तामाङबाट आत्मघाती गोल भएपछि अफगानिस्तानले खेलमा फर्कने सङ्केत देखायो । सुनिल बलले ५२औँ मिनेटमा गोल थपेपछि नेपालले ३–१ ले अग्रता लियो । पुनः दुई...

सेमिफाइनलमा भोलि नेपाल र अफगानिस्तान भिड्दै

1440593284images-8.jpg
काठमाडौँ, ९ भदौ । उन्नाइस वर्षमूनिको साफ पुरुष पूmटबल च्याम्पियनसिपमा भोलिको सेमिफाइनल चरणका दुई खेल हुनेछ ।  सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा हुने सेमिफाइनलको पहिलो खेलमा नेपालले अफगानिस्तानसँग मध्यान्ह १२ः०० बजे प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा भारतले दिउँसो ३ः३० बजे बङ्गलादेशको सामना गर्दैछ ।  यस उमेर समूहको पहिलोपटक साफ च्याम्पियनसिप सञ्चालन भइरहेको छ । एन्फा कम्प्लेक्समा आज आयोजित पत्रकार सम्मेलनमा चारै टोलीले सेमिफाइनल चरणका लागि आफ्नो दाबेदारी प्रस्तुत गरे ।  सो कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement